कोशी प्रदेशमा करोडौंका स्वास्थ्य उपकरण गोदाममा थन्किए
पूर्णपुष्टि, जेठ ७ । कोशी प्रदेश सरकारले गत वर्ष खरिद गरेका करोडौं मूल्यका आधुनिक स्वास्थ्य उपकरणहरू अझै पनि प्रयोगविहीन अवस्थामा गोदाममा थन्किएर राखिएका छन् । जनशक्ति, पूर्वाधार र भण्डारण स्थानको अभावमा महत्त्वपूर्ण उपकरणहरू खरिद गरेर थन्क्याउँदा प्रदेश सरकारको खरिद प्रक्रियामा गम्भीर अनियमितता देखिएको छ ।
प्रदेश सरकारले ७ वटा जिल्ला अस्पताल र संघीय सरकार मातहतको कोशी अस्पतालका लागि भनेर ८ थान क्षयरोग परीक्षण गर्ने डिएनए एक्स्ट्रयाक्सन मेसिन प्रतिइकाइ ३८ लाख ६४ हजार ६ सय रुपैयाँका दरले खरिद गरेको थियो । यी मेसिनहरूमा कूल ३ करोड ९ लाख २० हजार रुपैयाँ खर्च गरिएको थियो । तीमध्ये तीन वटा अझै पनि आपूर्ति केन्द्रकै गोदाममा थन्किएका छन् ।
यसैगरी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि ३४ लाख ९४ हजार ६ सय १० रुपैयाँमा खरिद गरिएको एचआइभी भाइरस पत्ता लगाउने एचआइभी १ र एचआइभी २ भाइरल लोड मेसिन पनि व...









