Wednesday, August 19News That Matters

स्वास्थ्य

नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ७ नेपालमा आज थप ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २६ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७५ हजार आठ सय २९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ८२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७१ हजार आठ सय १५ पुगेको छ । अहिले नेपालमा नौ सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणबाट गत २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । कोरोना संक्रमबाट नेपालमा अहिलेसम्म तीन हजार १६ जनाले मृत्यु भईसकेको मन्त्रलयले जनाएको छ ।...
खोप लगाएको ३ दिनमै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना

खोप लगाएको ३ दिनमै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ७ पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना विरुद्धको खोप लगाएको दुई दिनपछि नै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि प्रधानमनित्र खान आइसोलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको जनाईएको छ । प्रधानमन्त्रि खानले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनुभएको थियो ।  उहाँ पछिल्ला दिनमा मास्क नलगाइकनै विभिन्न भेला, बैठक र आमसभामा सहभागी हुँदै आउनुभएको थियो । पाकिस्तानमा पछिल्लो महिनायता सङ्क्रमितको संख्या बढ्दै गएपछि केहि सहरमा आंशिक लकडाउन लगाइएको छ । पाकिस्तानमा अहिलेसम्म ६ लाख १५ हजार जनामा कोरोना पुष्टि भएको छ भने १३ हजार सात सय भन्दा धेरैको ज्यान गइसकेको जनाईएको छ ।...
मौरीको विषबाट उपचार गर्ने केन्द्र स्थापना हुने

मौरीको विषबाट उपचार गर्ने केन्द्र स्थापना हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ७ चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि थेरापी) केन्द्र स्थापनाको काम शुरु गरिएको छ । मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका–६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो । प्रदेश सरकारको पाँच लाख रुपैयाँको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको छ । त्यस केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ । अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालय जनाईएको छ । केन्द्र सञ्चालन आउनु अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिने जनाईएको छ । यस केन्द्रमा मह, कुट, कुटको चोप, बीभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने छ । मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ । रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाति र फोक्...
भोजपुरमा यति धेरै लगानीमा यस कारणले बन्दै छ, सद्गुरुगोरखनाथबाबाको शिव मन्दिर

भोजपुरमा यति धेरै लगानीमा यस कारणले बन्दै छ, सद्गुरुगोरखनाथबाबाको शिव मन्दिर

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र २ बैद्धिक शक्तिले भरिपूर्ण रहेको सद्गुरुगोरखनाथ शिव मन्दिर भोजपुरमा पनि बन्ने भएको छ । सद्गुरुगोरखनाथ बाबाको अशिर्वाद र शक्ति निर्देशनमा भाजेपुरमा पनि यो मन्दिर बनाउन लागिएको हो । बिभिन्न बिषेश शक्तिको रुपमा उत्पति हुँदै आएको गोरखनाथ बाबा शिवले ठाउँ बिषेश तरिकाले शक्ति उत्पति गर्दै आउनुभएको भन्दै शक्ति पहिचान गरी भोजपुरमा पनि मन्दिर निर्र्माणको लागि सिल्यान्यास भएको छ । छुट्टा छुट्टै बिषेशतामा शक्ति उत्पति गर्दै आउनुभएको भन्ने आधारमा बिभिन्न ठाउँमा मन्दिर निर्माणको काम हुँदै आएको छ । त्रान्त्रिक विधिबाट देशको बिभिन्न ठाउँहरुमा ५ ओटा मन्दिर निर्माणको काम हुँदै आएको गोरखनाथ कल्यान केन्द्र नेपालले जनाएको छ । छुट्टाछुट्ै शक्तिको बिषेशतामा यो मन्दिर बिभिन्न ठाउँहरु सँग सम्बन्ध रहेको भन्दै हाल ३ ओटा मन्दिरहरु निर्माण गरिसकेको छ । अहिले सम्म नेपालको शिखरकोटमा पालुङ्...
एस्ट्राजेनेकाको खोप नरोक्न डब्ल्यूएचओ आह्वान

एस्ट्राजेनेकाको खोप नरोक्न डब्ल्यूएचओ आह्वान

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न आह्वान गरेको छ । एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि डब्ल्यूएचओले खोपले रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको थियो । त्यो खोपसँग सम्बन्धित नरहेको डब्ल्यूएचओको भनाइ रहेको जनाईएको छ । बेलायतले यसअघि नै एस्ट्राजेनेकाको खोप रोकिसकेको छ भने डेनमार्क, नर्वे, आइसल्याण्ड्स, इटली र रोमानीयाले पनि एस्ट्राजेनेकाको खोप लगाउन रोकेका छन् । त्यसैबीच थाइल्याण्ड्स...
नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २  नेपालमा आज थप ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार चार सय एक पुगेको छ । अहिले नेपालमा आठ सय ९५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म तीन हजार १४ जनाको मृत्यु भईसकेको छ ।...
नेदरल्याण्ड्समा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध

नेदरल्याण्ड्समा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २ नेदरल्याण्ड्सले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोपमा प्रतिबन्ध लगाएको छ । आगामी २९ तारिख अर्थात् चैत १६ गतेसम्मका लागि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन बन्द गरिएको त्यहाँको सरकारले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । नर्वेमा खोप लगाएका वयस्कमा समस्या देखिएको खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्ड्सले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने यो खोप र रगत जम्ने समस्यासँग कुनै सम्बन्ध नरहेको जनाएको छ । युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले खोप र रगत जम्ने समस्याकाबारेमा अनुसन्धान गरिरहेको छ । यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड्स र थाइल्याण्ड्सले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए । डेनमार्क र नर्वेबाट आएका खबरल...
भारतमा फेरि कोरोना सङ्क्रमण बढ्यो

भारतमा फेरि कोरोना सङ्क्रमण बढ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २ भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । गत २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको जनाएका छन् । यसअघि गत डिसेम्बरमा २६ हजार ६ सय २४ जनालाई सङ्क्रमण भएको पाइएको थियो । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख नाघेको छ । भारतमा कोरोनाका कारण एक लाख ५८ हजार भन्दा बढीको मृत्यु भएको छ । एक करोड १० लाख भन्दा धेरैले कोरोनालाई जितेका छन् । त्यस्तै अहिलेसम्म दुई करोड ९७  लाख  ३८ हजार ४ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतको महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाब, गुजरातलगायतका विभिन्न ठाउँमा सङ्क्रमण बढ्दै गएको जनाएको छ । यी राज्यका विभिन्न ठाउँमा लकडाउन र रात्रिका...
नेपालमा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १ नेपालमा आज थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार दुई सय ३१ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमित निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार तीन सय २६ पुगेको छ । अहिले नेपालमा आठ सय ९१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ३४ जनाको आईसीयूमा उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार १४ जनाको मृत्यु भएको छ ।...
नेपालमा थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २९  नेपालमा आज थप ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार दुई सय ४९ पुगेको छ । गत २४ घण्टामा थप दुई जनाको कोरोना सङ्क्रमितबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १४ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा नौ सय १५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।...