Wednesday, August 19News That Matters

स्वास्थ्य

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १५  नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थप ४८ जना निको भएका छन् योसँगै अहिलेसम्म नेपालमा दुई लाख ७० हजार तीन सय २५ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट दुई जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेकोे संख्या २७ सय ७३ पुगेको मन्त्रालयले जनाएको छ ।...
हात्तीपाइलेविरुद्धको औषधि १२ जिल्लामा खुवाइने

हात्तीपाइलेविरुद्धको औषधि १२ जिल्लामा खुवाइने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १४ नेपालको १२ वटा जिल्लामा हात्तीपाईले रोगविरुद्धको औषधी खुईने भएको छ । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा औषधि खुवाइने भएको हो । आगामी चैत २० गतेदेखि झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ, पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसअघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने तय भएकोमा कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियान चलिरहेकाले केही समय पर सारिएको महाशाखाले जनाएको छ ।...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३ विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ । अहिलेसम्म कोरोनाबाट २५ लाख ८ हजारभन्दा धेरैको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन् । सवैभन्दा बढी अमेरिका प्रभावित छ  । त्यहाँ  कोरोनाबाट सबैभन्दा धेरै पाँच लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै, अमेरिकामा दुई करोड ८९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, भारतमा एक करोड १०  लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ५६ हजारभन्दा धेरैको मृत्यु भएको छ ।...
रौतामाई गाउँपालिकामा उपाध्यक्ष सँग सुत्केरी भेटघाट कार्यक्रम सुरु, ३६ जना सुत्केरीलाई ७ हजार ५ सय बराबरको कोशेली वितरण

रौतामाई गाउँपालिकामा उपाध्यक्ष सँग सुत्केरी भेटघाट कार्यक्रम सुरु, ३६ जना सुत्केरीलाई ७ हजार ५ सय बराबरको कोशेली वितरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३ रौतामाई २ ओख्रेनीकी २४ वर्षिय भिमा मुक्तान एक महिनाकी सुत्केरी हुन । आर्थिक अवस्था कमजोरका कारण सुत्केरी उकास्ने समेत खर्च नभएकी मोक्तानलाई हालै गाउँपालिकाले सञ्चालनमा ल्याएको उपाध्यक्ष सँग सुत्केरी भेटघाट कार्यक्रमले उकासेको छ । यस कार्यक्रमले उनलाई ठुलो राहत पुगेको छ । मोक्तानलाई दुईदिन अगाडी स्वास्थ्य चौकी भुट्टार बाट खबर गयो । तपाई स्वास्थ्य चौकीमा आएर शुरक्षित सुत्केरी हुनु भएकोमा पालिकाले सम्मान स्वरुप सुत्केरी कोशेली वितरण गर्दै छ । यहि सुचनाले रौतामाई गाउँपालिकाको २ नम्बर वडा कार्यालय भुट्टार आईपुगेकी मुक्तानले आफुले पाउदै गरेको सामाग्री देखेपछि उनको अनुहार मात्र उज्यालिएन, गहभरी आशु पनि टिल्पीलिए । उनले भनिन“गरिवलाई हेर्ने पालिका रहेछ, ।” गएको साउन महिना देखी स्वास्थ्य चौकी भुट्टारमा शुरक्षित सुत्केरी हुने २ नम्बर वडाका ३६ जना महिलाहरु छन । उनीहरुलाई...
गरिब देशमा कोभ्याक्स खोप वितरण

गरिब देशमा कोभ्याक्स खोप वितरण

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३ विपन्न देशमा कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप वितरण सुरु भएको छ । कोभ्याक्स अन्तर्गत गरिब तथा विपन्न देशमा  वितरण गरिने भनिएको खोप घाना पुगेको छ भने कोभ्याक्स अन्तर्गतको खोप पाउने घाना पहिलो देश हो । एस्ट्राजेनेकाले उत्पादन गरेको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यासमार्फत् पहिलो पटक घानाको राजधानी अँकारा पु¥याइएको हो । त्यहाँ ६ लाख डोज खोप पुगेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । खोप पहिलो चरणमा स्वास्थ्यकर्मीले पाउने छन् । कोरोनाविरुद्धको खोप सम्पन्न देशले मात्रै खरिद गर्न सक्ने हुँदा गरिब देशका नागरिक मर्कामा पर्ने भन्दै कोभ्याक्स अन्तर्गत गरिब देशमा खोप वितरण गर्ने योजना बनेको हो । यस योजनाको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरिरहेको छ  । यसमा ग्लोबल भ्याक्सिन एलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन सहभागी छन् । यो योजना...
जोन्सनको खोप सुरक्षित र प्रभावकारी

जोन्सनको खोप सुरक्षित र प्रभावकारी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३  कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको छ । अमेरिकी नियामक निकाय यूएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले जोन्सन एण्ड जोन्सनको खोपको प्रयोगका लागि केही दिनमै स्वीकृति दिने सम्भावना रहेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् । यो खोपले अनुमति पाए सस्तो र सजिलो खोपका लागि सजिलो विकल्प हुने जनाईएको छ । यो खोप रेफ्रिजेरेटरमा पनि राख्न सकिने भएकाले भण्डारणमा सहज हुने भनिएको छ । यस्तै, यो खोपको मात्रा एक डोज दिएमात्रै पनि पुग्ने छ । अहिले प्रयोगमा आएको मोर्डना र फाइजरको खोपको मात्रा दुई डोज दिने गरिएको छ । जोन्सन एण्ड जोन्सनले गत महिना आफ्नो  परीक्षणको नतिजा सार्वजनिक गरेको थियो । यसको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको थियो । परीक्षणमा...
एन्फाले खेलाडिको स्वास्थ्य परीक्षण गर्न गङ्गालाल अस्पतालसँग समन्वय

एन्फाले खेलाडिको स्वास्थ्य परीक्षण गर्न गङ्गालाल अस्पतालसँग समन्वय

समाचार, स्वास्थ्य
पुर्णपुष्टि, फागुन १२ अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडिहरुको स्वास्थ्य परिक्षण गर्न गंगालाल अस्पतालसँग समन्वय गरेको छ । एन्फाले आफ्नो क्लवका खेलाडिहरुको स्वास्थ्य परिक्षण गर्नका लागी शहिद गंगालाल अस्पतालसँग् समन्वय गरेको हो । फुटबल क्लबका महिला तथा पुरुष खेलाडिहरुको मुटु परीक्षण गर्नलाई एन्फा र शहिद गङ्गालाल अस्पतालबिच समन्वय भएको एन्फाले जनाएको छ । सम्झैता पत्रमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीको हस्ताक्षर रहेको छ । एन्फाका राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा गङ्गालाल अस्पतालले  २० खेलाडिको मुटु परीक्षण गरीसकेको एन्फाले जनाएको छ ।...
कोरोना खोप ४ लाख ३० हजार जनाले लगाए

कोरोना खोप ४ लाख ३० हजार जनाले लगाए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १२ नेपालमा कोरोना भाईरसविरुद्धको खोप ४ लाख २९ हजार ७ सय ५ जनाले लगाएका छन् । पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८ सय ६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् । त्यसपछि माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका कर्मचारी र पत्रकार गरी ३ हजार ४ सय ८० जनाले खोप लगाए र फागुन २ देखि १० गतेसम्म नापी, जिल्ला प्रशासन कार्यालयलगायतमा काम गर्ने निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी २ लाख ४० हजार ३ सय ६० जनाले खोप लगाएका स्वास्थ्य सेवा विभागले जनाएको छ । फागुन १० गतेसम्म नेपालको कुल जनसंख्याको १.४ प्रतिशतले खोप लगाइसकेको विभागले जनाएको छ ।...
गिनीमा इबोलाको खोप अभियान सुरु

गिनीमा इबोलाको खोप अभियान सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १२  अफ्रिकी मुलुक गिनीले इबोला विरुद्धको खोप अभियान सुरु गरेको छ । इबोला महामारी फेरि फैलिएपछि गिनीले खोप अभियान सुरु गरेको हो । गिनीमा इबोेलाबाट केही व्यक्तिको मृत्यु भईसकेको छ । गत फेब्रुअरी १४ तारिखमा पहिलो पटक इबोला देखिएको क्षेत्रमा खोप अभियान सुरु गरिएको हो । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीलाई इबोला विरुद्धको खोप दिएर अभियान थालिएको जनाएको छ । जोखिममा रहेका नागरिक र अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप दिइने संगठनले जनाएको छ । इबोलाका कारण सन् २०१३ देखि २०१६ सम्ममा ११ हजार ३ सय जनाको मृत्यु भएको थियो । अफ्रिकी मुलुक गिनी, लाइबेरिया र सेरालियोन इबोलाका कारण बढी प्रभावित देश हुन् ।...
करेला फाईदा जनक हुने

करेला फाईदा जनक हुने

स्वास्थ्य
पुर्णपुष्टि, फागुन ११ मानिसको शरीरमा देखा पर्ने विभिन्न साना देखी ठुला समस्या समाधानको लागि करेलाले मद्दत गर्दछ । पेटसम्बन्धि समस्याहरुको लागि करेलाले फाईदा जनक काम गर्ने गर्छ । शरीरमा अनावश्यक फोका र घाउ देखिएमा करेलाको जरा पिनेर लगाउनु पर्दछ । करेलाको जराले घाउ तथा अन्य फोकाहरुलाई निको पार्दछ । यदि जरा नभेटिएको अवस्थामा करेलाको पात र बोक्रा पिनेर लगाउँदा पनि घाउको दुखाईलाई कम गर्ने र छिटो, निको पार्दछ भने पत्थरी भएको मानिसले ताजा करेलाको रस सेवन गर्दा यो रसले पत्थरीको समस्यालाई राहत दिने र निकाल्न मद्दत गर्ने गर्दछ । यो करेलाको रसले कान दुखेको मानिसको समस्या कम पनि गर्दछ । कानमा ४ थोपा करेलाको रस हाल्दा दुखाईलाई राहत दिन्छ ।...