Wednesday, August 19News That Matters

स्वास्थ्य

कोरोना खोपमा असर देखियो

कोरोना खोपमा असर देखियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १७ हालै नेपालमा सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा अग्र पंक्तिमा खट्नेहरुलाई खोप लगाउने भनिए सँगै नेपालमा आज खोप अभिान ३ दिन भएको छ । सो अभियानमा अन्तरगत स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणको खोप धमाधम लगाईँदै छ । हाल ३ दिनको अवधिभर नेपालभरी ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाई सकेका छन् । तर खोप लगाई सकेका केहि व्यक्तिहरुमा भने यसले असर देखाएको छ । कर्णाली प्रदेशमा खोप लगाएका एक जनालाई घम्भिर स्वास्थ्य समस्या देखाएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोविन खड्काले बताए । त्यहाँ तीन दिनको अवधिमा खोप लगाएकामध्ये २६ जनालाई सामान्य खालको स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ । यता शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पहिलो दिन खोप लगाएकामध्ये २९ स्वास्थ्यकर्मीसँग सोधपुछ ...
२६ स्वास्थ्यकर्मीलाई कुपोषण सम्बन्धि प्रशिक्षण तालिम

२६ स्वास्थ्यकर्मीलाई कुपोषण सम्बन्धि प्रशिक्षण तालिम

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १७ कुपोषण व्यवस्थापनका लागि जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको छ । एकिकृत पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजनाअन्र्तगत मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)उदयपुरले स्वास्थकर्मीलाई सात दिनको तालिम दिएको हो । वल्र्डभिजन इन्टरनेशनलको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको समन्वयमा आयोजित तालिममा जिल्लाको चौदण्डिगढी नगरपालिका वाहेकका सात वटा स्थानीय तहका २६ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । पोषणका सवालमा एकिकृत प्याकेज सम्बन्धि तालिम सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान, सिप तथा व्यवस्थापकिय पंक्षको क्षमता अभिबृद्धी गर्ने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक संस्था हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए । त्यसैगरी पोषण सम्बन्धि व्यवहार सुधारका लागि परामर्श बिधीद्धारा ज्ञान, सिप र धारणा सकारात्मक परिवर्तन गर्न प्...
यस्ता कारणहरुले गर्भवस्थामै बच्चा तेस्रो लिङगी बन्ने सम्भावना रहन्छ

यस्ता कारणहरुले गर्भवस्थामै बच्चा तेस्रो लिङगी बन्ने सम्भावना रहन्छ

समाचार, स्वास्थ्य
 पूर्णपुष्टि, माघ १६ संसारमा महिला र पुरुष भनेर मानवलाई बिभाजित गरेपनि ३ प्रकारको मानव जिवन संसारमा देख्न सक्छौ । महिला र पुरुष पछि मानव जातिमा अर्को पनि मानव छन् । जस्लाई तेस्रो लिङगी भनेर चिनिन्छ । यस प्रकारका मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ । यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन तर भित्रि रुपमा महिलाहरुको गुण हुन्छ , यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्रि रुपमा पुरुषको गुण र आर्गन्स हुन्छन । हाम्रै कम्जोरीका कारण महिलाको गर्भअवस्थामै बच्चा तेस्रो लिङगी हुने केहि समस्याहरु देखाइएको छ । गर्भवस्थाको ३ महिना सम्म महिलाहरुले निकै ध्यान दिनु पर्ने देखिन्छ । गर्भबस्थामै बच्चा तेस्रो लिङगी बन्नुका मुख्य कारणहरु १. गर्भाधारण पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभिडोजको औषधी सेवन गरेमा । २.गर्भाधारणको समयमा गर्भवति मह...
कोरोना बाट सिनिययर स्वास्थ्यकर्मीको निधन

कोरोना बाट सिनिययर स्वास्थ्यकर्मीको निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १६ कोरोना संक्रमनबाट बाँकेमा एक सिनियर अनमी ४२ बर्षिया रमा भारतीको मृत्यु भएको छ । बाँके स्थित बैजनाथ गाउँपालिका रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर उनिको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे निधन भएको हो । मृतक रमालाई ‘चार दिन अघि अस्पताल भर्ना गरिएको थियो, उनि महामारीको सुरुवातबाटै प्रतिकार्यमा खटिनु भएको थियो ।’भारतीको एक छोरी र एक छोरी छिन् । नेपाली सेनाले भारतीको शव दिउँसो १ बजे जग्दीघाटमा व्यवस्थापन गर्ने भएको छ । भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुन् । गिरिलाई भने संक्रमण देखिएको छैन । बर्दियाका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भारतीमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको बताउँछन् । भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थ...
उदयपुरका लागि  १ हजार २ सय ३७ कोरोना खोप आज आउँदै

उदयपुरका लागि १ हजार २ सय ३७ कोरोना खोप आज आउँदै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १३ जनस्वास्थय कार्यालय उदयपुरले १ हजार २ सय ३७ कोरोना खोप आज उदयपुरमा आईपुग्ने जनाएको छ । जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार भारतबाट उपलब्ध भएको कोरोना खोप प्रदेश कार्यालय बिराटनगरबाट आज गाईघाट आईपुग्ने जनाउनुभयो । खोप आईपुग्ने बित्तिकै छलफल गरी औपचारीक कार्यक्रम गरी खोपको उद्घाटन गर्दै प्रयोगमा ल्याउने जनाएको छ ।  जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठक पनि राख्ने तय भइरहेको सुवेदीले बताउनुभयो । छलफलले बुधबार औपचारिक कार्यक्रम गरी खोपको उद्घाटन गर्ने निर्णय निकाल्न सक्ने प्रमुख सुवेदीले बताउनुभयो । कोविड(१९ को खोप प्रदेशका १४ वटै जिल्लामा बाँड्ने गरी सोमबार बिराटनगर आईपुगेको प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । खोप प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिरहा र सप्तरीका लागि ९ हजार ६ सय आएको केन्द्रले जनाएक...
चौदण्डीगढीमा स्वास्थ्य भवन उद्घाटन

चौदण्डीगढीमा स्वास्थ्य भवन उद्घाटन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १२ चौदण्ढीगढीमा स्वास्थ्य भवन उद्घाटन भएको छ । चौदण्डीगढी नगरपालिका १ चौदण्डी दरबार आसपासमा १ तल्ले पक्की भवन बनेको हो । भवनको उद्घाटन नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सांसद डा. नारायन खड्काले गर्नुभयो । कुल  बजेट ५० लाख नगदमा शौचालय, सान्न कक्ष सहित ६ कोठो एक तले भवन निर्माण भएको छ । भवनका निर्माणका लागि आर्थिक वर्ष ०७६÷०७७ को स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमबाट २५ लाख रुपैया र आव ०७७÷०७८ को चौदण्डीगढी नगरपालिकाको बजेटबाट २५ लाख रुपैया गरी कूल ५० लाख रुपैयामा बजेट छुटिएको थियो । भवन उद्घाटन गर्दै डा. खड्काले स्थानीय सर्वसाधारणको स्वास्थ्यमा चिन्तित भएकोले यो भवन निर्माण गर्न उर्जा मिलेको बताउनुभयो । केही स्थानीयवासीले राहत पाउँन सक्छ भन्ने उदेश्यले सबैको चाँसोको विषयपनि भएकोले भवन निर्माण भएकोमा सबैलाई धन्यवादसमेत ब्यक्त गर्नुभयो । संसद...
कोरोनाविरुद्ध खोप अभियान १४ गतेबाट सुरु

कोरोनाविरुद्ध खोप अभियान १४ गतेबाट सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,माघ ११  भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएका १० लाख डोज कोरोनाविरुद्ध खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गर्नुभएको छ ।...
भारतले उपलब्ध गराएको कोरोना खोप काठमाण्डौँ आईपुग्योे, ५ दिन भित्र सबै जिल्लाहरुमा खोप पुर्याउने

भारतले उपलब्ध गराएको कोरोना खोप काठमाण्डौँ आईपुग्योे, ५ दिन भित्र सबै जिल्लाहरुमा खोप पुर्याउने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,माघ ८ भारतले उपलब्ध गराउने अनुदानको १० लाख डोजको कोरोना खोप बिहिबार नेपाल आईपुगेको छ । ११ बजे बिहान एयर इन्डियाको बिमानले खोप काठमाण्डौँ ल्याएको हो । उपलब्ध भएका खोपलाई सरकारले ५ दिनभित्र जिल्लाका भण्डारणसम्म पु¥याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै निश्चीत भएको छैन । कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ । केन्द्रीय भण्डारणबाट दुई दिनभित्र प्रदेशमा र प्रदेशबाट थप दुई दिनभित्र ...
भारतले नेपाललाई पठाउने १० लाख डोज कोरोना खोप बिहिबार काठमाण्डौँ आईपुग्ने

भारतले नेपाललाई पठाउने १० लाख डोज कोरोना खोप बिहिबार काठमाण्डौँ आईपुग्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ७ स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने जानकारी दिनुभएको छ । धबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतबाट नेपललाई अनुदानमा उपलब्ध १० लाख डोजको कोरोना खोप तत्कालै नेपाल आउने बताउनुभयो । धबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन् । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया९एसआईआई० ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ’एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको...
नेपालमा पनि भेटिया नयाँ प्रजातिको कोरोना

नेपालमा पनि भेटिया नयाँ प्रजातिको कोरोना

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ५ नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरस भेटिएको छ । बेलायतबाट आएका तिन जनामा नयाँ प्रजातिको कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नयाँ प्रजातिको कोरोना हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । आज सोमबार ती नमूनाको रिपोर्ट आएपछि  विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तिन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी दिनुभएको हो । बेलायतबाट आएका २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरूषमा देखिएको कोरोना भाइरस यसअघि बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरससँग मिलेको मन्त्रालयले जनाएको छ ।...