कंग सामुदायिक वन उपभोक्ता समूहको समितिमा हेरफेर, सचिवमा सम्भु खड्का
पूर्णपुष्टि, २३ माघ ।
जोगिदहमा रहेको कंग सामुदायिक वन उपभोक्त समूहको समितिमा हेरफेर भएको छ । समितिको सचिव पदमा नयाँ पदाधीकारी समेटिएको छ । सरिना बि.क सचिव रहेको समितिमा हाल सम्भु खड्कालाई सचिवमा राखिएको छ भने कोषाध्यक्षमा सरिना बि.क लाई राखिएको छ ।
यता सरिना सार्कीलाई भने निर कुमारी सार्कीको ठाउँमा कोषाध्यक्षमा सारिएको छ भने निर कुमारीलाई सदस्यमा सारिएको छ । त्यस्तै समिति हेरफेरमा नयाँ सदस्य संकर सार्कीलाई नियुक्ती गरिएको छ । सगरमाथा विमान स्थल निर्माण क्षेत्रमा काटिएको काठ बेचबिखन र दर भाउ बारे उपभोक्तहरुले चरम संका गर्दै बिवाद चुलिएपछि काठ बिक्रि वितरणमा ढिलाई भएको थियो । उक्त काठ बेचेर मन्त्रालयलाई नै पठाउनु पर्ने भनिएपछि उपभोक्ताहरुले असन्तुष्टी जनाएका थिए ।
समुदायको बन मासेर काठ मन्त्रालय पठाउनु नहुने र नमिल्ने भन्दै उपभोक्ताहरु असन्तुष्टीको पक्षमा उभिएका थिए । उपभोक्ताहरुले भन...









