Friday, August 14News That Matters

Breaking News 1

त्रियुगा सानाशहरी खानेपानी निर्वाचनका लागि कुन उम्मेदवारले के चुनाव चिन्ह पाए ?

त्रियुगा सानाशहरी खानेपानी निर्वाचनका लागि कुन उम्मेदवारले के चुनाव चिन्ह पाए ?

Breaking News 1
पूर्णपुष्टि, २६ माघ । त्रियुगा सानाशहरी खानेपानी उपभोक्ता समिति निर्वाचनको लागि उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन समितिका संयोजक उज्जल सुवेदीका अनुसार चुनावका लागि भाग लिएका बिभिन्न उम्मेदवारहरुलाई १३ ओटा चुनाव चिन्ह प्रदान गरिएको हो । चुनावमा अध्यक्षका लागि २ जना उपाध्यक्षका लागि २ जना र कोषाध्यक्षका लागि दुई जनाले चुनाव लड्ने छ । जस मध्ये अध्यक्ष पदका उम्मेदवार संकर बस्नेतले कल चुनाव चिन्ह पाएको छ चजे अर्का अध्यक्षको उम्मेदवार ओम बहादुर खड्काले धाराको टुटी चुनाव चिन्ह पाएको छ । यस्तै उपाध्यक्ष पदका उम्मेदवारले भ्यागुता चुनाव चिन्ह पाएको छ भने उर्को उम्मेदवार निगम कुमार कोईरालाले माछा चुनाव चिन्ह पाएको छ । यस्तैगरी कोषाध्यक्ष पदको उम्मेदवार रेवती रमण गेलालले मुसा चुनाव चिन्ह पाएको छ भने अर्को उम्मेदवार नविन राईले गंगटा चुनाव पाएको छ । यता सदस्य पदको उम्मेदवारह...
उदयपुरका दुई सांसद प्रदेशमन्त्री बने

उदयपुरका दुई सांसद प्रदेशमन्त्री बने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २६ माघ । उदयपुरका दुई प्रदेश सांसदहरु नारायण बुर्जा मगर र  रामकुमार खत्री मन्त्री आज बनेका छन् । बुर्जा मगर काेशी प्रदेशको खानेपानी सिंचाई तथा उर्जा मन्त्री भए भने खत्री उद्योग, कृषि तथा सहकारी मन्त्रीमा  नियुक्ती भएका छन् । मगरले नेकपा माओवादीबाट चुनाव जितेका हुन् भने खत्रीले कांग्रेसबाट जितेका हुन् ।  ...
उदयपुर सगरमाथा विमान स्थलको काम अगाडी बढाउन फिल्डबाटै मन्त्री किरातीको निर्देशन

उदयपुर सगरमाथा विमान स्थलको काम अगाडी बढाउन फिल्डबाटै मन्त्री किरातीको निर्देशन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ माघ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले उदयपुरको सगरमाथा विमान स्थलको कामलाई तत्काल अगाडी बढाउन निर्देशन दिएको छ । उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदह स्थित निर्माण गर्न लागिएको विमान स्थलको निर्माण प्रक्रिया तत्काल अघि बढाउन मन्त्री किरातीले मन्त्रालयको सम्बन्धित पक्षलाई निर्देशन दिएको हो । मन्त्री किराती शुक्रबार सगरमाथा बिमान स्थल क्षेत्रको अवलोकन गर्न उदयपुर आईपुगेका थिए । सोही क्रममा किरातीले आफ्नो भाषणकैबीच जनताहरुकै सामु मन्त्रालयमा फोन गरी काम तत्काल अघि बढाउन निर्देशन दिएको हो । मन्त्री किरातीको निर्देशन पछि उदयपुरवासीहरु उत्साहित बनेको छ । लामो समय देखी बिमान स्थल बन्ने आशमा बसेका जनताहरु मन्त्री किरातीको निर्माण क्षेत्रको अवलोकन र निर्देशनले उत्साहित बनेको हो ।...
पक्की सडक निर्माण सहयोगको माग सहित प्रधानमन्त्रीलाई लिम्चुङबुङ गाउँपालिकाको पत्र

पक्की सडक निर्माण सहयोगको माग सहित प्रधानमन्त्रीलाई लिम्चुङबुङ गाउँपालिकाको पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ फागुन । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले केन्द्रीय सरकारलाई बिकासमा सहयोग गर्न बाराम्बार माग गरिरहेको छ । एउटै पुस्तामा समृद्ध लिम्चुङबुङ बनाउने माहाअभियान लिएर हिडेको लिम्चुङबुङ पछिल्लो समय पक्की सडक निर्माणको लागि आवाज उठाईरहेको छ । जनशक्ति तातिएपनि प्रसस्त बजेटको अभावले पालिका सम्म पक्की पुल अभियानको आवाज बाहेक अन्य हिसावले अघि बढेको छैन् । पालिका अध्यक्ष मेजर कुमार राईले अभियानमा सहयोग गर्न आवाज ताकेता गरिरहेको छ । उक्त क्षेत्र हुँदै खोटाङ हलेसीलाई नजिक जोड्न सकिन्छ । लिम्चुङबुङको भ्यु टावरबाट देशकै ७ ठुलो हिमालहरु हेर्न सकिन्छ । पक्कि सडकले लिम्चुङबुङ समृद्ध बनाउन ठुलो टेवा दिने भन्दै सर्व प्रथम पालिकाको पहिलो उदेश्य भनेकै पक्की सडक रहेको अध्यक्ष राईको भनाई छ । सडक पछि शिक्षा, स्वास्थ्य कृषी र पर्यटन लगायतका पूर्वधारहरुमा पनि विकास गर्न सहज हुने अध्यक्ष राईको भ...
गाईघाटबाट एक हप्तादेखी बेपत्ता बालिका शकुसल फेला

गाईघाटबाट एक हप्तादेखी बेपत्ता बालिका शकुसल फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ माघ । गाईघाटबाट एक हप्तादेखी बेपत्ता एक बालिका शकुसल फेला परेकी छिन् । त्रियुगा नगरपालिका ११ संगमटोलमा बसोवास गर्दै आएकी रौतामाई गाउँपालिका ५ घुम्ने फोक्सिन्टारकी १४ बर्षिया प्रेरणा राई (जेनिसा) बहिबार साँझ फेला परेको परिवारले जनाएको छ । जेनिसाकी बुबा पुनम राई (कुन्ती कुमार) का अनुसार छोरी साँझ सम्पर्कमा आएको बताईन् । छोरी हराएपछि परिवार एक हप्तादेखी खोजतलासमा थिए । फेला नपरेपछि परिवारले प्रहरीमा खोजी गरिदिनको लागि निवेदन समेत दिएका थिए । निवेदन सँगै पूर्णपुष्टि अनलाईनमा समचार प्रकाशन तथा सूचना प्रकाशन गरेका थिए । समचार तथा सूचना प्रकाशन गरेको करिब ३ घण्टा पछि छोरी सम्पर्कमा आएको बुबा पुनमले जानकारी गराएका थिए । छोरी गाईघाट स्थित पिजी चोक साईड साथीकोमा बस्दै आएको परिवारको भनाई छ । समचार फैलिएसँगै उनिलाई सजग गराई घर पठाईएका थिए ।...
गाईघाटबाट १४ बर्षिय बालिका एक हप्तादेखी बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह

गाईघाटबाट १४ बर्षिय बालिका एक हप्तादेखी बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ माघ । गाईघाटबाट एक बालिका गत शुक्रबारदेखी बेपत्ता भएकी छिन् । रौतामाई गाउँपालिका वडा नं ५ घुम्ने फोक्सिन्टार स्थाई घर भई हाल त्रियुगा नगरपालिका वडा नं ११ स्थित गाईघाट संगम टोल बसोवास गर्दै आएकी पूनम राई (कुन्ती कुमार) राईको १४ बर्षिया प्रेरणा राई (जेनिसा) एक हप्तादेखी बेपत्ता भएकी हुन् । जेनिसा गाईघाटकै त्रियुगा नमुना मावि कक्षा ७ मा अध्यानरत थिईन् । उनि गत शुक्रबारदेखी आफु बस्ने कोठाबाटै बेपत्ता भएको परिवारले जनाएको छ । जेनिसाको बुबा कुन्ती कुमार राई (पुनम) का अनुसार छोरी भान्जी कृस्चिना राई सँगै गाईघाट बस्दै आएकी थिईन । तर भान्जी कृस्चिना पाहाड बिबाह खान गएको मौका पारी छोरी बेपत्ता भएको बुबाको भनाई छ । परिवारले छोरी हराएको भन्दै प्रहरीमा समेत निवेदन दिएको छ । परिवारले तिव्र गतिमा छोरी खोजिरहेको भएपनि अहिले सम्म फेला पर्न सकेको छ । सबै क्षेत्रबाट छोरी खोजिदिन आह्वा...
तिव्र गतिका कारण गाईघाटका एक युवाले गुमाए ज्यान , अर्को गम्भीर

तिव्र गतिका कारण गाईघाटका एक युवाले गुमाए ज्यान , अर्को गम्भीर

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २५ । मदनभण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्ड अन्तर्गत पर्ने असारीमा मोटरसाईकल दुर्घटना हुँदा एक युवाले ज्यान गुमाएको छ । बिहिबार त्रियुगा नगरपालिका १३ असारी स्थित प्रदेश १–०५–००१–४०८५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा त्रियुगा नगरपालिका ११ पुरानो पेट्रोलपम्पका २२ वर्षिय किरण कटुवालले ज्यान गुमाएको हो । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक कटुवाल सँगै पछाडि सवार त्रिनपा १० बाँसबारीका २१ वर्षिय सुनिल दाहाल गम्भिर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । उनलाई विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । तिब्रगतिका कारण मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज सुन्दरश्याम पोखरेलले जनाए ।...
कटारी ट्राफिक प्रहरीको सक्रियता: ३ दिन अघि हराएको मोटर साईकल फेलापारी धनीलाई बुझायो

कटारी ट्राफिक प्रहरीको सक्रियता: ३ दिन अघि हराएको मोटर साईकल फेलापारी धनीलाई बुझायो

Breaking News 1, समाचार
[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] पूर्णपुष्टि, माघ २४ । ट्राफिक प्रहरी पोस्ट कटारीले हराएको एउटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। कटारी ट्राफिकको सक्रियतामा प्रदेश २-०१-० ०१ प ४२५४ नम्बरको मोटर साईकल हराएको फेला पारी सवारीधनी लाई जिम्मा लगाएको छ । मोटरसाईकल हराएर पछि सवारी धनीले सूचना दिए सँगै कटारी ट्राफिकले तत्काल सवारी खोजी कार्य सुरु गरेको थियो। ३ दिन अघि हराएको मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको ट्राफिक प्रहरी पोस्ट कटारीका इन्चार्ज मनोज श्रेष्ठले बताए। कटारी नगर पालिका -२ गराँस स्थित सवारी धनी रोशन थापा मगरको घर बाटनै हराएको मोट...
आगलागीमा क्षती भएको रौतामाईका कृषलाई बिमा दाबी रकम भुक्तानी

आगलागीमा क्षती भएको रौतामाईका कृषलाई बिमा दाबी रकम भुक्तानी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ माघ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय गाईघाटले गतवर्ष आगलागीबाट गोठसहित बाख्रा जलेर क्षती भएका रौतामाई वडा नं। ५ का एक कृषकलाई इन्स्योरेन्स वापतको रकम हस्तान्तरण गरेको छ । कृषक रौतारानी कृषि फर्मका मानबहादुर कटुवालको क्षती भएकोमा बाख्राको १२ लाख ६१ हजार र गोठको ८ लाख ५० हजार रुपैया इन्स्योरेन्स रकम भुक्तानी दिएको हो । हिजो एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष विरेन्द्र कुमार मगर, पशुसेवा शाखा प्रमुख चुडाराज थापा, वडाध्यक्ष पाण्डब राईको उपस्थितिमा कृषकलाई चेकमार्फत रकम हस्तान्तरण गरेको इन्स्योरेन्स शाखा प्रमुख डिवि कटुवालले बताए । उक्त अवसरमा शाखा प्रमुख कटुवालको अध्यक्षतामा विमा सचेतना कार्यक्रमसहेत भएको थियो ।...
कटारीमा तामाङकाे शंकास्पद मृत्यु

कटारीमा तामाङकाे शंकास्पद मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २३ । उदयपुरकाे कटारी नगरपालिका -२ गराँस नजिकै अधिकारीटाेलमा स्थानिय ३९ वर्षिय युवराज तामाङकाे शब आज फेला परेकाेछ । टाउँकाेमा गहिराे र ठुलाे चाेट छ । स्थानीयका अनुसार तामाङकाे शंकास्पद मृत्य छ । हत्या गरि त्यहा फालिएकाे आशंका छ । स्थानीयका अनुसार शबकाे टाउकाे फुटेकाे ठुलाे चाेट छ त शब भएकाे ठाउँ र आसपासमा रगत छैन । चप्पल पैताला मै रहेकाे र घाेप्टाे अबस्थामा शब फेला परेकाे थियाे । प्रहरिले घटना संकास्पद  रहेकाे भन्दै अनुसन्धान बढाएकाे छ । केही संकास्पद मानिस पक्राउ गरि साेधपुछ थालेकाे छ । स्थानियले गाँजा तस्कर समुहबाट हत्या भएकाे हुनसक्ने आशंकासमेत गरेका छन् । तामाङकाे शब पाेष्टमार्टम गरि परिवारलाई जिम्मा दिएकाे जनाईएकाे छ ।...