Friday, August 14News That Matters

Breaking News 1

भुल्केमा दुईदिने मृगौला परिक्षण शिविर सुरु, फाइदा लिन सर्बसाधारणलाई आग्रह

भुल्केमा दुईदिने मृगौला परिक्षण शिविर सुरु, फाइदा लिन सर्बसाधारणलाई आग्रह

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १२ । नेपालमा थाहै नपाई मृगौला खराब हुने क्रम बढ्दो रहेको सन्दर्भमा उदयपुर समाज काठमाडौं र मार्क इन्टरनेश्नल किड्नी सेन्टरले निःशुल्क मृगौला परिक्षण शिविर आयोजना गरेको छ । डा. अर्चन शमसेर रानाको नेतृत्वको चिकित्सक टोलीले त्रियुगा नगरपालिका ३ भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा शिविर सञ्चालन भएको हो ।शिविरको उद्घाटनको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, विशेष अतिथि नेपाली सेना १८ नं। वाहिनीपति मनोज बैदवारले मन्तब्य दिदै शिविरबाट सर्बसाधारणलाई सहयोग पुग्ने बताए । वडाध्यक्ष तिलक बहादुर कटुवालले कार्यक्रम प्रभावकारी हुनेमा विश्वास ब्यक्त गरे । पवित्रा गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन समाजका महासचिव बसन्तकुमार कटवालले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष सनिदप बस्नेत, सदस्य समृद्धि राणाको उपस्थिति थियो ।...
सुरु हुन सकेन उदयपुर एक्स्पो मेला

सुरु हुन सकेन उदयपुर एक्स्पो मेला

Breaking News 1
पूर्णपुष्टि, माघ ११ । उदयपुरको त्रियुगा नगरपालिका–३ नदिकिनार बसपार्क गाईघाटमा आजबाट सुरु गरिने भनिएको उदयपुर एक्स्पो मेला २०८० सुरु हुन सकेन । तयारी पुरा नभएको कारण मेला आज सुरु गर्न नसकिएको आयोजकले जनाएको छ । जिल्ला उद्योग वाणिज्य संघका संस्थापक तथा संरक्षक गजेन्द्र कुमार भगतले तयारी पुरा नभएको कारण भोली शुक्रबार विधिगत पुजा आरधना गरी मेला सुरु गरिने बताएका छन् । औपचारीक रुपमा माघ १४ गते उद्घाटन गरी माघ २५ गते सम्म मेला संचालन गरिने उनले बताए । मेलामा राखिएको स्टलहरुमध्ये चार–पाँच ओटा स्टलहरुमा मात्रै खाजा नास्ता राखिएको छ भने अन्य स्टलहरु खाली देखिएको छ ।...
सिसि क्यामेरा गायव बनाएर बेलकाको  दुई सहकारीमा चोरी

सिसि क्यामेरा गायव बनाएर बेलकाको दुई सहकारीमा चोरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ माघ । उदयपुरको बेलका नगरपालिकामा बुधबार राती दुई सहकारी संस्थामा चोरी भएको छ । नगपालिकाको वडा नं ९ मा रहेको महिला साना किसान कृषि सहकारी संस्था लि. र सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. मा चोरी भएको हो। चोरीको क्रममा सिसि क्यामेरा समेत निकालेर लगेको पाईएको छ । कर्मचारी दिपन पाण्डेका अनुसार पैसा सँगै सिसि टिभी पनि निकालेर लगेको हो। महिला साना किसानबाट ९ हजार चोरी गरिएपनि यता सहयोगी ऋण सहकारी संस्थाबाट भने चोरी गर्न नपाएको बताईएको छ । महिला साना किसान कृषि सहकारी संस्था लि. मा मुल चेनगेटको चाबी साथै ढोकाको चाबी फुटाएर आर्थिक कारोबार गर्ने ठाँउ काउन्टरमा प्रवेश गरि र्याकहरु फुटाएर त्यहाँ भएको करिब रकम चोरी भएको सहकारीका प्रबन्धक शान्ता कुमारी अधिकारीले बताईन् । सहयोगी बचत तथा ऋण सहकारी संस्थाको भवनको दक्षिण तर्फ म्यानेजरको कार्यकक्षको झ्याल फुटाएर गृल निकाली भित्र प्रवे...
रसुवाघाट पुलबाट हाम फालेर आत्महत्या गर्ने पुरुषको खुल्यो परिचय

रसुवाघाट पुलबाट हाम फालेर आत्महत्या गर्ने पुरुषको खुल्यो परिचय

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १० । उदयपुरको रसुवाघाटस्थित दुधकोशी झोलुङ्गे पुलबाट मंगलबार साँझ खसेका ब्यक्ति खोटाङको खोटेहाङ गाउँपालिका – ५ चिप्रिङका अन्दाजी ४२ वर्षिय गोपाल विष्ट रहेको प्रहरीले पुष्टि गरेको छ । पुलभन्दा केही तल कोशी किनारमा विष्टको मृत शरीर फेला परेको छ । उनको भवितब्य वा आत्महत्या बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभयो । मृतकको शब पोष्टमार्टमका लागि खोटाङ अस्पताल लगिएको छ । रौतामाई गाउँपालिका ५ मा पर्ने रसुवा झोलुंगेपुलले उदयपुर र खोटाङ जोडेको छ । पक्की पुल नहुदा सो पुल एकमात्र कोशी वारपार गर्ने माध्यम थियो ।...
रसुवाघाट पुलबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या

रसुवाघाट पुलबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ९ । उदयपुरको रसुवाघाटस्थित दुधकोशी झोलुङ्गे पुलबाट आज साँझ एक ब्यक्तिले हाम फालेर आत्महत्या गरेको स्थानीयले बताएका छन् । रौतामाई गाउँपालिका ५ मा पर्ने रसुवा झोलुंगेपुलले उदयपुर र खोटाङ जोडेको छ । पक्की पुल नहुदा सो पुल एकमात्र कोशी वारपार गर्ने माध्यम हो । स्थानीय कर्णबहादुर राईका अनुसार नाम, ठेगाना थाहा नभएको ती आत्महत्य गर्ने ब्यक्ति पुरुष रहेका छन् । पुलबाट हाम फालेको केही स्थानीय देखेपनि बचाउन सम्भव नभएको बताइएको छ । मृतकको शब कोशी किनारमा तैरिरहेको बताइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार घटनास्थल तर्फ प्रहरी गएका छन् । घटना स्थल पुगेर प्रहरीले घटनाको बारेमा बुझेपछि विस्तृत जानकारी आउने एसपी थापाले बताए ।...
गाईघाट बरुवा बसपार्कमा दोस्रो प्रदेश महोत्सव २०८० को शिलन्यास

गाईघाट बरुवा बसपार्कमा दोस्रो प्रदेश महोत्सव २०८० को शिलन्यास

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ७ माघ । आउँदो फागुन १ देखी गाईघाटमा सुरु हुने भनिएको दोस्रो प्रदेश महोत्सव २०८० को विधिगत शिलन्यास भएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा हुने भव्य महोत्सवको औपचारिक रुपमा विधिगत शिलन्यास गरिएको हो । बरुवा बसपार्क स्थित महोत्सव स्थानमा पुजा आजा र बाँस गाडेर संघका अध्यक्ष रमेश रसाईलीले महोत्सव आरम्भको शिलन्यास गरेको हो । महोत्सव तयारीको लागि आजै बाट संरचनाहरु सुरु गरिने अध्यक्ष रसाईलीको भनाई छ । संघका पदाधिकारी, संघ संस्था तथा व्यपारीहरु सहितको उपस्थितिमा महोत्सवको शिलन्यास भएको छ । महोत्सवलाई सफल बनाउन गाईघाटका ब्यपारी, स्थानीय सरकार, संञ्चारकर्मी, संघ संस्था लगायत सबै क्षेत्रहरु लागि परिरहेको छ ।  ...
गाईघाट बरुवा बसपार्कमा दोस्रो प्रदेश महोत्सव २०८० को शिलन्यास

गाईघाट बरुवा बसपार्कमा दोस्रो प्रदेश महोत्सव २०८० को शिलन्यास

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ माघ । आउँदो फागुन १ देखी गाईघाटमा सुरु हुने भनिएको दोस्रो प्रदेश महोत्सव २०८० को विधिगत शिलन्यास भएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा हुने भव्य महोत्सवको औपचारिक रुपमा विधिगत शिलन्यास गरिएको हो । बरुवा बसपार्क स्थित महोत्सव स्थानमा पुजा आजा र बाँस गाडेर संघका अध्यक्ष रमेश रसाईलीले महोत्सव आरम्भको शिलन्यास गरेको हो । महोत्सव तयारीको लागि आजै बाट संरचनाहरु सुरु गरिने अध्यक्ष रसाईलीको भनाई छ । संघका पदाधिकारी, संघ संस्था तथा व्यपारीहरु सहितको उपस्थितिमा महोत्सवको शिलन्यास भएको छ । महोत्सवलाई सफल बनाउन गाईघाटका ब्यपारी, स्थानीय सरकार, संञ्चारकर्मी, संघ संस्था लगायत सबै क्षेत्रहरु लागि परिरहेको छ ।...
कटारीमा लागू औषध सेवन नगर्ने युवाहरुको दृढता

कटारीमा लागू औषध सेवन नगर्ने युवाहरुको दृढता

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ६ । उदयपुरको प्रमुख ब्यापारिक केन्द्रहरु मध्येको एक कटारीमा “लागू औषध सेवन नगर्ने मैले दृढता गरे” भन्दै युवाहरुले लागूऔषध दुब्र्यसनमा नफस्ने प्रतिबद्धता गरेको दिन आज हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले थालेको लागू औषधविरुद्धको अभियान अन्तर्गत कटारीमा गरिएको कार्यक्रममा युवाहरुले अबदेखि लागू औषध सेवन नगर्ने प्रतिबद्धता गरेका हुन् । उनीहरुले अभियानबोर्डमा हस्तारसहित लिखित प्रतिबद्धता जनाए । जिल्ला प्रहरी प्रमुखमा एसपी रमेश थापा आएसंगै समाजमा ब्यप्त लागूऔषध दुर्ब्यसनविरुद्ध अभियान थालिएको हो । अभियानमा लागूऔषध सेवनकर्ता युवाहरु र उनीहरुको संगतमा परेकाहरुलाई जम्मा गरेर लागू औषध सेवन नगर्न र त्यसबाट हुने हानी, नोक्सानी, कानुनी कारवाहीको बारेमा सचेतना दिने गरिएको छ । लागूऔषध सेवन त्यागेर समाजसेवामा लागेकाहरुबाट लागूऔषधविरुद्धको ज्ञान, अनुभव र चेतनाका कुरा सुनाउने गरिएको छ । प...
मुगौला बिरामीले उदयपुर अस्पतालबाटै पाउन थाले डायलासिस सेवा

मुगौला बिरामीले उदयपुर अस्पतालबाटै पाउन थाले डायलासिस सेवा

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ५ माघ । उदयपुरमा डायलासिस सेवा सुरु भएको छ । जिल्लामा केहि समय अघिमात्रै डायलासिस सेवाको उद्घाटन गरेका थिए । मृगौला बिरामीहरुले सेवा संञ्चालन भएसँगै डायलासिस पहिलो पटक उदयपुर अस्पतालबाटै गराउन पाएको जनाए । उदयपुरगढी गाउँपालिका ४ डुम्रेका दिलबहादुर मगरले आफ्नै जिल्लाको सरकारी अस्पतालबाट उदयपुरमै डायलासिस सेवा पाएको जनाए । मगरले पहिले धरान बिराटनगर जस्ता ठाउँमा गएर उपचार गराउँदै आएका थिए । २९ वर्षीय मृगौला बिरामी मगर ३ महिनायता मृगौलाका रोगी पत्ता लागेको उनलाई धरान, बिराटनगर र काठमाडौँका विभिन्न अस्पताल धाउँदा १२ लाखभन्दा बढी खर्च भईसकेको छ । पटकपटकको परीक्षणपछि दुवै मृगौला खराव भएको पत्ता लागेसँगै उनले शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक डाईलासिस गराएको बताएका छन् । चिकित्सकले उनलाई प्रत्येक साता दुईपटक डाईलासिस गराउन सुझाएको छ । जस अनुसार उनी या धरान, बिराटनगर या काठमाडौ...
उदयपुरका आठै पालिकामा गठित विपद् व्यवस्थापनका पदाधिकारीहरुलाई ३ दिने तालिम

उदयपुरका आठै पालिकामा गठित विपद् व्यवस्थापनका पदाधिकारीहरुलाई ३ दिने तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ माघ । उदयपुरका आठ ओटै स्थानीय तहमा गठन भएको नेपाल रेडक्रस सोसाईटीका सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई स्थानीय व्यवस्थापन सम्बन्धि तिन दिने तालिम संञ्चालन गरिएको छ । वल्र्ड भिजन नेपालको सहयोग तथा हुरेण्डेक उदयपुर र नेपाल रेडक्रस सोसाईटी उदयपुरको संयुक्त आयोजनामा शुक्रबारदेखी आईतबार सम्मका लागि तालिम संञ्चालन गरिएको हो । उदयपुरको बढ्दो बिवद् समस्याबारे अध्यान गर्दै बिपद् बाट बँच्न पूर्व तयारी र न्युनिकरण गर्नका लागि समितिका पदाधीकारीहरुलाई तयारी र व्यवस्थितको निम्ति तालिम प्रदान गरिएको हुरेण्डेक उदयपुरले जनाएको छ । पछिल्लो समय उदयपुरमा आगलागी, बाढी पहिरो जस्ता बिपदले आक्रान्त पारिरहेको अवस्था छ । त्यो सँगै भुकम्प र अन्य प्राकृतिक विपदको समस्याहरु पनि प्रसस्तै छ । यस्तो अवस्थामा अग्रसर भई उद्धार तथा समन्वय गर्न यस तालिमले सहयोग पुराउने हुरेण्डेक उदयपुरका का...