Saturday, August 15News That Matters

Breaking News 1

उदयपुर तेस्रो (एमटीबी एक्स-को) रेसमा सिनियर तर्फ निमा र जुनियर तर्फ सजन प्रथम

उदयपुर तेस्रो (एमटीबी एक्स-को) रेसमा सिनियर तर्फ निमा र जुनियर तर्फ सजन प्रथम

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १६ भदौ । गाईघाटमा सम्पन्न उदयपुर तेस्रो (एमटीबी एक्स-को) रेस प्रतियोगितामा सिनियर तर्फ निमा शेर्पा र जुनियर तर्फ साधन कार्की प्रथम भएको छ । शनिवार चप्पनमा आयोजित प्रतियोगितामा अढाई किलोमिटरको आठ ल्यावमा सिनियर तर्फ बोक्सेका शेर्पा र सात ल्याव जुनियर तर्फ गाईघाटका कार्की बिजयी बनेको हो । त्यस्तै सिनियर तर्फ दोस्रो सौगात मगर र तेस्रो जोनस राई भएका छन् । यस्तै जुनियर तर्फ दोस्रो कुसाङ्ग शेर्पा र तेस्रो कृष्ण सोनी भएको छ । संघका अध्यक्ष जितेन्द्र रोईलाका अनुसार उक्त प्रतियोगिताको मुख्य उदेश्य खेलाडी उत्पादन गर्न रहेको जनाए । पछिल्लो सयम मानिसहरु साईकललाई मनोरञ्जनको रुपमा र्यालीलाई मात्रै प्राथामिकता दिने तर खेलमा भने सहभागी नहुने अवस्था रहेको उनले जनाए । अब भने साईकलिङ क्षेत्रमा पनि खेलाडी उत्पादन गर्दै प्रतियोगिता तथा खेललाई अगाडी बढाने कार्यक्रमको मुख्य उदेश्य रहेको रो...
शनिवारदेखी उदयपुरगढीमा “घरघरमा माओवादी जनजनमा माओवादी” अभियान

शनिवारदेखी उदयपुरगढीमा “घरघरमा माओवादी जनजनमा माओवादी” अभियान

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ भदौ । माओवादी केन्द्रले संञ्चालनमा ल्याएको “घरघरमा माओवादी जनजनमा माओवादी” उदयपुरको बिभिन्न पालिकामा संञ्चालन भैरहेको छ । उदयपुरमा गाईघाटबाट सुरु भएको उक्त अभियान आठओटै पालिकामा संञ्चालन हुने भएको छ । यसै सन्दर्भमा भोल (शनिवार) देखी भने उदयपुरगढीमा उक्त कार्यक्रम संञ्चालन हुने भएको छ । ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन कार्यक्रम अन्तर्गत घरघरमा माओवादी जनजनमा माओवादी अभियान पार्टीले संञ्चालन गरेको हो । पार्टी केन्द्रीय सदस्य तथा अभियानका उदयपुरगढी इन्चार्ज युक्सामहाङ मेन्याङबोका अनुसार अभियान शनिवार उद्घाटन गर्ने जनाए । अभियानको क्रममा भोली देशैभर एकै साथ प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले आम जनता र कार्यकर्ताहरुलाई सम्बोधन गर्ने समेत जनाए । इन्चार्ज मेन्याङबोका अनुसार गढीमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्ने योजनाहरु त्यार ...
प्रथम एलेभेन स्टार च्यालेन्ज कपको उपाधी साउनेलाई (फोटि सहित)

प्रथम एलेभेन स्टार च्यालेन्ज कपको उपाधी साउनेलाई (फोटि सहित)

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,भद्र १४ । उदयपुरको गाईघाटमा आयोजित प्रथम एलेभेन स्टार च्यालेन्ज कप “9A” साइज खुल्ला फुटबल प्रतियोगिताको उपाधी साउने फुटबल क्लवले हात पारेको छ । एलेभेन फुटबल कप बोक्सेको आयोजनामा बोक्से पानिटेन्की स्थित बरघाट्टा खेल मैदानमा भएको अन्तिम फाईनल खेलमा आयोजक टिमलाई १ को विरुद्ध २ गोल अन्तरले पराजित गर्दै साउने फुटबल क्लवले उपाधी हात पारेको हो । उपाधी सँगै साउनेले नगद रु ३० हजार सहित ट्रफि प्रमाण पत्र हात पारेका छन् । फाईनल खेलमा सम्मानजनक हार व्यहोरेका आयोजक उपबिजेतामा सिमित रहँदै नदर १५ हजार र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएका हुन् । प्रतियोगिताको फाईन खेलमा बर्षाका कारण प्रतियोगिता सञ्चान हुन नसक्दा सेहि समय चिन्ता जनक स्थिति भए संगै केहि समय खेल स्थगित गरिएको थियो । हावा हुरीसँगै आएको वर्षाले गर्दा खेल अवरुद्ध गर्दा फाइनले खेल हेर्ने दर्शकहरुको भने निक्कै बाक्लो उपस्थिति ...
कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयमा न्युन शुल्कमै ईन्जिनीयरिङ पठनपाठन

कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयमा न्युन शुल्कमै ईन्जिनीयरिङ पठनपाठन

Breaking News 1, शिक्षा
पूर्णपुष्टि, १४ भदौ । कोशी प्रदेशमा रहेको मनमोहन प्राविधिक विश्वविद्यँलयको बारेमा धेरै विद्यार्थीहरु बेखबर हुन सक्छ । देशैकै पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा स्थानपना भएको यस विद्यालय प्रचारप्रसारको कमी हुँदा पनि बेखबर भएको अनुमान लगाउन सकिन्छ । २०७६ सालदेखी पठनपाठन सुरु भएको यस विश्वविद्यालयलाई कोशी प्रदेश सरकारले लगानी गरेको छ । झण्डै ३ अर्ब लगानी रहेको उक्त विद्यालय प्रदेशको मात्र नभई देशकै उत्कृष्ट प्राविधिक विश्वविद्यालयको रुपमा व्यवस्थापन गरिएका छ । विद्यालयका डिन प्रा.डा प्रचण्ड मान प्रधानका अनुसार काठमाण्डौँ पोखरा लगायतका विद्यार्थीहरु मनमोहन विश्वविद्यालयमा अध्यान गर्न आईरहँदा प्रदेशवासीहरु भने बेखवर रहेको जनाए । स्नातक तहको विद्यार्थी अभियानको अन्तरक्रिया तथा प्रचारप्रसारको क्रममा उदयपुर आएका प्रधानले प्रदेशवासीहरुको लागि यो निकै उत्कष्ट र सुविधामुलक विद्यालयको रुपमा रह...
उदयपुरमा एक युवक मृत फेला

उदयपुरमा एक युवक मृत फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १४ । उदयपुरमा एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा कटारी नगरपालिका–८ ढापडाँडाका १८ बर्षीय प्रदिप वलाम्पाकी मगर रहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कटारी नगरपालिका–४ जहडीमा रहेको मनकामना होटलमा ८ महिनादेखी काम गर्दै आएको मगर बुधबार दिउँसो होटलको भान्सा कोठामा मृत भेटिएको कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन कार्कीले जानकारी दिए । होटलका संचालक अम्बरबहादुर श्रेष्ठले दिउँसो भान्सामा एक्कासी ढलेको पाईएको भन्दै मगरलाई कटारी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषीत गरेको डिएसपी कार्कीले बताए । अनुसन्धाको क्रममा करेन्ट लागेर मृत्यु भएको जस्तो आशंका गर्न सकिने भएपनि पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धान नगरी भन्न सक्ने अवस्था नरहेको डिएसपी कार्कीले बताए । घटनास्थलमा विजुलीको तारहरु जोड्दा करेन्ट लागेको जस्तो देखिएपनि थप अनुसन्धानपछी मात्र कारण पत...
गाईघाटमा माईतीहरुलाई राखी किन्न व्यस्त चेलीहरु (फोटोफिचर)

गाईघाटमा माईतीहरुलाई राखी किन्न व्यस्त चेलीहरु (फोटोफिचर)

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ भदौ । भोली (बिहिवार) राखीबन्धन पर्व मनाईदैँछ । माईतीहरुलाई चेलीहरुले राखी बाँधेर मिठो मिठो खानेकुरा दिने र एकअर्काबीच आशिर्वाद प्रदान गर्ने चलन छ यो पर्वमा । बिषेशगरी मधेशी समुदायमा प्रचलित यो पर्व आजभोली भने सबै समुदायहरुले मनाउन थालेको छ । यसै पर्वका लागि बुधबार गाईघाट बजार भिँडभाँड देखिए । फलफुल र राखी डोरी किन्नेको बजारमा घुँईचो छ ।...
गाईघाटका नयाँ कर अधिकृत राम राईलाई त्रिउवा संघको भव्य स्वागत

गाईघाटका नयाँ कर अधिकृत राम राईलाई त्रिउवा संघको भव्य स्वागत

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ भदौ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले नयाँ कर अधिकृत राम राईलाई भव्य स्वागत गरेको छ । बुधबार संघको कार्यालयमा करदाता सेवा कार्यालय गाईघाट उदयपुरमा नियुक्त राईलाई खादा ओडाएर भव्य स्वागत गरेको हो । राई साउन ७ गतेबाट गाईघाट कर कार्यालयमा सेवा सुरु गरेका थिए । संघका अध्यक्ष रमेश रसाईलीले कर कार्यालयको तार्गेट पुराउन व्यवसायीहरुको ठुलो हात रहेको जनाए । रसाईलीले कर कार्यालय र व्यवसायीहरु एकआपसको परिपुरक रहेको जनाए । अझै पनि कतिपय व्यवसायीहरु करको दायरा बिनै व्यवसाय संञ्चालन गरिरहेको जनाए । त्यस्ता व्यवसायहरुलाई कर कार्यालयले करको दायरामा ल्याएर मर्यादित व्यवसाय बनाउन जनाए । यस्तै कर अधिकृत राम राईले व्यवसायीहरु सँग एक ढिक्का भएर काम गर्ने जनाए । राईले बेलाबेला व्यवसायहरु सँग कर शिक्षा सम्बन्धि कार्यक्रमहरु समेत संञ्चालन गर्ने प्रतिवद्ध जनाएको छ ।...
फुटवल प्रतियोगितालाई पारुहाङ एकेडेमीको ५० हजार रुपैयाँ आर्थिक सहयोग

फुटवल प्रतियोगितालाई पारुहाङ एकेडेमीको ५० हजार रुपैयाँ आर्थिक सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ भदौ । बेल्टारका पारुहाङ एकेडेमीले फुटवल प्रतियोगिताका लागि ५० हजार सहयोग गरेको छ । उदयपुरको चौदण्डीगढीमा हुन लागेको प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगितालाई पारुहाङ एकेडेमीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । गत साउन १७ मा मोटरसाईकल दुर्घटनामा निधन भएका स्वर्गीय दिप्शन मगरको स्मृतिमा बेल्टार एकता युवा क्लवले आयोजना गर्न लागेको प्रतियोगिताको लागि विद्यालयले सो रकम सहयोग गरेको हो । स्व। मगर विद्यालयको पूर्व विद्यार्थी पनि भएकोले आर्थिक सहयोग गरिएको प्रिन्सिपल छविन्द्र राईले बताए । चौदण्डीगढीका पुटबल प्रशिक्षक जेवीहाङ राईका अनुसार प्रतियोगिता आगामी २३ गतेदेखि सञ्चालन हुनेछ । उक्त प्रतियोगितालाई सभ्य र भब्य बनाउँ आयोजक समिति तीव्ररुपमा लागिरहेको पनि प्रशिक्षक राईले बताए । हाल प्रतियोगिताको लागि शुभेच्छुकहरु त्था सामाजिक व्यक्तित्वहरुबाट आर्थिक सहयोग जुटाइर...
उदयपुरको कटारीमा प्लाष्टिकजन्य पदार्थको आयात र प्रयोगमा रोक लगाईने

उदयपुरको कटारीमा प्लाष्टिकजन्य पदार्थको आयात र प्रयोगमा रोक लगाईने

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १३ । उदयपुरको कटारी नगरापालिकाले प्लाटिककजन्य पदार्थको आयात र प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । मंगलबार नगरापलिकाका प्रमुख राजेन्द्र चन्द्र श्रेष्ठले एक सुचना जारी गर्दै प्लाष्टिकजन्य पदार्थमा रोक लगाउन लागिएको जानकारी दिएको हो । फोहोर मैला व्यवस्थापन समितिको २०८०÷५÷११ गते बसेको बैठकले भदौ १५ गतेबाट प्लाटिकको झोला आयात गर्न निषेध गर्ने र असोज १ गतेबाट प्लाष्टिक झोलाको प्रयोगमा पुर्ण रुपमा प्रतिबन्ध लागउने निर्णय गरेको नगरापलिकाले जनाएको छ । नगरापलिकाले प्लाष्टिकको झोला आयात तथा प्रयोग नगर्न अनुरोध गरेको छ । साथै, तोकिएको मिति पश्चात पनि प्लाष्टिकको झोला प्रयोग गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने’ सुचनामा उल्लेख गरिएको छ ।...
सुर्यज्योती लाईफ इन्सुरेन्स गाईघाट शाखाका दुईजना उत्कृष्ट एजेन्सिलाई कम्पनीबाट फ्रिज प्रदान

सुर्यज्योती लाईफ इन्सुरेन्स गाईघाट शाखाका दुईजना उत्कृष्ट एजेन्सिलाई कम्पनीबाट फ्रिज प्रदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १२ । सुर्य लाईफ इन्सुरेन्स गाईघाट शाखाबाट दुईजना उत्कृष्ट एजेन्सिलाई कम्पिनीले फ्रिज प्रदान गरेको छ । सुर्यज्योती लाईफ कम्पनीमा कार्यरत त्रियुगा नगरपालिका ११ की एजेन्सी म्यानेजर रिता खनाल र त्रिनपा ७ चुहाडेकी स्टार एजेन्सी वृहस्पती दनुवारलाई गाईघाट शाखाले फ्रिज प्रदान गरेको हो । मंगलबार एक कार्यक्रमकाबीच कार्यालय परिसरमा खनाल र दनुवारलाई तारर्गेट पुरा गरी सफल एजेन्सिको रुपमा हैसियत बनाएको भन्दै पुरस्कारको रुपमा फ्रिज प्रदान गरिएको कार्यालयले जनाएको छ ।६ महिनबाट कार्यरत रहेकी खनाल र ४ बर्षबाट कार्यरत रहेकी दनुवारले असार महिनामा उत्कृष्ट कार्य सम्पादन गरेकी उक्त फ्रिज स्किमबापत प्राप्त गरेको शाखा प्रमुख कमला खवासले बताईन् । फ्रिज सँगै अन्य एजेन्सी म्यानेजरलाई पनि टिसर्ट, कप लगायतका विभिन्न स्किमहरु प्रदान गरिएको खवासले जनाईन् ।...