Saturday, August 15News That Matters

Breaking News 1

उदयपुरमा डेंगु संक्रमित सुत्केरीको मृत्यु

उदयपुरमा डेंगु संक्रमित सुत्केरीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १२ । उदयपुरमा डेंगु संक्रमित एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–७ सिखर गाउँकी २४ बर्षीय सुमित्रा मगर रहेको गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरले जानकारी दिए । सोमबार डेंगी संक्रमित २५ दिने सुत्केरी सुमित्राको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको हो । साउन यता जिल्लामा ९११ जनामा डेंगु पुष्टि भएको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।...
रौतामाई गापा अध्यक्षको आफ्नाे सेवा सुविधाबाट तीन अशक्तलाई सहयोग

रौतामाई गापा अध्यक्षको आफ्नाे सेवा सुविधाबाट तीन अशक्तलाई सहयोग

Breaking News 1, राजनीति, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ । चुनाव जितेमा सेवा सुविधा नलिने घोषणा गरेका उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार मगरले आफ्नाे सेवा सुविधाबाट पालिकाका तीनजना अशक्तलाई सहयोग गरेका छन् । आज मुर्कचीमा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रमसंगै गाउँ पार्टी अध्यक्षसमेत रहेका मगरले रौतामाईकी करेन्ट लागेर अपाङता भएकी कृष्टि दाहाललाई ५० हजार, मुटुरोगी अजिता नेपाललाई २५ हजार, छोरो विरामी भई स्वर्गरोहण भएका शेरबहादुर कामीको दयनीय आर्थिक अवस्थालाई मध्येनजर गर्दै ५ हजार सहयोग गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपी अछामीले सहयोग रकम हस्तान्तरण गरे । अध्यक्ष मगरले जनतालाई गरेको बचन अनुरुप आफु अध्यक्ष भएवापत राज्यले दिने सेवा सुविधाबाट असहायलाई सहयोगका साथै सामाजिक काम गरेर पुरा गरेका हुन् ।...
स्वर्गिय श्यामकर्ण राईको स्मृतिमा आफन्तहरुले गरे रक्तदान

स्वर्गिय श्यामकर्ण राईको स्मृतिमा आफन्तहरुले गरे रक्तदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ भदौ । स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका स्वर्गिय श्यामकर्ण राईको स्मृतिको अवसरमा आफन्त तथा छिमेकीहरुले रक्तदान कार्यक्रम गरेको छ । साबिकको लाफागाउँ गाबिस वडा नम्बर ९ गल्लिटोल र हाल रौतामाइ गाउँपालिका वडानम्बर ३ लाफागाउका ६२ बर्षिय श्यामकर्ण राईको दशौँ पुण्य तिथिको अवसरमा आफन्तहरुले नेपाल रेडक्रस सोसाईटी उदयपुरमा गएर रगत प्रदान गरेका थिए । आफन्त राम कुमार राईका अनुसार श्यामकर्ण राई स्वास्थ्य क्षेत्रमा करिब १६ बर्ष सेवा गरेको र पछिल्लो समय एन्जीओ, साहित्य सँगै सामाज सेवामा समेत अव्वल रहेका राईको उच्च कदरको निम्ति रगत दान गरेको जनाए । राई सहित नौ जनाले रक्त संञ्चार सेवाको कार्यलय बोक्सेमै गएर रगत प्रदान गरेका थिए । रगत प्रदान गर्नेहरुमा कौसल राई ,एक्षिक राई, कला राई, सम्झना राई, राम कुमार राई, एल्बिन राई, तामिन्द्र राई, पबन चाम्लिङ्ग , सन्तोस कोइराला रहेका थिए ।...

वडिविल्डर दिलिप चौधरीलाई त्रियुगा नगरपालिकाले गरे नगद सहित सम्मान

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ७ साउन । त्रियुगा नगरपालिकाले बडिविल्डर दिलिप चौधरीलाई नगद सँगै सम्मान तथा बधाई ब्यक्त गरेको छ । मंगलबार नगर प्रमुख वसन्त वस्नेतको कार्यकक्षमै चौधरीलाई सम्मान गरिएको हो । बिभिन्न खेलाडी तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको उपस्थितिमा चौधरीलाई सम्मान तथा बधाई ब्यक्त गरिएको खेलाडी अरुण चौधरीले जनाए । चौधरीका अनुसार नगद रु २१ हजार सम्मान पत्र सहित दिलिपलाई त्रियुगा नगरपालिकाले सम्मान गरेको हो । चौधरी भर्खरै काठमाण्डौँमा भएको नरेश सुर्या क्लासिक नेपालको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए । उनले त्यस प्रतियोगितामा बडिविल्डर तर्फ दोस्रो स्थान र फिजिकल क्लासिक तर्फ भने पहिलो स्थान प्राप्त गरेका थिए । चौधरी झापामा आयोजित दोस्रो मिस्टर कंचनजंघकाको बिजेता पनि हुन् । उदयपुर स्थित त्रियुगा १२ निवासी चौधरी गाईघाटमा रहेको डि।एन। वी क्लवमा आवद्ध छन् ।...
त्रियुगा नगर युवा तथा खेल्कुद विकास समितीद्धारा क्लासिक फिजिक्स बिजेता चौधरीलाई सम्मान

त्रियुगा नगर युवा तथा खेल्कुद विकास समितीद्धारा क्लासिक फिजिक्स बिजेता चौधरीलाई सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि,भदौ ६ । छिमेकी मुलुक भारतमा निकै चर्चित ‘नरेश सूर्य क्लासिक’ बडि बिल्डिङ अन्तरास्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट विजेता बनेका उदयपुरका दिलिप चौधरीलाई गृह जिल्लामा भव्य बधाई तथा सम्मान गरिएको छ । बुधवार त्रियुगा नगरपालिकाको नगर प्रमुखको कार्यकक्षामा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख बसन्तकुमार बस्नेतद्धारा त्रियुगा नगर युवा तथा खेल्कुद विकास समितिले उनलाई सम्मान स्वरुप नगद रु,२१ हजार सहित सम्मान पत्र प्रदान गरिएको हो । ‘नरेश सूर्य क्लासिक’ उप–बिजेता बनेको चौधरीले उदयपुर जिल्ला प्रदेश हुँदै सिङ्गो नेपाल राष्ट्रको नाम चिनाउन सफल हुनु भएको छ । सम्मान समारोहलाई सम्बोधन गर्दै त्रियुगा नगर युवा तथा खेल्कुद विकास समितीका सचिव किरन कार्कीले खेलाडिहरुलाई प्रोत्साहन स्वरुप नगर वर्ष खेलाडी पुरुष,नगर वर्ष महिला खेलाडी छनोट गरी नगद सहित चाँडै सम्मान गर्ने बताए । उनले भने ‘यो उपाधी ...
अन्तराष्ट्रिय बडिविल्डिङ उपविजेता तथा क्लासिक फिजिक्स बिजेता चौधरीलाई गाईघाटमा सम्मान तथा बधाई

अन्तराष्ट्रिय बडिविल्डिङ उपविजेता तथा क्लासिक फिजिक्स बिजेता चौधरीलाई गाईघाटमा सम्मान तथा बधाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ६ भदौ । उदयपुरका दिलिप चौधरी बडिविल्डिङका उदाउँदो खेलाडी हुन् । चौधरीले बिभिन्न प्रतियोगितामा बिजयी हाँसिल गरिसकेका छन् भने जुनसुकै प्रतियोगिताहरुमा महत्वपूर्ण जित राख्दै आएका छन् । चौधरीले यो भन्दा पहिलेका जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगिताहरुमा जितको बर्चस्व जमाईसकेका छन् । चौधरीले केही महिना अघि मात्रै झापामा भएको मिस्टर कंचनजंघा दोस्रो चरणको उपाधी समेत हात पारिसकेको छ । लगत्तै चौधरीले साउन ३२ गते देखी भएको अन्तराष्ट्रि प्रतियोगिता नरेश सुर्या क्लासिक नेपालमा पनि भाग लिए । चौधरीले यस प्रतियोगितामा भने क्लासिक फिजिक्स तर्फ पहिलो स्थान हासिँल गरे भने बडिविल्डिङ तर्फ दोस्रो स्थान हासिल गरे । साउन ३२ गतेदेखी सुरु भएको प्रतियोगितामा आफ्नो क्षेमतालाई उदयपुरको प्रतिनिधित्व गर्दै चौधरी जिल्ला फर्किएका छन् । जिल्ला फर्किए सँगै उनलाई बधाई अनि सम्मान दिनेको ओईरो लागेको छ । ...
बिवादका बावजुत कोशीका मुख्यमन्त्री थापाले लिए विश्वासको मत

बिवादका बावजुत कोशीका मुख्यमन्त्री थापाले लिए विश्वासको मत

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट पाएको भनिएको विश्वासको मत विवादमा तानिएको छ। विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएका छन् । बैठकको सभाध्यक्ष गरेका इस्राइल मन्सुरीले भोटिङका क्रममा सांसद गीता तिम्सिनालाई बोलाएपछि संसदमा हंगामा सुरु भएको थियो । उनले गीतालाई सभाध्यक्ष गर्न दिएपछि सोही क्रममा थापाको पक्षमा भोट त हाले तर विपक्षी दलका सांसदले चर्को नाराबाजी गरे । नाराबाजीका बीच फेरि सभाध्यक्ष गरेर मन्सुरीले थापाले प्रदेशसभाको विश्वासको मत पाएको घोषणा गरे । थापाको क्षमा ४७ मत प्राप्त भयो भने विपक्षमा ३० मत पर्यो । अन्य सांसद भने प्रदेशसभामा विश्वासको मत फेल गराउने लक्ष्यका साथ अनुपस्थित भएका थिए ।  ...
हाेमस्टेकाे आम्दानीले सामाजिक काम

हाेमस्टेकाे आम्दानीले सामाजिक काम

Breaking News 1, आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि, भदाैं २ । उदयपुरकाे त्रियुगा नगरपालिका १३ स्थित बहेडुवा थारु सामुदायिक हाेमस्टेले सामाजिक उत्तरदायित्वकाे काम गरेकाे छ । आम्दानीकाे १५ प्रतिशत सामाजिक काममा छुट्याउदै आँखा शिविर केही समयअघि गरेकाे हाेमस्टेले आज चस्मा वितरण गरेकाे प्राविधिक सल्लाहकार उत्तिमचन्द्र चाैधरीले बताए । जेभि फाउन्डेशन जिल्ला  तथा नगर समितिकाे सहयाेगमा चस्मा वितरण गरिएकाे हाे । कार्यक्रममा त्रियुगा नगर मेयर वसन्त बस्नेत लगायत अतिथिहरुले बृद्धबृद्धालाई चस्मा वितरण गरे । हाेमस्टेले सहयाेगि जेभि फाउन्डेसनका अध्यक्ष गणेश दनुवार लगायत सदस्यहरुलाई सम्मान गर्याे । [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]...
सगरमाथा कृषि उपज बजार सञ्चालक समितिद्वारा साधारणसभा तथा अधिवेशन आयोजना

सगरमाथा कृषि उपज बजार सञ्चालक समितिद्वारा साधारणसभा तथा अधिवेशन आयोजना

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरको सदरमुकाम गाईघाटस्थित सगरमाथा कृषि उपज बजार सञ्चालक समितीको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन रोक्न नगरपालिकाले पत्रचार गरेपनि समितिले आजै आयोजना गरेको छ । कार्यक्रमको सबै तयारी र पत्रचार भइसक्दा एक्कासी हिजो स्थगितको पत्र आएपछि समिति र आम ब्यापारीको मत अनुरुप साधारण सभा तथा अधिवेशन गरिएको अध्यक्ष दुर्गानन्द चौधरीले बताए । नगरपालिकाले समितिबाट आम्दानी प्राप्त नभएको भन्दै गत असार १० गतेको नगरसभाबाट पुरानो गाईघाट हवाईफिल्ड स्थित कृषि उपज बजार ठेक्का लगाउने निर्णय गरेको पत्रमा उल्लेख गरेको छ । नगरपालिकाको निर्णयप्रति असन्तुष्ट समिति र ब्यापारीहरुले पूर्वाग्रही ब्यवहार भएको आरोप लगाएका छन् । कृषि बजार ब्यवस्थापन जिम्मेवारी, भुमिका र दायित्वबाट पन्छिदै आम्दानी मात्र खोजेको आरोप उनीहरुको छ । बढि आम्दानी लिने नाममा ब्यापारीहरुलाई मारमा पार्न खोजेको आरोप छ ।स्थान...
बेलका नपामा मेयरकाे सचिवालयले तालाबन्दि र कर्मचारी हाजिरिखाता कब्जा

बेलका नपामा मेयरकाे सचिवालयले तालाबन्दि र कर्मचारी हाजिरिखाता कब्जा

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदाैं १ । उदयपुरको बेलका नगरपालिकाका मेयर अशोक कार्कीको सचिवालयले कर्मचारी हाजिरीखाता कब्जामा लिनुका साथै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ । गत साउन ३१ गते त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम सरुवा भई अन्यत्र गएको भोलीपल्ट सचिवालयले तालाबन्दी र कर्मचारी हाजिरीखाता कब्जामा लिँदा अधिकृतहरु हाजिरविहिन बनेका हुन् । कार्यालय प्रमुखको माताहतमा हाजिर हुनुपर्नेमा सचिवालयमा हाजिर गर्न उर्दी गरिएको थियो । काठमाडौं रहेका मेयर कार्कीको निर्देशनमा सचिवालयले तालाबन्दी र हाजिरीखाता कब्जा गरेको स्रोतको दावी छ । मर्यादा र नियमअनुरुप नभएको भन्दै साउन ३२ गते तीनजना अधिकृतहरुले हाजिर गरेनन् । हाजिर नगरेपनि उनीहरुले जनताको सेवा प्रवाह भने सुचारु राखेका थिए । सचिवालयले आज हाजिरखाता अधिकृतको कार्यकक्षमा फिर्ता गरेपनि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको तालाबन्...