Saturday, August 15News That Matters

Breaking News 1

त्रियुगाको सबै ठाउँमा डेँगु बिरुद्धको बिषादी छिट्न नगरपालिकालाई ध्यानाकर्षण

त्रियुगाको सबै ठाउँमा डेँगु बिरुद्धको बिषादी छिट्न नगरपालिकालाई ध्यानाकर्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३२ साउन । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले डेँगु नियन्त्रण गर्न नगरपालिकालाई आह्वान गरेको छ । पछिल्लो समय बढेको डेँगुबाट त्रियुगावासीहरुलाई सुरक्षित गर्न आवश्यक कदम चाल्न संघले आह्वान गरेको हो । त्रियुगा नगरपालिकाले हाल गाईघाट बजार एरिया परिसरमा मात्रै बिषादी छिटेको गुणासो संघलाई आएको भन्दै अन्य वडा तथा स्थानहरुमा पनि बिषादी छिट्न आह्वान गरेको हो । बजार बाहेक देउरी, जलजले, बगाहा, चुहाडे, लालपत्ता लगायत स्थानहरुबाट पनि बिषादी छिट्न माग भएपछि सोही अनुसार संघले नगरपालिकालाई ध्यानाकर्षण समेत बुझाएको छ । संघले त्रियुगाकावासीहरुलाई सुरक्षित हुनेगरी नगरको सबै स्थानमा बिषादी छिट्न माग सहित ध्यानाकर्षण बुझाएको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । बजार बाहेक अन्य स्थानहरुबाट जनगुणासो आएको भन्दै गुणासो सुनुवाईमा दवाव दिँदै ध्यानाकर्षण बmुझाएको अध्यक्ष रसाईलीको भनाई छ ।...
उदयपुरमा राप्रपाको एक दिने जिल्ला परिषद् भेला

उदयपुरमा राप्रपाको एक दिने जिल्ला परिषद् भेला

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ३१ साउन । राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपाले उदयपुरमा एक दिने जिल्ला परिषद् भेला आयोजना गरेको छ । बुधबार गाईघाट एवान होटल स्थित जिल्ला पदाधिकारी लगायतका उपस्थितिमा परिषद् भेला भएको हो । भेलामा राप्रपालाई नयाँ ढँगबाट अघी बढाउने बारे बृहत छलफल भएको छ । पार्टीलाई नविन योजनाको माध्यमबाट सफल बनाउने गरी बिभिन्न बिभाग तथा संगठनहरु निर्माण गरी अघि बढ्ने बारे उपपस्थितिहरुले कुरा उठाएको छ । पार्टीले हाल “नविन राप्रपा” भन्ने अभियाननै पनि संञ्चालन गरेको छ । केन्द्र देखी टोल सम्म नविन राप्रपा अभियान संञ्चालनमा ल्याउने र पार्टीलाई थप सुधार गर्ने परिषद्ले लक्ष्य राखेको छ । राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका मेयर राम थापाको प्रमुख आतिथ्यतामा जिल्ला भेला आयोजना गरिएका थिए ।...
उदयपुर अस्पतालमा बढ्यो मौसमी प्रकोपका बिरामी

उदयपुर अस्पतालमा बढ्यो मौसमी प्रकोपका बिरामी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० साउन । उदयपुर अस्पताल बोक्सेमा बिरामीको चाप बढेको छ । अस्पतालका अनुसार हाल अन्य बिरामीहरु भन्दा मौसमी प्रकोपका बिरामीहरु बढेको हो । समय अनुसार फैलिने भाईरस प्रकोपका सिजनल बिरामीको चाप हस्पिटलमा बढेको अस्पतालको भनाई छ । डेँगु, आँखा पाक्ने, ज्वरो, स्क्रपटाईपस, टाईफाई जस्ता बिरामीहरु हस्पिटलमा बढेको अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानेन्द्र झाले बताए । हस्पिटलमा बिषेशगरी ज्वरो सँगै डेँगुको बिरामीहरु बढीमात्रामा रहेको जनाए । ५२६ जनालाई डेँगु जाँच गर्दा १५६ जनामा संक्रमण पुष्टी भएको र २० जनालाई बेड भर्नानै गर्नु परेको डा. झाले बताए । डेँगु बाट बच्न बिषेशगरी सरसफाईमा ध्यान दिन झाले सुझाएको छ । पानी जम्न नदिने सरसफाई गर्ने र सुरक्षा अपनाएर हिँडडुल गर्न उनले सुझाए ।...
उदयपुरको दिलिप चौधरीले अन्तराष्ट्रिय शारिरीक शुगठनमा भाग लिने

उदयपुरको दिलिप चौधरीले अन्तराष्ट्रिय शारिरीक शुगठनमा भाग लिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० साउन । उदयपुरका बडिविल्डर दिलिप चौधरीले अन्तराष्ट्रिय शारिरीक शुगठन प्रतियोगिता (नरेश सुर्य क्लासिक) मा भाग लिने भएको छ । उदयपुरबाट एक मात्रै प्रतिनिधित्वको रुपमा चौधरी हालै काठमाण्डौँमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको हो । उक्त प्रतियोगिता काठमाण्डौँमा भदौ २,३ र ४ गते हुँदैछ । चौधरीलाई डिएनवी क्लवले जितको अग्रिम शुभकामना दिँदै विदाई समेत गरेको छ ।...
आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० साउन । ताप्लेजुङको मैवाखोला गाउँपालिका(५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आज बिहान साँढे १० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो । सोही जानकारीको आधारमा प्रहरी चौकी साँघुबाट प्रहरी टोलीले घटना स्थल गएर लिम्बुलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरको मौवासेमा अवरुद्ध मदन भण्डारी राजमार्ग अझै खुल्न सकेन

उदयपुरको मौवासेमा अवरुद्ध मदन भण्डारी राजमार्ग अझै खुल्न सकेन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ साउन । उदयपुरगढी गाउँपालिका ६ मौवासेमा खसेको पहिरोका कारण मदन भण्डारी राजमार्ग हाईवे अझै खुल्न सकेको छैन । पहिरो खसेर शनिवार बाट अबरुद्ध उक्त राजमार्ग खुल्न अझै समय लाग्ने जनाईएको छ । खसेको पहिरो हटाउन सिमित स्रोत साधनका कारण सडक खुल्न ढिलाई भएको स्थानीयहरुको भनाई छ । पहिरोले बाटो अवरुद्ध बनाएपछि उदयपुरगढी गाउँपालिका सहित सम्बन्धित निकायहरु सडक खोल्न लागि परिरहेको छ । सडक खोल्न आईतबार दिनैभरी परेको पानीका कारण पनि ढिलाई भएको गाउँपालिका उपाध्यक्ष जित बहादुर खड्लकाले जनाए । सडक खोल्नका लागि गाउँपालिका सँगै सडक कार्यालय र सोही सडकमा काम गर्दै आएका निर्माण कम्पनी समेत लागि परेको उपाध्यक्ष खड्काले जनाए । खड्काका अनुसार उक्त सडक खोल्नका लागि आज दिनैभरी लाग्न सक्ने अनुमान छ । सडक अबरुद्धका कारण पूर्वबाट काठमाण्डौँ लगायतका ठाउँमा जाने सवारीहरु अलपत्र परेको छ । पूर्वका लागि सहजर...
त्रियुगा नगरपालिकामा शिक्षकहरुको धर्ना

त्रियुगा नगरपालिकामा शिक्षकहरुको धर्ना

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, २८ साउन । त्रियुगा नगरपालिकामा शिक्षकहरुले धर्ना बसेको छ । सरकारले ल्याएको शिक्षा ऐन विधेयक माथी प्रश्न गर्दै शिक्षकहरु धर्नामा वसेको हो । शिक्षक माहासंघ त्रियुगा नगरपालिका र माताहतका संघ घटकहरुले ३ घण्टे धर्ना सहित ज्ञापन पत्र बुझाएको छ ।  माहासंघका जिल्ला अध्यक्ष यादव बस्नेतले यो पहिलो चरणको आन्दोलन रहेको जनाए । आईतबार शिक्षक संगठनका पालिका कार्यसमितिले आन्दोलन गरेको जनाए । थप आन्दोलनका लागि जिल्ला कार्यसमितिको यहि ३० गते आन्दोलनको कार्यक्रम रहेको जनाए । आईतबार ८ ओटै पालिकाहरुमा पालिका स्तरीय धर्ना र बिज्ञाप्तीको कार्यक्र रहेको जनाए । जिल्लाले पनि सोही कार्यलाई आन्दोलनमा निरन्तरता दिने अध्यक्ष वस्नेतको भनाई छ । पहिलो सरकारमै शिक्षक माहासंघ सरकार सँग ५१ र ३० बुद्धे सम्झौता सरकार सँग गरेको शिक्षकहरुले जनाएको छ । तर त्यस सम्झौतालाई बेवास्ता गरी हावादारी नियमहरु लागु गर्दै श...
उदयपुरमा युवा दिवस : मैत्रीपूर्ण फुटवल देखी बृक्षा रोपण सम्म

उदयपुरमा युवा दिवस : मैत्रीपूर्ण फुटवल देखी बृक्षा रोपण सम्म

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ साउन । युवा दिवस २०२३ को अवसरमा उदयपुरमा बिबिध कार्यक्रमको आयोजना गरिएको छ । मैत्रीपूर्ण खेल, बृक्षारोपण, अन्तरक्रिया तथा रेडियो कार्यक्रमको साथमा उदयुरमा भव्य युवा दिवस मनाईएको हो । दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा–हरित सीप विकास भन्ने नाराका साथ छुट्टा छुट्टै समयमा युवामैत्री कार्यक्रमहरुको आयोजना गरिएको हो । शुक्रबार युवा रुपान्तरणको लागि सहभागितामुलक मैत्रीपूर्ण फुटवल थारुहट रंगशालामा सम्मपन्न गरियो भने, युवा सहभागीताका लागि युवा सहभागिता बिषयक कार्यक्रम पनि सोही दिन प्रस्तुत गरिएको थियो । यस्तै शनिवारका दिन पर्यावरणीय न्यायको लागि युवा नेतृत्वमा बृक्षारोपण कार्यक्रम र रेडियो कार्यक्रम पनि शनिवार सम्पन्न गरियो । उक्त कार्यक्रमलाई गैसस माहासंघ उदयपुर, जिल्ला युवा संञ्जाल उदयपुर, त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति, ओरेक उदयपुर र जाल्...
उदयपुरमा मदन भण्डारी राजमार्ग सडक अबरुद्ध

उदयपुरमा मदन भण्डारी राजमार्ग सडक अबरुद्ध

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ साउन । बर्षाका कारण उदयपुरमा मदन भण्डारी राजमार्ग सडक अबरुद्ध भएको छ । लगतारको बर्षाले पहिरो खस्दा सवाडरी साधन आवतजावतमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार बिहान ३ बजेबाट खसेको पहिरोले करिब ५० मिटर हाराहारीमा सडक पुरेको जनाएको छ । उक्त सडकको पहिरो अहिले पनि हटाउन नसकिएको प्रहरीको भनाई छ । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नं। ५ स्थित मौवासी खोला पुल नजिक भिषण पहिरा गएको छ । हाल पश्चिम बाट पुर्व तर्फ हिडेका लामोदुरीका सवारी साधनलाइ कटारीबाटै अर्को बाटो पठाइएको छ भने पुर्वबाट पश्चिम हिडेका सवारीलाई गाईघाट बाटै अर्को बाटो पठाईदै आइएको जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जनाएको छ । सडक विभागको जेजिवी पहिरो गएको स्थानमै रहेको कारण बर्षा रोकिनासाथ पहिरो खुलाउने काम सुरु गरिने समेत जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जानकरी दिएको छ । &nb...
बहेडुवा थारु होम स्टेमा बढ्यो आन्तिरिक पर्यटकको आकर्षण

बहेडुवा थारु होम स्टेमा बढ्यो आन्तिरिक पर्यटकको आकर्षण

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, २८ साउन । त्रियुगा नगरपालिका १३ मा संञ्चालित बहेडुवा थारु सामुदायीक होम स्टेमा पर्यटक आकर्षित हुँदै गएको छ । बिषेशगरी आन्तरिक पर्यटकहरुको रोजाई बन्दै गएको यहाँ बाह्य पर्यटकहरुको पनि चासो हुन थालेको जनाईएको छ । सामुदायीक रुपमा संञ्चालित होमेस्टेमा १५ घरको सहभागीता र संयुक्त लगानी रहेको संञ्चालक समितिका अध्यक्ष भगवान सिंह चौधरीले जनाए । चौधरीका अनुसार होम स्टे शान्त र रमयणीय वातावरणमा रहेको छ । परिकारहरुका लागि यहाँ बिषेशगरी थारु परिकारहरु पाईने चौधरीले जनाए । अडर अनुसार सम्पूर्ण थारु परिकार सँगै पाहुनाहरुको इच्छा अनुसारको सबैखाले परिकारहरु उपलब्ध हुने अध्यक्ष चौधरीले जनाए । हाल थारु परिकारहरु उसिना चामलको भुजा, बगिया, तेलको रोटी, कचरी, बडी, आलुचोप, आलसको फुलौरी, अण्डी धानको चामलको खिचडी, घँुगी, गंगटा, लोकल कुखुरा, खोलाको माछा, भातको फुलौरी र आर्गनिक खाना सँगै आर्गनिक पि...