Saturday, August 15News That Matters

Breaking News 1

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, अर्को सरकार गठन प्रक्रियाको लागि आदेश

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, अर्को सरकार गठन प्रक्रियाको लागि आदेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ साउन । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो । २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ ९३० अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न पर...
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः सर्वसम्मतिले पारित

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः सर्वसम्मतिले पारित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ साउन । मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः स्वसहमतिले पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल भएको थियो । प्रतिनिधि सभाले संसाधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुन पारित गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए । त्यसअघि सभाले प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो । विधेयक पारित भएसँगै अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ । राष्ट्रिय सभाको बैठक साउन १...
ताप्ली गाउँपालिकाले ल्यायो कृषि एम्वुलेन्स, कृषकहरुको उत्पादन सहजै बजार सम्म पुराउन सकिने

ताप्ली गाउँपालिकाले ल्यायो कृषि एम्वुलेन्स, कृषकहरुको उत्पादन सहजै बजार सम्म पुराउन सकिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ साउन । उदयपुरको ताप्ली गाउँपालिकाले खरिद गरेको दुई ओटा कृषी एम्वुलेस पालिकामा ल्याईएको छ । कृषहरुले उत्पादन गरेको कृष सामाग्रीहरुलाई सहज र सरल तरिकाले बजार सम्म पुराउन यस कृषी एम्वुलेन्सले सहयोग गर्ने पालिकाले जनाएको छ । कृषी एम्वुलेस्बाट पालिकामा उत्पादन गर्ने कृषकहरुले सहज सुल्कमा बजार सम्म उत्पादन पुराउन सक्ने पालिकाको भनाई छ । कृषकले उत्पादन गर्दै आएका खाद्यन्न, फलफुल तथा तरकारीहरु अनेकौँ सवारीहरुमा हैरानी पूर्वक झार्नु पर्ने अवस्था अब हटेको पालिकाले जनाए । कृषकहरुलाई प्रोत्साहन गर्न र उनिहरुको उत्पादनमा सहज बनाई पालिकाभित्र कृषी क्षेत्रको विकास गर्न कृषि एम्वुलेन्स खरिद गरेको पालिका अध्यक्ष ढुँगराज बिकले जनाए । उनले उत्पादन मात्रै गरेर कृषिमा विकास नहुने त्यसका लागि सडकर र साधनको अत्यावश्यक रहेको भन्दै कृषकहरुको उत्पादन सहज सुल्कमा पालिकाले नै बजार सम्म पुराउने उ...
आज कोशी सरकार विरुद्धको रिटमा आदेश आउन सक्ने

आज कोशी सरकार विरुद्धको रिटमा आदेश आउन सक्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ११ । कोशी प्रदेश सरकार विरुद्ध परेको रिटमा आज अदेश आउन सक्ने सम्भावना रहेको छ । सर्वोच्चमा आज न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई हुनेछ । हिजो बुधबार रटिमाथि पक्ष र विपक्षका दुबै वकिलहरुले बहस सकेपछि आजको लागी पेशी तोकिएको हो । आजको ईजलासले आदेशबारे पनि निर्णय गर्नेछ। कोशी प्रदेशमा एमाले नेतृत्व सरकार ढलेपछि नेपाली कांग्रेस संसदिय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनी गठबन्धनका दलसहित सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुख गौतमको पनि हस्ताक्षरमा थापा मुख्यमन्त्री नियुक्त भएपछि असंवैधाकि रुपमा सरकार गठन गरेको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । उनले दिएको रिट निवेदनमा असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त भए...
डेँगुले धरानमा ७ जनाको मृत्यु

डेँगुले धरानमा ७ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० साउन । धरानमा डेँगुको संक्रमण ५८ प्रतिशतले फैलिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको दावी गरेको छ । धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ ।...
घाईते अवस्थामा फेला परेको लोपन्मुख पंक्षी (मलाहा हुचिल) बन कार्यायमा बुझाईयो

घाईते अवस्थामा फेला परेको लोपन्मुख पंक्षी (मलाहा हुचिल) बन कार्यायमा बुझाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० साउन । उदयपुरमा लोपन्मुख पंक्षी (मलाहा हुचिल) अवस्थामा फेला परेको छ । चौदण्डीगढी नगरपालिका ७ गोरेटोलाइनमा उक्त हुचिल बुधबार घाईते अवस्थामा फेला परेको हो । घाईते अवस्थामा रहेका लाटोकोसेरा प्रजातिको संरक्षित पंक्षी हुचिललाई स्थानीयहरुले उद्धार गरी डिभिजन वन कार्यालय गाईघाटमा बुझाइएको हो । वसन्तपञ्चमी सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव सुनिल राईले उक्त पंक्षीलाई संरक्षण सुरक्षाका लागि वन कार्यालयमा बुझाईएको जनाए । अवैध ढङ्गले बिक्रीवितरण हुने गरेको उक्त पंक्षी बिक्री गर्न सक्ने भएको हुदा संरक्षित गर्न वन कार्यालयलाइ बुझाउन उचित रहेको राईले जनाए । मलाहा हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो । करिब ६० वर्ष आयु हुने मलाहा हुचिलको तौल तीन केजीभन्दा बढी हुँदा खुट्टाका नङ्ग्राले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने शोधकर्ताहरु बताउँछन् । लाटक...
बाग्लुङमा प्रहरीको बरिष्ठ सई पौडेलको हत्या भएको निष्कर्श

बाग्लुङमा प्रहरीको बरिष्ठ सई पौडेलको हत्या भएको निष्कर्श

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० साउन । मृत फेला परेको भनिएको बागलुङका बरिष्ठ सईको हत्या भएको निष्कर्श अनुसन्धानले निकालेको छ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक ९सई० उज्जल पौडेल सोमबार बिहान होटलमा मृत भेटिएका थिए । पर्दाको पासो लगाएको अवस्थामा आशा होटलको तल्लो तलामा मृत भेटिएका पौडेलको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताए । पौडेल बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलमा मृत भेटिएपछि घटनालाई संकास्पद मानिएका थिए । उक्त घटनाको घटनाले सई पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा प्रहरीले होटल संचालिका ५१ वर्षीय आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई पक्राउ गरेको छ । होटलमा खाजा खान गएका वरिष्ठ सई पौडेल र होटल संचालिकाको आमा–छोरासँग विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन...
नेपाल परिवर्तनमा माओवादीको मुख्य भुमिका : भाजपा

नेपाल परिवर्तनमा माओवादीको मुख्य भुमिका : भाजपा

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ साउन । भारतीय दल (भाजपा) ले नेपाल परिवर्तनमा माओवादीको मुख्य भुमिका रहेको जनाए । भारतिय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नेपालको परिवर्तनको मुख्यबाहक माओवादी रहेको धारणा राखेको टोलीमा रहेका माओवादीका एक नेताले बताए । माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा भारत भ्रमणमा रहेका टोलीसँग कुरा गर्दै भाजपाका नेताहरुले सो कुरा बताएका हुन् । माओवादी लामो संघर्ष गरेर आएको पार्टी भएको भन्दै नड्डाले भाजपा पनि लामो संघर्ष गरेर यो अवस्थामा आएको र भारतमा परिवर्तनका लागि प्रयासरत रहेको धारणा राखेका थिए । अध्यक्ष नड्डाले परिवर्तन, आर्थिक समृद्धि र विकासका लागि भाजपा र माओवादी मिलेर काम गर्नुपर्ने बताए । यस्तै माओवादी केन्द्रका नेताहरुले मंगलबार नै भारतका विदेश मन्त्री एस. जयशंकरसँग भेट्ने कार्यक्रम रहेको छ । भ्रमणको कार्यतालिकमा विदेश मन्त्री एस। जयशंकरसँग भेट्ने कार्...
दिल्लीमा एक नेपाली महिला मृत अवस्थामा फेला

दिल्लीमा एक नेपाली महिला मृत अवस्थामा फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ साउन । भारतको नयाँ दिल्लीमा एक ३२ वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् । दक्षिण दिल्लीको सर्वोदय क्षेत्रमा रहेको एक घरमा ती महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारिएको स्थानीय प्रहरीले जनाएको छ । ती महिलाले झुण्डिएर आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले महिलाको नाम कमला भएको जानकारी दिएको छ । महिलाको घर नेपालको लामडाडामा रहेको बताइएको छ । प्रहरीले सोमबार दिउँसो १ः२५ बजे घटनाबारे जानकारी पाएको थियो । टाइम्स अफ इन्डियाको समाचारमा जनाइए अनुसार, लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारेको थियो । महिला सलको पासो लगाएर सिलिङ फ्यानमा झुण्डिएकी थिइन् । कमला श्रीमान, १४ वर्षीया छोरी र आठ वर्षीय छोरासहित विगत १७ वर्षदेखि त्यो घरमा बस्दै आएकी थिइन् । कमलाका श्रीमानले त्यही घरमा घरेलु कामदार थिए । घट...
विमानस्थल भन्सारको प्रमुख पोखरेललाई जिम्मेवारीबाट हटाईयो

विमानस्थल भन्सारको प्रमुख पोखरेललाई जिम्मेवारीबाट हटाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको भन्सार प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाईएको छ । पोखरेललाई सुन प्रकरणबारे छानबिन गर्न उक्त जिम्मेवारीबाट हटाईएको अर्थ मन्त्रालयले जनाएको छ । झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट हटाएका होँ, मन्त्रालयका प्रवक्ता धनिराम शर्माले भने । पोखरेलको ठाउँमा भन्सार कार्यालय प्रमुखका लागि सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । प्रवक्ता एवं सहसचिव शर्माका अनुसार पाण्डे आइतबारमात्रै राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए ।  ...