Saturday, August 15News That Matters

Breaking News 1

आज साउने संक्रान्ति

आज साउने संक्रान्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ साउन । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअन...
सोमवारदेखी अत्याधिक बर्षाको सम्भावना

सोमवारदेखी अत्याधिक बर्षाको सम्भावना

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३१ असार । हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि आजबाट केही मात्रामा कम वर्षा भएको छ । आज राति पनि भारी वर्षाको सम्भावना छैन । “मनसुन आज र भोलिलाई सामान्य छ । शनिबार र आइतबारको तुलनामा सोमबार र मङ्गलबार बढी वर्षा हुने सम्भावना छ । भोलि दिउँसोका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ”, उनले भने । उनको भनाइमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा ...
ठमेलमा होटल संञ्चालकलाई हातपात गर्ने ७ जना पक्राउ

ठमेलमा होटल संञ्चालकलाई हातपात गर्ने ७ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३१ असार । ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा ७ जना पक्राउ परेको छ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ सहित ७ जनालाई प्रहरी पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी ९एसपी० सिताराम रिजालका अनुसार असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइ सहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए । सानुभाइ इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ कुमार श्रेष्ठ ‘घैटे’का सहयोगी थिए । काठमाडौँको गुन्डा समूहमाथि निगरानी गरिरहेका एक जना प्रहरी अधिकृतका अनुसार अहिले सानुभाइ ‘समीरमान सिंह बस्नेत बाहेक अरूलाई मान्दिनँ’ भन्छन् । पोखराबाट पछ्याएर थानकोट पुगेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । ओम्निया क्लबमा भएको झगडामा संलग्न आरोपमा पक्राउ पर्नेमा सानुभाइ सहित टोखा घर भएका ३३ वर्षीय ...
खैराझोडामा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई गम्भीर घाईते

खैराझोडामा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुई गम्भीर घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ३१ । उदयपुरको चौदण्डीगढी नगरपालिका १० खैराझोडामा मोटरसाईकले पैदल यात्रीलाई ठक्कर दिँदा मोटर साईकल चालक र पैदल यात्री दुवै गम्भीर घाईते भएको छ । मदन भण्डारी राजमार्ग स्थित बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको स ८ प ४६५२ नं को मोटरसाईकलले बाटो क्रस गर्दै गरेको सोही ठाउँको ४५ बर्षिय उदेश राईलाई ठक्कर दिएको थियो । राईको अनुहार र टाउकोमा गम्भीर चोट लागेको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । यस्तै मोटर साईकल चालक चौदण्डीगढी ३ बसाहाका २९ बर्षिय रबिन्द्र राई पनि गम्भीर घाईते भएको कार्यालयले जनाएको छ । राईको अनुहार र देव्रे खुट्टामा चोट लागेको छ । घाईते दुवैलाई उपचारको लागि धरान घोपा पठाईएको छ ।...
उदयपुरमा ‘गाइघाट कोरा च्यालेन्ज’ २०८०

उदयपुरमा ‘गाइघाट कोरा च्यालेन्ज’ २०८०

Breaking News 1
पूर्णपुष्टि, ३० असार । उदयपुरमा “गाईघाट कोरा च्यालेन्ज २०८०” कार्यक्रमको आयोजना गरिएको छ । त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले शनिवार पिपलचोकमा कोरा च्यालेन्ज २०८० लाई उद्घाटन गर्दे कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमलाई उदयपुर साइक्लिङ संघले आयोजना गर्नुका साथै त्रियुगा नगरपालिकाले सहयोग गरेको छ । संघका अध्यक्ष जितेन्द्र रोइलाका अनुसार निश्चित गोलाकार दुरीमा आफुले आफैलाई च्यालेन्स गरेर साइक्लिङ कला प्रस्तुत गर्ने कार्यक्रम हो यो । पाचौ संस्करणको रुपमा आयोजना हुर्दै गरेको यो च्यालेन्ज साढे पाँच किलोमिटरको रहेको छ । वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा साइक्लिङ गर्ने विशेष कार्यक्रम रहेको रोईलाको भनाई छ । साईकलिङ गाईघाट बजारबाट सुरु भई त्रियुगा नगरपालिकाको ११ नं। वडा, १२ नं।, १३ नं। हुदै ३ नं। देखि क्रमशः १० नं। वडासम्म अर्थात गाईघाट–पुरानोगाईघ...
उदयपुरमा ‘प्रथम सेभेन ए साईड झरी च्यालेन्ज फुटबल कप २०८०’ सुरु

उदयपुरमा ‘प्रथम सेभेन ए साईड झरी च्यालेन्ज फुटबल कप २०८०’ सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार २९ । जिल्लाको त्रियुगा नगरपालिका-१० बोक्से (खशीबजार)मा ‘प्रथम सेभेन ए साईड भरी च्यालेन्ज फुटबल कप २०८०’ सुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ नयाँ बस्ती फुटबल क्लबको आयोजनामा शुक्रबार देखि झरी च्यालेन्ज फुटबल कप सुरु भएको हो । आजबाट सुरु भएको उक्त कपको उद्घाटन त्रियुगा नगरपालिका वडा नम्बर १०का वडाअध्यक्ष किरण पाण्डेले गरेका थिए । नयाँ बस्ती फुटबल क्लबका अध्यक्ष हेम राईका अनुसार यस कप आगामी साउन १४ गतेसम्म संचालन हुने जनाएको छ । त्रियुगा नगरपालिका अन्तरगतका बिभिन्न १६ वडाका टिमहरुले प्रतियोगितामा सहभागिता जनाएको छ । प्रतियोगिताको उपाधी टिमले नगद २५ हजार रूपैयाँ सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेता टिमले नगद १५ हजार सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छ ।...
न्युनतम सेवा सुविधा सुधार मुल्याङकनमा कटारी अस्पत्ताललाई ८० अंक प्राप्त

न्युनतम सेवा सुविधा सुधार मुल्याङकनमा कटारी अस्पत्ताललाई ८० अंक प्राप्त

Breaking News 1
पूर्णपुष्टि, २९ असार । कटारी कटारी अस्पत्तालले न्युनतम् सेवा सुविधामा सुधार गरेको छ । नगर अस्पत्तालको सेवा मापदण्ड लेखाजोखा मूल्याकंन गर्दा कटारी अस्पत्तालले ८० प्रतिशत सेवा दिईरहेको पाईएको हो । प्रदेश र केन्द्र सरकारको स्वास्थ्य क्षेत्रका जानकारहरुले मापदण्ड बमोजिम लेखा जोखा गर्दा ८० प्रतिशत सेवा दिईरहेको पाईएको हो । लेखाजोखाको मापदण्ड बमोजिमको निरिक्षण गर्न केन्द्र सरकार मातहतबाट मदन भण्डारी ट्रमा सेण्टरका मेडिकल सुपरिटेण्डेट रवि साहको नेतृत्वमा प्रदेश अन्तर्गतका स्वास्थ्यकर्मीहरु अस्पत्ताल आईपुगेका थिए ।मापदण्ड बमोजिम अनुगमन गर्दा कटारी अस्पत्तालले ८० नम्बर प्राप्त गरेको कटारी अस्पत्तालका व्यवस्थापन समिति सदस्य पवन श्रेष्ठले बताउनुभयो । शूक्रबार एक कार्यक्रमका वीच प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पत्तालका कार्यालय सहयोगी देखि लिएर मेडिक...
भोली पाँचौं ‘गाइघाट कोरा च्यालेन्ज’ हुदै

भोली पाँचौं ‘गाइघाट कोरा च्यालेन्ज’ हुदै

Breaking News 1, खेलकुद, पर्यटन, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक २९ । उदयपुर साइक्लिङ संघले आज पत्रकार सम्मेलन गरी भोली “गाईघाट कोरा च्यालेन्ज २०८०” कार्यक्रम गर्ने जनाएको छ । आयोजक संघका अध्यक्ष जितेन्द्र रोइलाका अनुसार निश्चित गोलाकार दुरीमा आफुले आफैलाई च्यालेन्स गरेर साइक्लिङ कला प्रस्तुत गर्ने कार्यक्रम हो यो । पाचौ संस्करणको रुपमा आयोजना हुर्दै गरेको यो च्यालेन्ज साढे पाँच किलोमिटरको रहेको छ । वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा साइक्लिङ गर्ने विशेष कार्यक्रम हो । भोली गाईघाट बजारबाट सुरु गरी त्रियुगा नगरपालिकाको ११ नं. वडा, १२ नं., १३ नं. हुदै ३ नं. देखि क्रमशः १० नं. वडासम्म अर्थात गाईघाट–पुरानोगाईघाट–असारी–पोर्ताहा–मोतिगडा–बगाहा–देउरी–जलजले–चकलघाट–तोरीबारी–होक्से–लुहाले–भण्टाबारी–खाटमन्दिर–राजाबास–गैरुन–बोक्सेहुदै पुनः गाईघाट आइपुग्ने रुट तयार भएको छ । कार्यक्रमको उद्घाटन त्रियुगाका मेयर बसन्त...
मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीमा एमालेको अवरोध

मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीमा एमालेको अवरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ असार । नेकपा एमाललेका कारण मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीबाट हटाइएको छ। प्रमुख प्रतिपक्ष दल समेत रहेको एमालेको अवरोधका कारण शुक्रबारको प्रतिनिधिसभाको बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक हटाएर अन्य विषय कार्यसूचीमा राखिएको छ। यो विधेयक पारित गर्ने दिन गत असार २० गते एमालेले सदन अवरुद्ध गरेको थियो जसका कारण सरकारले अध्यादेशमार्फत ल्याएको कानुन निस्क्रय छ। अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकलाई गत असार २०, २२ र २४ गते पारित गर्ने कार्यसूची राखिए पनि एमालेले संसद् अवरुद्ध गरेपछि रोकिएको हो। असार २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टीकरण दिएसँगै सदन सञ्चालन भएको थियो। सो दिन पनि सम्भावित कार्यसूचीमा मिटर ब्याजसम्बन्धी विधेयक पारित गर्ने विषय राखिएको थियो। तर, प्रधानमन्त्री दाहालले बोलेपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भयो। त्यसपछि शुक्रबार १ बजे बोल...
बस सँग ठोक्किएर सप्तकोशीमा ट्रक खस्यो

बस सँग ठोक्किएर सप्तकोशीमा ट्रक खस्यो

Breaking News 1
पूर्णपुष्टि, २९ असार । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ ः ४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक देख्न छाडिएको उनले बताए । सप्तकोशीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए । प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा ...