Saturday, August 15News That Matters

Breaking News 1

‘पोलिटिसियन अफ द इयर’ को अवार्ड रास्वपा सांसद सोविता गौतमलाई

‘पोलिटिसियन अफ द इयर’ को अवार्ड रास्वपा सांसद सोविता गौतमलाई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ४ असार । नेपालकै कान्छी सांसद सोविता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् । गौतम नेपालको इतिहासमा सबैभन्दा कम उमेरकी महिला सांसद हुन्। बिजुली नभएको गाउँमा जन्मेकी र कम सुविधा सम्पन्न सरकारी विद्यालयमा पढेकी गौतम राजनीतिमा उक्लिएका छन्, उनको भाषणले सामाजिक सञ्जालमा लाखौंले हेरेका छन् । उनी स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र विपन्न वर्गका अधिकारहरूमा पहुँचको च्याम्पियन हुन्। यी आधारमै गौतमलाई अवार्ड प्रदान गरिएको हो । गौतमले संवैधानिक परिषद् ऐन र भ्रष्टाचार विरोधी ऐन, आर्थिक न्याय, भूमिसुधार नीति र नागरिक उड्डयन क्षेत्रलाई...
केहि दिन पानी कम पर्ने

केहि दिन पानी कम पर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ साउन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दुई(तीन दिन कम पानी पर्ने पूर्वानुमान गरेको छ। यसअघि नै महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको थियो। अहिले मनसुन सक्रिय हुने समयमा वर्षा मत्थर भएको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित भएकाले दुई–तीन दिन पानी कम पर्ने वरिष्ठ मौसमविद् वरूण पौडेलले जानकारी दिए। ‘अहिले मौसमको न्यून चापीय रेखा पूर्वपश्चिम सबैतिर सरदर स्थानभन्दा दक्षिणतिर देखिएको छ,’ उनले भने, ‘यो भन्दैमा पानी नै नपर्ने हुँदैन। बेलुकातिर हल्का वर्षा हुन पनि सक्छ। तर, लगातार झरी परिरहने अवस्था भने हुँदैन। यो क्रम दुई–तीन दिन देखिन सक्छ।’ उनले न्यून चापीय रेखा दक्षिण, उत्तरतिर सर्ने स्वाभाविक प्रक्रिया भएको पनि बताए । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। केही भूभागमा आंशिक बदलीदे...
साउने संक्रान्तिको अवसरमा शिव मन्दिर उद्घाटन

साउने संक्रान्तिको अवसरमा शिव मन्दिर उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि,साउन ३ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ बेलसोतमा निर्माण गरिएको शिव मन्दिर साउने संक्रान्तिको अवसरमा उद्घाटन गरिएको छ । कटारी नगरपालिकाले ३ लाख र पुराणबाट १५ लाख संकलित रकम गरी जम्मा १८ लाख रुपैयाँ खर्चबाट निर्माण सम्पन्न भएको मन्दिरको नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले उद्धघाटन गरेको हो । मन्दिरको उद्घाटन संगै मन्दिरमा पुजापाठ समेत सुरु गरिएको छ । समितिका अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिष्ठ अथिति कोशी प्रदेश पूर्व राज्य मन्त्री कला घले, कटारी नगर पालिका उप प्रमुख गीता खड्का कटारी १ का वडा अध्यक्ष सुनिल खपाङ्गी मगर ,पूर्व वडा अध्यक्ष नवराज पोखरेल लगायतको उपस्थित रहेको थि यो ।...
फिल्म “बगान” लाई ५० हजार जरिवाना

फिल्म “बगान” लाई ५० हजार जरिवाना

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ साउन । काठमाडौं महानगरपालिकाले मंगलबार सरोज खनाल निर्देशित फिल्म बगानलाई ५० हजार जरिवाना तिराएको छ । फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण गरेको भन्दै फिल्म ुबगानु लाई ५० हजार जरिवाना तिराएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले जानकारी दिए। महानगरले जरिवाना तिराएपछि फिल्मका निर्माता सुरेश वाग्लेले फेसबुकमा स्टाटस लेख्दै गुनासो समेत पोखेका छन्। ुबालेनजी आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग गरिदिनु होला,ु उनले पैसा तिरेको रसिद राख्दै लेखेका छन्, ुहाम्रो जानकारीबिना हाम्रा वितरकले भित्तामा टाँसेको पोस्टरलाई महानगरले ५० हजार जरिवाना तिराएछ।ु गत चैत ३० गते प्रकाशन भएको ुकाठमाडौं महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका २०७९ु ले महानगरभित्र सार्वजनिक स्थानमा विज्ञापन गर्दा कुनै पनि पर्चा, पम्पलेट टाँस्न बन्देज गरेको थियो। सर्वसा...
बाहिनीपती बैदवार र डिभिजन प्रमुख सापकोटालाई स्वागत, सेनापति भण्डारीलाई बिदाई

बाहिनीपती बैदवार र डिभिजन प्रमुख सापकोटालाई स्वागत, सेनापति भण्डारीलाई बिदाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ साउन । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले उदयपुरमा जिम्मेवारी बोकेर आउने सरकारी कर्मचारी र सरुवा भएर जानेहरुलाई विदाई तथा स्वागत गरेको छ । संघले उदयपुरमा भर्खरै जिम्मेवारी सम्हाल्न आईपुगेका नेपाली सेनाक १८ नं बाहीनी भुल्केका बाहिनिपती मनोज बैदवार र डिभिजन वन कार्यालयका अधिकृत इन्द्र सापकोटालाई स्वागत गरेका छन् । यस्तै उदयपुरबाट जिम्मेवारी पुरा गरी सरुवा भएका नेपाली सेना पशुपति प्रसाद गण बोक्सेका प्रमुख सेनानी बिजय भण्डारीलाई विदाई गरेको छ । भण्डारी गित १५ महिनादेखी बोक्से गण सम्हालेर बसेका थिए । उनको काठमाण्डौँ सरुवा भएको छ । भण्डारीलाई संघका अध्यक्ष रमेश रसाईलीले मायाँको चिनो समेत प्रदान गर्दै विदाई गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बाहिनिपती बैदवारले उदयपुरे जनताहरु सँग समन्वय गरी काम गर्ने जनाए । उनले नेपाली सेना जनताहरुसँग प्रत्यक्ष रुपमा नजिक हुन ...
कुर्सिमै मृत भेटिए कर्मचारी

कुर्सिमै मृत भेटिए कर्मचारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ साउन । बाजुरामा कुर्सीमा बसेको अवस्थामा एक जना कर्मचारी मृत भेटिएका छन् । मृत भेटिनेमा बूढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५ वर्षीय जयलाल दानी रहेको प्रहरीले जनाएको छ । बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र बोहराले दानी बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आफ्नै सरकारी निवास अगाडि कुर्चीमा बसेको अवस्थामा मंगलबार बिहान मृत भेटिएको जानकारी दिए । उनकाअनुसार नगरपालिकाकै कर्मचारीले दानीका बारेमा प्रहरीलाई जानकारी गराएका थिए । बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए । उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुर अदालतमा जरिवाना रकम झण्डै २२ करोड

उदयपुर अदालतमा जरिवाना रकम झण्डै २२ करोड

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १ । जिल्ला अदालत उदयपुरले एक आर्थिक वर्षमा १ हजार २२६ मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष ०७९÷०८० मा जम्मा २ हजार ३४ मुद्दा मध्ये ६० दशमलब २७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो । तीनजना न्यायाधीससहित ५० जना कर्मचारीको कार्यसम्पादनबाट उक्त संख्याको मुद्दा फछ्र्यौट भएको हो ।८०८ मुद्दा पछ्र्यौट बाँकी रहेको अदालतले जनाएको छ । मुद्दाको प्रकृति हेर्दा देवानीतर्फ १ हजार ३०१ मध्ये १३ वटा फछ्र्यौट भएका छन् । दोस्रोमा सरकारवादी फौजदारी ४१९ मध्ये २५६ वटा मुद्दा मछ्यौट भएका छन् । दुनियावादी फौजदारी २७० मध्ये १२ मुद्दा फछ्यौट भएका छन् । २१ वटा रिट मध्ये १० वटा र पुनरावेदन २३ मध्ये १९ वटा फछ्र्यौट भएका छन् । उक्त आर्थिक वर्षमा विषयगत विवरण हेर्दा सम्बन्ध विच्छेद सबैबन्दा बढि छ । ४५५ मुद्दा मध्ये ३३६ वटा फछ्र्यौट भई ११९ वटा बाँकी रहेका छन् । जबरजस्ती करणी र लागुऔषध बराबरी ६० वटा रहेक...
प्रअलाई भ्रष्टाचारको आरोप

प्रअलाई भ्रष्टाचारको आरोप

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन १ । उदयपुरकाे ताप्ली गाउँपालिका –४ स्थित आधारभुत विद्यालय थुम्की पिपलबजारका प्रधानाध्यापक एकराज पोखरेलले शैक्षिक सामग्रीमा भ्रष्टाचार गरेको आरोप लागेको छ । कम मूल्यका सामानलाई बढि बील देखाई उनले दुईलाख बढि भ्रष्टाचार गरेको आरोप छ । उनले विद्यालयका लागि खरिद गरिएका शैक्षिक सामग्री तथा फर्निचर लगायतमा भ्रष्टाचार गरेको अभिभावकहरुको आरोप छ । प्रअ पोखरेलले आफुखुसी गाउँपालिकाबाट विनियोजित पाँच लाख बजेटको सामान खरिद गरेका थिए । प्रअ पोखरेलका अनुसार दमक पुगेर सामान गरिद गरिएको थियो । उनले खरिद गरेका सामान कम मुल्यको भएपनि बील उच्च मूल्याको ल्याएको जनाइएको छ । अधिकांश सामानमा हिन्दी भाषा लेखिएका छन् । भारतका लागि बनाइएका सामान कम मुल्यमा खरिद गरि ल्याएको प्रष्ट छ । प्रअ पोखरेलले यस विषयलाई आफ्नाे कमजोरीको रुपमा स्विकारेका छन् । केही सामान फिर्ता गरेको र तिरिएको बढि पैसा फिर्ता...
दर्शक कुट्ने आर्मीका खेलाडी भट्टलाई कार्वाही

दर्शक कुट्ने आर्मीका खेलाडी भट्टलाई कार्वाही

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ साउन । दर्शक कुट्ने भलिवल खेलाडी धनबहादुर भट्टलाई भलिबल संघले कार्वाही गरेको छ । नेपाली सेनामा कार्यरत भट्ट आठ वर्षयता राष्ट्रिय टिमका ओपन स्पाइकर समेत हुन् । राष्ट्रिय टिमका सम्भावित कप्तानका रूपमा हेरिएका खेलाडीले दर्शकलाई प्यारापिटमै उक्लिएर मुक्का हानेको भिडियो सामाजिक सन्जालमा आएको छ, खेलवृत्तमै बहसको विषय बनेको छ । कभर्डहलमा गत सोमबार गण्डकीविरुद्ध ३–० को जित हात पारेको थियो । त्यसको तेस्रो सेटमा आर्मी २३–२४ को स्थितिमा चेकआउट हुँदा आर्मीलाई अंक दिएको भन्दै गण्डकीका खेलाडीहरू अम्पायरसँग गुनासो गर्न पुगेका थिए । दर्शकले पनि आर्मीविरुद्ध आक्रोश पोख्न थाले । आर्मी टिम भएको कोर्टतिर पानीको बोतल हाने । आर्मीका खेलाडीहरू भीआईपी प्यारापिट नजिकै रहेका गण्डकीका समर्थकतिर खनिए । औंला तेर्स्याउँदै गालीगलौज गर्दै झम्टिन थाले । धनबहादुरले बार नाघ्दै प्यारापिटको माथिल्लो क्षेत...
आजदेखि आयकरसहितका नयाँ कर कार्यान्वयन

आजदेखि आयकरसहितका नयाँ कर कार्यान्वयन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १ साउन । आर्थिक वर्ष २०८०८१ आजबाट सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो । सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ । साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ । सरकारले आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गह...