दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना
पूर्णपुष्टि, २९ असार ।
मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रम जारी रहँदा मुलुकका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ।
मौसमविद् गोविन्द झाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ।
सप्तरी, मोरङ र सुनसरीमा धेरै भारी वर्षा भइरहेको उनले बताएका छन्। काठमाडौंको पश्चिमी भूभागहरुमा पनि फाटफुट वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए। उनका अनुसार राति गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ।
मनसुनको न्यूनचापीय रेखा नेपालतिर पूरै नसरेर पूर्वी भाग नेपाल सरिरहेको र पश्चिमी भाग अझै दक्षिणतिरै रहेको झाले बताए।
‘मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा माथितिर अथवा नेप...







