उमेर नपुगी गरिने विवाह न्युनिकरण सम्वन्धी अन्तरक्रिया
पूर्णपुष्टि, २६ असार ।
उमेर नपुगी गरिने विवाह न्युनिकरण सम्वन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर र युवा महिला संजालको अयोजनामा उमेर नपुगी गरिने विवाहः भोगाईमा आधारित विधमान अवस्था,चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । मंगलवार गाईघाटको होटल कोहवरमा किशोरी, युवा, ,सरोकारवला निकाय, जनप्रतिनिधी, प्रहरी र पत्रकारको विचमा वाल विवाह न्युनिकरणको विषयमा बृहत छलफल र अन्तरक्रिया भएको हो ।
महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले उमेर नपुगी गरिने विवाहलाई न्युनिकरण गर्ने उद्धेश्यले जिल्लाको ८ वटै पालिकामा पालिका स्तरिय , त्रियुगा नगरपालिकको ७ वटा वडामा र १३ वटा टोल स्तरिय कार्यक्रम संचालन गरि सम्पन्न गरेको बताउनुभयो । उहाँले सानै उमेरमा विवाह गरेका ८० जना किशोरी,महिलाहरुको कथा संकल...








