Saturday, August 15News That Matters

Breaking News 1

उदयपुरमा सचेतना जगाउँदै ट्राफिक सप्ताह सम्पन्न

उदयपुरमा सचेतना जगाउँदै ट्राफिक सप्ताह सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २५ । दुर्घटना न्यूनकिरणका लागि ट्राफिक सचेतना जगाउने उद्देश्यका साथ कोशी प्रदेश अनर्तगत उदयपुर सहित अन्य १४ जिल्लाहरुमा सञ्चालन भएको ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न भएको छ । सोमबार सदरमुकाम गाईघाटको बरुवा बकपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलको प्रमुख आतित्यतामा उक्त सप्ताह सम्पन्न भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफकि व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा गत मंगलवार देखि सञ्चान भएको सप्ताह कार्यक्रम आज एकै साथ १४वटै जिल्लाहरुमा सम्पन्न भएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रहरी प्रमुख फुयलले जिल्लामा बढ्दो अवस्थामा रहेको सवारी दुर्घटना न्यूनकिरणका लागि सप्ताह कार्यक्रम प्रभावकारी रहेकोे बताए । ग...
प्रधान न्यायाधीशद्वारा नव निर्मित उदयपुर जिल्ला अदालत भवनको उद्घाटन

प्रधान न्यायाधीशद्वारा नव निर्मित उदयपुर जिल्ला अदालत भवनको उद्घाटन

Breaking News 1, समाचार
पुर्णपुष्टि,असार २५ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १० मा अवस्थित जिल्ला अदालतको नव निर्मित भवन प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले उद्घटन गरेका छन् । सोमबार एक कार्यक्रम बीच न्यायाधीश सत्य मोहन जोशीको अध्यक्षतामा जिल्ला अदालत भवनको औपचारीक रुपमा प्रधानन्यायाधीश कार्कीले उद्घटन गरेका हुन् । उद्घाटन गर्दै कार्कीले अदालतले छिटोछरितो र विना झन्झट न्याय प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताए । अहिले अदालतले न्याय र कानून नमर्ने गरी फैसला भन्दा मिलापत्रलाई महत्व दिएर न्याय सम्पादन गरिरहेको जनाए । कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश प्रकासमान सिह, जिल्ला न्याधिवक्ता राजकुमार राउत, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर बिश्वकर्मा, त्रियुगा नगरपालिकाका प्रमुख वसन्त कुमार बस्नेत, नगर उपप्रमुख महेश्वर राई, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिह...
भाउजू हत्या आरोपमा देवर पक्राउ

भाउजू हत्या आरोपमा देवर पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ असार । नवलपरासी (पश्चिम) मा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन्। रामग्राम नगरपालिका(१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको आरोपमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। जग्गाको विषयमा विवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा भाउजू मिरा गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा पठाइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ।...
बलत्कारलाई मजाक बनाएको भन्दै सन्दीप क्षेत्री विवादमा

बलत्कारलाई मजाक बनाएको भन्दै सन्दीप क्षेत्री विवादमा

Breaking News 1, राजनीति
पूर्णपुष्टि, २५ असार । टिभी प्रस्तोता तथा कलकार सन्दीप क्षेत्री अहिले विवादमा परेको छ । उनको पछिल्लो कार्यक्रमलाई लिएर क्षेत्रीको आलोचना सुरु भएको हो । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा क्षेत्रीले कलकार पल शाहलाई अतिथिको रूपमा निम्ता गरेका थिए । शाहले कार्यक्रममा जेल पर्दाको अनुभव सुनाएका थिए । उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै यतिबेला उनको आलोचना भइरहेको हो । ‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक,’ अमृता लम्सालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् । त्यस्तै, दिनेश काजीले लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ रु।।।को पीडामा उसको छोरीको अनुहार याद आएन छ रु अझ अट्टहास पो ग...
मृगलाई हानेको गोली साथीलाई लागेपछि

मृगलाई हानेको गोली साथीलाई लागेपछि

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ असार । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए। घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ। मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘घटना २२ गते रातिको भन्ने बुझिएको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अव...
दुर्घट्ना न्यूनिकरणका लागि नयाँ प्रविधिद्धारा मापसे जाँच

दुर्घट्ना न्यूनिकरणका लागि नयाँ प्रविधिद्धारा मापसे जाँच

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार २३ । उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्तामा ‘ट्राफिक सप्ताह २०८०’ कार्यक्रम अन्तरगत अवैध ओसार–पसार तथा लागुऔषधको दुव्र्यसन न्युनिकरणका लागि नयाँ प्रविधिका मापसे र लापसे जाँच अभियान सुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरको आयोजनामा आईतवार लालपत्ता चेक पोष्टमा एक कार्यक्रम बीच दुव्र्यसन न्युनिकरणका लागि नयाँ प्रविधिका उपकरणद्धारा ट्राफिक ईन्चार्ज तथा बरिष्ट नायव निरिक्षक लोक बहादुर दियालीले एक सवारी चाकलको परिक्षण गरी अभियान सुरु गरिएको हो । कोशी प्रदेश अन्तरगतका १४ वटै जिल्लाहरुमा गत १९ गते मंगलवार देखि ट्राफिक सप्ताह कार्यक्रम विविध कार्यक्रम गरि संञ्चालन गरिरहेको छ । यस्तै उदयपुर र सिहराको सिमा क्षेत्रको रुपमा रहेका लालपत्ता चेक पोष्टबाट लागुऔष प्रयोग कर्ताहरु अत्याधिक मात्रामा पक्राउ पर्ने भएकोले सवारी दुर्घटनाको कारण लागु पदार्थ सेवन (लापसे) गरेको पाइएपछि प्...
सरकार गठनको बिषयमा सांसद बुर्जाको असन्तुष्टी, प्रदेश सभा सदस्यबाट राजीनामा दिने चेतावनी

सरकार गठनको बिषयमा सांसद बुर्जाको असन्तुष्टी, प्रदेश सभा सदस्यबाट राजीनामा दिने चेतावनी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ असार । कोशी प्रदेश सरकारको बिषयलाई लिएर प्रदेश सभा सदस्य नारायण बुर्जा मगरले असन्तुष्टी पोखेका छन् । दुई पटक सम्म चुनाव जितेर आउँदा पनि पार्टीले मुल्याँङकन नगरेको बुर्जाले फेसवुकमा लेखेका छन् । बुर्जाको असन्तुष्टीको अवस्थालाई हेर्दा आफुलाई मन्त्री नबनाएको कारण असन्तुष्टी पोखेको भन्ने बुझिन्छ । कोशी प्रदेशमा हिकमत कार्की नेतृत्वको सरकार ढले पछि काँग्रेसको नेतृत्वमा हाल पून ः सरकार गठन भएको छ । बुर्जाले फेसबुकमा लेखेका स्टाटस तल जस्ताको तस्तै उल्लेख गरिएको छ । आदरणीय आम जनसमुदाय । म र मेरो मतदाता माथी बारम्बार अन्याय भयो।दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङकन गर्न सकेन,कोशी प्रदेश सरकार गठन प्रति मेरो विमति छ।यसै कुरालाई मध्येनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासंग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजिनामा दिने मनसाय बनाई सकेको ...
कोशी प्रदेश सरकारमा खटपट सुरु, एकीकृत समाजवादीले शपथ बहिष्कार गर्ने

कोशी प्रदेश सरकारमा खटपट सुरु, एकीकृत समाजवादीले शपथ बहिष्कार गर्ने

Breaking News 1
पूर्णपुष्टि, २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा सत्ता गठबन्धनभित्र खटपट सुरू भएको छ। मुख्यमन्त्रीले सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै गठबन्धन घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ। उसले आज हुने शपथ ग्रहण बहिस्कार गर्ने निर्णय गरेको छ। सरकार गठनपूर्व सुरूआतमा गठबन्धनका दलहरूबाट एक(एक जना मन्त्री बनाउने सहमति भएको तर अहिले कांग्रेस र माओवादीबाट दुई(दुई जनालाई मन्त्री बनाउन लागिएको भन्दै एकीकृत समावादीले आपत्ति जनाएको हो। एकीकृत समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राइले आज हुने शपथ ग्रहण समारोह बहिष्कार गर्ने निर्णय भएको जानकारी दिए। आज विस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बन्दैछन्। कांग्रेसबाट रामकुमार खत्री पनि आजै...
महिला दुर्व्यवहार आरोपमा चौदण्डीगढी नगरपालिका ९ का वडाअध्यक्ष राउत पक्राउ

महिला दुर्व्यवहार आरोपमा चौदण्डीगढी नगरपालिका ९ का वडाअध्यक्ष राउत पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का वडाअध्यक्ष प्रकाश राउतलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महिलामाथी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय वेल्टारले शनिबार राउतलाई पक्राउ गरेको हो । सूर्योदय सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने छिडी खोलामा अवैध रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी स्थानीय सुनिता श्रेष्ठलाई हातपात र दुर्व्यवहार गरेको आरोपमा राउतलाई नियन्त्रणमा लिइएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए । वडाध्यक्ष राउतले शुक्रबार खोलामा एस्काभेटर र टिपर नै प्रयोग गरेर अवैध रुपमा गिट्टी निकासी गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न श्रेष्ठ त्यहाँ पुगेकी थिइन् । सोही क्रममा विवाद हुँदा राउतले हातपात गरेको पीडित महिलाले आरोप लगाएकी छन् । वर्षाको समयमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न कानुनले रोकेको...
एमालेले आज पनि संसद बिरोध जारी राख्ने

एमालेले आज पनि संसद बिरोध जारी राख्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ असार । नेकपा एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने जनाएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक ११ बजे बोलाइएको छ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने बताए । ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायमै छ, त्यसैले आज पनि हाम्रो विरोध जारी रहन्छ उनले भने, । सरदार प्रितम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रितम सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई एकपटक प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक(पटक दिल्ली गएको बताएका थिए । त्यसयता एमालेले संघीय संसदका दुवै सदनमा अवरोध गर्दै आएको छ । एमालेको अवरोध कायम रहने भएपछि गत शु...