Monday, August 17News That Matters

Breaking News 1

आज १२ जिल्लामा बाढीको जोखिम

आज १२ जिल्लामा बाढीको जोखिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० असार । मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा पानी परिरहेको छ। पछिल्लो तीन घन्टा सप्तरीको राजविराज र आसपास भारी वर्षाको मापन भएको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती र यी नदीका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । आज बिहानको मापन अनुसार यी नदीहरूको जलसतह सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ। त्यस्तै पूर्वी राप्ती, बबई नदी र यसका सहायक नदीहरूको जलसतह सामान्य बढ्ने आकलन छ। महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनुपर, डडेलधुरा, बैतडी र आसपास भइ बहने केही ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम समेत रहेको छ। त्यस्तै रसुव, काभ्रेपलाञ्चोक...
सिलाई कटाई व्यवसायलाई सम्मानित र मर्यादित बनाऔँ : अध्यक्ष श्रेष्ठ

सिलाई कटाई व्यवसायलाई सम्मानित र मर्यादित बनाऔँ : अध्यक्ष श्रेष्ठ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० असार । नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सिलाई कटाई व्यवसायी सामान्य काम नरहेको बताए । उनले आज यी सिलाई ब्यवसायीहरुले निर्माण र रचना गरेको कपडालेनै समाजको इजत र पहिचान झल्काउने काम गरेको जनाए । सिलाई कटाई काम निकै गर्भ गर्न लायक काम हो, यो कुनै चानचुने काम हैन्, नेपालका जस्ता सुकै ठुला मान्छेहरुलाई आवश्यक पर्ने सामाग्री र उनिहरुको व्यक्तित्व भल्काउने इजत बचाउने काममा यी व्यवसायीहरुले मात्रै गरेको छ । उनले भने, । कुनै बेला जातिय बिषेश मानिने यो पेशा पछिल्लो समय सबै जातजातिहरुको रोजगार र व्यवसायको रुपमा परिणत भएको छ । अहिले यो पेसा समाज रुपान्तरणले गर्दा परिवर्तन र सम्मानित पेसाको रुपमा परिनत हुँदैछ उनले भने, । श्रेष्ठले यसलाई थप सुदृढ गर्दै व्यवसायीहरुको हितमा र अधिकार निर्माण गर्न संगठनमा आवद्ध भई काम गर्न उदयपुरका सिलाई व्यवसायी...
साउदी अरबमा ५ जनालाई सामुहिक मृत्यदण्ड दिईदैँ

साउदी अरबमा ५ जनालाई सामुहिक मृत्यदण्ड दिईदैँ

Breaking News 1, बिचार
पूर्णपुष्टि, २० असार । एजेन्सी साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ ।आतङ्कवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागिएको हो । मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक थिए। आधिकारिक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजा स्थललाई कसरी निशाना बनाइएको थियो रु भन्ने विषय चाहिँ उल्लेख गरिएको छैन। मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसकाकारण यो सामूहिक मृत्युदण्ड पनि सामूहिक रूपमा टाउको काटेर दिइने अनुमान गरिएको छ । यससँगै साउदी अरेबिया...
दोहोरो नागरिकता बनाउने श्रीमान श्रीमती पक्राउ

दोहोरो नागरिकता बनाउने श्रीमान श्रीमती पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० असार । दोहोरो नेपाली नागरिकता दिने श्रीमान श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पञ्चेश्वर गाउँपालिका(५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्। उनीहरूलाई सोमबार पक्राउ गरी जिल्ला अदालत कञ्चनपुबाट म्याद थप भइ अनुसन्धान अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। उनका अनुसार गम्भीर र कलावती श्रीमान्(श्रीमती हुन्। कलावतीको दोस्रो विवाह गरी कञ्चनपुर आएकी थिइन्। उनले पहिलो श्रीमानपटिबाट बनाएको नागरिकता नत्यागी दोस्रो श्रीमानपटिबाट नागरिकता बनाएको डिएसपी डाँगीले जानकारी दिए। ०६३ मा जिल्ला प्रशासन कार्यालय बैतडीबाट किस्मतिदेवी चन्दको नामबाट नागरिकता लिएकी र दोस्रो विवाह गरेपछि ०६७ मा जिल्ला प्रशासन कार्यालयबाट कलावतीको नाउँबाट नागरिकता लिएको भेटिएको डिएसपी डाँगीले बताए। पक्राउ प...
मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1
पूर्णपुष्टि, असार २० । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक(दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा मेघ(गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको उल्लेख गरेको छ। रातिपनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।...
उदयपुरमा पछिल्लो एक बर्षमा सवारी दुर्घटनाबाट ३४ को मृत्यु ,७२ जना गम्भिर

उदयपुरमा पछिल्लो एक बर्षमा सवारी दुर्घटनाबाट ३४ को मृत्यु ,७२ जना गम्भिर

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १९ । उदयपुरमा पछिल्लो एक वर्षको अवधिमा सवारी दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ । मंलवार त्रियुगा बसपर्कमा आयोजित ट्राफिक सप्ताह कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार १ सय ७७ सवारी दुर्घटनामा ३४ को मृत्यु र ७२ जना गम्भिर घाईते र २६० जना सामान्य घाईते भएको तथ्यांकमा उल्लेख छ । जम्मा २३० सवारी संलग्न रहेकोमा हाल सम्मको दुर्घटनामा २८ पुरुष, ४ महिला १ बालिका र १ बालक सहित ३४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले बताए । उस्तै सवारी दुर्घटनाबाट ४८ महिला १४ पुरुष ८ बालक र २ बालिका सहित ७२ जना गम्भीर घाईते भएका छन् । यता १७१ पुरुष ६७ महिला ७ बालक र १५ बालिका गरी २६० जना सामान्य घाईते भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको हो । सवारी सञ्चालनको क्रममा सामान्य तथा गम्भीर तृटिहरुको करण सडक सवारी दुर्घटना बढ्दो दे...
रौतामाई ७ मा खहरे बाढिको कारण लाखौँको क्षेती

रौतामाई ७ मा खहरे बाढिको कारण लाखौँको क्षेती

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १९ । उदयपुरको रौतामाई गाउँपालिका–७ पुवारे डहरमा गए रातिको वर्षाका कारण खहरे बाढिले लाखौको क्षेती भएको छ । लगातार वर्षका कारण स्थानिय टेकवहादुर दुलाल सार्कीको करिब ४ रोपनी खेत,पाकेको मकै,धानको बीउ र भैसिको कटेरो पुरिएकोछ भने स्थानिय रामवहादुर सार्किको एउटा वङ्गुर सहित खोर पुरिएको हो । जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्र जोडिने सडक बाटोको कारण मुर्कुची, पुवारे, डुम्रीथुम्का, रानिवास, तेलतेले जाँनेमा क्षेती पुगेको स्थानिय पिडितहरुले जनाए । मकै थन्काउँने बेला भएको र अव धान रोपाईको तयारीमा रहेको स्थानीयहरु धानको बीउ सहित खेत नै बाढिले पुरिदिए पछि किसानहरु पिडामा परेको टोल विकास समितिका अध्यक्ष नारायण वहादुर रायामाझि बताए । रौतामाइ गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आले रौतामाइ,७ का वडा अधक्ष मनोजकुमार राना र अस्थायी प्रहरी चौकी मुर्कुचि र टोल विकास समितिद्वारा क्षति भए...
उदयपुरमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु

उदयपुरमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १९ । उदयपुरको गाईघाटमा बढ्दो सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ मंलवारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कोशी प्रदेश अन्तर्गत रहेका १४ वटा जिल्लाहरुमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको सहकार्यमा सप्ताहव्यापी ट्राफिक जनचेतना मूलक कार्यक्रम आयोजना गरी मनाउने भएको हो । गाईघाटमा स्थित त्रियुगा बसपार्कमा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले एक सवारी चालकलाई हेल्मेट लगाईदिएर ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन् । सप्ताहको उद्घाटन गर्दै प्रमुख बस्नेतले ट्राफिक सप्ताह कार्यक्रम प्रवाभकारी नरहेको बताएको छ । ट्राफिक सप्ताहलाई जनताले रमाईलोको रुपमा मात्र लिएको जनाए । ट्राफिक व्यवस्थापनमा नियम सबैले पालना गरेर सहयोग पुर्याउँनु पर्नेमा नियम उल्लंघन गर्नेहरुले नगरपालिका अथावा प्रहरीका उच्च अधिक...
नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ उदयपुरको अध्यक्षमा पून : प्रधान

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ उदयपुरको अध्यक्षमा पून : प्रधान

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ असार । नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ उदयपुरको अध्यक्षमा पून ः ज्ञानु प्रधान चयन भएकी छिन् । जिल्लाको दोस्रो साधारण सभा तथा अधिवेशनले प्रधानलाई दोस्रो पटक पनि नेतृत्वमा चयन गरेको हो । सोमबार केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको उपस्थितिमा जगत भवन स्थित भएको साधारण सभा तथा अधिवेशनले प्रधानको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा शोभा खत्री, प्रथम उपाध्यक्षमा सुवास परियार, दित्तिय उपाध्यक्षमा सुमित्रा मगर, माहासचिवमा संगिता खड्का, सचिवमा अन्नखातुन अली, कोषध्यक्षमा प्रमिला परियार, सह–कोषध्यक्षमा श्याम कुमारी राई रहेका छन् । यस्तै सदस्यहरुमा जावेद अली, प्रेम परियार, धन वहादुर परियार र राकेश रनपहेली रहेका छन् । यस्तै सल्लाहकार समितिमा संयोजकमा कल्पना दर्नाल, सदस्यमा वनाद परियार, टिका मोते र मनोज परियार रहेको छ । निर्वातित कार्यसमित...
रौतामाईमा बन्यो “रौतारानी अचार”

रौतामाईमा बन्यो “रौतारानी अचार”

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १८ ।  उदयपुरको रौतामाई गाउँपालिकाका महिलाहरुले गाउँमै मिठो अचार उत्पादन गरेका छन् । गाउँमै उपलब्ध हुने अमला, कागती, मुला, गाजर आदिको अचार बनाएका हुन् । “रौतारानी” नाम दिएर अचार उत्पादन गरेका छन् । उनीहरुले अमलाको छुट्टै र मिसाइएको अचार उत्पादन गरेका हुन् । रौतामाई गाउँपालिकाको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को आर्थिक तथा प्राविधिक सहयोगमा उदयपुर कृषि सहकारी संस्थाले असार १६ र १७ गते भुट्टारमा तालिम सञ्चालन गरेको हो । श्रीमान् बैदेशिक रोजगारमा रहेका १३ जना महिला तालिममा सहभागि थिए । उनीहरुले अचार बनाउनेदेखि प्याकेजिङसम्मको सिप पाएका छन् । तालिमको समापन तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै पालिका अध्यक्ष बिरेन्द्रकुमार मगरले महिलाहरुले मिठो र स्वास्थवर्धक अचार उत्पादन गर्न सफल भएको बताउनुभयो । अचार उत्पादनलाई पालिकाको पहिचानसंग जोडेर प्रवर्द्धन गरिने र आगामीवर्ष थप क...