उदयपुरमा स्रष्टाहरुको लेखन शिविर सम्पन्न
पूर्णपुष्टि,असार २२ । जिल्लको त्रियुगा नगरपालिकामा डा.रणशेर राई स्मृति फाउण्डेशन र वाङमय साहित्य प्रतिष्ठानको आयोजनामा भएको कोशी प्रदेश स्तरीय ‘स्रष्टाहरूको लेखन शिविर’ सम्पन्न भएको छ । बोक्सेको क्वबर रिसोर्टको सभाहलमा भएको स्रष्टालेखन शिविरमा प्रदेश अन्तरगतका १४ जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो । बिहिवार देखि सञ्चालन भएको शिविर शनिवार सम्पन्न भएको हो ।
शिविरको उद्घाटनको दिन प्रतिष्ठानका अध्यक्ष महेन्द्रकुमार राईको सभापतित्वमा प्रमुख अतिथि वरिष्ठ स्रष्टा गणेश रसिकले बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए । कार्यक्रममा वरिष्ठ स्रष्टाहरू बुलु मुकारुङ, शरणकुमार राई, राममणि पोखरेललगायत विभिन्न जिल्लाको आमन्त्रित कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारद्वारा स्वागत गीत तथा नृत्य प्रदर्शन गरेका थिए । सोहि क्रममा प्रमुख अतिथि वरिष्ठ स्रष्टाहरू रसिक र मुक...









