पार्टी प्रवेश गरि पार्टी प्रती गद्दार गर्नेलाई तुरुन्तै कारवाही हुन्छ : महामन्त्री थापा
बिज्ञान पराजुली
पूर्णपुष्टि,असार १८ । राष्टिय स्वतन्त्र पार्टीका कोशी प्रदेश महामन्त्री लालबिक्रम थापाले गलत नियतले पार्टी प्रवेश गरि पार्टी प्रती गद्दारि गर्नेलाइ तुरुन्तै कारवाही गर्ने चेतावनी दिएका छ्न । आईतवार गाइघाट स्थित टाउनहल होटलमा आयोजित त्रियुगा नगरको प्रथम भेलालाई सम्बोधन गर्दै थापाले उक्त्त चेतावनी दिएका हुन । मिसन २०८४ लिएर आफुहरु अगाडि बढेको र यो क्रमलाई कोहि कसैले रोक्न छेक्न नसक्ने दाबी गर्दै अब आउने निर्वाचनमा आफ्नो पार्टी देशकै पहिले पार्टी हुने जिकिर गरे ।
कार्यक्रममा रास्वपा केन्द्रिय सदस्य निशा मेहताले रास्वपामा धेरैजसो युवा र बौद्धिक बर्गको जमात भएकोले ब्य्वस्था परिवर्तनको लागि सबैले एकजुट भएर हातेमालो गर्ने बेला आएको बताएका छन् । उनले आफ्ना कार्यकर्ताहरुलाइ कोहि पार्टी र ब्यक्ति प्रती पुर्वाग्रहि ढङ्गले टिकाटिप्पणी नगर्न आग्रह सम्मेत गरेका हुन । भेलाको उदघाटन ...









