Tuesday, August 18News That Matters

Breaking News 1

जिल्ला अस्पता उदयपुरमा ५ ओटा ठुला रोग सम्बन्धि निशुल्क स्वास्थ्य सिविर

जिल्ला अस्पता उदयपुरमा ५ ओटा ठुला रोग सम्बन्धि निशुल्क स्वास्थ्य सिविर

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्ट, वैशाख १५ । त्रियुगा उद्योग वाण्ज्यि संघ गाईघाटले मानव शरीरको मुख्य ५ ठुला रोग सम्बन्धि निशुल्क स्वास्थ्य सिविरको आयोजना गरेको छ । शुक्रबार जिल्ला हस्पिटल उदयपुरमा संघले आयोजना गरेको उक्त स्वास्थ्य सिविरमा क्यान्सर, मुटु, नसा, स्त्री रोग र नाक कान घाँटीको निशुल्क चेक जाँच तथा औषधी पाईने छ । त्रियुगा नगरपालिका, जिल्ला अस्पताल गाईघाट र दाजुभाई समूह दोहा कतारको सहकार्य साथै बिएण्डसी मेडिकल कलेज पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सिविर संञ्चालन भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जानकारी दिए । रसाईलीका अनुसार ११ बजे सम्ममा करिब ७ सय बढीले बिभिन्न रोग बारे पुर्जा काटेको जनाए । चेकजाँच गर्न हजारौँको संख्यामा आउन सक्ने भन्दै १ दिने सिवीरले भ्याउन अवस्था नरहने रसाईलीले जनाए । एक दिनमा सिविर संम्भव नभए उपचारका लागि पुर्जा कटाएकाहरुलाइई शनिवार पनि सेवा दिईने जनाए...
शैक्षिक शुल्क, सेवा सुविधा र पारदर्शीका लागि मेरो उम्मेदवारी : तामाङ

शैक्षिक शुल्क, सेवा सुविधा र पारदर्शीका लागि मेरो उम्मेदवारी : तामाङ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ वैशाख । यहि आउँदो १६ गते हुन गैरहेको त्रियुगा नमुना मा.वि गाईघाटका शिक्षक अविभावक संघको निर्वाचनमा लोक वहादुर तामाङले अध्यक्ष पदको उम्मेवादरी दिएका छन् । त्रियुगा नगरपालिका १२ डिएमगेट निवासी तामाङले आफ्नो उम्मेदावरीको मुख्य कारण गुणस्तर शिक्षा र पारदर्शीता सँगै अभिभावक, शिक्षक, विद्यार्थी सबैको हितका लागि रहेको जनाए । बिभिन्न क्षेत्रहरुमा लामो समय काम गर्दै हरेक अनुभवहरुमा पोख्त तामाङले अब विद्यार्थी, शिक्षक, अविभावकहरुको नेतृत्व गर्ने जनाए । तामाङले आफुले यस विद्यालयको नेतृत्व गर्न पाएमा विद्यालयको नियमित पठनपाठन, शैक्षिक गुणस्तर, शैक्षिक शुल्क र सेवा सुविधाहरुलाई सर्वशुलभ र पारदर्शी, नियमित अनुगमन, मुल्यांकन, भेटघाट तथा अन्तरक्रिया, विद्यार्थी, अभिभावक र शिक्षकलाई जवाफदेहिता लगायतका समस्यालाई सहज गराउने जनाए । तामाङ संग दुई प्रतिस्पर्धिहरु समेत अध्यक्ष पदमा उम्मेदवारी दि...
त्रिनपा १५ मा पर्ने यी सडकको मुहार १६ बर्ष बित्दा पनि फेरिएन

त्रिनपा १५ मा पर्ने यी सडकको मुहार १६ बर्ष बित्दा पनि फेरिएन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ वैशाख । हाम्रो गाउँ सदरमुकाम गाईघाट बाट लगभग १० देखी १५ किलोमिटरको हाराहारीमा होला, हिड्न सक्ने मान्छेहरु झण्डै तिन घण्टा लगाएर सदरमुकाम गाईघाट बजार देखी हाम्रो गाउँ उक्लिन्छ । सदरमुकाम नजिकैको गाउँवस्ति भएर के गर्नु बिकास सुन्य छ, “ यो दुखेसो हो त्रियुगा नगरपालिका वडा नं १५ गहतेका जिवन राईको” राईकां वडामा पर्ने एउटा महत्वपूर्ण सडक दशकौँ देखि जिर्ण छ । जुन सडक जिल्लाकै प्रमुख पर्यटकीय तथा धार्मिक स्थल जाने सबैभन्दा छोटो दुरीको सडक पनि हो । सडक राम्रो नहुँदा पर्यटकहरु घण्टौँ ढिला सडक पहिल्याउन बाध्य छन् । अन्य ठाउँका पछिल्ला सडकहरु ग्राभेल पिच भैसके तर यो सडक बर्षौ बर्षदेखी जस्ताको तेस्तै छन् राईले भने” आफ्नो गाउँठाउँको सडक मर्मतमा सरकारले चासो नदेखाउँदा साहै्र दुख लाग्छ, सडक अभावले यस ठाउँमा उत्पादन वस्तुहरुले मुल्य पाएका छैनन् गाउँघरमा बिक्रि हुँदैन, सहर लान बाटो छैन्,...
त्रियुगा नगरपालिकामा आज शोक विदा

त्रियुगा नगरपालिकामा आज शोक विदा

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख १४ । त्रियुगा नगरपालिकाले बिहिबार शोक विदा गरेको छ । सोही नगरपालिकामा कार्यरत कर्मचारी चण्डीका राउतको निधका कारण एक दिन शोक विदा दिईएको हो । राउतको बुधबार निधन भएका थिए । आफ्नो नगर र माताहतका वडाहरुमा आकस्मिक बाहेक अन्य सेवा ठप्प पार्ने नगरपालिकाले पत्र जारी गरेको छ ।
त्रियुगा नगरपालिका १६ मा आदिवासी जनजाति र दलित परिवारलाई जस्तापाता वितरण

त्रियुगा नगरपालिका १६ मा आदिवासी जनजाति र दलित परिवारलाई जस्तापाता वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख १३ । त्रियुगा नगरपालिका १६ नं वडाले आदिवासी जनजाति र दलित परिवारहरुलाई जस्तापाता वितरण गरेको छ । त्रियुगा नगरपालिकाको आर्थिक बर्ष २०७९र०८० नगरसभावाट स्वीकृत वडागत बजेटबाट कार्यक्रम मार्फत जस्तापाता वितरण गरिएको हो । वडाअध्यक्ष मान वहादुर राईका अनुसार वडाका ३ दलित परिवार र ३ आदिवासी जनजाति परिवारलाई जस्ता वितरण गरिएको जनाए । धरापेका उपेन्द्र राई र प्रकाश कुमार राई, सिदालीका पवित्रा समाल मगर, कुसुमटारका मान वहादुर कामी, भोर्लेका लक्ष्मी परियार र शाहिखोलाको मेघ माया विकालाई जस्तापाता वितरण गरिएको हो । जस्तापाता वडाका दलित र आदिवासी जनजातिहरुलाई छनोट गरि वितरण गरिएको अध्यक्ष राईले जनाए । वडा सचिव महेश खनालका अनुसार आदिवासी जनजाति लक्षित बजेट अन्तर्गत एक लाख र दलित लक्षित कार्यक्रम अन्तर्गत एक लाख गरी जम्मा २ लाख बजेटबाट जस्तापाता उपलब्ध गरिएको बताए । खनालाका अनुसार प...
गाईघाटमा वैशाख १६ देखि उप-मेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुने

गाईघाटमा वैशाख १६ देखि उप-मेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख १३ । उदयपुरको गाईघाटमा अवस्थित थरुहट संगशालामा आगमी बैशाख १६ गते देखि उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा हुने लागेको प्रतियोगितामा गाईघाट फुटबल क्लबको महिला टिम सहित विभिन्न ८ टिमले प्रतियोगितामा सहभागित जनाएको छ । प्रतियोगीताको उद्घाटन खेलमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी र बागमति युवा क्लब सर्लाहि विच हुने छ । दोस्रो खेल एनविवाईसि सप्तरी र हेटौटा फुटबल क्लब विच हुने छ भने बैशाख १८ मा अल इन वान क्लब झापा र डिडब्लुएफसि धरान सुनसरी विच प्रतियोगीता हुने छ । प्रतियोगीताको अन्तिम सेमिफाईनल खेल आयोजक गाईघाट फुटबल क्लब र पिएसडब्लुसि पथरी मोरङ विच हुने आयोजक जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले जनाए । महिला फुटबल खेलाडिहरुको विकास र प्रबद्र्धन तथा व्यवसायीकरणको लागि प्रतियोगीता आयोजना गर्न लागिएको जिल्...
पहिचान विरोधी सांसदहरुलाई गाउँ पस्न नसक्ने अवस्था बनाउँछौ : यायोख्खा केन्द्रीय अध्यक्ष हाताचो

पहिचान विरोधी सांसदहरुलाई गाउँ पस्न नसक्ने अवस्था बनाउँछौ : यायोख्खा केन्द्रीय अध्यक्ष हाताचो

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख १२ । किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हाताचोले पहिचान विरोधी नेता तथा सांसदहरुलाई गाउँ पस्न रोक लगाउने चेतावनी दिएको छ । मंगलबार किरात राई यायोख्खा जिल्ला कार्य समिति उदयपुरले गाईघाटमा आयोजना गरेको प्रदेश नं १ पून : नामाङकन सघर्ष समिति घोषणाको क्रममा राईले यस्तो बताएका हुन् । हालै विवादित कोशी प्रदेश तत्काल खारेज गरी यसलाई पहिचानको आधारमा पून : नामाकरण गर्नु पर्ने राईले सरकारलाई अनुरोध गरे । यदि यो कुरालाई सरकारले खेलाची ठाने यसको परिणाम सुखद नहुने र यसबाट हुने क्षतीबारे सरकार जिम्मेवार रहने जनाए । राईले शान्तीपूर्ण आन्दोलनलाई सरकारले तत्काल सम्बोधन गरी आन्दोलनलाई सकरात्मक निष्कर्षमा पुराउनु पर्ने राईले माग गरेका छन् । यदि हैन् भने नेता तथा सांसदहरुलाई गाउँवस्तीमा रोक लगाउनुका साथै राजनितिक कार्यक्रमहरु बिथोल्ने समेत चेतावनी दिए । सिहचान अचल वस्तुलाई नभै स...
उदयपुरमा पनि  प्रदेश नम्बर १ पून : नामाङ्कन संयुक्त सघर्ष समिति गठन

उदयपुरमा पनि प्रदेश नम्बर १ पून : नामाङ्कन संयुक्त सघर्ष समिति गठन

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख १२ । उदयपुरमा पनि प्रदेश न। १ पून : नामाकरण संयुक्त सघर्ष समिति गठन भएको छ । मंगलबार गाईघाट स्थित होटल टाउन हालमा १ हजार १ सय ११ जनाको संघर्ष समिति गठन गरेको हो । किरात राई यायोख्खा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष जिवन हाताचो लगायत अन्य पधाधिकारीहरुको उपस्थितिमा संघर्ष समिति गठन गरिएको हो । किराँत राई यायोख्खा उदयपुरकी अध्यक्ष समेत रहेका गंगा राईको संयोजकत्वमा प्रदेश नामाकरणको विषयलाई तिव्र बनाउँनका लागि संघर्ष समिति गठन गराएको हो । समिति गठन अभियान १४ ओटै जिल्लाहरुमा तिव्र गतिमा रहेको यायोख्खा केन्द्रीय अध्यक्ष हाताचोले जनाए । किरात प्रदेशलाई आफुहरुले जातित्वको आधारमा नरहि केवल पहिचानको रुपमा किरात प्रदेशको माग गरेको यायोख्खा जिल्ला अध्यक्ष हाताचोको बताए । संघर्ष समितिका संयोजक गंगा राईले यस समितिले अब आउँदो आन्दोलनलाई ब्यापक बनाउने जनाईन् । राईले अबको...
त्रियुगा उद्योग वाणिज्य संघद्धारा निःशुल्क स्वास्थ्य शिविर हुने

त्रियुगा उद्योग वाणिज्य संघद्धारा निःशुल्क स्वास्थ्य शिविर हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख १२ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले आगामी वैशाख १५ गते शुक्रवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । संघले दक्षिण एसियाकै नमुना क्यान्सर अस्पताल पूर्वाञ्चल क्यान्सर अस्पताल र वि.एण्ड सि. टिचिङ्ग अस्पताल विर्तामोड झापाको विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो । शिविरमा पाउँने सेवाहरु क्रमशः नसा सम्बन्धी सम्पूर्ण जाँचहरु, मुटु सम्बन्धी सम्पूर्ण जाँच परिक्षण सेवा, महिलाको स्तन क्यान्सर तथा पाठेघरको सम्पूर्ण जाँच गराउँने र अन्य क्यान्सर सम्बन्धी सम्पूर्ण परिक्षण गरिने त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए । उनले आफ्नै गाउँ ठाउँमा यस्तो सुविधा सम्पन्न सेवा आएको हुँदा सम्पुर्ण नगरवासीहरुलाई आएर सेवा प्रदान गर्न अनुरो गरे । उक्त शिविर आउँने शुक्रवार विहान ७ः३० बजे देखि जिल्ला अस्पत...
गाईघाटमा संञ्चालित १५ दिने सिलाई मेशिन मर्मत तालिम सम्पन्न, व्यवसायीहरु उत्साहित

गाईघाटमा संञ्चालित १५ दिने सिलाई मेशिन मर्मत तालिम सम्पन्न, व्यवसायीहरु उत्साहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख ११ । चैत्र २७ देखी गाईघाटमा सुरु भएको सिलाई मेशिन मर्मत तालिम आज सम्पन्न भएको छ । त्रियुगा नगरपालिका ११ जगत भवन स्थित नेपाल कपडा तथा सिलाई व्यवसायी संघको कार्यालयमा संञ्चालन भैरहेको तालिम सोमवार सम्पन्न भएको हो । तालिमलाई घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सहयोग गरेका थिए भने सिलाई व्यवसायी संघ उदयपुरले समन्वय गरेका थिए । तालिममा २० जना सिलाई व्यवसायीहरुले सहभागीता जनाएका थिए । घरेलु उद्योगका कार्यालय प्रमुख नरेन्द्र पराजुलीका अनुसार व्यवसायीहरुलाई काममा सहज गराउन उक्त तालिमको आयोजना गरिएका थिए । सहभागी सबै व्यवसायीहरुले तालिमबाट भरपुर ज्ञान प्राप्त गर्नुका साथै यस ज्ञानलाई सदुपयो गर्दै व्यवसायलाई थप सहज बनाउन सक्ने जनाए । तालिममा बिषेशगरी महिलाहरुले सहभागी जनाएको प्रमुख पराजुलीले जनाए । सानो तिनो मेशिनको समस्यालाई समेत मर्मत गर्न नसक्दा ठुला ठुलो दुख र क्ष...