Tuesday, August 18News That Matters

Breaking News 1

उदयपुरमा पनि मनाईयो राष्ट्रिय सूचना तथा प्रविधि दिवस

उदयपुरमा पनि मनाईयो राष्ट्रिय सूचना तथा प्रविधि दिवस

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ बैशाख । उदयपुरमा पनि राष्ट्रिय सूचना तथा प्रविधि दिवस भव्य रुपमा मनाईएको छ । क्यान माहासंघ उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका लगायत संसथाहरुको सहयोगमा मंगलबार दिवस मनाईएको हो । दिवसमा बिभिन्न प्राविधिक संग जोडिएका संघ संस्था विद्यालयहरुले भव्य रुपमा सहभागी जनाए । विहानी गाईघाट बजारमा प्रभातफेरी र्याली प्रदर्शन र पिपलचोकमा कोणसभा गरी दिवस सम्पन्न गरिएका थिए । बरुवा क्याम्पस, त्रियुगा माध्यामिक विद्यालय, त्रियुगा जनता क्याम्पस क्ष्ऋत् ब्याज, श्री बाल मन्दिर माध्यमिक विद्यालय र गाईघाटमा रहेका बिभिन्न इन्ष्टिच्युटहरुले पनि सहभागी जनाएका थिए । दिवसमा त्रियुगा नगरपालिकाका उपमेयरलाई निम्तो गरेको भएपनि उपस्थित हुन नसकेको आयोजकले जनाए । बाँकी सबै प्रविधि तथा सूचना अभियान्ताहरुको उपस्थित रहेका आयोजक क्यानले जनाए ।...
पक्राउ परे इन्द्रजित राई

पक्राउ परे इन्द्रजित राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो । नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ९बादल० गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए । राई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन् । यो प्रकरणमा यसअघि प्रहरीले अरू पाँच जनालाई पक्राउ गरिसकेको छ । यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेका थिए । राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या ६ पुगेको छ ।...
गाईघाटमा जारी उप-मेयर महिला फुटबल प्रतियोगितामा झापाको सान्दार जीत

गाईघाटमा जारी उप-मेयर महिला फुटबल प्रतियोगितामा झापाको सान्दार जीत

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख १७ । उदयपुरको गाईघाट स्थित थरुहट रंगशालामा जारी उप-मेयर महिला फुटबल प्रतियोगितामा All in One क्लव (झापा)ले शान्दार जीत निकालेको छ । सोमबार भएको खेलमा DWFC धरान (सुनसरी)लाई सून्यको विरुद्ध २ गाले गर्दै झापा सेमिफाईनलमा प्रवेश गरेको हो । दिउँसोको ३ः४० देखि सुरुभएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १५औँ मिनेटको समय चल्दै गर्दा झापाको तर्फबाट जर्सि नं.१२ की ममता राउतले पहिलो उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएकी छिन् । यस लगतै झापाकै तर्फबाट जर्सि नम्बर १७की सविता राना मगरले डिबोक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत हुँदै टिमलाई २–०को अग्रता दिलाएकी हुन् । प्रतियोगिताको निर्धारित समय सम्म DWFC धरान (सुनसरी)को तर्फबाट भने कुनै जवाफी गोल हँन सकेन । प्रतियोगितामा उत्कृष्ठ गोल गर्ने सबिता राना मगरले प्रतियोगिताको Women of the match प्राप्त गरेकि छिन् । मगरलाई नगद रु...
त्रियुगाको १४, १५ र १६  नं वडाले प्रदेशको आगामी बजेटमा माग गरे यी योजनाहरु

त्रियुगाको १४, १५ र १६ नं वडाले प्रदेशको आगामी बजेटमा माग गरे यी योजनाहरु

Breaking News 1, राजनीति
पूर्णपुष्टि, १७ वैशाख । त्रियुगा नगरपालिकाका तीन पहाडी वडाहरुले प्रदेश सरकारको आगामी बजेटमा बिभिन्न कार्यक्रम तथा योजनाहरुका लागि बजेट छुट्टाउन माग गरेको छ । नगरपालिको १६, १५ र १४ का तीन वडा अध्यक्षहरुले आईतबार कोशी प्रदेशका बिभिन्न बिभागीय मन्त्रालयहरुमा पुगेर आगामी बजेटमा वडाको योजना तथा कार्यक्रमका लागि बजेट छुट्टाउन माग गरेको हो । वडाका अत्यावश्यक अधुरा योजना र थप नयाँ योजना कार्यक्रमहरुका लागि प्रदेशले आगामी बजेटमा समेट्नु पर्ने भन्दै सम्बन्धित मन्त्रालयहरुमा पत्र बुझाईएका हुन् । उनिहरुले बजेट अभावका कारण विकास हुन नसकेका कतिपय योजना तथा कार्यक्रमहरु प्रदेश सरकारसामु पेश गरे । यी वडाहरुले बिषेशगरी भौतिक पूर्वधार विकास मन्त्रालय, पर्यटन विकास, कृषि खानेपानी तथा सिँचाई, सामाजिक विकास लगायतका मन्त्रालयहरुमा आफ्नो योजनाको कार्यक्रमहरु पेस गरेका थिए । १६ नं वडाका अध्यक्ष मान वहादु...
बिभिन्न कार्यक्रम सहित उदयपुरमा पनि मनाईयो अन्तराष्ट्रिय श्रमिक दिवस

बिभिन्न कार्यक्रम सहित उदयपुरमा पनि मनाईयो अन्तराष्ट्रिय श्रमिक दिवस

Breaking News 1, समाचार
पूर्णपुष्टि,बैशाख १८ । उदयपुरमा पनि १३४ अ‍ैँ विश्व अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रुपमा मनाईएको छ । श्रमिकहरुको हक अधिकारलाई संरक्षण गर्ने भन्दै देशैभर यो दिवस मनाईएको हो । सोमबार नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन(क्युपेक नेपाल०) उदयपुरको आयोजनामा गाईघाटमा पनि बिविध कार्यक्रम सहित यो दिवस मनाईएको हो । गाईघाट पिपलचोक स्थित औपचारिक कार्यक्रमहरु सहित अन्य मनोरञ्जन कार्यक्रमहरु जोडेर दिवस भव्य सम्पन्न भएको क्युपेक नेपाल उदयपुरका अध्यक्ष सक्षिम दनुवारले वताए । दनुवारका अनुसार साईकल स्लो, म्युजिकल चियर र बाँसमा चढि भाले छुने साथै सांगितिक कार्यक्रम लगायतका मनोरञ्जन कार्यक्रमहरु समेत राखिएका थिए । गन्धर्भहरुको सांगितिकमय कार्यक्रमले दिवसलाई थप आकार्षण बनाएका थिए । कार्यक्रमको पहिलो चरण पस्चात ¥याली लगाईएका थिए । उक्त र्याली गाईघाट बजारको मुख्य चोक सँगै बजार परिक्रमा गरी पि...
दुर्घटना नियन्त्रण सहयोगका लागि ट्राफिक प्रहरीलाई १५ थान स्टेन बोर्ड प्रदान

दुर्घटना नियन्त्रण सहयोगका लागि ट्राफिक प्रहरीलाई १५ थान स्टेन बोर्ड प्रदान

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख १७ । उदयपुरको सदरमुकाम गाईघाटमा ट्राफिक व्यवस्थापनका लागि त्रियुगा नगरपालिका वडा नं.११ ले १५ थान ट्राफिक स्टेन बोर्ड प्रदान गरेको छ । आईतवार वडाअध्यक्ष सुमन्त कोईरालाले बजार क्षेत्रमा अव्यवस्थित सवारी पार्कीङका कारण सडक दुर्घटना भएको भन्दै व्यवस्थित पार्न बोर्ड प्रदान गरेको हो । लापर्वाही पार्किङले सडक दुर्घट्ना मात्र नभै सडक समेत दुर्गधित देखिएको अध्यक्ष कोईरालाले जनाए । पछिल्लो समय गाईघाटको मेन चोक लगायत मानविय भिँडभाँड हुने आसपासका चौकहरुमा सडक अतिक्रमण गरी सर्वसाधरणहरुले सवारी साधन पार्किङ गर्दै आएपछि ट्राफिक प्रहरीले बजार क्षेत्रका भिँडभाँड स्थानहरुमा सचेतना मुलक बोर्ड सवारी रोक्न निषेध छ,सवारी पार्किङ्ग निषेध,बजार एरिया अधिकतम गति राख्दै आएको अवस्था छ । बढ्दो सावरी चापलाई नियन्त्रण गर्नको लागि बैंक लाईनमा एक तर्फ पार्किङ गर्न पाईने र अर्को तर्फ पार्किङ निषेध ग...
त्रिनपा ४ बगाहामा आर्गानिक मल उत्पादन सुरु

त्रिनपा ४ बगाहामा आर्गानिक मल उत्पादन सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख १६ । त्रियुगा नगरपालिका ४ बगाहामा स्थानीय उद्योगबाटै आर्गानिक मल उत्पान सुरु भएको छ । हाम्रो भुमि आर्गानिक मल तथा कृषि सामाग्री उद्योगले मल उत्पादन सुरु गरेको हो । “कृषकको उद्धार माटोको सुधार” भन्ने मुख्य नाराका साथ उद्योगले बिभिन्न प्रकारका मल उत्पादन सहित कृष सामाग्रीहरु समेत सेवा थालेको हो । उद्योगले आर्गानिक मल जुतो, पोटासियन, माईक्रोन्युटियन र कल्चर गरी ४ ओटा मुख्य वस्तुबाट उत्पादन गरेको छ । उद्योग संञ्चालक मन कुमार राईका अनुसार स्थानीय स्तरकै सामाग्रीहरुबाट मल उत्पादन भएकाले मलको गुणस्तरमा संका नरहेको जनाए । बिषेशगरी स्थानीय कृषकहरुको गाई भैँसी गोबर र बाख्रा बड्कुङलाबाट मल उत्पादन गरिएको राईले जनाए । यो सँगै उद्योगले कृषि तालिम, माटो परिक्षण, आर्गानिक बिषदी, गोठ चुन, पोल्ट्री चुन, माछा चुन र बिभिन्न कृषि सामाग्रीहरु समेतको सेवा पनि उपलब्ध गराएको छ । उद्योगका प्र...
त्रियुगा नमुना मा.वि गाईघाटको शिक्षक अविभावक संघको अध्यक्षमा लोकबहादुर तामाङ बिजयी

त्रियुगा नमुना मा.वि गाईघाटको शिक्षक अविभावक संघको अध्यक्षमा लोकबहादुर तामाङ बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख १७ । त्रियुगा नमुना मा.वि. गाईघाटको शिक्षक अविभावक संघको अध्यक्षमा लोकबहादुर तामाङ बिजयी भएका छन् । तामाङले आफ्नो प्रतिद्धन्दी भन्दा ३७ मत बढी ल्याएर अध्यक्ष पदमा निर्वाचित भएको हो । उनले जम्मा २३८ मत ल्याएका थिए भने उनका प्रतिद्धन्दी सुवास विश्वकर्माले २ सय १ मत प्राप्त गरेका थिए । यता फुटबल चुनाव चिन्ह नवराज घिमिरेले भने ११३ मत मात्र प्राप्त गरे । उक्त चुनाव शनिवार विहान ७ त्रि.मा.वि गाईघाटको प्राङगनमा सम्पन्न भएका थिए ।...
उप-मेयर गोल्डकप सुरु : उद्घाटन खेलमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब बिजयी

उप-मेयर गोल्डकप सुरु : उद्घाटन खेलमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख १६ । उदयपुरको गाईघाटमा उम–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीले बिजयी सुरुवात गरेको हो । गाईघाटको थरुहट रंगशालामा शनिवार भएको खेलमा एभरेष्ट क्लबले बागमती युवा क्लव(सर्लाही)लाई टाइब्रेकरमा ३–१ गोलमा पराजित गदैँ सुनसरीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरको छ । निर्धारित समय सम्मा पनि दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । प्रतियोगितको टाइब्रेकर खेलमा सुनसरीको तर्फबाट टिम कप्तान जर्सि नं.५का सरिता राई,जर्सि नं.१५का आशिका मगर र जर्सि नं. १७का अन्जना राईले गोल गरे भने रेजिना श्रेष्ठको फित्तलो प्रहरलाई विपक्षी टिका गोल रक्षकले सजिलै रोकिदिएका थिए । यस्तै सर्लाहीका लागि जर्सि नं.३ का खेलाडि मंदिरा राईले मात्र गोल गरेका थिए भने बिष्णु बल,अस्मीता बैध र टिम कप्तान सम...
त्रियुगा उद्योग बाणिज्य संघको नि:शुल्क स्वास्थ्य शिविरमा सात सय बढीले लिए सेवा

त्रियुगा उद्योग बाणिज्य संघको नि:शुल्क स्वास्थ्य शिविरमा सात सय बढीले लिए सेवा

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १५ । शुक्रबार त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले आयोजना गरेको निशुल्क स्वास्थ्य शिवीरमा बढी भन्दा बढी विरामीहरुले सेवा लिएको छ । जिल्ला अस्पताल उदयपुरमा संञ्चालन यो सिविरमा त्रियुगा नगर र त्यस बाहेकका अन्य ठाउँका सेवाग्राहीहरुले धेरै फाईदा लिएका छन् । बिषेशगरी बृद्ध बृद्धा र महिलाहरुलाई प्राथामिकता दिएर शिविर संञ्चालन गरेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । शिविरमा क्यान्सर, मुटु, नसा, स्त्री रोग र नाक कान घाँटीको निशुल्क चेक जाँच सम्बन्धि चेक जाँच भएको अध्यक्ष रसाईलीको भनाई छ । त्यस बाहेकका सामान्य उपचार र परिक्षण भने चल्नेनै छन् । सिविरले निशुल्क औषधी पनि वितरण गरेको छ । रसाईलीका अनुसार मुटु सम्बन्धि २ सय ३५, स्त्रि सम्बन्धि ६०, मुटु इको ९९ , नाककान घाँटी १४७, र न्युरो १६७, क्यान्सर २९ गरी ७ सय ३७ जनाले सिविरको प्रत्यक्ष फाईदा उठाएको छ । सामान्य चेकजाँच सहित हज...