Tuesday, August 18News That Matters

Breaking News 1

उप-मेयर गोल्ड कप : अन्तिम सेमिफाईनलमा सप्तरीलाई हराउँदै मोरङ फाईनलमा प्रवेश

उप-मेयर गोल्ड कप : अन्तिम सेमिफाईनलमा सप्तरीलाई हराउँदै मोरङ फाईनलमा प्रवेश

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख २१ । उदयपुरको गाईघाटमा जारी प्रथम उप–मेयर महिला फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा NBYC सप्तरीलाई हराउँदै PSWC मथरी मोरङ फाईनलमा प्रवेश गरेको छ । बिहिबार त्रियुगा नगरपालिकाको थरुहट रंहशालामा भएको अन्तिम सेमिफाइनल खेलमा सप्तरीलाई ० को विरुद्ध १ गोल गर्दै पथरी मोरङ फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता दिनको ४ः३० बजे देखि सुरु भएको खेलमा मोरङका तर्फबाट जर्सि नम्बर ९ का खेलाडि सुप्रिया मियाले उत्कृट खेल प्रदर्शन गर्दै पहिलो हाफको २९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । निकै प्रतिस्पर्धात्मक अन्तिम सेमिफाइलन खेलको निर्धारित समय सम्मको पहिलो र दोस्रो हाफ सम्म पनि सप्तरीको तर्फबाट भने जवाफि गोल गर्न नसक्दा मोरङले फाइनलको ढोका ढक–ढकाउँन पुगेको हो । खेलको अवधि भरी उत्कृट खेल प्रदर्शन गर्दै गोल गर्ने मियाँले Women of the match संगै नगद रु,२ हजार प्राप्त...
नगरपालिकाको बेतिथी बिरुद्ध बेल्टारमा जुलुस प्रदर्शन, मेयर कालु लामाको राजीनामा माग

नगरपालिकाको बेतिथी बिरुद्ध बेल्टारमा जुलुस प्रदर्शन, मेयर कालु लामाको राजीनामा माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख २१ । चौदण्डीगढी नगरपालिकाले बेतिथि मच्याएको भन्दै सरोकारवालाको सर्वपक्षीय, सर्वदलीय समूहले बेल्टार बजारमा जुलुस प्रदर्शन गर्दै मेयरकालुमान लामाको राजीनामा माग गरेका छन् । नगरमाकर्मचारी नियुक्तीमा घुसकाण्ड बाहिरिएको, राजनिति नियुक्त बढेको, सेवा प्रवाह प्रभावकारी नभएको, नदिजन्यपदार्थ उत्खनमा हिना मिना, जग्गा नापीको काम अगाडि नबढाएको, कृषि र पशुको कार्यक्रममा कमिसन लिइ एनजिओलाई सम्पेको लगायतका आरोप छ । तत्काल वेतिथि रोक्न कदम नचालिए बजार बन्ददेखि पालिका तालाबन्दी र आमहड्ताल सम्मको आन्दोलन गर्ने जनाएका छन् । केहीदिन अघि मेयर लामाका स्वकीय सचिवले जागीरको आश्वसनमा चारजनाबाट डेड लाखको दरले घुुस लिएको अडियो सार्बजनिक भएको थियो । उनिहरुले नगरपालिकाको बेतिथि बढाउने जिम्मेवारी व्यक्ति कालुमान लामाले तत्काल राजिनामा दिनु पर्ने समेत अडान राखेका छन् ।...
उदयपुरकी संजिता वि.क द भ्वाई किड्सको अन्ति १६ मा, भोटको अपिल

उदयपुरकी संजिता वि.क द भ्वाई किड्सको अन्ति १६ मा, भोटको अपिल

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ वैशाख । उदयपुरकी संजिता बि.क द भ्वाईस अफ किडस् सिजन २ को अन्तिम १६ मा पूग्न सफल भएकी छिन् । उदयपुर रौतामाई गाउँपालिका ३ लाफागाउँ घर भएकी संजिता डिजिटल, व्लाईन्ड र ब्याटल हुँदै लाईफ सो को अन्तिम १६ मा उत्रिएकी हुन् । उनी टिम प्रविशामा छिन् । कौशिका मावि धर्मे स्थित कक्षा ८ मा अध्यानरत बि.कले कुनै पनि सांगितिक क्लास लिएकी छैन्न् । बिकट भुगोलकी संजिताले संगित सिक्ने अवसरहरु पाउन चुनौतिको कुरा हो । उनले सम्पूर्ण उदयपुर दर्शक प्रति भोटको अपिल गरेकी छिन् । आफ्नो जित उदयपुर र नेपाली सांगितक क्षेत्र र दर्शकहरुको जित रहेको भन्दै उदयपुरको गौरबको निम्ति पनि आफुलाई भोट गर्न अनुरोध गरिन् । उनले अब टप ८ को लागि दर्शकहरुको धेरैभन्दा धेरै भोट चाहिएको भन्दै भोट गर्न अपिल गरिन् । संजितालाई भोट गर्न खल्ती एपको प्रयोग गर्न सकिने छ ।...
लालपत्ता प्रहरी प्रमुख निरौला चैत्र महिनाको उत्कष्ट प्रहरी घोषित, लागुऔषाध नियन्त्रणमा मुख्य भुमिका

लालपत्ता प्रहरी प्रमुख निरौला चैत्र महिनाको उत्कष्ट प्रहरी घोषित, लागुऔषाध नियन्त्रणमा मुख्य भुमिका

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ वैशाख । उदयपुर लालपत्तामा कार्यरत रोशन निरौला चैत्र महिनाको उत्कृष्ट उदयपुर प्रहरी घोषित भएको छ । निरौलालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । उनले सिमानामा हुने अपराधिक क्रियाकलाप, सिमानाका कटाएर भित्रिने अबैध सामान र बिषेशगरी लालपत्ता सिमाना हुँदै भित्रिने लागुऔषाध कारोवार नियन्त्रणमा ठुलो भुमिका खेलेको उल्लेख गरिएको छ । उत्कष्ट प्रहरीको घोषणा गर्दै भनिएको छ, विभागिय मुल्य–मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै लागु औषध नियन्त्रण अभियान “ CAN ” को कार्ययोजना अनुसार मधेश प्रदेशसँग सिमाना जोडिएको प्रहरी चौकी लालपत्ता उदयपुरमा अस्थाई होल्डिङ सेन्टर स्थापना गर...
बसाहको नारद आदर्श शिक्षा क्याम्पसले विद्यार्थी भर्ना अभियानमा तिव्रता

बसाहको नारद आदर्श शिक्षा क्याम्पसले विद्यार्थी भर्ना अभियानमा तिव्रता

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख २० । उदयपुरको बसाहमा अवस्थित नारद आदर्श शिक्षा क्याम्पसले नयाँ विद्यार्थी भर्ना अभियानलाई तिव्रता दिएको छ । आगामी वैशखा २६ गते देखि देशभरका क्याम्पसहरुमा कक्षा १२ को बार्षिक परिक्षा हुन लाग्दा उक्त परिक्षा सञ्चालन हुनअघि क्याम्पस प्रमखु राजा कुमार राई पुर्व क्याम्पस प्रमुख धुर्व राई, क्याम्पस स्वब्यु सभापती केवल तमाङ, स्वब्यु कोषाध्य्क्ष लोकेश राउत र चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा,बेलाका नगरपालिका संचालित प्लस टु बिद्यालयमा पुगेर बिधार्थी संग अन्तर्कृया कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई क्याम्पसमा भर्ना हुन आग्रह गरिएको थियो । विद्यार्थी भर्ना अभियानमा लागेका नगर प्रमुख लामाले आफु क्याम्पसको अभिभावको हैसियतले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान सहित चौदण्डीगढीका सबै प्लस टु विद्यालयमा पुगिसकेको बताएका छन् । त्रिभुवन विश्वबिधालयले...
घरेलु टोली गाईघाटलाई हराउँदै मोरङ सेमिफाइनलमा प्रवेश

घरेलु टोली गाईघाटलाई हराउँदै मोरङ सेमिफाइनलमा प्रवेश

Breaking News 1, खेलकुद
पूर्णपुष्टि,वैशाख १९ । उदयपुरको गाईघाटमा जारी उप–मेयर महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल सकिए संगै PSWC पथरी मोरङ सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलवार त्रियुगा नगरपालिकामा अवस्थित थरुहट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली गाईघाट फुटबल क्लव उदयपुरलाई १ को विरुद्ध २ गोल गर्दै पथरी मोरङले सेमिफाइनलको यात्रा सुरक्षित गरेका हुन् । दिनको ३ः३० बजेबाट सुरु भएको प्रतियोगितामा गाईघाटका तर्फबाट पहिलो हाफको ७औँ मिनेटमा जर्सि नं.९का खेलाडि मनिता तामाङले उत्कृष्ट गोल गर्दै टिमकालागि खाता खेल्न सफल भएका थियो । दुवै तर्फका खेलाडिहरुको काउन्टर एट्यकीङ खेल चलिरहँदा दोस्रो हाफको ५१औ मिनेटमा मोरङको तर्फबाट जर्सी नं.९का खेलाडि सुप्रिया मियाँले जवाफी गोल फर्काउदै खेललाई बरावरीमा ल्याएकि थिइन् । त्यसको ८५औँ मिनेटको खेलमा मियाँले पुःन गोल गर्दै टिमकालागि २–१को नतिजा दिलाएकी हुन् ।...
एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १९ । नेकपा एमालेबाट निर्वाचित भएको सांसद लक्ष्मी महतो कोईरीलाई निलम्वीत गरिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका हुन्। नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका संघीय संसद सचिवालय स्रोतले जनाएको छ । ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।  ...
गाईघाटमा मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न

गाईघाटमा मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख १९ । गाईघाटमा मेलमिलाप सम्बन्धी आठ दिवसिय ४८ घण्टे आधारपूत तालिम सम्पन्न भएको छ । ‘हाम्रो समस्या, हाम्रै समाधान’ भन्ने मुल नाराका साथ त्रियुगा नगरपालिकाको आयोजना तथा सहयोगमा गरिएको आठ दिवसीय आधारभूत तालिम मंलवार एक कार्यक्रम बीच सम्पन्न गरिएको हो । तालिम नगरभित्रका १६ वटै वडाहरुबाट दुई–दुई सदस्य गरी ३२ सदस्य, १० जना न्यायक समितिबाट सूचिकृत मेलमिलाप कर्ताहरु र तीन जना समाजिक संघ संस्थाहरुबाट गरी ४५ जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै कार्यक्रमक न्यायक समितिका संयोजक समेत रहेकी नगर उप–प्रमुख महेश्वरी राईले समुदायमा हुने विवादहरु मेलमिलामकर्ता मार्फत निरुपण हुने वातावरण सिर्जना गर्नुपर्ने बताईन् । यता त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले तालिमको अनुगमन गरेका थिए । तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमि...
लिम्चुङबुङले राख्यो एभरेष्ट भ्यु टपको बोर्ड, पर्यटकको बढ्दो आकर्षण, तस्विरहरु

लिम्चुङबुङले राख्यो एभरेष्ट भ्यु टपको बोर्ड, पर्यटकको बढ्दो आकर्षण, तस्विरहरु

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, १९ वैशाख । पछिल्लो समय पर्यटनका नयाँ गन्तव्य नाराले चर्र्चा पाएका लिम्चुङबुङ गाउँपालिकाले एभरेष्ट भ्यु टपको बोर्ड राखेको छ । पालिका अध्यक्ष मेजर कुमार राई सहितका टोलीले केहिदिन अघि मात्र उक्त बोर्ड राखेका हुन् । अधयक्ष राईले भ्यु टपको बोर्ड राखे सँगै फेसवुकमा आफ्नो प्रोफाईल पनि फेरेका छन् । राईले आफ्नो पुरानो प्रोफाईको ठाउँमा एभरेष्ट भ्यु टप बोर्डको प्रोफाईल राखेका छन् । पर्यटन प्रवर्द्धनको लागि लिम्चुङबुङको प्रोफाईल परिवर्तन गर्ने साझा अभियान सबैले कार्यान्वयन गरेका छौ । यस अभियान मार्फत हामीले हजारौ, लाखौ पर्यटकहरु माझ लिम्चुङबुङको सन्देश पुर्याउन सफल भएका छौ, अध्यक्ष राईले फेसवुकमा लेखेका छन्” । उक्त भ्यु टप हाल धमाधम निर्माण भैरहेको अवस्था छ । केहि समय अघि मात्रै एक तलाको ढलान समेत भैसेको छ । यहाँ वोर्ड सँगैको प्रोफाईल राखेर पर्यटनबारे थप प्रचार प्रसारको अभियान नै चल...
जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको नयाँ क्यालेण्डर विमोचन

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको नयाँ क्यालेण्डर विमोचन

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख १९ । त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले २०८० सालको नयाँ नेपाली क्यालेण्डर पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा पुगि विमोचन गरेको छ । सूचना संचार तथा प्रचार प्रसार उपसमितिले मंगलबार गाउँपालिकामा आयोजित कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संञ्चालन तथा व्यवस्थाप सम्वन्धि अन्तक्रिया कार्यक्रम मार्फत नयाँ क्यालेण्डर विमोचन गरिएको हो । क्यालेण्डर विमोचनमा गाउँपालिकाका प्रमुख मेजर कुमार राईको प्रमुख अतिथ्यतामा विमोचन गरिएको हो । गाउँपालिका प्रमुख राईले एभरेष्ट भ्यू टपमा जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको कार्यसमिति बैठक पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिका बसाएर ऐतिहासिक कायम गरेको संघलाई धन्यवाद व्याक्त गरे । उनले व्यवसायिक क्षेत्र सुधार गर्नको लागि पर्यटक अति आवश्यक भएकोले पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायी आग्रह गरेका थिए । लिम्चुङबुङ...