Tuesday, August 18News That Matters

Breaking News 1

आजबाट मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

आजबाट मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

Breaking News 1
पूर्णपुष्टि,वैशाख ८ । प्रतिनिधि सभा सदस्यकालागि यही आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ । आजबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीलाई चुनावी प्रचारमा रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । आजबाट सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वा...
तुलसी सहकारी संस्थाबाट पीडित निक्षेपकर्ताहरुसँग प्रहरीद्धारा जाहेरीको माग

तुलसी सहकारी संस्थाबाट पीडित निक्षेपकर्ताहरुसँग प्रहरीद्धारा जाहेरीको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख ८ । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थ्ति तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडबाट पीडित भएकोहरु संग जिल्ला प्रहरी कार्यालय उदयपुरले जाहेरीको माग गरेको छ । सहकारी संस्थाका संञ्चालक केदारनाथ शर्मा लगाएत सञ्चालक समितिका सदस्य तथा कर्मचारीहरुको विरुद्धमा प्रहरीले जाहेरीको माग गरेको हो । सहकारी संस्थाको रकम हिनामिना गरी सहकारी ऐन २०७४ अनुसारको कसुर गरेको भन्दर्भमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्दा दर्ता भई हाल अनुसन्धान भईरहेको हुँदा उक्त संस्थाद्वारा पीडित भएका सर्वसाधारण निक्षेपकर्ताहरुले जाहेरी दिन बाँकीहरुको लागि जाहेरी दरखास्त माग गरिएको प्रहरीले जनाएको छ । पीडले दिएको जाहेरी अपराध अनुसन्धान शाखामा दिन सकिने प्रहरीले जनाएको छ ।...
गुणस्तरीय स्वास्थ्य सेवा यवस्थापनका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य संयोजकहरुलाई तीन दिने तालिम

गुणस्तरीय स्वास्थ्य सेवा यवस्थापनका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य संयोजकहरुलाई तीन दिने तालिम

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ७ वैशाख । उदयपुर र सिन्धुलीका स्वास्थ्यकर्मी र स्वास्थ्य संयोजकहरुलाई गुणस्तरीय सेवाका लागि गाईघाटमा तीन दिने तालिम प्रदान गरिएको छ । वल्र्ड भिजन नेपाल, हुरेण्डेक उदयपुर र सिड्स नेपाल सिन्धुलीको संयुक्त सहयोगमा स्वास्थ्य संस्थाको चुनौतीलाई थप सहज र संञ्चालन व्यवस्थापन सँगै सेवालाई गुणस्तर बनाउने बारे तालिम प्रदान गरिएको हो । हुरेण्डेक उदयपुरका कार्यक्रम अधिकृत प्रशन्न कार्कीका अनुसार उदयपुर र सिन्धुली गरी तालिममा स्वास्थ्य सँग सम्बन्धित जम्मा २८ जना व्यत्तिहरु सहभागी रहेका जनाए । जस मध्ये उदयपुरको १८ जना र सिन्धुलीको १० जना सहभागी रहेका थिए । जसमा ६ पालिकाका स्वास्थ्य संयोजक र अन्य सबै स्वस्थ्य चौकी इन्चार्जहरु रहेको कार्कीले जनाए । जस अन्तर्गत स्वस्थ्य व्यवस्थापन समितिको क्षमता अबिबृद्धि, मात्रृ शिसु तथा वाल्यकालिन पोषण, गर्भवती तथा सुत्केरी महिलाको स्यहार र स्वास्थ्य व्यव...
चौदण्डीगढीमा युवा तथा सामाजिक अभियान्तहरुले टाँसे भ्रष्टाचारीलाई कार्वाही गर लेखेको पम्प्लेट

चौदण्डीगढीमा युवा तथा सामाजिक अभियान्तहरुले टाँसे भ्रष्टाचारीलाई कार्वाही गर लेखेको पम्प्लेट

Breaking News 1
पूर्णपुष्टि, बैशाख ६ । चौदण्डीगढी नगरपालिकामा सचेत युवा तथा सामाजिक अभियान्तहरुले भ्रष्ट कर्मचारी र जनप्रतिनिधिहरु प्रति चर्को विरोध गरेको छ । बुधबार नगर कार्य क्षेत्र तथा बेल्टार बजार परिसरमा भ्रष्टचारीलाई कार्वाही गर लेखेका पम्प्लेट सहित युवाहरुले चर्को आवाज उठाएको छ । उनिहरुले बेल्टार बजारको मुख्य चोक र आसपास रहेको अन्य सार्वाजानिक स्थानहरुमा उक्त पम्प्लेट टासेका छन् । केहि समय अघि मात्रै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाको स्वकिय सचिव समेत रहेका देव प्रकाश राईले कर्मचारी नियुक्तीका लागि डेढलाख रकम माग राखेको अडियो सार्वजानिक भएका थिए । उक्त अडियोको अनुसन्धान गरी दोषी ठहरीए भ्रटचारीको रुपमा अडियोमा संलग्नलाई कार्वाही गर्न माग समेत गरिएका थिए । बिभिन्न राजनितिक दल, नागरिक समाज, बुद्धिजीवी र युवाहरुको संयुक्त एैकबद्धतामा दोषीलाई कार्वाहीको माग गरिएका थिए । यस्ता भ्रष्ट कर्मचार...
झण्डै तीन महिना पछि त्रियुगा नगरपालिकाले पायो नयाँ हाकिम

झण्डै तीन महिना पछि त्रियुगा नगरपालिकाले पायो नयाँ हाकिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ६ । तीन महिना देखी प्रमुख प्रशासकीय अधिकृत बिहिन त्रियुगा नगरपालिकाले भर्खरै मात्र नयाँ हाकिम पाएको छ । नगर प्रमुख मेयरको आफुखुसी प्रमुख प्रशासकीय अधिकृत राख्ने जिद्धिले झण्डै तीन महिना पछि मात्रै त्रियगा नगरपालिकाले नयाँ प्रशासकीय अधिकृत प्राप्त गरेको हो । पुरानो हाकिम मान वहादुर वन माघ १० बाट सरुवा हुनु पर्ने भएपनि नगर प्रमुख वस्नेतको अडानका कारण सरुवा गएका थिएनन् । मन्त्रालयबाट समेत पटक पटक पत्र आउँदा पनि वन अटेरी गर्दै सरुवा भएको ठाउँ जान मानेन् । वनलाई मन्त्रालयले कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गरेका थिए । प्रक्रियागत पुरा भएको नयाँ हाकिम संजय बहादुर राजल्वटलाई त्रियुगा नगरपालिकाले हाजिर समेत गर्न नदिई फार्काईदिए । आफुखुसी हाकिम राखेको भन्दै बिभिन्न जनप्रतिनिधि, कार्यपालिका सदस्य, राजनितिक दल र नागरिकहरुले समते बिरोध गरेपछि त्रियुग...
लिम्चुङबुङको खेलकुदमा झापा, भोजपुर र वडा नं. १ प्रथम

लिम्चुङबुङको खेलकुदमा झापा, भोजपुर र वडा नं. १ प्रथम

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ५ । उदयपुर । उदयपुरको पहाडी गाउँपालिका लिम्चुङबुङले विजेतालाई १ लाख रुपैया पुरस्कारसहित पाँचदिने खेलकुद कार्यक्रम आज सम्पन्न गर्यो । गाउँघरमा लोकप्रीय खेल भलिबलमा पुरुषतर्फ ८ टिम सहभागि मध्ये झापा प्रथम, त्रियुगा नगरपालिका (उदयपुर) दोस्रो र ताप्ली गाउँपलिका (उदयपुर) तेस्रो भए । महिलातर्फ ६ टिम मध्ये भोजपुर (आमचौक) प्रथम, लिम्चुङबुङ (आयोजक) दोस्रो र ओखलढुङ्गा (मानेभञ्ज्याङ) तेस्रो भए । विजयीहरुलाई क्रमशः १ लाख, ६० हजार र ४० हजार पुरस्कार दिइएको हो । त्यसैगरी पाँच टिम सहभागि फुटबलतर्फ प्रथम हुने वडा नं. १ बाँसबोटे ५० हजार, दोस्रो वडा नं. २ ताम्लिछा (ए) ले ३० हजार र तेस्रो ताम्लिछा (बी) ले २० हजार पुरस्कृत प्राप्त गरे । युवा सशक्तिकरणका लागि आयोजना गरेको पाँचदिने खेलकुद नयाँवषसंगै सुरु भएको थियो । पालिका अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष पुष्पकुमार राईले युवाहरुलाई पुरस...
डा. नारायण खड्का देखी स्वर्णिम वाग्ले सम्मलाई दोहोरो नागरिकताको उजुरी

डा. नारायण खड्का देखी स्वर्णिम वाग्ले सम्मलाई दोहोरो नागरिकताको उजुरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ५ । दोहोरो नागरिकता रहेको भन्दै राजनितिक दलका बिभिन्न नेताहरु बिरुद्ध गृहमा उजुरी परेको छ । उदयपुरबाट प्रतिनिधी सभामा निर्वाचित डा नारायण खड्काको नेपाली नागरिकता छानविन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ । डा खड्का सहित उच्च पदस्त १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्ड समेत रहेको भन्दै सोमबार गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो । सिन्धुलीका युुवराज पौडेल (सफल) ले दायर गरेको उजुरीमा डा खड्का सहित राजेन्द्र महत्तो, सरिता गिरी, सुजता कोईराला, अनुराधा कोईराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कडेल, डा स्वर्णिम वाग्ले, डा मिनेद्र रिजाल र दिलेन्द्र प्रसाद बडुको दोहोरो नागरिकता रहेकोले छानविन गरि कार्वाही गर्न माग गरिएको हो । डा . खड्का नेपाली काग्रेसको राजनीतिमा आउनु भन्दा अगाडी क्यानाडामा बसोबास गर्ने गर्थे भने उनको श्रीम...
सिर्कोट कालिका बिल्डर्सको बर्दघाट नगरपालिकामा अबैध अशुली

सिर्कोट कालिका बिल्डर्सको बर्दघाट नगरपालिकामा अबैध अशुली

Breaking News 1, समाचार
हरि सापकोटा बर्दघाट, चैत्र ५ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पुर्व पश्चिम लोकमार्ग अन्तर्गतको चिसापानीमा अबैध ढाट राखेरै सिर्कोट कालिका बिल्डर्स एन्ड सप्लायर्सको नाम बाट अशुली हुँदै आएको छ। बर्दघाट नगरपालिका भएर चल्ने कबाड र भंगार बोकेका गाडीहरुलाई लोकमार्गमा खुलेआम पर्ची काटेर अशुली गर्दै आएका छन। सिर्कोट कालिका बिल्डर्सले बर्दघाट नगरपालिकाबाट आर्थिक वर्ष २०७९र८० का लागि कवाडि कर संकलन गर्ने ठेक्का प्राप्त गरेको छ। स्थानीय नेताहरुको आडमा बर्दघाट नगरपालिका को मिलेमतोमा दिनदाहदै गुडिरहेका गाडी रोकाएर कर आतंक मच्चाउने विल्डर्सलाई बर्दघाट नगरपालिकाका नगर प्रमुखको साथ रहेको बुझिन्छ। नगर प्रमुखको आडमा खुले आम यसरी संचालन भएको अबैध अशुली प्रती स्थानीय कवाडी व्यबसायीहरुको व्यापक जनगुनासो रहदा पनि प्रशासनले कार्वाही गर्न सकेको छैन। स्थानियका अनुसार यस कन्स्ट्रक्सन कम्पनीका संचालक त...
उदयपुरमा अबैध काठ सहित अध्यक्ष पक्राउ

उदयपुरमा अबैध काठ सहित अध्यक्ष पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ५ । अबैध काठ तस्करीको आरोपमा उदयपुरमा एक सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । त्रियुगानगरपालिका ५ स्थित अम्बिका सा.ब.उ.स. दमौतीका अध्यक्ष लिलबहादुर ग्राङ्जा मगर हिजो पक्राउ परेका हुन् । अध्यक्ष ग्राङ्जा मगरले हिजो छपान विनाको काठ ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा स्थानीयले फेलापारी बन कार्यालयलाई खबर गरेको थियो । काठ बोक्ने स १ त ७०४८ नम्बरको ट्याक्टर र काठ बन कार्यालयको नियन्त्रणमा रहेको छ भने अध्यक्ष ग्राङ्जा मगर बन हिरासतमा रहेका छन् । आर्थिक लाभका लागि अध्यक्षले बनबाट लिएको कटान, लागत आदेश भन्दा बाहिर गएर उपभोक्ताहरुको आँखा छली अबैध काठ काटेको आरोप छ । अबैध काठ ओसार पसारमा प्रयोग भएको ट्याक्टर वडासदस्य कुबेर ग्राङ्जा मगरको रहेको र वन अध्यक्ष उनको बुवा रहेको बुझिएको छ । घटनापछि वनअध्यक्ष र ट्याक्टर छुटाउन समुहमा बैंठकको किर्ते निर्णय भएको आरोप उपभोक्ताको छ । व...
चौदण्डीगढी नगरको फेरी अर्को गलत कार्य : एउटै व्यक्तिलाई एकै दिन दुईदुई पटक नियुक्ति

चौदण्डीगढी नगरको फेरी अर्को गलत कार्य : एउटै व्यक्तिलाई एकै दिन दुईदुई पटक नियुक्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ५ । चौदण्डीगढी नगरपालिकाले कर्मचारी नियुक्तीमा चरम लापर्वाही गर्दै आएको पाईएको छ । कर्मचारी नियुक्तीका लागि पैसा बार्गेनिङ अडियो सार्वजानिक नसेलाउँदै अर्को बेतिथि फेला परेको हो । नगरले एकै व्यक्तिलाई एकै दिन दुईदुई पटक नियुक्ती गर्दै फेरी अर्को त्रुटी जनतामाझ ल्याएको छ । यसरी नियुक्ती हुनेमा वडा नम्बर १० हडिया स्थित आधारभूत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन (एचए) पदमा कार्यरत सुरेन्द्र चौधरी रहेका छन् । चौधरीलाई गत पुस २१ गते ज्यालादारी र करारमा एकै दिनमा दुईदुई पटक नियुक्ति गरिएको छ भने दुवै पत्रको चलानी नम्बर पनि २२३२ रहेको छ । चौधरीको नियुक्ति पत्रमा सिफारिस अधिकृत जनकलाल लेखिले भने, “०७४ सालको पुरानो नियुक्ति देखाएर जागिर खान खोजेको रहेछ, पछि थाहा पाएछि सच्याइएको थियो । तर उसले फोटो खिचेर राखेको रहेछ ।” जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले ०७४ असार १६ गते पहिलो न...