Tuesday, August 18News That Matters

Breaking News 1

गाईघाटमा राष्ट्रिय भूमि अधिकार मञ्चको चौथो जिल्ला अधिवेशन

गाईघाटमा राष्ट्रिय भूमि अधिकार मञ्चको चौथो जिल्ला अधिवेशन

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागनु ३० । राष्ट्रिय भूमि अधिकार मंञ्च उदयपुरको अधिवेशन गाईघाटमा धमाधम चलिरहेको छ । प्रदेश सांसद हिमाल कार्कीको प्रमृख आतिथ्यतामा अधिवेशन चलिरहेको हो । “आधा पुरुष आधा नारी ; जमिनमा हक बराबरी” “आन्दोलनमा महिला ; पूर्जा चाहियो पहिला” भन्ने मुल नाराकासाथ अधिवेशन चलिरहेको छ । कार्यक्रममा सुकुम्वासीले कहिले पनि जमिन र पुर्जाहरु पाउन नसकेको कुरा उठेको छ । पहुँच हुनेहरुले जग्गालाई मनपरी प्रयोग गरी आफ्नो बनाएको तर बास्ताविक सुकुम्वासीहरु सँधै पिडित रहेको जनाएको छ । वाराम्वार आयोगहरु आएपनि कुनै पनि आयोगहरुले जनताहरुलाई व्यवस्थीत र जग्गा धनी लालपुर्जा दिलाउन नसकेको जनाए ।...
उदयपुरमा कांग्रेसले कार्यकर्ता प्रशिक्षण संञ्चालन गर्ने

उदयपुरमा कांग्रेसले कार्यकर्ता प्रशिक्षण संञ्चालन गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि फागुन ३० । नेपाली काँग्रेस उदयपुरले आगामी चैत्र १८ गतेबाट कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाली काँग्रेस उदयपुरको पदाधिकारी तथा प्रदेश र पालिका सभापतिको गाईघाटमा सम्पन्न बैठकले चैत्र १८ देखि १९ गतेसम्म उदयपुरगढीमा २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीको आन्तरिक जीवन, संगठन शसक्तिकरण, देश विकासमा काँग्रेसको भूमिका र राजनीतिक विचार तथा सैद्धान्तीक विषय बारे जानकारी दिन प्रशिक्षण कार्यक्रम गर्न लागेको जिल्ला सदस्य नविन राईले जानकारी दिएका छन् । पार्टी सभापति हिमाल कार्कीको अध्यक्षतामा बसेको बैठकले विज्ञ टोली बनाएर विकास र राजनीति दुबै क्षेत्रको प्रशिक्षण दिने योजना अघि सारेको सदस्य राईले बताएका छन् । जिल्लाको सबै तहका संगठनलाई बलियो बनाउन बैठकले रणनीति सहीत गतिविधी अघि बढाउने निर्णय गरेको छ । बैठकले १४ औँ महाधिवेशनबाट निर...
सहकारी संस्थाले रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ

सहकारी संस्थाले रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ३० । सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी ९बहुमुखी० बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको, उर्लाबारी नगरपालिका(६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका(१४ घर भई विराटनगर महानगरपालिका(३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका(२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् । नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय बिराटनगर(२ मा रहेको र यही फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबा...
उदयपुरको १२ औँ राष्ट्रपति रनिङ शिल्डमा त्रियुगा नगरपालिका पहिलो

उदयपुरको १२ औँ राष्ट्रपति रनिङ शिल्डमा त्रियुगा नगरपालिका पहिलो

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २९ । गाईघाटमा आईतबार सम्पन्न १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिभिन्न बिद्याको सबै भन्दा बढी पदक हात पार्दै त्रियुगा नगरपालिका पहिलो बनेको छ । २६ गते देखी सुरु भएको प्रतियोगितामा त्रियुगा नगरपालिकाले सबै भन्दा बढी ५६ ओटा पदक हात पारेका थिए । जिल्ला खेलकुद विकास समिति उदयपुरका अनुसार त्रियुगाले २९ ओटा गोल्ड, ११ ओटा सिल्भर र १६ ओटा ब्राउन प्राप्त गरेर पहिलो स्थान हाँसिल गरेको छ । जसमा गोल्ड पाउनेमा १८ छात्र र ११ छात्रा रहेकी छिन् । यस्तै १९ ओटा गोल्ड, १८ ओटा सिल्भर र ९ ओटा ब्राउन प्राप्त गर्दै कटारी नगरपालिका प्रतियोगिताको दोस्रो बन्न सफल भएको छ । यहाँ गोल्ड पाउने छात्र ६ र छात्रा १३ रहेको छ । यता चौदण्डीगढी प्रतियोगिताको तेस्रो बनेको छ । यस नगरपालिकाले सिल्भर २ र ब्राउन ९ ओटा मात्रै प्राप्त गरे । गोल्ड भने प्राप्त गर्न सकेन । अन्य पालिका सन्दर्भमा उदयपुरगढी...
प्रधानन्यायधीश हरि कृष्ण कार्कीले खुवाए राष्ट्रपति पौडेललाई गोपनियाताको सपथ

प्रधानन्यायधीश हरि कृष्ण कार्कीले खुवाए राष्ट्रपति पौडेललाई गोपनियाताको सपथ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २९ । नयाँ राष्ट्रपति रामचन्द्र पौडेललाई कामु प्रधानन्यायधीश हरि कृष्ण कार्कीले सोमवार सपथ खुवाएका छन् । राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहका बीच राष्ट्रपति पौडेललाई सपथ खवाईएको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा ९एमाले०का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका थिए । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्थाअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।...
१४ नं वडा साउनेमा आज बाट वडा स्तरीय भलिवल तथा फुटवल छनोट प्रक्रिया सुरु

१४ नं वडा साउनेमा आज बाट वडा स्तरीय भलिवल तथा फुटवल छनोट प्रक्रिया सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २९ । त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा आज सोमवारबाट अन्तर वडा स्तरीय पुरुष फुटवल तथा भलिवल प्रतियोगिता सुरु भएको छ । वडा युवा खेलकुद विकास समितिको अयोजना तथा त्रियुगा नगरपालिका १४ नं वडाको समन्वयमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता चैत्र १ गते सम्म संञ्चालन हुने अयोजकले जनाएको छ । यो प्रतियोगिता बिषेश गरी छनोटका लागि गराईएको पनि आयोजकको भनाई छ । मेयर कपमा सहभागी जनाउनका लागि छनोट प्रक्रिया अन्तरगत प्रतियोगिता गराईएको हो । प्रतियोगितामा धमाधम टिमहरुले भाग जनाउने क्रम जारी रहेको छ । प्रतियोगिताका प्रथमलाई ५ हजार दोस्रोलाई ४ हजार र तेस्रोलाई ३ हजार पुरस्कार सहित ट्रफि र प्रमाण पत्रको व्यवस्था रहेको छ । उक्त प्रतियोगितामा बिजयी भै छनोटमा पर्ने टिम तथा खेलाडीहरुले मेयर कपमा सहभागी जनाउने छ ।...
गुस्तर शिक्षाका लागि बेतिथि हटाउन मेरो उम्मेदवारी  : कार्की

गुस्तर शिक्षाका लागि बेतिथि हटाउन मेरो उम्मेदवारी : कार्की

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २९ । आसन्न चैत ५ गते हुन गैरहेको स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा त्रीजब क्याम्पसमा स्ववियु सभापती पदका लागि नेकपा माओवाद केन्द्र निकट भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) को तर्फबाट सरोज कार्कीको नेतृत्वको टिम चुनावमा होमिएको छ। स्ववियु निर्वाचनले झपक्कै छोपेको त्रियुगा जनता बहुमुखी क्याम्पस परिसर वरिपरि भेटिने सरोजलाई आरामले गफिने र बस्ने छुट छैन । यद्यपी एकैछिन फुर्सद मिलाएर गफिन भ्याएका उनी केहि चुनौती भएपनी जित निश्चित भएको सुनाउछन् । त्रियुगा जनता बहुमुखी क्याम्पसमा स्नातकमा अध्यनरत २० वर्षिय सरोज अखिल क्रान्तिकारी त्रियुगा जनता बहुमुखी क्याम्पस कमिटी संयोजक रहेर एक वर्ष देखि कार्यभार सम्हाल्दै आइरहेका छन् । सुरुवातका दिनमा क्याम्पस कमिटीको संयोजकमा उभिँदै गर्दा आफूसँगै सहयात्रा गरेका साथीभाईहरुकै सल्लाहमा बढेको बताउँछन् । उनी नेतृत्वदायी भूमिकामा रहेर सब...
सिन्धुली वस दुर्घटना : मृतक ६ मध्ये तिनको सनाखत, एकजना उदयपुरको

सिन्धुली वस दुर्घटना : मृतक ६ मध्ये तिनको सनाखत, एकजना उदयपुरको

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २८ । ओखलढुँगा बाट काठमाण्डौँ तर्फ हिडेको बस दुर्घटनामा परी उदयपुरकी कुमारी मगरको पनि ज्यान गएको छ । आईतबार सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ६ जनाले ज्यान गमाएका थिए । ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका(३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । बसमा चालकसहित ३६ यात्रु सवार थिए । सोह्र घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको सिलवालले जानक...
द भ्वाईस किड्समा उदयपुरबाट अर्को प्रतिभा

द भ्वाईस किड्समा उदयपुरबाट अर्को प्रतिभा

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागनु २८ । नेपालको टप र्यालीटी सो द भ्वाईस अफ नेपालमा उदयपुरबाट अर्को प्रतिभा प्रवेश गरेकी छिन् । जिल्लाको बिकट ठाउँ रौतामाई गाउँपालिका ३ मझौकी १४ बर्षिया संगिता विश्वकर्मा द भ्वाईस अफ नेपाल सिजन २ ब्लाईड राउण्ड पार गर्दै ब्याटल राउन्डको यात्रा तय गरेकी छिन् । उनले उर्गेन दोङको तिमि आउने भन्ने गित भ्वाईको स्टेजमा प्रस्तुत गरेकी थिईन् । अन्तिम सम्ममा उनले कोचहरुको मन जित्दै तिन ओटा चियर घुमाउन सफल भएकी थिईन् । उनको स्वर मनपराएर प्रमोद, सुसान्त र प्रविशाले चियर टर्न गरेका थिए । उनिले कोच प्रविशालाई छानेकी छिन् ।...
बेल्टारमा बन्दको प्रभाव

बेल्टारमा बन्दको प्रभाव

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २८ । उदयपुरको बेल्टार बजारमा बन्दको प्रभाव देखिएको छ । चौदण्डीगढी नगरपालिका २ बेल्टार बजार स्थित यातायात लगायत अन्य सेवाहरु ठप्प पारे सँगै बन्दको असर परेको हो । किरात राई यायोख्खाले नेतृत्व गरेको वन्दलाई तामाङ, मगर, शेर्पा लगायतक संघहरुले सहयोग गरेका छन् । कोशी प्रदेश खारेजी र किरात प्रदेशको माग सहित हिजो मात्रै राके जुलुस गरेका थिए । आईतबार भने आमहड्तालको घोषणा गरेका थिए ।...