Tuesday, August 18News That Matters

Breaking News 1

राष्ट्रपति पौडेलले चियापानका लागि संघ र प्रदेशका सबै मन्त्री र सांसदलाई निम्तो

राष्ट्रपति पौडेलले चियापानका लागि संघ र प्रदेशका सबै मन्त्री र सांसदलाई निम्तो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ४ । राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदहरुबीच शीतल निवासमा भेटघाट हुने भएको छ। राष्ट्रपति पौडेलले शनिवार बिहान ९ बजे प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सदस्यहरूलाई शीतलनिवास डाकेको हो । राष्ट्रपति निर्वाचित भएको खुसीयालीमा चियापान तथा धन्यवाद ज्ञापनका लागि पौडेलले सांसदहरूलाई निम्ता गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति निर्वाचनमा भोट हाल्न यतिबेला सबै प्रदेशका सांसदहरू काठमाडौंमै छन् । यही मौका पारेर पौडेलले शीतल निवासमा चियापान कार्यक्रम राखेका हुन् । यता एमालेका सुवास नेम्वाङलाई हराउँदै राष्ट्रपति बनेका पौडेलले गत सोमबार शपथ लिएका थिए । राष्ट्रपति चुनावमा ३ सय ३१ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी कुल ८ सय ३१ जना सहभागी भएका थिए । यसमा पौडेलले ३३ हजार ८ सय २ मत पाए भने नेम्वा...
कटारीमा टिप्परको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु

कटारीमा टिप्परको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र ३ । उदयपुरको कटारी नगरपालिका–४, ककुर खोला पुल स्थित टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोरङ धनपाल थान ७ का अन्दाजी २१ वर्षिय सुधिर कुमार मण्डलको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार मदनभण्डारी राजमार्ग अन्तरगत कटारीबाट सिन्धुलीको दुधौली तर्फ जादैँ गरेको बा.५ख.४६५३ नम्बरको टिप्परले सोहि दिशा तर्फबाट जादै गरेको बागमती प्रदेश ०२–०१९ प.४९१५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी पोष्ट कटारीका हवल्दार चन्द्र बुढाथोकीका अनुसार गम्भिर घाईते मण्डललाई उपचारका लागि कटारी अस्पत्ताल ल्याईएको थियो । अस्पत्तालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनापश्चात ट्रिपर चालक कटारी, ४ का २८ वर्षिय उमेश सदालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएको चालक सदाला...
तेश्रो वडा अध्यक्ष कप : श्रीपुरको विजयी सुरुवात

तेश्रो वडा अध्यक्ष कप : श्रीपुरको विजयी सुरुवात

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र ३ । जिल्लाको त्रियुगा नगरपालिका–५, देउरीको बालुवाटार खेल मैदानमा विहिवार सम्पन्न तेश्रो वडा अध्यक्ष कप प्रतियोगिताका उद्घाटन खेलमा श्रीपुर फुटबल क्लवले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा श्रीपुरले मोतिराजा फुटबल क्लवलाई ० को विरुद्ध ६ गोल अन्तरले हराउँदै जित हाप पारेको हो । सुरुवाताी खेलमा श्रीपुरका तर्पबाट जर्सि नम्बर ९ का खेलाडी ब्रीजेस मगरले प्रतियोगिताकोे १० औ र १७ औ मिनेटमै २ गोल गरि टिमलाई अग्रता दिलाएका थिए । पहिलो हापमा श्रीपुरकै ९९ नम्बर पवन मगर र १७ नम्बर खेलाडी अभिषेक मगरले ११ गोल गर्दै टिमलाई जित नजिक पुर्याएका थिए । प्रतियोगिताको दोश्रो हापमा थप २ गोल गर्दै श्रीपुर फुट्बल क्लबले जित सुनिस्चित गरेको छ । खेलको म्यान अफ द म्याच श्रीपुर बाट २ गोल गरेका ब्रीजेस मगर भए । त्रियुगा नगरपालिका वडा नम्बर ५ को संयोजन र श्रीपुर फुटबल क्लब श्रीपु...
महिला उद्यम विकास कार्यसमितिलाई त्रियुगा उद्योग बाणिज्य संघको सम्मान तथा बधाई

महिला उद्यम विकास कार्यसमितिलाई त्रियुगा उद्योग बाणिज्य संघको सम्मान तथा बधाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ३ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले महिला उद्यम विकास समितिलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार संघको कार्यालयमा माघ १५ गते गठित महिला उद्यम विकास समितिलाई बधाई साथै सम्मान गरेको हो । उक्त समिति त्रियुगा उद्योग बाणिज्य संघ अन्तरगतै महिला सदस्यहरुको समिति रहेको छ । महिला व्यवसायी तथा उद्यमीहरुको उत्थानका लागि समिति निर्माण भएको संघका अध्यक्ष रमेश रसाईलीले बताए । उनले व्यवसायमा महिलाहरुको पहुँचमा हक अधिकार सुनिश्चित गर्न यस समतिको महत्वपूर्ण भुमिका रहेको समेत जनाए । गाईघाटमा रहेका महिला व्यवसायीहरुलाई थप उर्जाशिल बनाउन महिला उद्यम विकास समितिले भरपुर टेवा पुराउने भन्दै गठन गरिएको समिति देशभरनै उदाहरणीय बन्न अध्यक्ष रसाईलीको सुझाव छ । शशि लामा कार्कीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्माण भएको छ भने अन्य दुई जना थप गरी १५ सदस्यीय कार्यसमिति निर्माण गरिने...
उदयपुरमा जवरजस्ती करणी मुद्धामा फरार व्यक्ति पक्राउ

उदयपुरमा जवरजस्ती करणी मुद्धामा फरार व्यक्ति पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ३ । जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भएका फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत कटारी नगरपालिका(३ का ३४ बर्षिय बिजय मकाजु (श्रेष्ठ) लाई जवरजस्त करणी मुद्धामा फरार रहेको भन्दै पक्राउ गरिएको हो । करणी मुद्धामा श्रेष्ठलाई २०६६।०३।१७ गते सम्मानित जिल्ला अदालत गाईघाट उदयपुरबाट ५ बर्ष कैद सजाय हुने फैसला भएको थियो । सजायको फैसाला सुनाएको भएपनि उनि भने हाल सम्म फरार अवस्थामा रहेका थिए । प्रहरीका अनुसार श्रेष्ठ काठमाण्डौमा लुकि छिपि बस्दै आएको खुलेको छ । उनलाई गोप्य सुचनाको आधारमा प्रहरी बृत गौशाला काठमाण्डौसँग आवश्यक समन्वय गरी लुकिछिपि बसेको अवस्थामा पक्राउ गर्न सफल भएको हो । श्रेष्ठलाई गत बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याईको र फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत उदयपुर पठाई...
स्ववियु निर्वाचन : नारद आदर्श शिक्षा क्याम्पस बसाहामा (अखिल क्रान्तिकारी) को उम्मेदवार र प्रतिवद्धता

स्ववियु निर्वाचन : नारद आदर्श शिक्षा क्याम्पस बसाहामा (अखिल क्रान्तिकारी) को उम्मेदवार र प्रतिवद्धता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १ । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि नारद आदर्श शिक्षा क्याम्पस बसाहामा अखिल क्रान्तिकारीका उम्मेदवारहरुले शिक्षा र विद्यार्थी सँग सम्बन्धित प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेको छ । यहाँ अखिल क्रान्तिकारीबाट अध्यक्षका लागि ज्ञानदिल राई, सचिव दिपक परियार र कोषाध्यक्षमा प्रतिक्षा मगर रहेकी छिन् । यता खुल्ला सदस्यहरुमा सरिता बिष्ट, ललिता राना मगर, देउकला राई रहेकी छिन् यस्तैगरी समानुपातिक सदस्यहरुमा सिव कुमार राई, संजोग राई, युकेश बिष्ट, संजिता भुजेल र यमुना राई रहेकी छिन् । उनिहरुले आफ्नो प्रतिवद्धता सहित उम्मेदवारी दिएका छन् । कस्तो छ प्रतिवद्धता ? पाठ्य पुस्तक सहितको पुस्तकालय व्यवस्था । प्रविधियुक्त शिक्षणका लागि डिजिटल क्लासको व्यवस्था । बेलका तथा अन्य जिल्लाका विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै छात्रावासलाई व्यवस्थित गर्ने । जिल्ला वाहिरका तथा दलि...
गाईघाट मोतिगडाको एक लघुवित्त कार्यालयमा तालाबन्दी

गाईघाट मोतिगडाको एक लघुवित्त कार्यालयमा तालाबन्दी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १ । गाईघाट मोतिगडामा रहेको एक लघुवित्तिय संस्थामा ताला लागेको छ । आईतबार त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको नयाँ शारथी लघुवित्तिय संस्थामा ताला लागेको हो । अहिले लघुवित्त संस्थाहरुले देशव्यापी रुपमा गरिब जनताहरुलाई उठिबास लगाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) समुहले ताला लगाएको खुलेको छ । लघुवित्तिय संस्थाहरु प्रति अहिले देशव्यापी रुपमा विरोध र प्रदर्शन हुँदै आएको छ । लघुवित्तिय संस्थाहरु खारेज गर, जनताको लागानी फिर्ता गर, पिडितहरुको ऋण मिनाहा गर भन्ने कालो व्यानर सहित कार्यालयमा ताला लगाईएको छ । उक्त कार्यालयको मुख्य कार्यालय सप्तरी र मोतिगडामा शाखाको रुपमा संञ्चालन रहेको बुझिएको छ ।...
अन्तर वडा स्तरीय पुरुष फुटवल प्रतियोगिताको उपाधि बर्गाछि फुटवल क्लवलाई

अन्तर वडा स्तरीय पुरुष फुटवल प्रतियोगिताको उपाधि बर्गाछि फुटवल क्लवलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १ । उदयपुरको त्रियुगा नगरपालिका वडा १४ साउनेमा सम्पन्न अन्तर वडा स्तरीय पुरुष फुटवल प्रतियोगिताको प्रथम उपाधि बर्गाछि फुटवल क्लवले उचालेको छ । बङ्गलबार सम्पन्न फाईनल खेलमा आयोजक टिम साउने फुटबल क्लवलाई ट्राईवेकरमा हराउँदै बर्गाछि फुटवल क्लवले प्रथम उपाधि आफ्नो पाल्टामा पार्न सफल भएको हो । प्रतियोगिताको निर्धारित समय सम्म दुवै टिमको तर्फबाट १–१ गोल भए पछि फाइनल खेल ट्राइवेकरमा परिणत भएको थियो । ट्राइवेकरमा बर्गाछि फुटबल क्लवका तर्फबाट टिम कप्तान पवन मगर,दिवस,रोमन,आशिष,दोमन राईले विपक्षी गोलपोसमा बल चुमाउने सफल भएको थियो । यता उमेश राईको गोल असफल रह्यो । त्यस्तै साउने फुटबल क्लवको तर्फबाट ट्राईवेकरमा बिबेक,पुकार,ध्रव र आसिम मगरले सहजै गोल गर्न सफल भएका थिए । यता सनम र सन्यमगरको फित्तलो प्रहारलाई बगार्छि फुटबल क्लवका गोर रक्षक दोमन राईले सहजै रोकिदिएको थियो । साउने फुट...
नेतृत्वमा आकांक्षीहरु बढी हुँदा भुमि अधिकार मंञ्च उदयपुरको बन्दसत्र स्थगीत

नेतृत्वमा आकांक्षीहरु बढी हुँदा भुमि अधिकार मंञ्च उदयपुरको बन्दसत्र स्थगीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १ । भूमि अधिकार मंञ्च उदयपुरको जिल्ला अधिवेशनले खुल्ला सत्र सम्पन्न गरेपनि बन्द सत्रमा आएर अड्कीएको छ । मंञ्चका जिल्ला संयोजक फुर्तिमा राईका अनुसार आकांक्षीहरु बढी भएका कारण नेतृत्वमा कुरा नमिल्दा बन्द सत्र स्तगीत नै गर्नु परेको जनाए । राईले यसबारे तत्काल छलफल बसी सामाधान खोज्ने राईको भनाई छ । गाईघाट स्थित होटल टाउन हलमा मंगलबार मंञ्को चौथो अधिवेशन सुरु भएका थिए । जसमा जिल्ला भरी रहेको भुमि अधिकारीहरु उपस्थित थिए । नेतृत्वका लागि जम्मा ५ जनाले आकांक्षी राखेको छ । बेलका बाट २ जना, कटारी बाट २ र त्रियुगा बाट १ जना गरी ५ जना अध्यक्षका लागि आकांक्षी देखिएको संयोजक राईको भनाई छ । कटारी बाट सन्त बहादुर सुनुवार र बाल कृष्ण थापा बेलका बाट केशर मगर र सुर्यराज पौडेल र त्रियुगा बाट एक जना महिलाले आकांक्षी राखेको छ । सक्दो सहमति तथा छलफलमै मिलाउने यदि नभए चुनावी कार्य तर्फ पनि अघ...
आजको मौसम : चार प्रदेशमा चट्याङसहित बर्षा

आजको मौसम : चार प्रदेशमा चट्याङसहित बर्षा

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा अपराह्नतिर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू(भागहरूमा आंशिक बदली रहेको छ । आज राति देशको पहाडी भू(भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।...