उदयपुरकी ज्ञानु प्रधान काठमाण्डौँमा सम्मानित
पूर्णपुष्टि, चैत्र ५ । उदयपुरकी ज्ञानु प्रधानलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघले उत्कृष्ट कोशी प्रदेश महिला उद्यमीको रुपमा सम्मान गरेको छ । प्रधानलाई संघको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय माहाधिवेशनको अवसरमा काठमाण्डौँमा २०७९ को उत्कृष्ट महिला उद्यमी सम्मान गरिको हो । उनि कोशी प्रदेशकै उत्कृष्ट महिला उद्यमीको रुपमा संघले ब्याख्या गरेको छ । प्रधान लामो समयदेखी उद्यम क्षेत्रमा लागि परेकी क्रियाशिल महिला पनि हुन् ।
उनले गाईघाटमा बिगत १५ बर्ष पहिले बाट कोशेली घर संञ्चालनमा ल्याएकी छिन् । उक्त कोशेली घरमा बाँसबाट निर्मित सजावटका सामाग्रीहरु सँगै प्रयोगका लागि उत्पादनहरु पाईन्छ । साथै पधानले ढाका बाट बन्ने बिभिन्न प्रकारका खादाहरु समेत उत्पादन गर्दै आएको छ । राष्ट्र समितिको एक आधार मानिएको उद्यमशिलतामा रहँदै रोजगार मुलक सिप युक्त कार्यलाई निरन्तरता कायम गर्दै सवल, सक्षम र प...









