Friday, August 21News That Matters

Breaking News 1

आगामी बर्षका लागि उदयपुरमा बजेट बिनियोजन : सबै भन्दा बढी त्रियुगामा र कम लिम्चुङबुङमा

आगामी बर्षका लागि उदयपुरमा बजेट बिनियोजन : सबै भन्दा बढी त्रियुगामा र कम लिम्चुङबुङमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २० उदयपुरमा आगामी बर्षका लागि बजेट बिनियोजन भैसकेको अवस्था छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आइतबार संघीय संसदमा संघीय सरकारले बजेट पेश गरेसँगै प्रदेश र स्थानीय तहमा समेत सुत्रबद्ध रुपमा रकम हस्तान्तरण भएको छ । यसै शिलशिलामा उदयुरमा पनि बजेट बिनियोजन भैसकेको हो । यस पटक उदयपुरमा ३ अर्ब ८१ करोड ७९ लाख बजेट विनियोजन भएको छ । बजेट जिल्लाको सबै भन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिकालाई लक्षितगरी आएको छ । जिल्लामा रहेको ८ पालिका मध्ये यस नगरमा मात्रै ८६ करोड ५ लाख बजेट विनियोजन भएको छ भने बेलका नगरपालिकामा ५२ करोड ४७ लाख बजेट विनियोजन भएको छ । चार वटा नगरपालिकामा २ अर्ब ४३ करोड ६० लाख बजेट विनियोजन भएको छ भने गाउँपालिकामा १ अर्ब ३८ करोड १९ लाख विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आवको लागि उदयपुरमा २३ करोड ३० लाख बढी बजेट विनियोजन भएको छ । गाउँपालिका म...
हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव : सङ्घ

हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव : सङ्घ

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ २० नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ । एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउनुहुन्छ । नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उहाँको भनाइ छ ...
नवनिर्वाचित १६ नं वडाका वडाअध्यक्ष राईद्धारा पदवहाली, महत्वपूर्ण तिन निर्णय घोषणा

नवनिर्वाचित १६ नं वडाका वडाअध्यक्ष राईद्धारा पदवहाली, महत्वपूर्ण तिन निर्णय घोषणा

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १९ त्रियुगा नगरपालिका वडा नं १६ का वडाअध्यक्ष मान वहादुर राईले पदवहाली गरेका छन् । राईले बिहिबार चिलाउने स्थित वडा कार्यालयमा पदवहाली गरेका हुन् । राई दोसो कार्याकालका लागि पदवहाली गरेका हुन् । ७४ सालमा पनि राईले वडाअध्यक्षमा निर्वाचि भएर काम गरिसकेको अवस्था छ । राईले यस पटकको चुनावमा पनि अत्यादिक मत ल्याई वडामा निर्वाचित भएका थिए । उनले नेकपा एमाले र कांग्रेसलाई पराकिलो मतान्तरले पछि पार्दै वडा नेतृत्वमा चुनिएका थिए । राई सहित वडा सदस्य घमान सिंह राई, राम नारायण श्रेष्ठ, खुल्ला महिला सदस्य गोमा कार्की र दलित महिला सदस्य कुन्ती परियारले सँगै अध्यक्ष राईले पदवहाली गरेका छन् । पदवहाली सँगै राईले महत्वपूर्ण तिन ओटा निर्णय समेत गरेका छन् । वडाभित्र सञ्चार सेवा नियमित तथा वडा स्थित सिम्ले गाउँमा सञ्चार सुविधा विस्तार, स्वास्थ संस्थामा डेलिभरि हुने प्रत्येक आमालाई स...
उदयपुर – खोटाङ जोड्ने फोक्सिन्टारको बेलिवृज निकालियो, यात्रु र स्थानीयलाई सास्ती

उदयपुर – खोटाङ जोड्ने फोक्सिन्टारको बेलिवृज निकालियो, यात्रु र स्थानीयलाई सास्ती

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १९ बर्षेनी बर्खा लागेसी निकाल्नु पर्ने बेलिबृजका कारण यात्रु तथा स्थानीयहरुमा असहज भएको छ । दिगो पुलको व्यवस्था नहुँदा उदयपुर र खोटाङ गर्ने यात्रु र त्यस आसपासका स्थानीयलाई बर्खामा सँधै असहजता हुन्छ । यदि मात्रै नभई त्यहाँ दिगो पुल निर्माण गर्न नसक्दा बर्षेनी सरकारको ठुलो रकम समेत क्षती पुग्ने गरेको छ । खोटाङ छिर्न उदयपुरको नाका हुँदै बिभिन्न ठाउँ धरान, विराटनगर, इटहरी, झपा र उदयपुरको घाईघाट लगायत ठाउँबाट यात्रुहरुको घुईँचो लाग्ने गर्छन् । खोटाङ सदरमुकाम दिक्तेललाई छोटो दूरीबाट तराईसँग जोड्न करिब २८ वर्षयता निर्माण भइरहेको सगरमाथा राजमार्गको दुवैतर्फ (उदयुर र खोटाङ) ट्र्याक खुले पनि बीचमा पर्ने सुनकोसी नदीमा पक्की पुल निर्माण हुन सकेको छैन । पुल निर्माणमा ढिलाइ हुँदा बर्सेनि लाखौं रुपैयाँ खर्चेर बेलिब्रिज जडान गरिँदै आएको छ । २०७२ यता हिउँदमा बेलिब्रिज जडान गर्ने ...
त्रियुगाको मेयर सहित १६ ओटै वडाका जनप्रतिनिधिहरुले लिए सपथ

त्रियुगाको मेयर सहित १६ ओटै वडाका जनप्रतिनिधिहरुले लिए सपथ

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १८ त्रियुगा नगरपालिकाका सबै जनप्रतिनिधिहरुले सपथ लिएको छ । बुधबार नवनिर्वाचित मेयर बसन्त वस्नेत सहितका वडाअध्यक्ष तथा सदस्यहरु सबैले सपथ लिएको हो । मेयर वस्नेतले बोक्से स्थित कर्मचारी मिलन केन्द्रमा सपथ लिए भने उममेयर महेश्वरी राई लगायत वडाअध्यक्ष सदस्यहरुले त्रिउमावीको प्रांगनमा सपथ लिए । वस्नेतलाई उदयपुर जिल्ला अदालतका मुख्य न्यायधिशले सपथ खुवाए भने उपमेयर वडाअध्यक्षहरुलाई भने मेयर वस्नेतले सपथ खुवाए । सपथ सँगै जनप्रतिनिधिहरु सबैलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पत्र समेत वितरण गरेको छ । त्रियुगा नगरपालिकामा १६ ओटा वडाहरु रहेको छ । सोही वडाका सम्पूर्ण अध्यक्षहरुले सपथ लिए । उपमेयर राई सँगै १६ नं वडाका अध्यक्ष तथा सदस्यहरु गरी ८१ जना जनप्रतिनिधिहरुलाई मेयर वस्नेतले सपथ खुवाए ।...
बालुवाभित्र लुकाईएकाे ३५० केजी गाँजा चतारा सशस्त्र प्रहरीद्वारा बरामद्

बालुवाभित्र लुकाईएकाे ३५० केजी गाँजा चतारा सशस्त्र प्रहरीद्वारा बरामद्

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १८ । सुनसरीकाे बराहक्षेत्र चतारा सशस्त्र प्रहरी बेश क्यामले आज ठुलाे मात्रामा गाँजा बरामद गरेकाे छ । सप्तकाेशीकाे किनारमा बालुवाभित्र लुकाईछिपाई राखेकाे अबस्थामा ३५० केजी गाँजा बरामद गरेकाे सशस्त्र प्रहरी निरीक्षक लिगम राईले बताउनुभयाे । उहाँका अनुसार सुनसरीकाे बराहा नगरपालिका -२ चतराकाे खयरटप्पु भन्ने ठाउँमा लुकाई राखिएकाे गाँजा फेला परेकाे हाे ।  मानिस हिडेकाे पाईतलाकाे गाेहाेबाट संकास्पद देखिएपछि खाेजी गर्दै जाँदा पुरेकाे अबस्थामा गाँजा  फेला परेकाे थियाे । सशस्त्र प्रहरीकाे गस्तिटाेलीले विहान ९:०० बजेतिर शंकास्पद अबस्था देखेर बालुवा खाेतल्दा ठुलाे मात्रामा गाँजा फेला परेकाे थियाे । गाँजा तस्करले भारततर्फ लैजान पहाडि क्षेत्रबाट ल्याएर त्यहा लुकाएकाे हुनसक्ने सशसत्र प्रहरीकाे अनुमान छ । गाँजा कसले, कसरी र कहिले  लुकायाे भन्ने कुरा  पत्ता लाष्न सकेकाे छैन । बरामद गाँ...
त्रियुगाको मेयरलाई शपथ सँगै जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण

त्रियुगाको मेयरलाई शपथ सँगै जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १८ गते । उदयुरको त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त बस्नेतले आज बुधवार शपथ ग्रहण गरेका छन् । २०७९ साल वैशाख ३० गतेको स्थानीय तहको निर्वानमा काँग्रसबाट मेयर पदमा अत्याधीक मत ल्याएर विजयी भएका बस्नेतले कर्मचारी मिल केन्द्र बोक्सेमा शपथ ग्रहण गरेका हुन् । उदयपुर जिल्ला अदालतका मुख्य न्यायधिस उत्तम सिलुवालले त्रियुगाका मेयर बस्नेतलाई शपथ ग्रहण गराएको होे । मुख्य निर्वाचन अधिकृत कार्यालयको आयोजनामा शपथ ग्रहण कार्यक्रमसँगै नवनिर्वाचित जनप्रतिधिहरुलाई प्रमाण पत्र वितरण गरेको छ । नगरका मेयर उप–मेयर,पालिका अध्यक्ष तथा वडाका अध्यक्ष र सदस्यहरु सबैलाई प्रमाण पत्र वितरण गरिएको हो ।...
राष्ट्रियसभामा बजेट छलफल, विभिन्न दलका सांसदको धारणा

राष्ट्रियसभामा बजेट छलफल, विभिन्न दलका सांसदको धारणा

Breaking News 1, समाचार
काठमाण्डौँ, जेष्ठ १७ राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो आकारको बजेटले जनतालाई सपना मात्र देखाएको टिप्पणी गर्नुभएको छ । उहाँले लक्ष्य र आधारबिना बजेट विनियोजन गरेर कसरी कार्यान्वयन हुन्छ भनी प्रश्न गर्नुभयो । सङ्घीयतालाई बलियो बनाउनेगरी ठोस् रुपमा बजेट नआएको र प्रदेश सरकारलाई प्राथमिकता नदिएको भट्टराईको भनाइ थियो । उहाँले प्रदेश र स्थानीय तहमा विनियोजन भएको बजेटमा वित्तीय मितव्ययिता नदेखिएको तथा बजेटको आकार बढाइए पनि पूँजीगत खर्च घटेको बताउनुभयो । उत्पादनमा गिरावट, सात प्रतिशतले महँगी बढ्नुले मुलुकलाई आर्थिक सङ्कटतर्फ धकेलको आशङ्का व्यक्त गर्दै सांसद भट्टराईले पूँजीगत खर्च गर्ने क्षमता नबढाइकन आर्थिक वृद्धि गर्ने कुरा ...
आलेख सेवा : अरूको उपचार गर्ने वैद्यखाना आफैँ विरामी

आलेख सेवा : अरूको उपचार गर्ने वैद्यखाना आफैँ विरामी

Breaking News 1, समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेष्ठ १७ कुनै समय राजा महाराजादेखि सर्वसाधारणलाई स्वदेशमै औषधि उत्पादन गरी निरोगी र स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सिंहदरबार वैद्यखाना आज आफैँ बिरामीले थला परेको छ । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको वैद्यखानामा तीन महिनादेखि काम ठप्प छ । काम नभएपछि करिब ५० जना कर्मचारी दैनिक कार्यालय आउँछन् र हाजिर गरेर फर्कन्छन् । औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला व्यवस्थापनले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका छन् । व्यवस्थापनले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने भन्दै काम नभएको बेलामा पनि तलब खुवाएर राखिरहँदा संस्थाको आर्थिक अवस्था धराशयी बन्दै गएको छ । कुनै समय वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गर्ने ...
कटारी नगर प्रमुख श्रेष्ठको निर्णय : आफ्नो सेवा सुविधा बिपन्न तथा गरिबीको स्वास्थ्य शिक्षामा लगानी

कटारी नगर प्रमुख श्रेष्ठको निर्णय : आफ्नो सेवा सुविधा बिपन्न तथा गरिबीको स्वास्थ्य शिक्षामा लगानी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ष्ठ १६ नवनिर्वाचित कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले सोमवार पदवहाली गरेका छन् । श्रेष्ठले जनताका काममा आफु सँधै सहज र सकरात्मक रहने भन्दै पदवहाली गरेका छन् । पदवहालीका क्रममा श्रेष्ठले आफ्नो पहिलो निर्णय समेत प्रस्तुत गरे । उनले नगरप्रमुखको रुपमा आफु निर्वाचित भएपश्चता पदवहाली गरिरहँदा नगरको सेवालाई चुस्त दुरुस्त, पारर्दशी, मित्तव्यी, प्रभावकारी, जनमुखी र सेवाग्राही मैत्री बनाउन सरोकारवालाहरु सँग समन्वय र सहकार्य गर्ने निर्णय लिएको जनाएको छ । उनले यति मात्रै नभई नगरवाट आफुले पाउने सेवा सुविधालाई जनताको भविष्य सँग जोडेर जनतालाई नै सुविधा दिने निर्णय गरेका छन् । आफ्नो सेवा वापत प्राप्त कुनै पनि सुविधालाई कोष स्थापना गरी उक्त कोषबाट बिपन्न तथा गरिबी नगरवासी परिवारलाई शिक्षा स्वास्थ्यमा सहयोग गर्ने निर्णय श्रेष्ठले लिएको छ ।...