Friday, August 21News That Matters

Breaking News 1

त्रियुगाको बिजयी जुलुस सम्पन्न

त्रियुगाको बिजयी जुलुस सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १६ त्रियुगा नगरपलिकामा मत गणना सकिए लगत्तै निर्वाचित जनप्रतिनिधिहरुले बिजयी जुलुस भव्य सम्पन्न गरेको छ । सोमवार सम्पन्न त्रियुगाको मत गणनामा नेपाली कांग्रेस बाट मेयर पदमा बसन्त कुमार वस्नेत र उपमेयरमा एमाले बाट महेश्वरी राई बिजयी बनेकी छिन् । मतगणना सम्पन्न भए लगत्तै निर्वाचन अधिकृतको कार्यालयले बिजयीहरुको नाम घोषित गरेका थिए । कांग्रेसका बस्नेतले एमालेका उम्मेदवार भागत राउतलाई पछि पार्दै बिजयी हाँसिल गरेका थिए । एकीकृत समाजवादी भने तेस्रो स्थानमा रहे । बस्नेतले १३९५९ मत ल्याएर मेयरमा बिजयी बने भने एमालेका भागतले ११८७३ मत ल्याए । यस्तै गरी एकीकृत समाजवादीका उम्मेदवार वलदेव चौधरीले ९१४७ मत मात्र ल्याए । उपमेयरमा भने एमालेकी महेश्वरी राईले कांग्रेसकी सरिता राईलाई हराउँदै जित निकाले । राईले १३७०३ मत ल्याउँदै जितेकी हुन् । यस्तै कांग्रेसकी सरिताले ११९८१ मत प्राप्त गरि...
ह्याव्वी मतले त्रियुगाको प्रमुख र उपप्रमुख विजयी

ह्याव्वी मतले त्रियुगाको प्रमुख र उपप्रमुख विजयी

Breaking News 1, राजनीति, समाचार
उदयपुर, जेठ १६ गते । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेस र उपप्रमुखमा नेकपा एमालेको जीत भएको छ । प्रमुखमा काङ्ग्रेसको बसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राईको जीत भएको हो । प्रमुख र उपप्रमुख दुबै पद ह्वाब्बी मतले विजयी भएका हुन् । काङ्ग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ विजय हाँसिल गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेको भागवत राउतलाई २०८६ मतले पछि पार्दै बस्नेतले जीत हाँसिल गरेका हुन् । एमालेको राउतले ११ हजार ८७३ मत प्राप्त भएको छ । गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) को बलदेव चौधरीको तेस्रो मत ९ हजार १४७ रहेको छ । उपप्रमुखमा एमालेकी राईले १३ हजार ७०३ मत प्राप्त गरी जीत हाँसिल गरेकी हुन् । निकटतम प्रतिद्वन्द्वि काङ्ग्रेसकी सरिता राईलाई १७२२ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । काङ्ग्रेसकी राईको ११ हजार ९८१ मत प्राप्त छ । गठबन्धनबाट नेकपा...
चिठ्ठामा एमालेका किरण पाण्डे विजयी

चिठ्ठामा एमालेका किरण पाण्डे विजयी

Breaking News 1
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा बराबरी मत आएपछि चिठ्ठा गरिदा एमालेको किरण पाण्डेको भाग्य बलियो बनेको छ । वडाध्यक्षमा उनी चयन भएका छन् । रुख र सुर्यमा बराबरी मत १०५३÷१०५३ आएको हो । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन चिठ्ठा गरिएको हो । चिठ्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश खड्का पराजित भएका छन् । दुबैबीच बीच टक्कर मत चल्दै आएकोमा अन्तिममा पनि बराबरी भएको हो ।...
१० नं. वडामा चिठ्ठाबाट टुङ्गो लगाइने

१० नं. वडामा चिठ्ठाबाट टुङ्गो लगाइने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा बराबरी मत आएपछि अव चिठ्ठा प्रणालीबाट अन्तिम टुङ्गो लगाउने भएको छ । रुख र सुर्यमा बराबरी मत १०५३/१०५३ आएको हो । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन बसेको छलफलले चिठ्ठाबाट टुङ्गो लगाउने निर्णय गरेको जानकारी आएको छ । मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालका अनुसार मत बराबरी भएमा चुनावी नियमानुसार गोलाप्रथाबाट अन्तिम टुङ्गो लगाइनेछ । सो वडाको हकमा पनि त्यहि गरिने मुख्य निर्वाचन अधिकृत सिलुवालको भनाइ छ । वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश खड्का र एमालेको किरण पाण्डेबीच टक्कर मत चल्दै आएकोमा अन्तिममा पनि बराबरी भएको हो ।...
त्रियुगा १० मा रुख र सुर्यको अन्तिम मत बराबरी

त्रियुगा १० मा रुख र सुर्यको अन्तिम मत बराबरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा रुख र सुर्यमा बराबरी मत १०५३/१०५३ आएको छ । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउने विकल्पको खोजी भइरहेको छ । वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश खड्का र एमालेको किरण पाण्डेबीच टक्कर मत चल्दै आएकोमा अन्तिममा पनि बराबरी भएको हो ।
११ नं. वडाध्यक्षमा काङ्ग्रेसका सुमन्त कोइराला विजयी

११ नं. वडाध्यक्षमा काङ्ग्रेसका सुमन्त कोइराला विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको ११ नं. वडामा नेपाली काङ्ग्रेसको सुमन्त कोइरालाले विजयी हाँसिल गरेका छन् । उनले १६३७ मतका साथ विजयी हाँसिल गरेका हुन् । उनले एमालेका दिलबहादुर तामाङलाई ६०३ मत अन्तरमा पछि पार्दै जीत हाँत पारेका हुन् । तामाङलाई १०३४ मत प्राप्त भयो भने वडामा गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) का कालिदास राई (किसन) लाई तेस्रो मत ४०६ प्राप्त भयो । वडाको खुल्ला सदस्यहरुमा काङ्ग्रेसको भिमचन्द्र राई र एमालेको विष्णुकुमार श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा काङ्ग्रेसकी विमला राई र दलित महिला सदस्यमा काङ्ग्रेसकै निला कार्की ढोली विजयी बनेका छन् ।...
उदयपुरको कटारीमा ट्रक दुर्घटना : ४ जनाको मृत्यु

उदयपुरको कटारीमा ट्रक दुर्घटना : ४ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १६ गते । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा आज (सोमवार) बिहान २ः३० बजे ट्रक दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ । जिल्लाको पथलैयाबाट सिमेन्ट लोड गरी सोलु हाईड्रोपावरको लागी लादै गरेको ना ८ ख ८२९७ नं. को लोबेड (ट्रक ) आफै अनियन्त्रित भई सडकबाट अं. १ सय मीटर तल खोलामा झरी दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय निकेश खडका, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आर्चायले बताए । ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरिक्षकसहितको प्रहरी टोलि घट्नास्थलमा गई लाश निकाल्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
त्रियुगाबासीले चुने मेयर वसन्त बस्नेत र उपमेयर महेश्वरी राई

त्रियुगाबासीले चुने मेयर वसन्त बस्नेत र उपमेयर महेश्वरी राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । त्रियुगा नगरपालिकामा प्रमुखमा नेपाली काङ्ग्रेसकाे वसन्त बस्नेत र उपमेयरमा एमालेकी महेश्वरी राईलाई नगरबासीले चसनृका छन् । २०७९ बैशाख ३० गतेकाे स्थानीय तहकाे निर्वाचनमा अमुल्य मतदान गरि नगरबासीले अबकाे पाँचवर्षका लागि जिताएकाे हाे । गणना १००१ बाँकी हुँदा उपमेयरकाे निश्चित भएकाे हाे । त्यसअघिनै मेयरकाे निश्चित भईसकेकाे थियाे । दुबै पदमा फराकिलाे अन्तर छ । नगरमा ४०,१७९ मत खसेकाे थियाे । अब  मत गणना चलिरहेकाे वडा नं. १० र ११ काे गणना सकिएसंगै  त्रिगुगाकाे गणना सम्पन्न हुनेछ ।...
त्रियुगा प्रमुखमा वसन्त बस्नेतकाे जीत पक्का भाे

त्रियुगा प्रमुखमा वसन्त बस्नेतकाे जीत पक्का भाे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । त्रियुगा नगरपालिकामा प्रमुखमा काङ्ग्रेसकाे वसन्त बस्नेतकाे जीत पक्कापक्की भयाे । ३८ हजार ३७४ मत परिणामले प्रमुखमा बस्नेतकाे जीत पक्का गरेकाे हाे । अब मत गणना 1805 बाँकी हुँदा बस्तेतकाे अग्रता २०२३ मतकाे छ ।  अब  मत गणना चलिरहेकाे वडा नं. १० र ११ काे गणना सकिएसंगै  त्रिगुगाकाे गणना सम्पन्न हुनेछ । उपप्रमुखमा भने एमालेकी महेश्वरी राईकाे प्रष्ट अग्रता छ । काङ्ग्रेसलाई पछि पार्दै अग्रता झन-झन फराकिलाे पार्दै गएकी राईकाे  १४२५ मतले अग्रता छ । याे अग्रताले उनकाे जीत निश्चित गराउनेमा दसईमत छैन ।...
त्रियुगामा काङ्ग्रेसकाे बसन्त बस्नेत जीत नजिक

त्रियुगामा काङ्ग्रेसकाे बसन्त बस्नेत जीत नजिक

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ । त्रियुगा नगरपालिकामा प्रमुखमा काङ्ग्रेसकाे वसन्त बस्नेतकाे प्रष्ट अग्रताले जीत नजिक पुर्याएकाे छ । ३५७५८ मत गणनाकाे परिणामले प्रमुखमा बस्नेत १९४६ मतले अग्रता छ ।  उनकाे १२,३६२ मत प्राप्त छ । अब ४४२१ मत गन्न बाँकी रहकाेछ । ती मत गणना चलिरहेकाे वडा नं. १०, ११ र १२ का हुन् । वडा नं.१२ मा  ८००मत, वडा नं. ११ मा १४०० मत गणना हुँदा  प्रमुखमा पहिलाे मत काङ्ग्रेसकै छ। पडा नं. १० मा १७०० मत गणना हँदा का्ग्रेसकाे दाेस्राे मत छ ।  अब, वडा नं. १० मा  १३४९ मत गन्न बाँकी, वडा नं. ११ मा २१३६ र वडा नं. १२ मा ९६० मत गन्न बाँकी रहकाे छ ।  अबकाे मत परिणामले पनि प्रमुखमा काङ्ग्रेसलाई नै दिने संकेत छ । उपप्रमुखमा भने एमालेकी महेश्वरी राईले काङ्ग्रेसलाई पछि पार्दै १००१ मतले अग्रता लिएकी छिन् । पछिल्लाे मत परिणामले उनलाई जीत नजिक लगेकाे छ ।...