Friday, August 21News That Matters

Breaking News 1

एमालेकी महेश्वरी राई  १००१ मतले अग्रता

एमालेकी महेश्वरी राई १००१ मतले अग्रता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ । त्रियुगा नगरपालिकामा प्रमुखमा काङ्ग्रेसकाे प्रष्ट अग्रता भईरहदा उपप्रमुखमा भने नेकपा एमालेकाे अग्रताले फराकिलाे अन्तर पाएकाे छ । उपप्रमुखमा एमालेकी महेश्वरी राईले अग्रता टेकेपछि पछि फर्कनु परेकाे छैन । उनी लगभग जीतकाे नजिक पुगेकी छिन् । ३५७५८ मत गणनाकाे परिणामले प्रमुखमा काङ्ग्रेसकाे वसन्त बस्नेत १९४६ मतले अग्रता छ भने उपप्रमुखमा एमाले १००१ ले अग्रता छ । अब ४४२१ मत गन्न बाँकी रहकाेछ। वडा नं. १०, ११ र १२ काे गणना चलिरहेकाे छ । यी वडाहरुकाे प्रारम्भिक मत परिणामले यिनै अग्रतालाई बढाउने संकेत छ ।...
त्रियुगाको १३ वटा वडामा गणना सकियो, बाँकी तीन वटा, वडामा कस्ले कति जिते ?

त्रियुगाको १३ वटा वडामा गणना सकियो, बाँकी तीन वटा, वडामा कस्ले कति जिते ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ । उदयपुरको त्रियुगा नगरपालिकामा १३ वटा वडाको मतगणना सकिदा सात वडाध्यक्षमा काङ्ग्रेस, तीनमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) र तीन वटामा एमालेको जीत भएको छ । गणना भइरहेको बाँकी ३ वडाहरुमा काङ्ग्रेसकै अग्रता देखिन्छ । गणना सकिएको वडाहरुमा वडा नं. १, ३, ४, ५, ८, ९ र १३ मा काङ्ग्रेसले जितेको छ । वडा नं. १४, १५ र १६ मा माओवादी केन्द्रले जितेको छ भने वडा नं. २, ६ र ७ म एमालेले जितेको छ । विजयी वडाध्यक्षहरुमा वडा नं. १ मा काङ्ग्रेसका मनोजकुमार चौधरी, २ मा एमालेका घमानसिंह खत्री, वडा नं. ३ मा काङ्ग्रेसको तिलकबहादुर कटुवाल, वडा नं. ४ मा काङ्ग्रेसको बद्री बस्नेत, वडा नं. ५ मा काङ्ग्रेसको उद्धवबहादुर थापा रहेका छन् । त्यस्तै वडा नं. ६ मा एमालेका योगेन्द्रबहादुर दाहाल, वडा नं. ७ मा एमालेकै अम्बरबहादुर दनुवार, वडा नं. ८ मा काङ्ग्रेसको राजकुमा राउत, वडा नं. ९ मा काङ्ग्रेसको राजकु...
दुर्घटना तारा एयरको स्थान पत्ता लाग्यो

दुर्घटना तारा एयरको स्थान पत्ता लाग्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १५ आज विहान बाट वेपत्ता तारा एयर पत्ता लागेको छ । स्थानीय वासिन्दाले विमान दुर्घटना भएको जानकारी गराएपछि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले बताए । सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको नेपाली सेनाले पुष्टि गरेको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको जनाएको छ ।  ...
प्रदेश नं १ को नामाकारण ‘किरात सगरमाथा’ गर्न आग्रह

प्रदेश नं १ को नामाकारण ‘किरात सगरमाथा’ गर्न आग्रह

Breaking News 1
काठमाण्डौँ, जेष्ठ १५ प्रदेश नं १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ ।किरात धर्मगुरु माहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ आश्रम माङसेबुङ, इलामद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पाँच हजार वर्ष अगाडि महाभारतकालीन इतिहासमा ‘किरात’ उल्लेख भएको हुनाले यस प्रदेशको नामाकारण ‘किरात सगरमाथा’ राख्नुपर्नेमा जोड दिइएको हो । धर्मगुरुका निजी प्रवक्ता डिल्लीराम चाम्लीङले किरात प्राकृतिक, भौगोलिक, सांस्कृतिक सबै दृष्टिकोले उत्कृष्ट रहेकोले सोही नाम राखेमा सम्पूर्ण प्रदेशवासीको अपनत्व हुने विचार व्यक्त गर्नुभयो । किरात राई समाजका दशरथ रुम्दालीले प्रदेशको नामाकारण नहुँदा यस क्षेत्रका जनता समस्यामा परेकाले अविलम्ब उत्कृष्ट सभ्यताको किरात र विश्वको सर्वोच्च शिखरसहितको संयक्त नाम राख्नु उत्तम हुने धारणा व्यक्त गर्नुभयो । समाजसेवी धनराज मेयाङवोले पनि किरात सभ...
बिवादित वडाकाे गणना सुरु

बिवादित वडाकाे गणना सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ । उदयपुरकाे त्रियुगा नगरपालिकाकाे विवादित वडा १२ नं. काे मतगणना सुरु भएकाे छ । गणनाकाे अन्तिम चरणमा आज साे वडाकाे गणना सुरु गरिएकाे हाे । बैशाख ३० गते मतदानकै दिन मतदानकै विषयमा विवादित बनेकाे थियाे । पुन: मतदान हुने वा गणना भन्ने कुराले ११ दिनसम्म अन्याैल पारेकाे थियाे । पछि निर्वाचन आयाेगले गणना गर्ने निर्देशन गरेपछि गणना थालिएकाे हाे । साे वडाकाे प्रारमभिक १०० काे गणनामा वडाध्यक्षमा  गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) बाट नवीन कुमार बान्तवा राईकाे २६, काङ्ग्रेसकाे चुडाराज काफ्लेकाे २३ र एमालेकाे रमेश राउत क्षेत्रीकाे २२ मत आएकाे छ । साे वडामा सबै मतदाता तथा उम्मेदवारले मत लगाउन नपाएपनि खसेकाे मत १७२५ लाई सुरक्षित राखिएकाे थियाे । साेहि मत गणना भईहेकाे छ ।...
त्रियुगाको ६ नं. वडामा एमाले विजयी

त्रियुगाको ६ नं. वडामा एमाले विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ गते । त्रियुगाको वडा नं. ६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट वडाध्यक्ष उम्मेदवार रहेका योगेन्द्रवहादुर दाहल १ हजार २ सय ९७ मत ल्याएर विजयी भएका हुन् । दाहलको निकटतम प्रतिस्पर्धी हरेका गठबन्धनबाट नेकपा एसका उम्मेदवार राकेश कुमार चौधरीलाईलाई पराजित गरेर विजयी भएको हो । चौधरीले ८ सय २ मत प्राप्त गरेका छन् । यता, महिला सदस्यमा एमालेकी उम्मेदवार गीताकुमारी उप्रतीको १ हजार १ सय ७२, दलित महिला सदस्यमा पवित्रा विश्वकर्माले १ हजार १ सय ८२ मत ल्याएर विजयी भएका छन् । खुल्ला सदस्यमा पनि एमालेकै सुर्यबहादुर राईले १ हजार १ सय ४९ मत ल्याएर विजयी भएका छन्, भने गठबन्धनबाट प्रबेश खड्का विजयी भएका हुन् ।...
कलम चिन्ह लिएर चुनाव उठेका माओवादीका प्रवेश खड्का खुल्ला वडा सदस्यमा बिजयी

कलम चिन्ह लिएर चुनाव उठेका माओवादीका प्रवेश खड्का खुल्ला वडा सदस्यमा बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १५ त्रियुगा नगरपालिका ६ मा प्रवेश खड्का एमाले बिच खुल्ला वडा सदस्यमा बिजयी बनेका छन् । वडाअध्यक्ष देखी खुल्ला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला सदस्यहरु सबै पदमा एमाललेले बाजी मार्दा एउटा खुल्ला वडा सदस्यमा भने गठबन्धनका उम्मेदवार खड्का बिजयी बनेका छन् । उनि माओवादीका ६ नं वडा कमिटि अध्यक्ष समेत हुन् । तर उनले कलम चिन्ह बाट उम्मेदवारी दिएका थिए । खड्काले ९८८ मत ल्याएर खुल्ला वडा सदस्यमा बिजयी बनेको हो । बाँकी पद सबैमा एमाले बिजयी बनेको छ । दुई खुल्ला वडा सदस्यहरु मध्ये एक खुल्ला वडा सदस्यमा भने एमालेकै सुर्य बहादुर राईले भारी मतका साथ बिजयी भएका छन् । राईले ११४९ मत ल्याएको छ । यस्तै वडाअध्यक्षमा एमालेकै योगेन्द्र वहादुर दाहाल बिजयी बने । उनी १२९७ मत ल्याएर बिजयी बने । यस वडामा कलम दोस्रो र कांग्रेस तेस्रो बने ।...
सदरमुकामकाे वडा गणना सुरु

सदरमुकामकाे वडा गणना सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जृठ १५ । जिल्ला सदरमुकाम गाईघाट रहेकाे त्रियुगाकाे ११ नं. वडाकाे मतगणना सुरु भईसकेकाे छ । यहाँ एमाले, काङ्ग्रेस र गठबन्धनले जीतकाे आ-आफ्नाे दावी रहेकाे छ । ३०० मत गणना सकिएकाे अबस्थामा रुख १३५ मत, सुर्य ८६ र कलमलाई ४० मत आएकाे जनाकारी छ । साे वडामा ३५३६ मत खसेकाे थियाे । वडामा काङ्ग्रेसकाे सुमन्त काेईराला, गठबन्धनबाट नेकपा (एस) का कालिदास राई (किसन) र एमालकाे दिलबहादुर तामाङबीच प्रतिष्पर्धा रहेकाे छ ।...
रौतामाईले गाउँमै बृद्धभत्ताको ब्यवस्था मिलाउने

रौतामाईले गाउँमै बृद्धभत्ताको ब्यवस्था मिलाउने

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ १४ । रौतामाई गाउँपालिकाक नवनिर्वाचन अध्यक्ष विरेन्द्र मगरले आप्mनो कार्यकालको सुरुवातमा बृद्धबृद्धाहरुलाई सहयोग पुग्ने गरी गाउँमै बृद्धभत्ता पुर्याउने ब्यवस्था मिलाउने भएका छन् । बृद्धबृद्धालाई बैंकसम्म पुगेर बृद्धभत्ता लिन कष्टपूर्ण देखिएकोले अवदेखि गाउँमै पाउने गरी ब्यवस्था मिलाउने भएको अध्यक्ष मगरले बताए । मगरका अनुसार गाउँमै बृद्धबृद्धाका लागि भत्ता पुर्याउने ब्यवस्था मिलाउने गरी बैंकसंग समन्वय गरिएको छ । रौतामाईमा प्रभु र मेगा बैंक रहेको छ । मुर्कुची बजारमा कार्यालय रहेको मेगाले ७ र ८ गरी दुईवटा वडा हेर्ने र भुट्टारमा कार्यालय रहेको प्रभुले बाकी ६ वटा वडामा सेवा दिने जनाइएको छ । रौतामाईमा रहेका दुई बैंकहरुसंग बृद्धबृद्धाहरुको सुविधाका लागि गाउँगाउँमै बृद्धभत्ता पुर्याउने गरी सम्झौता नै गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङले बताए । पालिकाले बै...
त्रियुगामा उपप्रमुखले तान्यो ध्यान, प्रमुखमा काङ्ग्रेसको प्रष्ट अग्रता

त्रियुगामा उपप्रमुखले तान्यो ध्यान, प्रमुखमा काङ्ग्रेसको प्रष्ट अग्रता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १४ । त्रियुगा नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसको प्रष्ट अग्रता भइसकेको अवस्था छ । दुईहजार बढि मतले अग्रता कायम गरेपछि काङ्ग्रेस जित नजिक पुगेको आकलन गर्न थालिएको छ । यतिबेला सर्बसाधारणको ध्यान भने उपप्रमुख तर्फ खिचिएको छ । उपप्रमुखमा काङ्ग्रेसको अग्रतालाई एमालेले फरालिलो मतअन्तरलाई थोरै अङकमा खुम्च्याउनुले चासोपूर्णरुपले हेरिएको हो । अबको मत अन्तर ३२ मात्र रहेको छ । सुरुमा तेस्रो स्थानमा रहेको एमालेले गठबन्धनलाई उछिन्दै दोस्रो स्थानमा मात्र आएन फराकिलो मत अन्तर खुम्च्याउदै अग्रतामा पुग्ने संकेत नै देखाएको छ । हाल कांग्रेसकी उपप्रमुख सरिता राईको ९०९९ मत रहेको छ । पछिल्लो मतगणनामा वडा नं. ६, ७, ८ र ९ को मतले एमाले उपप्रमुख अगाडी बढ्दै जाँदा काङ्ग्रेसको उपप्रमुख अग्रतालाई धरापमा पारेको छ । मतअन्तर पुगेर अग्रतामा जानसक्ने संकते देखिएको एमालेकी उपप्रमुख महेश्वरी राईको...