Friday, August 21News That Matters

Breaking News 1

त्रियुगाको प्रमुखमा ११ र उपप्रमुखमा १४ प्रतिशतसम्म मत बदर

त्रियुगाको प्रमुखमा ११ र उपप्रमुखमा १४ प्रतिशतसम्म मत बदर

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १४ । त्रियुगा नगरपालिकाको मत गणनाको क्रममा बदरमत बढि देखिएको छ । मतदाता शिक्षाको अभावले मतदाताहरुले मत विगारेर लगाउदा बदर हुन पुगेको हो । प्रमुख र उपप्रमुख पदमा धेरै बदर मत आएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २८ हजार ५७५ मत गणना हुँदा प्रमुख पदमा ३ हजार २१० मत बदर भएको छ । यो कुल गनिएको मतको ११ प्रतिशत हो । उपप्रमुखमा ४ हजार २२ मत बदर भएको छ । यो कुल मतको १४ प्रतिशत हो । सबैभन्दा बढि मत बदर वडा नं. ३ मा उपप्रमुख पदमा रहेको छ । त्यहाँ ७११ मत बदर भेटिएको छ । वडा नं. १, २ र ६ मा पाँचसयको हाराहारीमा मत बदर भेटिएका छन् । मतपत्रमा दोहोर्याएर स्वस्तिक छाप लगाउने, औठाछाप लगाउने, आवश्यकभन्दा बढि मत लगाउने जस्ता कारण रहेको बदर मत रहेको जनाइएको छ । छोटो समयको कारण देखाउदै सरकारले मतदातालाई पर्याप्त मतदाता शिक्षा दिएन भने राजनीतिक दलहरुले पनि मत मात्र माग्न...
त्रियुगाको गणना भोलीसम्ममा सक्ने टार्गेट

त्रियुगाको गणना भोलीसम्ममा सक्ने टार्गेट

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १४ । त्रियुगाको मतगणना भोली रातीसम्ममा सक्ने गरी गणना कार्य अगाडी बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १६ वटा वडाको मतगणना सक्नुपर्ने हुन्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म १, २, ३, ४, ५, १३, १४, १५ र १६ गरी नौंवटा वडाहरुमा गणना सकिएको छ । अहिले ६, ७, ८ र ९ वडाको गणना चलिरहेको छ भने १०, ११ र १२ वडाको गणना बाँकी छ । नगरमा कुल ६० हजार ४६ मतदाता मध्ये ४० हजार १७९ मत खसेको थियो । खसेको मतमध्ये हाल २८ हजार ५७५ मत गणना भइसकेको छ । गन्दै गरेको चारवडा र पुरा गन्न बाँकी तीन वडामा ११ हजार ६०४ मत रहेको छ । ती मत गणना भोली रातीसम्ममा सक्ने टार्गेट मुख्य निर्वाचन अधिकृतको कार्यायको रहेको जनाएको छ । “भोली रातीसम्ममा सबै गणना सक्ने टार्गेट लिएका छौं” मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले भन्नुभयो । उहाँका अनुसार मत गणनाका लागि चारटोली...
त्रियुगामा कांग्रेसको तिव्र अग्रता कायमै

त्रियुगामा कांग्रेसको तिव्र अग्रता कायमै

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १४ त्रियुगा नगरपालिकामा कांग्रेसले तिव्र अग्रता कायमै राखेको छ । एमाललेलाई झण्डै दुई हजार र समाजवादीलाई झण्डै दुईहजार ८ सयले पछि पार्दै कांग्रेसले तिव्र मतान्तर बढाएको हो । कांग्रेस उम्मेदवार वसन्त वस्नेतले ९८६९ मत ल्याउँदा एमालेका भागवत राउतले ७८८० मत पाएका छन् । यता समाजवादीका वलदेव चौधरीले भने ७०५२ मत मात्र पाएका छन् । यस्तै उपप्रमुखमा पनि कांग्रेस उम्मेदवारी सरिता राईले ८८१२ र एमालेकी महेश्वरी राईको ८६८६ मत रहेको छ । यस्तै माओवादीकी गिता खड्काको ५३८४ मत रहेको छ ।...
त्रियुगामा काङ्ग्रेस जीत नजिक

त्रियुगामा काङ्ग्रेस जीत नजिक

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १४ । त्रियुगा नगरपालिकामा रुखकाे अग्रता झनझन बढ्दै गएकाे छ ।  २७ हजार १७५ मत गणनामा रुखले सुर्यभन्दा १९४८ मत अन्तर र कलम भन्दा २५७० मत अन्तरले अग्रता लिएकाे हाे । मतपरिणाम अनुसार काङ्रग्रेसकाे वसन्त बस्नेतकाे ९३८२ मत हुँदा एमालेकाे भागवत राउतकाे ७४३४ रहेकाे छ भने गठबन्धनतर्फकाे नेकपा (एस) काे बलदेव चाैधरीकाे  ६८१२ मत रहेकाे छ। हालसम्म गणना भएकाे वडाहरुबाट अधिकांशमा पहिलाे मत र केहीमा कम्तिमा सम्मानजनक मत प्राप्त भईरहदा काङ्ग्रेस फराकिलाे मतअन्तरले अग्रता पाएकाे हाे । अब १३ हजार ४ मत गन्न बाँकी रहेकाे अबस्था छ । अब प्रमुख पदमा काङ्ग्रेस जीत नजिक रहेकाे देखिन्छ । उपप्रमुख पदमा पनि रुखकाे अग्रता कायम छ । रुखमा काङ्ग्रेसकी सरिता राईकाे ८४०३ मत रहेकाे छ । दाेस्राेमा एमालेकी महेश्वरी राईकाे ८१९० मत रहेकाेछ भने तेस्राे स्थानमा गठबन्धनकी गिता खड्का कार्कीकाे ५१८० मत रहेकाे छ ...
त्रियुगामा कांग्रेसको फराकिलो अग्रता तिव्र, कलम तेस्रो स्थानमा

त्रियुगामा कांग्रेसको फराकिलो अग्रता तिव्र, कलम तेस्रो स्थानमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १४ उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेसले झनै फराकिलो मत थपेको छ । कांग्रेस उम्मेदवार बसन्त वस्नेतले लगतार अग्रता कायम गरिरहेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कसन्त वस्नेतले ९३८२ मत ल्याई अग्रता कायम गरेको छ । यस्तै उमाले दोस्रो स्थानमा उक्लिएको अवस्था छ । लगतार तेस्रो भएर आएका सुर्य पनि अगडी बढेपछि कलम थप पछि परेको हो । एमाले उम्मेदवार भागवत राउतले ६८१२ मत ल्याएको छ भने कलमका उम्मेदवार वलदेव चौधरीले ६८१२ मत ल्याएको छ । यस्तै उममेयरमा पनि कांग्रेसकै सरिता राई अघि छिन् । राईले एमालेका महेश्वरीलाई पछि पार्दै ८०४३ मत प्राप्त गरेकी छिन् । एमालेकी महेश्वरी राईले भने ८१९० र माओवादीकी गिता खड्काले ५१८० मत ल्याएको छ । खड्का तेस्रो स्थानमा सुरु देखिनै छिन् ।...
उपप्रमुखमा काङ्ग्रेसको सुरुदेखि नै अग्रता कायम, सुर्यले मतअन्तर घटनाउदै

उपप्रमुखमा काङ्ग्रेसको सुरुदेखि नै अग्रता कायम, सुर्यले मतअन्तर घटनाउदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १४ । त्रियुगा नगरपालिकाको उपप्रमुख पदमा मतगणनाको सुरुदेखि नै नेपाली काङ्ग्रेस अग्रतामा छ । सुरुमा तेस्रोस्थानमा रहेको नेकपा एमाले अहिले भने दोस्रोस्थान ओगट्दै काङ्ग्रेससंग मत अन्तर घटाउदै गएकोछ । फराकिलो अन्तरमा काङ्ग्रेसलाई पछ्याउदै आएको एमाले अहिले २२८ मत अन्तरले पछि छ । २४ हजार ५७५ गणनाको मतपरिणाममा उपप्रमुखमा नेपाली काङ्ग्रेसकी सरिता राई ७,८३४ मतका साथ अग्रस्थानमा छिन् । उनलाई पछ्याउदै दोस्रोस्थानमा नेकपा एमालेकी महेश्वरी राई ७,६०६ मत रहेको छ । तेस्रो स्थानमा ४,९९७ मतका साथ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्की रहेकी छिन् ।...
त्रियुगा नपामा रुखको फराकिलो अग्रता, सुर्य दोस्रो, कलम तेस्रो स्थानमा

त्रियुगा नपामा रुखको फराकिलो अग्रता, सुर्य दोस्रो, कलम तेस्रो स्थानमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १४ । उदयपुरको त्रियुगा नगरपालिकाको करिब ६० प्रतिशत मत गणना हुँदा नेपाली काङ्ग्रेसले फराकिलो अग्रता पाएको छ । त्रियुगा नगरमा खसेको कुल मत ४० हजार १७९ मत मध्ये गणना भएको २३ हजार ९७५ मतमा काङ्ेसको प्रमुख पदका उम्मेदवार बसन्त बस्नेतले ८२०० मत पाएका छन् । यो मत दोस्रो स्थानमा रहेको नेकपा एमालेको भागवत राउतको भन्दा १ हजार ८२३ मत बढि हो भने गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) को बलदेव चौधरीको भन्दा १ हजार ८९८ मत बढि हो । यो परिणामको गणनासम्म आउँदा सुरुदेखि तेस्रोस्थानमा रहेको एमाले गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा आएको हो । एमालेका राउतको प्रात मत ६ हजार ३७७ र गठबन्धनको चौधरीको मत ६ हजार ३०२ रहेको छ । उपप्रमुखतर्फ काङ्ग्रेसकी सरिता राईको ७ हजार ४१० मतका साथ अग्रता छ । दोस्रो मत एमालेकी महेश्वरी राईको ७ हजार ५४ रहेको छ भने तेस्रोमा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) की ...
मुख्य निर्वाचन अधिकृतको कार्यालय मिडियामैत्री नभइदिदा  मतगणना सुचनामा सकस

मुख्य निर्वाचन अधिकृतको कार्यालय मिडियामैत्री नभइदिदा मतगणना सुचनामा सकस

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १३ । उदयपुरको आठ स्थानीय तह मध्ये त्रियुगा नगरपालिकाको मतगणना सुचना संकलनमा पत्रकारहरुलाई ठूलै सकस परेको छ । बेलाबेला मिडियामा अपडेट रिपोर्टिङ गर्नुपर्ने र आम पाठक, श्रोता र दर्शकहरुलाई जानकार बनाइ राख्ने जिम्मेवारी पुरा गर्न सकस परेको पूर्णपुष्टिका सहायक सम्पादक विक्रम राईले बताए । “जिल्लाको सातवटा पालिकाको मतगणनाको सुचना संकलनमा सकस महशुस भएन, तर सुविधा सम्पन्न ठाउँ सदरमुकाममै भएर पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सहजरुपमा पाउन सकिएन ।” पत्रकार राईले भने । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कुनै बेला पत्रकारलाई फोटो, भिडियो खिच्न रोक नदिने, कहिले गणनास्थलमै प्रवेश गर्न नदिने त कहिले मत परिणामको सुचनामा ढिलाई गरिदिनाले पत्रकारहरुलाई सुचना संकलन र सम्प्रेक्षणमा सकस परेको पत्रकार गजेन्द्र राईले बताए । उनले पत्रकार महासंघ शाखालेसमेत यसपटक मुख्य निर्वाचन अधिकृतको कार्...
लिम्चुङबुङका सबै जनप्रतिनिधिलाई सपथ ग्रहण

लिम्चुङबुङका सबै जनप्रतिनिधिलाई सपथ ग्रहण

Breaking News 1, समाचार
पूर्णपुष्टि जेष्ठ १३ लिम्चुङबुङ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार सपथ लिएको छ । नवनिर्वाचित वडाअध्यक्ष, वडा सदस्य र पालिका सदस्यहरु समेतगरी जम्मा २८ जनालाई पालिका अध्यक्ष मेजर कुमार राईले सपथ खुवाएको हो । सो पालिकामा ५ ओटा वडाहरु छन् । सम्पूर्ण नवनिर्वाचित प्रतिनिधिहरु सँगै ६ जना कार्यापालिका पदाधिकारीहरुलाई सपथ खुवाईएको हो । राई स्वयम दोस्रो कार्यलको लागि निर्वाचित पालिका अध्यक्ष समेत हुन् । सपथ सँगै जनप्रतिनिधिहरुले पदवहाली समेत गरेका छन् ।...
त्रुटी सच्याउन लामो समय लाग्दा त्रियुगाको मतगणनामा ढिलाई

त्रुटी सच्याउन लामो समय लाग्दा त्रियुगाको मतगणनामा ढिलाई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ । मुख्य निर्वाचन कार्यालय उदयपुरले त्रियुगा नगरपालिकाको मतगणना जारी राख्दै गर्दा बीचमा जोडघटाउमा त्रुटीका कारण गणनामा ढिलाई भएको छ । मत अङ्ग जोड्नमा त्रुटी भएपछि त्यसलाई सच्याउन समय लागेकोले ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ । “हामी त्रुटीलाई सच्याउदै छौं, त्यसैले केही बेर गणना र बीचबीचमा हुने मतपरिणाम सार्बजनिकीकरणमा ढिलाई भएको हो ।” स्रोतले भन्यो । प्राप्त सुचना अनुसार १३ नं. वडा र ४ नं. वडाको डाटामा त्रुटी भएपछि विवाद सिर्जना भई सच्याउनका लागि लामो समय लाग्दा ढिलाई भएको हो । त्रुटी सच्याएर बेलाबेला गरिने मतपरिणाम सार्बजनिकीकरणमा अरु केही समय लाग्न सक्ने स्रोतले जनाएको छ ।...