Friday, August 21News That Matters

Breaking News 1

कटारीका नवनिर्वाचित मेयर श्रेष्ठले लिए सपथ

कटारीका नवनिर्वाचित मेयर श्रेष्ठले लिए सपथ

Breaking News 1
पूर्णपुष्टि जेष्ठ १३ काटारी नगरपालिकाका नवनिर्वाचित मेयर राजेशचन्द्र श्रेष्ठले सपथ लिएको छ । शुक्रबार उदयपुर जिल्ला अदालतका जिल्ला न्याधिशले श्रेष्ठलाई गोपियनिताको सपथ खुवाएको हो । श्रेष्ठ कांग्रेसबाट कटारी नगरपालिकाको मेयरमा बिजयी बनेका थिए । उनले एमालेका प्रतिद्धन्दी र स्वतन्त्र उम्मेदवारलाई पराजित गर्दै मेयरमा जित निकालेका थिए । सपथको क्रममा श्रेष्ठले जनतामाझ सासक नभई सेवक बनेर जाने बताए । उनले निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचत अधिकृतको कार्यालय तथा कर्मचारी र मतदाताहरुलाई बिषेश धन्यवाद समेत दिए ।...
त्रियुगाको वडा नं. ३ मा काँग्रेस विजयी

त्रियुगाको वडा नं. ३ मा काँग्रेस विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ गते । उदयपुरको त्रियुगा नगरपालिका–३ को मतगण्ना सकिएको छ । ३ नं. वडामा नेपाली काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका तिलकबहादुर कटुवा विजयी भएका छन् । कटुवालले १ हजार ९३ मत ल्याएर आफ्नो प्रतिस्पर्धी नेकपा एकालेका उम्मेदवार धर्मबहादुर तामाङलाई पराजित गरेर विजयी भएका हुन् । तामाङलाई कटुवालले २ सय ७४ मतले पछाडी पारेर जीत हासिल गरका छन् । यता तामाङले ८ सय १९ मत प्राप्त गरेको थियो । सदस्यहरुमा काँग्रेसकै गोमाकुमारी राउतले १ हजार ७७ मत ल्याएर विजयी छिन्, भने दलित महिला सदस्यमा एमालेकी उम्मेदवार सुनिता गजमेर १ हजार ७७ मतका साथ विजयी भएकी हुन् । खुल्ला सदस्यमा काँग्रेसबाट कानन चौधरीले ९ सय ३१ मत ल्याएको र नेकपा एमालेकाबाट जयनारायण ढकालले ८ सय ८५ मत ल्याएर जीत हासिल गरेको छ ।...
१३ नं वडामा कांग्रेस बिजयी

१३ नं वडामा कांग्रेस बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १३ त्रियुगा नगरपालिकामा कांग्रेसका उम्मेदवार नविन चौधरी वडाअध्यक्षमा बिजयी बनेको छ । उनले ९६० मतल ल्याएर वडाअध्यक्षमा बिजयी बनेको हो । यस्तैगरी एमालेका उम्मेदवारले राम प्रसाद कट्ट्लले ९२३ मत पाएका थिए । यता कलमका पशुपती चौधरीले ३८१ मत मात्र पाईन् । त्यस वडामा कांग्रेसले महिला सदस्य बाहेस सबै पदमा जितेको छ । महिला सदस्यमा भने एमालेकी गोमा सेन ठकुरीले जितेको छ ।...
त्रियुगामा कांग्रेसको फराकिलो अग्रता

त्रियुगामा कांग्रेसको फराकिलो अग्रता

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १३ त्रियुगा नगरपालिकामा कांग्रेसले थप फराकिलो मत बनाएको छ । कलमलाई ८३५ ले पछि पार्दै कांग्रेस तिव्र गतिमा अघि लागेको हो । कांग्रेसले ५८२० मत प्राप्त गर्दा कलमले ४९८५ प्राप्त गेका छन् । यस्तै एमाले कांग्रेस भन्दा १४४२ ले र कलम भन्दा ६०७ मतले पछि परेको छ । एमालेको ४३७८ मत मात्र आएको छ । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसको ५२६० मत छ भने एमालेको ४८५५ रहेको छ । यस्तै माओवादीको भने ३९११ रहेको छ ।...
त्रियुगाको वडा नं. ३,४,५ र १३ को मतगणना जारी, कुन वडामा कस्को अग्रता ?

त्रियुगाको वडा नं. ३,४,५ र १३ को मतगणना जारी, कुन वडामा कस्को अग्रता ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ गते । उदयपुरको त्रियुगाको वडा नं. ३,४,५ र १३ को मतगणना जारी रहेको छ । वडा नंं. ३ मा २ हजार मत गणना गरिदा नेपाली काँग्रेसका उम्मेदवार तिलकबहादुर कटुवाल ६७१ मतका साथ अगाडी रहेको छ । कटुवाललाई नेकपा एमालेका उम्मेदवार धर्मबहादुर तामाङले ४८३ मत ल्याएर पछ्याइरहेको छ । वडा नं. ४ मा ९ सय मत गणना हुँदा काँग्रेसका उम्मेदवार अगाडी रहेको छ । काँग्रेसका वडाध्यक्ष उम्मेदवार बद्री बस्नेत ३०८ मतका साथ अग्रस्थानमा रहेको छ । बस्नेतलाई गठबन्धनका उम्मेदवार सुवराज तामाङले २५८ मत ल्याएर पछ्याइरहेको छ । त्यस्तै ५ नं. वडाको ३०० मत गणना गरिदा काँग्रेसकै उम्मेदवारको लिड रहेको छ । १४४ मतका साथ काँग्रेसका उम्मेदवार उदवकुमार थापा अगाडी रहेको छ । थापालाई १०५ मतका साथ गठबन्धनका उम्मेदवार राधारमण गतिवडाले पछ्याइरहेको छ । यता १३ नं. वडामा एमालेको अग्रता देखिन्छ । ६०० मत गणना गर्दा एमालेका वडाध्यक्ष ...
त्रियुगामा कांग्रेस अघिअघि एकीकृत समाजवादी पछिपछि

त्रियुगामा कांग्रेस अघिअघि एकीकृत समाजवादी पछिपछि

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ त्रियुगा नगरपालिकामा कांग्रेसले निरन्तर अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले ३८३१ मत ल्याएर अग्रता कायम गरेका छन् भने एकीकृत समाजवादीका उम्मेदवार वलदेभ चौधरीले ३७८३ मत ल्याउँदै पछ्याउँदै छ । यता एमालेका उम्मेदवार भागवत राउतले भने २८३० मत ल्याएर तेस्रो स्थानमा रहेको छ । यस्तै उपमेयरमा पनि कांग्रेसकै अग्रता रहेको छ । कांग्रेसका उपमेयर सरिता राईले ३४८६ मत प्राप्त गरेकी छिन् । यता एमालेकी महेश्वरी राईले ३१२५ मत ल्याएर पछ्याईरहेकी छिन् भने माओवादीकी गित खड्काले ३०७९ मत ल्याई तेस्रो स्थानमा छिन् । हाल १२ हजार १५ मत गणना भएको छ । गन्न बाँकी २८ हजार १६४ मत रहेको छ । हाल ५ ओटा वडाका मत गनिसकेको अवस्था छ । १६, १४, १५, १ र २ गरी ५ ओटाको गणना भैसकेको अवस्था छ । यस मध्ये ३ वडामा माओवादी र १÷१ मा कांग्रेस र एमाललेले जितेको छ...
न आशा, न उत्साह : स्वतन्त्र तथा साना दलको हालत (त्रियुगा मतगणना)

न आशा, न उत्साह : स्वतन्त्र तथा साना दलको हालत (त्रियुगा मतगणना)

Breaking News 1, राजनीति, समाचार
१२ हजार मतमा त्रियुगाको प्रमुख पदका स्वतन्त्र तथा साना दल सय कटेनन्, दुईदल अझै सुन्य पूर्णपुष्टि, जेठ १२ । यतिबेला सबैको ध्यान प्रतिष्पर्धी ठुला दलतिर मात्र छ । त्रियुगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुई ठूला पदमा उठेका स्वतन्त्र तथा साना दलहरुको मतको अवस्था बारे जानकारी लिन खोज्ने कमै पाइन्छ । १६ वटा वडा रहेको त्रियुगामा ५ वटाको गणना सकिएको छ । तीनवटामा गठबन्धनले, १ वटामा काङ्ग्रेस र १ वटामा एमालेले वडाध्यक्ष जितेको अवस्था छ । त्यसमा तीनजना वडाध्यक्षले पुनः कार्यकाल दोहोर्याएका हुन् भने २ जना नयाँ अनुहार छन् । अहिले वडा नं. १३, ३, ४ को गणना चलिरहेको छ । यी गणना भइसकेको वडा र गणना हुदै गरेको वडाको १२ हजार १५ गणना भइसकेको मत परिणामलाई स्वतन्त्र तथा साना दलहरुको दृष्टिबाट विश्लेषण गर्दा कुनै पनि स्वतन्त्र र साना दलले सयमत कटाउन सकेको छैन । साना दलमा प्रमुख पदका लागि उठेका मौलिक जरोकिलो ...
उदयपुरमा बेपत्ता युवाको सव फेला

उदयपुरमा बेपत्ता युवाको सव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ उदयपुरमा ३ दिन बाट बेपत्ता रहेको युवाको लाश फेला परेको छ । उदयपुर त्रियुगा नगरपालिका वडा नं १२ बस्ने दिप नारायण सदाको छोरा २८ बर्षिय मनोज सदाको मृत अवस्थामा लाश भेटिएको हो। उनी ३ दिन देखि घरबाट हराईरहेको र खोजतलास गर्ने क्रममा बिहिबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा मृतक अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीलाई लाश फेला परेको भन्ने सुचना प्राप्त अनुसार तत्काल अनुसन्धान गरी कानुनि प्रकृयाको लागि जिप्रका उदयपुरबाट प्रहरी निरिक्षकको समेत टोली खटिएको छ । टोलीले अनुसन्धान तथा कानुनि प्रकृया पश्चात लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट उदयपुर पठाएको छ।...
उदयपुरमा नातीद्धारा हजुरआमाको हत्या

उदयपुरमा नातीद्धारा हजुरआमाको हत्या

Breaking News 1, समाचार
पूर्णपष्टि, जेष्ठ १२ । उदयपुरको कटारीमा आफ्नै नातीले हजुरआमाको हत्या गरेको छ । कटारी नगरपालिका ७ रिस्कु स्थित नातीले हजुरआमाको घाँटी रेटी हत्या गरेका हो । हजुरआमाको नाममा रहेको जिउनी जग्गा आफ्नो नाममा गर्दिन हजुरआमालाई दवाव दिएको र हजुरआमाले नमानेपछि विहान करिव ६ बजेको समयमा खुकुरी प्रहार गरि हत्या गरेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले जानकारी दिनुभयो । घरजग्गाको विषयमा विवाद भएपछि स्थानीय २६ वर्षीय रोहित दनुवारले आफ्नी ६० वर्षीया हजुरआमा मनमाया दनुवारको खुकुरीले घाँटी रेटी हत्या गरेको प्रहरीले कटारी प्रहरीले जनाएको छ । नाती रोहितलाई प्रहरीले पक्रिएर इलाका प्रहरी कार्यलय कटारीमा छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीको टोलीले रोहितलाई जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यलय कटारीमा राखेको छ ।...
१४ नं वडामा बिजयी हिमराज मगरको वडा सदस्य बाट अध्यक्षमा छलाङ

१४ नं वडामा बिजयी हिमराज मगरको वडा सदस्य बाट अध्यक्षमा छलाङ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ माओवादी बाट बिजयी हाँसिल गरेका १४ नं वडाका हेम मगर पहिलो निर्वाचनमा वडा सदस्य बिजयी बनेका थिए । उनले वडासदस्यको रुपमा ५ बर्ष कार्यकाल सम्हाले । वडासदस्यको पहिलो कार्याकाल सकिए सँगै मगरले दोस्रो कार्याकालमा वडाअध्यक्षको उम्मेदवारी दिए । नेकपा माओवादी र नेकपा एसको संयुक्त गठबन्धन बाट उनले टिकट पाए । ३७ बर्षिय युवा पुस्ताका मगरले एमालेका ४६ बर्षिय मेघ जित राईलाई पराजित गरी अध्यक्षमा बिजयी हाँसिल गरे भने कांग्रेस प्रतिस्पर्धामै आउन सकेन । मगर सहित सो वडाबाट संयुक्त गठबन्धनको प्यानलै बिजयी बन्न सफल भएको माओवादीको पकट रहेको सो वडामा पहिले पनि माओवादीकै कुरुङ राईले जितेका थिए । सो वडामा खुल्ला सदस्य तर्फ माओवादीका नारायण वहादुर राईले ६०६ मत र एक बहादुर कटुवाल ५७९ मत प्राप्त गरी बिजयी हाँसिल गरेको छ । यता खुल्ला महिला वडा सदस्य तर्फ पनि माओवादीकी रेखा थापा मगरले ६१३ मत ल्...