Friday, August 21News That Matters

Breaking News 1

त्रियुगामा, कलमले लियो अग्रता, रुख १४८ मतले पछि

त्रियुगामा, कलमले लियो अग्रता, रुख १४८ मतले पछि

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुख पदमा काङ्ग्रेसलाई पछि पार्दै गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) का बलदेव चौधरीले काङ्ग्रेसका बसन्त बस्नतेलाई १४८ मतले पछि पार्दै अग्रता लिएको हो । १० हजार ५१४ मत गणना हुँदा चौधरीले ३४७२ मत पाएका छन् । दोस्रो स्थानमा पुगेका काङ्ग्रेसका बस्नेतले ३३२४ मत पाएका छन् भने एमालेको भागवत राउत २३६१ मतका साथ तेस्रो स्थानमा रहेका छन् । उपप्रमुखमा भने काङ्ग्रेसकी सरिता राईको अग्रता कायम छ । उनको ३०४२ मत रहेको छ । निकटतम् प्रतिद्वन्द्वि गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्कीको २८५७ रहेको छ भने तेस्रो स्थानमा नेकपा एमालेकी महेश्वरी राईको २६१३ मत रहेको छ । हालसम्म पाँचवटा वडाको मतगणना सकिएको छ । ३ वटा वडा गठबन्धनबाट माओवादी केन्द्रले जितेको छ भने एकवटा काङ्ग्रेस र एकवटा एमालेले जितेको छ । वडा नं. १६...
१४ नं वडामा माओवादीको प्यानलै बिजयी

१४ नं वडामा माओवादीको प्यानलै बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ १४ नं वडामा माओवादीले बिजयी हाँसलि गरेको छ । संयुक्त गठबन्धन माओवादी र नेकपा एसका उम्मेदवार हेम मगर उक्त वडामा बिजयी बनेका छन् । एमाले र कांग्रेसलाई हराउँदै मगरको प्यानलले नै जित निकालेको छ । मगरले नेकपा एमालेका उम्मेदवार मेघ जित राईलाई हराउँदै अध्यक्षमा बिजयी बनेको हो । मगरको ६६२ मत आउँदा राईका ५०१ मात्र आएका थिए । यता नेपाली कांग्रेसको उम्मेदवार गिता कुमारी थापा मगरलाई भने १०४ मत मात्र आएको छ । सो वडामा खुल्ला सदस्य तर्फ माओवादीका नारायण वहादुर राईले ६०६ मत र एक बहादुर कटुवाल ५७९ मत प्राप्त गरी बिजयी हाँसिल गरेको छ । यता खुल्ला महिला वडा सदस्य तर्फ पनि माओवादीकी रेखा थापा मगरले ६१३ मत ल्याई बिजी गरिन् । दलित महिला सदस्य तर्फ ५९३ मत ल्याउँदै माओवादीकै केशरी माया नेपाली जित निकालिन ।...
उदयपुरमा फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

उदयपुरमा फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् । “मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले”, त्रियुगा–१२ साधना टोलका गडुरध्वज धमलाले भन्नुभयो । कृषि प्राविधिकको सल्लाह र सुझावअनुसार आफूहरूले विभिन्न किटनाशक औषधि प्रयोग गरेपनि प्रकोप नियनत्रणमा आउन नकसेको त्रियुगा–१२ बोटेटोलका कुमार रेग्मी बताउनुहुन्छ । त्रियुगा–११ साकेलाटोल र बरुवा क्षेत्रमा पनि मकैबालीमा फौजी किराको प्रकोप बढ्न थालेको स्थानीय हर्कबहादुर कार्कीले बताउनुभयो । साकेला टोल क्षेत्रमा मकैबालीमा दुई हप्तादेखि बिरु...
त्रियुगामा त्रिपक्षीय प्रतिष्पर्धा राेचक मतपरिणाम, तीनै पक्षकाे एक/एक वडाध्यक्षमा जीत

त्रियुगामा त्रिपक्षीय प्रतिष्पर्धा राेचक मतपरिणाम, तीनै पक्षकाे एक/एक वडाध्यक्षमा जीत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । उदयपुरकाे जेठाे र ठुलाे नगरपालिका त्रियुगाकाे मतपरिणाम राेचक बन्दै गएकाे छ । यहाँ काङ्ग्रेस, एमाले र गठबन्धन (एकीकृत समाजवादी र माओवादी केन्द्रकाे संयुक्त गठबन्धन) बीच प्रतिष्पर्धा देखिएकाे छ । प्रमुख र उपप्रमुख पदमा यी तीनै पक्षमा मत आईरहेकाे छ । यसबीचमा पनि काङ्ग्रेस र गठबन्धनकाे निकटतम् टक्कर देख्न सकिन्छ । ९ हजार ५४० मतगणनामा काङ्ग्रेसकाे प्रमुख पदका उम्मेद्वार  वसन्त बस्नेतकाे ३०९० मत, गठबन्धनबाट नेकपा (एस) का बलदेव चाैधरी ३०११ र एमालेकाे भागवत राउतकाे २१२६ मत रहेकाे छ । हालसम्मकाे मत परिणामले उपप्रमुखमा पहिलाे रुख, दाेस्राे गाेलाकारभित्रकाे हसिया हथाैडा र तेस्राेमा सुर्यले मत पाएकाे छ । उपप्रमुखमा काङ्ग्रेसकी सरिता राईकाे २८०९, गठबन्धनबाट माओवादि केन्द्रकी गिता खड्का कार्कीकाे २४५७ र एमालेकी महेश्वरी राईकाे २३६८ मत रहेकाे छ । यसबीचमा वडा नं. १,२ र १६ काे ग...
त्रियुगामा रुखकाे अन्तर छाेट्याउदै कलम, ७९ मतले रुखकाे अग्रता

त्रियुगामा रुखकाे अन्तर छाेट्याउदै कलम, ७९ मतले रुखकाे अग्रता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । उदयपुरकाे त्रियुगा नगरपालिकामा रुखकाे मत अन्तर कलमले घटाउदै गएकाे छ । रुख र कलमबीचकाे निकटतम् प्रतिष्पर्धा चलिरहेकाेमा बढिजसाे अग्रता काङ्ग्रेसकाे छ । काङ्ग्रेसकाे अग्रता मत ३०० नजिक भन्दा बढि पुगेकाे छैन । यसबीचमा ९,५४० मत गणना हुदा कलमले मतअन्तर ७९ मा झारेकाे छ । एक पटक १ मतले अग्रता पाएकाे थियाे । गणनाकाे अबस्थालाई हेर्दा रुखले तराई भेगकाे १,२,३ वडाबाट पहिलाे मत पाएकाे देखिन्छ भने कलमले पहाडिभेग १६, १५, १४ बाट पहिलाे मत पाएकाे छ । तेस्राे स्थानमा रहेकाे सुर्यले १४ र २ नं. वडाबाट राम्राे मत पाएकाे देखिन्छ । अन्त गठबन्धन हुदा चाैण्डिगढि र त्रियुगामा एकल लडेकाे यहाँकाे काङ्ग्रेसकाे प्रमुख पदका उम्मेद्वार  वसन्त बस्नेत रुख चिन्हमा ३०९० मतका साथ अग्रतामा छन् । गठबन्धनबाट नेकपा (एस) का बलदेव चाैधरी कलम छापमा ३०११ मतले दाेस्राे र एमालेकाे भागवत राउत सुर्य छापमा २१२६ म...
त्रिनपा २ नं. वडाध्यक्ष एमाले, सदस्य सबै काङ्ग्रेस विजयी   

त्रिनपा २ नं. वडाध्यक्ष एमाले, सदस्य सबै काङ्ग्रेस विजयी   

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । त्रियुगा नगरपालिका २ नं. वडाध्यक्षमा एमालेकाे घमानसिङ खत्री विजयि भएका छन् । वडाकाे अन्य सदस्यमा भने सबै काङ्ग्रेसका उम्केदवार विजयी बनेका छन् । १०५१ मत प्राप्त गरी खत्री वडाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनकाे निकटतम् प्रतिद्वन्द्वि काङ्ग्रेसका उम्मेद्वार टिकाराम बुढाथाेकीले ९९२ मत पाए । विजयि वडासदस्यहरुमा अर्जुनकुमार पाेखरेल, भगवानीप्रसाद चाैधरी रहेका छन् । महिला सदस्यमा छत्रकुमारी थापा राउत विजयी बनेकी छिन् भने दलित महिला सदस्यमा पम्फा बि.क. निर्वाचित भएका छन् ।...
त्रिनपा १ नं. वडामा काङ्ग्रेस प्यानल विजयी

त्रिनपा १ नं. वडामा काङ्ग्रेस प्यानल विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । त्रियुगा नगरपालिका १ नं. वडाध्यक्षमा काङ्ग्रेसकाे प्यानलसहित मनाेजकुमार चाैधरी विजयी बनेका छन् । ७६२ मतसहित चाैधरी वडाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनकाे निकटतम् प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेद्वार नारायणप्रसाद ढकालले ४८२ मत पाए । विजयि वडासदस्यहरुमा अर्जुनकुमार चाैधरी, तेजबहादुर बस्नेत रहेका छन् । महिला सदस्यमा श्यामकुमारी राई विजयी बनेकी छिन् भने दलित महिला सदस्यमा आरती सदा निर्वाचित भएका छन् ।...
त्रियुगामा काङ्ग्रेसको अग्रता कायमै

त्रियुगामा काङ्ग्रेसको अग्रता कायमै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । त्रियुगा नगरपालिकाको १६ मध्ये १ वडाको मतगणना सकिएको छ । १६ नं. वडाको मतगणना सकिएको हो । हाल वडा नं. १, २ र १५ को गणना चलिरहेको छ । वडा नं. १ को गणना अन्तिम चरणमा पुगेको जनाइएको छ । गणना सकिएको १६ नं. वडामा गठबन्धनले प्यानल नै जितेको छ । वडाध्यक्षमा मानबहादुर राईले कार्यकाल दोहोर्याउनु भएको छ । वडा नं. १६ को १४७६ मत, वडा नं. १५ को २०० मत, वडा नं. १ को १८०० मत र वडा नं. २ को १८०० मत गरी कुल ५२७६ मत गणना हुँदा काङ्ग्रेसको अग्रता रहेको छ । काङ्ग्रेसको प्रमुखको उम्मेदवार बसन्त बस्नेतको पहिलो मत १८०६ रहेका छ । दोस्रो मत गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) का बलदेव चौधरीको १६३६ मत रहेको छ भने नेकपा एमालेको तेस्रो मत १०८२ रहेको छ । उपप्रमुखमा काङ्ग्रेसकी सरिता राईको पहिलो मत १६१० रहेको छ । दोस्रो मत नेकपा एमालेकी महेश्वरी राईको १२७९ रहेको छ भने तेस्रो मत गठबन्धनबाट नेकपा (म...
अरुले बिजयी जुलुस मनाईरहँदा साम्पाङ भने फिल्डमा, बिजयीको भोलिपल्ट बाटै  काम सुरु

अरुले बिजयी जुलुस मनाईरहँदा साम्पाङ भने फिल्डमा, बिजयीको भोलिपल्ट बाटै काम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ११ धरान उपमाहानगरपालिकाका हर्क साम्पाङले बिजयी भाको भोली पल्ट देखिनै आफ्नो जिम्मेवारीलाई बहन गर्न थालेको छ । उनले अरुले बिभिन्न ठाउँमा बिजयी जुलुस मनाईरहँदा साम्पाङ भने बढी तढकभढकमा नलागी काम सुरु गरेको हो । साम्पाङले खानेपानीको मुहानमा सरसफाई गर्न निर्देशन दिएको छ भने आफैपनि फिल्डमा खटिएका छन् । खानेपानीलाई सफा र सुद्ध बनाउँदै पानीको मुहानलाई खुल्ला बनाई पानीको बहाव बढाउन साम्पाङले काम गर्न निर्देशन दिएको हो । राई आफैपनि त्यस ठाउँहरुमा गई खानेपानीको मुहानहरुको अवलोकन र सरसफाईमा लागेको हो । यस्तैगरी उनले करिब ६ महिना भित्रै धरानलाई पूर्णरुपमा सरसफाई राख्ने गरी काम सुरु गर्ने जनाए । उनले धरानको सरसफाई र फोहर व्यवस्थापनलाई ६ महिना भित्रै सकाएर देशकै सफा सहर बनाउने जनाए ।...
लिम्चुङबुङका नवनिर्वाचित मेजर राईले गरे दोस्रो कार्याकालका लागि पदवहाली

लिम्चुङबुङका नवनिर्वाचित मेजर राईले गरे दोस्रो कार्याकालका लागि पदवहाली

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ११ उदयपुरको पहाडी पालीका लिम्चुङबुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मेजर कुमार राईले दोस्रो कार्याकाल सम्हालेका छन् । राईले बुधबार कार्यालयमा पदवहाली गर्दै दोस्रो कार्याकालमा फर्केका छन् । राई ७४ सालको स्थानीय चुनावमा पनि बिजयी भएर पहिलो कार्याकाल सफलतापूर्वक सम्पन्न गरी दोस्रो कार्याकालमा फर्केको हो । पदवहाली सँगै राईले बिषेश रुपमा लिम्चुङबुङ गाउँपालिकामा शैक्षिक सुधार कार्यक्रम चरणबद्ध रुपमा लागू गर्ने प्रतिवद्धता जनाएको छ । पहिलो चरणमा गाउँपालिकाको ५ ओटा मा.वि. मा आधारभूत तहको गुणस्तरिय शिक्षा सुनिश्चितताको लागि बालविकास कक्षाहरुको भौतिक तथा शैक्षिक सुधार राईले पदवहालीको क्रममा जनाए । यस्तैगरी लिम्चुङबुङ गाउँपालिकाको सुनकोशी गडतिर क्षेत्र विकासको लागि अध्यक्ष कृषि परियोजना अन्तर्गत सुनकोशी तटीय क्षेत्रहरुमा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गरिनेछ पनि बिषेश रुपम...