Sunday, August 23News That Matters

Breaking News 1

आफ्नै बैनी करणीको आरोपमा दाजु पक्राउ

आफ्नै बैनी करणीको आरोपमा दाजु पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ७ १२ बर्षिया आफ्नै बैनीलाई करणी गरेको आरोपमा एक १९ बर्षिय दाजु पक्राउ परेको छ । बझाङ स्थित घटना बारे पिडितले आमालाई सुनाएपछि आमाले प्रहरीमा उजुरी दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएकी थिइन् । आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरीको आधारमा बझाङ प्रहरीले जनाएको छ। अभियुक्तलाई पक्राउ गरिएको छ। बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने उनलाई सुरक्षित घरमा राखिएको छ। आरोपितलाई जवरजस्ती करणीको मुद्धा दर्ता गरिएको बझाङका डिएसपी ज्ञान वहादुर बिष्टले जनाए ।...
अध्यादेश जारी पछि रेल सेवा सञ्चालनको तयारी

अध्यादेश जारी पछि रेल सेवा सञ्चालनको तयारी

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत्र ९ रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मङ्गलबार पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । रेल्वे अध्यादेश जारी भइसकेकाले अबको केही दिनभित्रै रेल सेवा उद्घाटनको मिति तय हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपम...
लिम्चुङबुङमा प्रदेश नं १ पालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार कती ?

लिम्चुङबुङमा प्रदेश नं १ पालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार कती ?

Breaking News 1, खेलकुद, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, चैत्र ९ लिम्चुङबुङ गाउँपालिकामा ठुलो राशीका साथ प्रदेश नं १ पालिका स्तरीय महिला तथा पुरुष भलिवल तथा टे«ल रेश प्रतियोगिता हुने भएको छ । लिम्चुङबुङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा नयाँ बर्ष २०७९ सालको अवसरमा उक्त प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता यहि चैत्र २५ देखी २८ गते सम्म हुने आयोजकले जनाएको छ । पालिकाको ३ नं वडा बाराहामा संञ्चालन हुने उक्त भलिवल प्रतियोगिता महिला तथा पुरुष दुवै विद्यामा हुने समितिका अध्यक्ष मनोज बुढाथोकीले जनाए । बुढाथोकीका अनुसार भलिवल खेल अन्तरगतमा महिला तथा पुरुष दुवै बिजेता टिमले नगद रु १÷१लाख सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छन् भने उपविजेता महिला–पुरुष दुवै तर्फको टिमले नगद रु ५०÷५० हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छन् यता तृतिय हुने महिला तथा पुरुष दुवै टिमले पनि २५÷२५ हजारको दरले नगद सहित ट्रफि, मेडल र ...
फोनिज केन्द्रीय माहाधिवेशनमा उदयपुरबाट दुई जना सचिव एक सदस्य

फोनिज केन्द्रीय माहाधिवेशनमा उदयपुरबाट दुई जना सचिव एक सदस्य

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ८ आदिवासी जनजाति पत्रकार माहासंघ (फोनिज) को सातौँ माहाधिवेशनमा उदयपुरका तिन पत्रकार बिजयी भएका छन् । हालै चितवनमा सम्पन्न अधिवेशनको चुनावमा उदयपुरबाट गजेन्द्र राई, विश्वराज तामाङ र यमन राई डोनेलाई निर्वाचित भएका हुन । फोनिजको पूर्व केन्द्रीय सदस्य समेत रहेका तामाङ साँतौ माहाधिवेशनमा सचिवमा निर्वाचित भएका छन् भने यमन राई डोन समावेसी सचिवमा र गजेन्द्र राई खुल्ला सदस्यमा अत्यादिक बहुमतले बिजयी भएका छन् । यस्तै लामो समय सम्म उदयपुरमा रहेर पत्रकारिता गरी हाल काठमाण्डौँमा कार्यरत रहेका प्रकाश राई पनि संस्थागत केन्द्रीय सदस्यमा चयन भएको छ । माहाधिवेशनले फोनिज केन्द्रीय अध्यक्षमा यस अघिनै नृतृत्व टुंगो लगाई सकेको छ । आईतबार देखी चितवनमा भएको फोनिजको माहाधिवेशनले गजुर्धन राईलाई अध्यक्षमा सर्वसहमत चयन गरेका थिए भने माहासचिवमा मिलन लिम्वुलाई निर्विरोध चयन गरिएका थिए ।...
पदक प्राप्त खेलाडीहरुको विवरण उपलब्ध गराईदिन खेलकुद विकास समिति उदयपुरको आग्रह

पदक प्राप्त खेलाडीहरुको विवरण उपलब्ध गराईदिन खेलकुद विकास समिति उदयपुरको आग्रह

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र ८ उदयपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीहरुको विवरण कार्यालयमा उपलब्ध गराईदिन अनुरोध गरेको छ । बिभिन्न खेलहरुमा पदक पाएका खेलाडीहरुको विवरण उपलब्ध गराईदिन उदयपुर जिल्ला खेलकुद विकास समिति कार्यालयले बिभिन्न सम्बन्धित निकायहरुलाई सूचना मार्फत आग्रह गरेको छ । कार्यालयले सम्बन्धित सरोकारवाला कार्यालय, संघ संस्था, खेल प्रशिक्षक तथा खेलाडीहरुलाई सूचना गर्दै यथा सिघ्र विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । कार्यालय प्रमुख प्रकाश राम राईको हस्ताक्षर पत्र मार्फत खेलाडी विवरण उपलब्ध गराईदिन अनुरोध सहित सूचना प्रकाशन गर्दै विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ । पत्रमा सबै खेलका राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक पाएका र राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता तथा उप–राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक पाएकाहरुको विवरण उपलब्ध गराउन अनुरोध गर...
लेटाङमा मारिएकी महिला प्रहरी जवान श्रेष्ठको गृहजिल्ला उदयपुरमा दाहसंस्कार

लेटाङमा मारिएकी महिला प्रहरी जवान श्रेष्ठको गृहजिल्ला उदयपुरमा दाहसंस्कार

Breaking News 1, समाचार
पूर्णपुष्टि (उदयपुर), चैत ८ । मोरङको लेटाङमा कर्तब्यपालनको सिलसिलामा मारिएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको गृहजिल्ला उदयपुरमा मङ्गलबार अन्तिम दाहसंस्कार भएको छ । मृतक श्रेष्ठको घरमै शब लगेर दाहसंस्कार गरिएको जिल्ला प्रहरीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । त्रियुगा नगरपालिका १६ को डिहिटार गाउँस्थित घरमै शब लगेर अन्तिम दाहसंस्कार आज भएको हो । अन्त्यष्टिको भिडियो https://youtu.be/b4qay2m3jQ4 दाह संस्कारको क्रममा मृतक प्रहरीप्रती नेपाल प्रहरीले शोक सलामी दिएको छ । प्रनाउ गौतमको नेतृत्वमा रहेको प्रहरी टोलीले शोक सलामी दिएको हो । खोटाङ जिल्ला माइती भई उदयपुर घर भएकी महिला प्रहरी जवान श्रेष्ठको मृत्युले गाउँनै शोकमा परेको छ । शोकमा परेका परिवारजन, आफन्त, छिमेकी र परसम्मका गाउँलेहरु उनको मलामीमा सहभागि बनेका थिए । घटनास्थलबाट उदयपुर ल्याइएको शब...
११० बर्षकी बृद्धालाई सम्मान गर्दै ताप्लीमा आदिवासी जनजातिको प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न

११० बर्षकी बृद्धालाई सम्मान गर्दै ताप्लीमा आदिवासी जनजातिको प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ८ नेपाल आदिवासी जनजाति माहासंघ ताप्ली गाउँपालिकाको आयोजनामा संञ्चालित आदिवासी जनजातिहरुलाई प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पालिकाको ५ ओटै वडाहरुमा चैत्र १ देखि सुरु भएको कार्यक्रम सोमवार सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा आदिवासी जनजातिहरुलाई आफ्नो हक अधिकार र स्वतन्त्रताको बारेमा सचेत गराउन प्रशिक्षणको आयोजना गरिएको नेपाल आदिवासी जनजाति माहासंघ ताप्ली गाउँपालिकाको अध्यक्ष फडिन्द्रि राईले जानकारी गराए । प्रशिक्षण सँगै ताप्ली गाउँपालिकाको ५ ओटै वडाहरुमा रहेका २९ जना जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको छ । उक्त सम्मान कार्यक्रममा पालिकाको ४ नं वडा ठानागाउँमा रहेकी ११० बर्षिया जेष्ठ नागरिक थुप्रिमाया सुनुवार सहित २९ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको अध्यक्ष राईले जनाए । आफ्नो छोराबुहारी सँगै बृद्ध भत्ता खाँदै आएकी सुनुवारलाई कार्यक्र...
तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत ८ चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म रु दुई अर्ब चार करोड राजस्व सङ्भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताउनुभयो । रु ८२ करोड ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो । आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्म एक अर्ब ६४ करोड लक्ष्य लिएकामा रु दुई अर्ब चार करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताउनुभयो । सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उहाँले बताउनुभयो । नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उहाँको जोड छ । वि.सं २०७२ को भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि नाका सजहरूपमा सञ्चालन हुनसकेको छैन । आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताउनुभयो । नेपाल आइपु...
नयाँ नेतृत्वको खोजी

नयाँ नेतृत्वको खोजी

Breaking News 1, बिचार
गोठकृष्ण ठकुरी पूर्णपुष्टि, चैत्र ७ म एक नेपाली नागरिक हुँ । म एक मतदाता हुँ । म अहिले नेतृत्व गरिरहनु भएको सम्पुर्ण दलका तमाम नेता कार्यकर्ताज्युहरुलाई धन्यवाद दिन चाहान्छु । किनकी उहाँहरुले खुनपसिना एक गरेर यो देशको उज्जल भविष्यको सपना देख्नुभयो । सफलता पुर्वक देशलाई लोकतान्त्रिक गणतन्त्रमा अवतरण गराउनु भयो । नेपाली जनतालाई आफुभन्दा पनि सुसुचित गराउनु भयो । अहिले हरेक नेपालीले नागरिकता ग्रहण गरेको छ । हरेक नेपालीले मतदाता परिचय पत्र बनाएको छ । राज्यको नितिनियम अनुसार प्रत्येक व्यक्तिले राजस्व बुझाएको छ । यो देश मेरो हो, मैले नगरे कल्ले गर्छ भन्ने भावना प्रत्येक युवा पुस्तामा जागृत भएको छ । देश भलै प्रविधिमैत्रि नहोला तर प्रत्येक युवापुस्ता आज प्रविधिमैत्रि बनिसकेको छ । युवाहरुले देशको लागि पराई भुमिमा पसिना बगाएर रेमिट्यान्स भित्राएर देशको विकासमा अहम भुमिका निर्वाह गर्नु भएको छ । ...
उदयपुरको सरस्वती खोलामा पुलको शिलन्यास, स्थानीयमा खुसीयाली

उदयपुरको सरस्वती खोलामा पुलको शिलन्यास, स्थानीयमा खुसीयाली

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत ७ । उदयपुरको त्रियुगा नगरपालिका–८ उत्तराइटोल स्थित सरस्वती खोलामा आइतबार पुलको शिलन्यास गरिएकोे छ । स्थानीहरुले सरस्वती खोलामा पुल नहुदा विगत लामो समयदेखी खेप्दैँ आएको सास्तीलाई समाधान गर्नका निम्ति पुलको शिलन्या गरिएको हो । तत्काल १ करोड बजेट रहेको पुलको शिलन्यास नगरपालिकाका मेयर बलदेव चौधरी र उप मेयर देवि कुमारी चौधरीले गर्नुभएको छ । मेयर चौधरीले अगामी वर्षनै पुल बन्ने पक्का भएपनि कोरोनाको कारणले काम गर्न नसक्दा पुल निमार्णमा ढिलाई भएको उहाँले बताउनुभयो । प्रदेश सरकारबाट ७० लाख र बाँकी त्रियुगा नगरपालिकाले बेर्होने गरी पुल निमार्ण हुने मेयर चौधरीले बताउनुभयो । उहाँले उत्तराईटोल देउरी र जलजले जोड्ने त्रियुगा नदीमा पनि मोटरेवल पुलको लागी प्रस्ताव अगाडी बढाईसकेको बताउनुभयो । यस्तै, उपमेयर चौधरीले ढिलै भएपनि यहाँको स्थानीयसंग गरेको बाचा अब पुराहुने विश्वास दिलाउनुभयो । य...