Tuesday, August 25News That Matters

Breaking News 1

नौं बर्षमै धमाका मच्चाउने ‘द भोइस किड्स नेपाल’ की प्रतिस्पर्धि को हुन् अनुजा ?

नौं बर्षमै धमाका मच्चाउने ‘द भोइस किड्स नेपाल’ की प्रतिस्पर्धि को हुन् अनुजा ?

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष ६ ‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा झापाकी अनुजा कडरिया प्रवेश गरेसँगै अहिले सबैको ध्यान खिचेको छ । सुरिलो स्वरकी धनी झापा बिर्तामोड– १ निवासी कडरियाले दश हजार आठ सय प्रतियोगीलाई पछि पार्दै भोटिङ राउण्डमा प्रवेश गरेसँगै उनको चर्चा एकाएक चुलिएको हो । आमा मञ्जु कडरियाको प्रेरणाबाट संगीत क्षेत्रमा हामफालेकी अनुजाको स्थायी घर झापाको बिर्तामोड हो । सरगम संगीतालयमा संगीत सिकिरहेकी उनी कुमार र मञ्जु कडरियाकी कान्छी छोरी हुन् । तीन वर्षको उमेरदेखि नै गायन क्षेत्रमा रुची राख्दै स्टेज पर्फमेन्स् दिन शुरु गरेकी अनुजा बिर्तामोडस्थित निदि माविमा कक्षा ४मा अध्ययरत् छिन् । झापा प्याब्सनले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा गायन क्षेत्रमा प्रथम स्थान हासिल गर्दै चर्चा बटुलेकी अनुजाले ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी हुँदै दमदार प्रस्तुति दिएकै कारण धमाका मच्चाएकी हुन् । भ...
बाली पशुपन्छी तथा जनवारको बिमा क्षती मुल्याङकन सम्बन्धि ३ दिने तालिम सम्पन्न

बाली पशुपन्छी तथा जनवारको बिमा क्षती मुल्याङकन सम्बन्धि ३ दिने तालिम सम्पन्न

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष ५ उदयपुर गाईघाटमा लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीको आयोजनामा भएको बिमा क्षती मुल्याङकन कर्ता सम्बन्धि ३ दिने तालिम सोमवार सम्पन्न भएको छ । तालिममा पशुपन्छी, बाली तथा जनवारहरुको बिमा बापतको क्षती बिवरणको सत्यतथ्य पत्ता लगाई कृषकहरुलाई क्षतीपुर्ति दिने सम्बन्धबारे सिकाईएको लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीका उदयपुर शाखा प्रमुख सुदिप चौधरीले बताए । चौधीले हाल २० ओटा बिमा कम्पनीहरुलाई नेपाल सरकारले एरिया तोकेरै बिमाको जिम्मा दिएको बताउँदै उदयपुर खोटाङ र भोजपुरमा लुम्विनी जनरल इन्स्योरेन्सको बिमा कार्यक्षेत्र रहेको जनाए । कम्पनीमा रहेका केहि अभिकर्ता र जिल्लामा रहेका थप नयाँ अपभकर्ताहरुलाई तालिम दिईएको छ । बिभिन्न प्राकृतिक प्रकोप तथा रोग जस्ता समस्याले कृषि बाली, पशुपन्छ तथा जनवारहरुमा क्षती पुग्ने हुँदा कृषकहरु ठुलो मारमा पर्ने गरेको छ । सोही क्षती बापतको रकप उपलब्...
१३ गतेदेखि ८ जिल्लामा बालबालिकालाई फाइजर खोप लगाईने

१३ गतेदेखि ८ जिल्लामा बालबालिकालाई फाइजर खोप लगाईने

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष ५ १३ गतेदेखि आठ जिल्लामा बालबालिकाहरुलाई फाइजर खोप लगाउन सुरु गरिने छ । सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो । मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप सञ्चालन हुनेछ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने पछि मिति तोकिनेछ । पहिलो डोज फाइजर खोप लगाएकाहरुलाई माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्राको खोप दिइने मन्त्रालयले जनाएको छ । यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई २० जिल्ला...
प्रभातफेरी र्याली सहित गाईघाटमा ट्राफिक सप्ताहको बिधिगत उद्घाटन

प्रभातफेरी र्याली सहित गाईघाटमा ट्राफिक सप्ताहको बिधिगत उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ४ उदयपुर गाईघाटमा प्रभातफेरी र्याली सहित ट्राफिक सप्ताहको बिधिगत उद्घाटन भएको छ । सप्ताह कार्यक्रम प्रदेश न १ भरि आजकै दिन एकै समयमा उद्घाटन गरिएको छ । सप्ताह भरी उदयपुरमा पनि बिभिन्न कार्यक्रमहरुको आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय १ नं प्रदेशको आयोजनामा प्रदेशभरी रहेको १४ ओटै जिल्लाहरुमा सप्ताह कार्यक्रमको आयोजना गरिएको छ । ट्राफिक नियमको पालना सँगै दुर्घटना न्युनिकरण गर्ने उदेश्यले कार्यक्रमको अयोजना गरिएको आयोजक प्रदेश कार्यालयले जनाएको छ । सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्युनिकरण गरौँ” भन्ने नराका साथ कार्यक्रम सुरु भएको हो । सुरक्षित यात्राका लागि दुइपांग्रे सवारीलाई विषेश ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यलय उदयपुरका साहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले चालकलाई हेलमेट लगाईदिएर त्रियुगा बसपार्कम...
उदयपुरमा लागुऔषाधको फरार प्रतिवादी राई पक्राउ

उदयपुरमा लागुऔषाधको फरार प्रतिवादी राई पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ३ उदयपुरमा लागुऔषाधमा संलग्न रहि फरार रहेको प्रतिवादी एक जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बेलका नगरपालिका घर भएका कृष्णबहादुर राईलाई उदयपुर प्रहरीले पक्राउ गरेको हो । राईलाई लागूऔषधमा १ वर्ष ६ महिना र १० हजार जरिवानाको जिल्ला अदालत उदयपुरले फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार जिल्ला अदालतबाट कैद तथा आर्थिक जरिवाना फैसला सुनाईएका उनलाई विशेष अभियानअन्तर्गत समातिएको हो । ला गु औ षध तथा पुराना मुद्धाका फरारहरुमाथि केन्द्रीत रहेको उदयपुर प्रहरीले पछिल्लो समय लामो समयदेखि भा ग्दै आएका संलग्नहरु नियन्त्रणमा लिने अभियान सञ्चालन गरेको छ । पक्राउ परेका राईलाई सजाय भुक्तानीको लागि जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।...
बिज्ञापन बोर्डका अध्यक्ष हुमागाई र उदयपुरका पत्रकारहरु बिच गाईघाटमा भेटघाट तथा छलफल

बिज्ञापन बोर्डका अध्यक्ष हुमागाई र उदयपुरका पत्रकारहरु बिच गाईघाटमा भेटघाट तथा छलफल

Breaking News 1, आर्थिक, संसार
पूर्णपुष्टि, पुष ३ नेपाल सरकार बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई र उदयपुरका पत्रकारहरु बिच शनिवार गाईघाटमा भेटघाट तथा छलफल कार्यक्रम भएको छ । बिभिन्न जिल्लाहरुमा बोर्डले गरेको काम कार्वाही प्रति हुलाक कार्यालय तथा पत्रकारहरु सँग प्रतिक्रिया लिने क्रममा खोटाङ हुँदै उदयपुर आईपुगेका हुमागाईले जिल्ला हुलाक कार्यालयमा पत्रकारहरु बिच आफ्नो धारणा राख्दै भेटघाट तथा छलफल गरेको छ । हुमागाईले पछिल्लो समय बोर्ड स्थापना पश्चात बिज्ञापन सम्बन्धि निति नियमहरुको कामलाई व्यवस्थित गरेको जनाएको छ । बोर्ड आएपछि पत्रकारहरुलाई सहज भयो भएन सहजीकरणको लागि के गर्न सकिन्छ जस्तो प्रश्नहरु लिएर अध्यक्ष हुमागाई बिभिन्न जिल्लाहरुमा गुमिरहेको छ । हुमागाईले बोर्डले हाल सम्म बिज्ञापनको व्यवस्था, बिज्ञापन बजार बढाउने व्यवस्था, बिधुतिय माध्यमहरुको भुक्तानि सम्बन्धि प्रक्रिया सुरु, सरकारको बिज्ञापन एकद्ध्वा...
कर्तब्य गरी ज्यान मारेको आरोपमा लिम्वु पक्राउ

कर्तब्य गरी ज्यान मारेको आरोपमा लिम्वु पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ३ धारिलो हरियार प्रयोग गरी कर्तव्य गरी ज्यान मार्ने १ जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका(१ का २० बर्षिय अर्जुन लिम्बु रहेका छन । लिम्वुले मंसिर २९ गते दमक नगरपालिका(६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक(२ का २५ बर्षिय तेज प्रकाश पराजुलीलाई धराबाट पानी लिएर पसलतर्फ फर्कने क्रममा धारिलो हतियारले काटेको आरोप छ । रक्ताम्मे अवस्थामा पसल धनी सन्तोष पौडेलले फेला पारी उपचारको लागी बि।एण्ड।सि। अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । दमक(१ का २० बर्षिय अर्जुन लिम्बुलाई पौष १ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानको क्रममा पुर्व रिसईविको कारण घट्ना घटाएको, घटनामा प्रयोग भएका दशीका सामानहरु निजले आफ्नो भनि साबिति दिएको हो । प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ १ थान, झोला, कालो रंगको जुत्...
बिबिध कार्यक्रमहरु सहित भोलीबाट उदयपुरमा ट्राफिक सप्ताह गरिँदै

बिबिध कार्यक्रमहरु सहित भोलीबाट उदयपुरमा ट्राफिक सप्ताह गरिँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ३ उदयपुरमा पनि ट्राफिक सप्ताह कार्यक्रम भव्य गरिने भएको छ । ट्राफिक नियमको पालना सँगै दुर्घटना न्युनिकरण गर्ने उदेश्यले यहि पुष ४ गते अर्थात (भोली) बाट सप्ताह सुरु गरिने जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । सप्ताह प्रदेश नं १ अन्तरर्गत १४ ओटै जिल्लाहरुमा गरिने भएको छ । प्रदेश नं १ का मोरङ लगायतका १३ जिल्लामा मेयर तथा जिल्ला प्रमुख अधिकारीको उपस्थितिमा र उदयपुरमा भने जिल्ला प्रमुख अधिकारी बिरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज लिला कुमार श्रेष्ठले जानकारी दिनुभयो । इन्चार्ज श्रेष्ठले भोलीको लागि जिल्लामा भव्य तयारी भईरहेको समेत बताउनुभयो । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि प्रदेश १ भरि उदयपुर सहित १४ ओटै जिल्लाहरुमा आईतबार देखी एकै साथ एकै समयमा हुने कार्यक्रम सुरु गरिने १ नं प्रदेश ट्रा...
व्यवसायीहरुको हकहितकै लागि अहिले सम्म लडिरहेका छौँ : कार्यवाहक अध्यक्ष रसाईली

व्यवसायीहरुको हकहितकै लागि अहिले सम्म लडिरहेका छौँ : कार्यवाहक अध्यक्ष रसाईली

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २ त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले हाल सम्म बहुमतको कार्यसमितिले त्रियुगा नगर क्षेत्रमा रहेका सम्पूर्ण व्यापारी व्यवसायीहरुकै  अधिकारको निम्ति लडिरहेको जनाएको छ । बहुमतको समिति तथा संघका कार्यबाहक अध्यक्ष रमेश रसाईली सहितको टोलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले गरिरहेको जति पनि कार्यहरु व्यवसायीहरुकै हक हितमा रहेको जनाएको छ । सम्मेलनमा अध्यक्ष रसाईलीले बहुमतको समिति पश्चात समितिले गरेको बिभिन्न कार्यहरु बिज्ञाप्ती मार्फत प्रस्तु गर्दै  संघलाई क्रियाशिल बनाउँन  चुस्त दुरुस्तका साथ व्यापारी व्यवसायीहरुकै कामहरु गरिरहेको जनाएको छ । सम्मेलनमा बहुमतको समितिले पूर्व अध्यक्ष भगतको कार्यकालमा संघलाई लथालिङगै बनाउने हिसावले नेतृत्व गरिरहेको र तिन बर्षको कार्यकाललाई बिभिन्न बाहानामा लम्वाई ५ बर्ष बितिसक्दा समेत बिधि विद्यान अनुरुप नचलेको आरोप लगाएको छ । भगतले ५ बर्ष सम...
त्रियुगाको १६ वटै वडामा च्याउको विउ वितरण

त्रियुगाको १६ वटै वडामा च्याउको विउ वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २ उदयपुरको त्रियुगा नगरपालिकाका १६ वटै वडाका कृषकहरुलाई च्याउको विउ वितरण गरिएको छ । त्रियुगा नगरपालिका कृषि विकास शाखाले नगरका १६ वटै वडामा ९६ जना च्याउ खेती गर्ने कृषकहरुको पहिचान गरि विउ वितरण गरेको हो । त्रियुगा नगरपालिकाले चालु आ.व.२०७८÷०७९ मा च्याउ खेती प्रविधि विस्तार कार्यक्रम लागू गरेपछि च्याउ उत्पादनमा आत्मनिर्भर बन्ने भएको छ । च्याउ खेती प्रविधि विस्तार कार्यक्रमबाट विनियोजित तीन लाख लागतबाट कन्य जातको ५३ सय पोका च्याउको वीउ र आवश्यक च्याउ पोका बनाउने प्लाष्टिक कृषकलाई वितरण गरिएको कृषि विकास शाखा प्रमुख माधव राउतले जानकारी दिनुभयो । प्रमुख राउतका अनुसार च्याउ खेती व्यवसाय शुरु गर्ने नयाँ कृषकलाई ५० पोका र च्याउ खेती व्यवसाय पहिले देखि गर्दै आएकालाई पुराना कृषकहरुलाई १ सय ५० पोका सम्म वितरण गरिएको छ । ‘वडा कार्यालयको सिफारिसमा वडा कार्यालयले च्याउ खेती व्यव...