Tuesday, August 25News That Matters

Breaking News 1

चौदण्डीका नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुबाट आफ्नो तलब कटाएर मृगौला पिडित निशानलाई सहयोग

चौदण्डीका नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुबाट आफ्नो तलब कटाएर मृगौला पिडित निशानलाई सहयोग

Breaking News 1, आर्थिक, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष ९ चौदण्डी नगरपालिकाका मेयर, उपमेयर तथा कर्मचारीहरुले मृगौला पिडित निशानलाई आफ्नो तलब कटाएर उपचार खर्च सहयोग गरेको छ । चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई, उपमेयर रिता कुमारी चौधरी, प्रशासकीय अधिकृत धुर्वराज आचार्य लगायत कर्मचारी तथा जनप्रतिनिधिले मृगौलाले थलिएको निशानलाई उपचार खर्च सहयोग गरेको हो । चौदण्डीगढी नगरपालिकाकाका कर्मचारी तथा जनप्रतिनिधिहरुबाट ३७ हजार भन्दा बढी आर्थिक सहयोग जुटाएर बिराट नर्सिङ अस्पतालमा उपचार सहयोग खर्च पठाएको बिरामी निशानको बुबा जिवन राईले बताए । राईले सहयोगी सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद दिँदै अन्य क्षेत्रहरुबाट पनि थप सहयोगको अपेक्षा गरेको जनाए । उनिहरुले आफ्नो महिनावारी बापतको तलब कटाएर उपचार खर्च सहयोग गरेको जनएको छ ।...
उदयपुरका शिक्षक र कर्मचारीसहित २३ जनाको सक्रियता राजनीतिमा, कारवाहीको माग गर्दै उजुरी पर्यो

उदयपुरका शिक्षक र कर्मचारीसहित २३ जनाको सक्रियता राजनीतिमा, कारवाहीको माग गर्दै उजुरी पर्यो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष ८ उदयपुरका शिक्षक र कर्मचारीको सक्रियता राजनीतिमा रहेको उजुरी परेको छ । १८ शिक्षक र पाँच जना कर्मचारी गरी २३ जना विरुद्ध उजुरी परेको हो । सक्रिय राजनीति गर्नेमा सरकारी विद्यालयका हेडमास्टरदेखि राहत शिक्षकसम्म रहेका छन् । उजुरीमा परेका शिक्षकहरु मध्ये दुई हेडमास्टरहरु मुख्य पदमा निर्वाचित छन् भने अन्य प्रदेश तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यमा निर्वाचित भएका छन् । उदयपुरगढी गाउँपालिका अन्तर्गत माध्यामिक विद्यालय जलकेनीका प्रधानाध्यापक खेसबहादुर मगर नेपाली कांग्रेसको उदयपुर निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश क को सभापतिमा निर्वाचित भएका छन् । त्रियुगा नगरपालिका अन्तर्गत आधारभुत विद्यालय असारीका प्रधानाध्यापक केशब घिमिरे त्रियुगा नगर कमिटिको अध्यक्षमा निर्वाचित भएका छन् । मावि जलकेनीका प्रअ मगरले राजीनामा दिइसकेका छन् भने घिमिरेले अझै दिएका छैनन् । लिम्चुङबु...
१६ नं वडाका युवाहरुलाई व्यवासायी भैँसी पालन र कृषिमा सफलता

१६ नं वडाका युवाहरुलाई व्यवासायी भैँसी पालन र कृषिमा सफलता

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ७ त्रियुगा नगरपालिका वडा नं १६ मा केहि युवाहरु आफ्नै ठाउँमा आत्मनिर्भरको उदाहरणीय पात्र बन्दै गएको छ । उनिहरु बैदेशिक रोजगार बाट फर्केर आफ्नै ठाउँको उर्बरा माटो र प्राकृतिक स्रोत साधनका बिच पशुपालन बाट आत्मनिर्भर बन्दै गएको हो । गत बर्ष मात्रै १६ नं वडाले बैदेशिक रोजगार बाट फर्केका युवाहरुलाई स्वदेशमै केहि गराउने र रोजगारको बाटो देखाउने उदेश्यले व्यवसायीकरणको लागि भैँसी बितरण गरेका थिए । सोही भैँसी तथा कृष उपजहरु प्रयोग तथा प्रयासले वडाका २ युवाहरु सफलताको पहिलो उदाहरणीय पात्रको रुपमा अगाडी बढीरहेको छ । वडा स्थित सुकौराका स्थानीय युवा युवक कुमार राई र अर्का युवा आहालेका दल बहादुर मगर वडाले उपलब्ध गराएको साधन बाट नमुना आत्मानिर्भरको युवाको परिचय दिँदैछन् । उनिहरुले वडाले उपलब्ध गराएको भैँसी र कृष उपजहरुको सहि सदुपयोग र संघर्ष गर्दै आफ्नै देशमा आत्मानिर्भरो बाटोलाई अ...
नेकपा माओवादी केन्द्र १ नं. प्रदेशमा मिक्सो अध्यक्ष

नेकपा माओवादी केन्द्र १ नं. प्रदेशमा मिक्सो अध्यक्ष

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुस ८ । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटिको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचत भएका छन् । उनले निर्वाचन प्रक्रियाबाट अध्यक्षमा विजय हाँसिल गरेका हुन् । हिजो नौ पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० मत खसेको थियो । जसमा विजयी मिक्सोले १६९ मत प्राप्त गरे । उनका प्रत्याशी मुक्साहाङ मेन्याङ्वोले ६४ मत ल्याए । अध्यक्षमा ७ मत बदर भएको थियो । तीन जना उपाध्यक्षहरुमा मणीकुमार साम्पाङ, देवान चामलिङ र शिवकुमार डाँगी विजयी भएका छन् । सचिवमा गणेश उप्रेती (सुशिल) विजयी भएका छन् । तीन सहसचिवहरुमा कुमारी राई, सागर किराँती, ऋषीराम ढुंगाना विजय भएका छन् भने कोषाध्यक्षमा रेवतराज पुरी विजयी भएका छन् ।...
उदयपुरमा महिला सुरक्षावासको अवस्था, चुनौती तथा दिगोपनाको लागि पत्रकारको भूमिका विषयमा अन्तरक्रिया

उदयपुरमा महिला सुरक्षावासको अवस्था, चुनौती तथा दिगोपनाको लागि पत्रकारको भूमिका विषयमा अन्तरक्रिया

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ७ उदयपुरको सुरक्षावासको अवस्था र व्यवस्थापन बारे महिला पुनस्थापना केन्द्र (ओरेक) ले पत्रकारहरुबीच अन्तरक्रिया तथा छलफल गरेको छ । ओरेकको आयोजना तथा पत्रकार महासंघ उदयपुरको समन्वयमा बुधबार सुरक्षावासको अवस्था, चुनौती तथा दिगोपनाको लागि पत्रकारको भूमिका विषयमा अन्तरक्रिया तथा छलफल भएको हो । अन्तरक्रिया कार्याक्रममा ओरेक उदयपुरको संयोजक पम्फा पुरीले जिल्लामा हिंसा प्रभावित महिलाको अवस्था तथा सुरक्षावासको विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँका अनुसार हिंसा प्रभावित महिलाहरुलाई समुदायमा पुन स्थापित गर्न सुरक्षावास तथा मनोविमर्सकर्ताको ठूलो भूमिका रहेको बताउनुभयो । संयोजक पुरीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा २ सय ५७ जना हिंसा प्रभावित महिलाहरु रहेका छन् । जसमध्ये ७८ जनाले सुरक्षावासको सेवा लिएका छन् । जिल्लाको चार पालिका त्रियुगा, बेल...
बेल्टारका मृगौला पिडित निसानलाई अमेरीका बस्ने नेपालीहरुको आर्थिक सहयोग

बेल्टारका मृगौला पिडित निसानलाई अमेरीका बस्ने नेपालीहरुको आर्थिक सहयोग

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष ७ उदयपुर बेल्टारका पत्रकार जिवन राईका मृगौला पिडित १९ बर्षिय छोरा सिभिल डिप्लोमा अध्यान गर्दै गरेका विद्यार्थी निसान राईका लागि बिज्ञान पराजुलीको पहलमा आर्थिक सहयोग जुटेको छ । पराजुलीको पहलमा राईलाई अमेरीका बाट २१ हजार बढी आर्थिक सहयोग जुटेको हो । अमेरीकामा रहेका आफ्नो नेपाली साथीहरु काठमाण्डौँका बिष्णु गरिले ३१ डलर, पोखराका किसा थापाले ३० डलर, बुटवलको राजकाजी कालीकोटेले ५० डलर र उदयपुरका हस्त श्रेष्ठले ७० डलर गरी २१ हजार ७ सय सहयोग गरेको छ । उनिहरु हाल सबै जना अमेरिका बसोबास गर्ने नेपालीहरु हुन् । पत्रकार समेत रहेका पराजुलीले पनि १ हजार सहयोग गरेको छ । उनि हाल काठमाण्डौँमा बसोवास गर्दै आईरहेका छन् । निसान बचाउन आफ्नो तर्फ बाट साथिहरुलाई सहयोग मागी बिरामी सम्म सहयोग पुराउने कोशिस गरेको पराजुलीले बताए । उनले अमेरिकामा रहेको आफ्नो साथिहरुलाई सहयोग मागी रकम जुटाएर बिरा...
जबरजस्ती करणी गरेको आरोपमा त्रिनपा १२ का ७० बर्षिय खत्री पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा त्रिनपा १२ का ७० बर्षिय खत्री पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ७ जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक बृद्धलाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका १२ की २५ बर्षिय (नाम परिवर्तित) कालिमाया लाई सोही ठाउँ बस्ने ७० बर्षिय गणेश खत्री भनिने जय बहादुर खत्रीलाई प्रहरीले जवरजस्ती करणीको उजुरीको आधारमा पक्राउ गरेको हो । पुष ५ गते आफुलाई करणी भएको भन्दै दिएको निवेदनको आधारमा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेद प्रसाद गौतमले जानकारी दिए । उनलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि छानविन गर्न र सम्मानित अदालतमा बुझाउन ५ दिनको म्याद थपि अनुसन्धान भईरहेको पनि डिएसपी गौतमले जानकारी दिए ।...
विपद् पूर्व तयारी, प्रतिकार्य तथा सुरक्षा सम्बन्धि गाईघाटमा २ दिने गाष्ठी सुरु

विपद् पूर्व तयारी, प्रतिकार्य तथा सुरक्षा सम्बन्धि गाईघाटमा २ दिने गाष्ठी सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ६ प्राकृतिक विपदको पूर्व तयारी, प्रतिकार्य तथा सुरक्षा सम्बन्धि उदयपुरमा २ दिवसीय कार्याशाला गोष्ठी मंगलबार बाट सुरु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा बिभिन्न सरोकारवाला निकाय, संघसंस्था, सुरक्षाकर्मी, तथा सम्बन्धित सबै क्षेत्रहरुको सहभागीमा गोष्ठी सुरु भएको हो । कार्यक्रममा जिल्लाका सबै पालिकाहरुको जनप्रतिनिधि प्रमुख तथा प्रशाशकियहरुलाई निमन्त्रणा गरिएका थिए । जिल्लामा प्रकृतिक विपद्ले असर पार्न सक्ने सम्भावित स्थान तथा पालिकाहरुबारे छलफल गर्दै त्यस्ता ठाउँहरुमा कसरी सुरक्षित अपनाउने भन्ने बिषयमा छलफल भएको छ । विपद्को पूर्वतयारी बार संघसंस्थाले गर्ने सिमुलेसन लगायतको कामहरु पनि कार्यक्रममा प्रस्तुत गरिएको छ । यस्तै पूर्वतयारीका लागि आ–आफ्नो भुमिका निर्वाह गर्न पालिकाका कर्मचारी तथा जनप्रतिनिधि, संघसस्थाका प्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी सबैको भुमिका ...
उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमता वृद्धी, चालु आर्थिक वर्षयताकै सबैभन्दा बढी उत्पादन

उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमता वृद्धी, चालु आर्थिक वर्षयताकै सबैभन्दा बढी उत्पादन

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष ६ उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमताममा वृद्धी भएसंगै यो चालु आर्थिक वर्षयताकै सबैभन्दा बढी उत्पादन गर्न सफल भएको छ । सरकारी स्वमित्वको देशको एकमात्र ठूलो उदयपुर सिमेन्ट उद्योगले मंसिरमा १५ सय १० मेट्रिक टन क्लिङ्कर उत्पादन गरेको हो । यो उत्पादन चालु आर्थिक वर्षयताको सबैभन्दा बढि रहेको उद्योगका महाप्रवन्धक गोपी न्यौपानेले बताउनुभयो । आ.व.को पहिलो महिना साउनमा ९ हजार ५, भाद्रमा १२ हजार १०, असोजमा ६ हजार ४२०, कार्तिकमा १० हजार १० मेट्रिन टन उत्पादन देखिन्छ । उद्योगले असोजबाहेक सबै महिनामा लक्ष्यबढी क्लिङ्कर उत्पादन दिएको छ । गुणस्तरीय र ठूलो मात्रामा क्लिङ्कर उत्पादन गर्नु उद्योगको मुख्य लक्ष्य हो । क्लिङ्कर उत्पादन बृद्धिसंगै सिमेन्ट उत्पादन र विक्रीमा पनि मंसिरमा अहिलेसम्मकै रेकर्ड ब्रेक भएको छ । उद्योगको रेकर्ड अनुसार मंसिरमा १० हजार ५३४ मेट्रिक टन सिमेन्ट उत्पादन भ...
हुरेण्डेक उदयपुरको अधिवेशन सम्पन्न

हुरेण्डेक उदयपुरको अधिवेशन सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ६ सामाजिक अभियानको क्षेत्रमा जिल्लाकै अव्वल संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले संस्थाका गतिविधीलाई थप मजवुद र व्यवस्थित बनाउन कार्यविभाजन गरेको छ । संस्थाको १० औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले विद्यान कार्यान्वयन गर्नेक्रममा १० वटा समिति निर्माण गरी संस्थाका गतिविधीलाई अघि बढाउने तयारी गरेको हो । कार्यसमितिका सदस्यहरु कार्यक्रम प्रति मात्र जवाफदेही हुने र अन्य गतिविधीमा सम्लग्न नरहने समस्या देखिएपछि संस्थाले कार्यविभाजन नै गरी सबै सदस्यलाई जिम्वेवारी दिएको हो । दिएको जिम्वेवारी अनुसार मासिक बैठकमा प्रगति विवरण खोजिने अध्यक्ष शंकरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार जिम्वेवारी निर्वाहका लागि सम्बन्धित समितिले आवश्यक योजना बनाउने, परामर्श गर्ने, आर्थिक स्रोत जुटाउने र संस्थालाई पारदर्शिता र जवाफदेहि बनाउन महत्वपूर्ण भुमिका...