अलपत्रको नाटक गरी मोवाईल चोरीको बिगबिगि, सावधान हुन प्रहरीको अनुरोध
पूर्णपुष्टि, पुष १२
सुर्खेतमा अलपत्रको नाटक गरी मोवाईल चोरी गर्ने गिरोहहरु बिगबिगि रहेको प्रहरीले जनाएको छ । बिभिन्न नयाँ बिधि बाट झुक्याएर मोवाई लिएर फरार हुने गिरोहहरु बिगबिगि रहेको सुर्खेत प्रहरीको भानाई छ । मोवाईल धनिलाई अचम्म गरी झुक्याएर आफु अलपत्र परेको नाटक गर्दै मोवाईल लिएर गिरोह फरार भएको प्रहरीले जनाए ।
पछिल्लो समय सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा मोबाइल चोर्ने र लुट्नेहरूको विगविगी रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार दुई साताभित्र ८ वटा मोवाइल चोरीका उजुरी दर्ता भएका छन् । सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पछिल्लो समय वीरेन्द्रनगरमा ‘समस्यामा परे, एकछिन फोन गर्छु भन्दै मोबाइल माग्ने, र भाग्ने’ गरेको पाइएको बताए ।
गत शुक्रबार बेलुका ७ बजेतिर पातारासी–२, जुम्लाको हिक्मत नेपाली वीरेन्द्रगरको कालुङचोकमा उभिएका थिए । त्यसैबेला दुईजना युवा सवार मोटरसाइल ...









