Tuesday, August 25News That Matters

Breaking News 1

साधारणसभा रोक्न अल्पकालिन अन्तरिम आदेश

साधारणसभा रोक्न अल्पकालिन अन्तरिम आदेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुस २ गते । पुस ३ गते हुने भनिएको त्रियुगा उद्योग वाणिज्य संघको साधारण सभा रोक्न अदालतबाट आन्तरिम आदेश जारी भएको छ । उच्च अदालत विराटनगरबाट अल्पकालिन अन्तरिम आदेश जारी गर्दै साधारणसभा रोक्न भनेको हो । चुडामणी कार्कीको निवेदनमा उच्च अदालतले पुस १ गते अन्तरिम आदेश जारी गरेको हो । हाल संघमा दुई पक्षबीच वाद विवाद देखिएको छ । एक समुहले अर्को समुह विरुद्ध अदालत जाने र क्रियाकलाप गर्नबाट रोकछेक गर्ने प्रतिष्पर्धा चलिरहेको छ । यसै क्रममा हाल स्वतन्त्र समुह भनिएको टिमको नेतृत्व गर्दै कार्की साधारणसभा रोक्न अदालत पुगेका हुन् । दुवै पक्षलाई छलफलमा राखेर निष्कर्षमा पुग्न उपयुक्त देखिएको भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशलाई सम्मान गर्दै साधारण सभा रोक्ने जनाएको छ । संघका अध्यक्ष गजेन्द्र भगतले पाँचवर्षसम्म पनि एउटासम्म साधारण सभा नगराएपछि बरिष्ट उपाध्यक्ष रमेश...
राजधानी भन्दा बाहिर विराटनगरमा पहिलो पटक आदिवासी चलचित्र महोत्सव हुने

राजधानी भन्दा बाहिर विराटनगरमा पहिलो पटक आदिवासी चलचित्र महोत्सव हुने

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष २ राजधानी भन्दा बाहिर विराटनगरमा पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । विराटनगरमा आगामी पुष ९ र १० गते सो महोत्सव हुन लागेको हो । २ दिनसम्म चल्ने महोत्सव अन्र्तगत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन हुने कार्यक्रम छ । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि सो बिषयमा जानकारी गराएको छ । आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रबर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले बताए । महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भ...
चिसो छल्न बालेको आगो पसलमा सल्किदा ७० लाख बराबरको क्षति

चिसो छल्न बालेको आगो पसलमा सल्किदा ७० लाख बराबरको क्षति

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २ चिसो छल्न बालेको आगो पसलमा सल्किदा ७० लाख बराबरको क्षति भएको छ । रुपन्देहीको लम्बिनीमा आगलागी हँदा १२ वटा पसल जलेर नष्ट हुँदा ७० लाख बराबरको क्षति भएको हो । गएराति आगो लाग्दा १२ वटा पर्यटक लक्षित पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार पसलमा रहेका माला, मूर्ति, हस्तकलालगायतका सामान जलेर पूर्णरुपमा नष्ट भएको छ ।...
मेरो दावी पहिलेदेखि कै हो : मिक्सो

मेरो दावी पहिलेदेखि कै हो : मिक्सो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २९ । नेकपा माओवादी केन्द्रको प्रदेश अध्यक्षका दावेदार हर्क नेम्वाङ (मिक्सो) ले आप्mनो दावेदारी प्रदेश अधिवेशन अगावैदेखि रहेको बताएका छन् । उनले जनयुद्धकालदेखि नै विभिन्न जिल्लामा युद्ध तथा पार्टीको नेतृत्व गर्दै १ नं. प्रदेशमा विभिन्न कालखण्डमा सफल नेतृत्व गरिसकेकोले अहिले पार्टीको १ नं. प्रदेश नेतृत्वमा दावी रहेको बताए । “यो दावी अहिले आएर गरेको हैन” उनले भने “सुरुदेखि कै मेरो दावेदारी हो ।” अहिले पार्टीले लिएको केन्द्रिय निति, विचारलाई कार्यान्वयन तथा लागू गर्न आफु सक्षम रहेको दावीसहित नेतृत्वको दावी गरेको उनले बताए । उनको माओवादी पृष्ठभुमी हेर्दा जनयुद्धताका जनमुक्ती सेनाको कम्पनी भिसीसम्मको जिम्मेवारी सम्हालेका थिए । मिक्सो ०५९ सालमा रुम्जाटारमा लडाइको क्रममा सक्त घाइते भएका थिए । करिब चारवर्षे जनमुक्ती सेनाकालमा करिब १५ वटा ठूला युद्धको सफल नेतृत्व गरेका थिए । ...
नेकपा माओवादी केन्द्रको १ नं. प्रदेश अध्यक्षमा खत्रीको बलियो दावी

नेकपा माओवादी केन्द्रको १ नं. प्रदेश अध्यक्षमा खत्रीको बलियो दावी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २९ । नेकपा माओवादी केन्द्रका प्रदेश नेता मोहनबहादुर खत्रीले १ नं. प्रदेशको अध्यक्षमा दावी गरेका छन् । प्रदेशको सिनियर क्याडरको हैसियतले अध्यक्षमा दावी रहेको खत्रीेले बताएका छन् । “हामीले दावी किन नगर्ने ?” उनले भनेका छन् “जनयुद्धको प्रारम्भदेखी पूर्णकालिन भएर इतिहासले दिएको जिम्मेवारी सफलतापूर्वक पुरा गर्दै यहाँसम्म आएको छु ।” पार्टीका तीन केन्द्रिय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले अध्यक्षको दावी छाडेपछि खत्री प्रदेश अध्यक्षको बलियो दावेदारीमा देखिएका हुन् । खत्रीले नेतृत्व गर्ने जिम्मेवारी दिन आव्हान गर्दै प्रदेश पार्टीलाई विचार र संगठन दुवै दृष्टिकोणबाट नेतृत्व प्रदान गर्ने बताएका छन् । पार्टीको प्रदेश सदस्य खत्री, निरन्तर पार्टीको अग्रमोर्चामा रहेर काम गर्नेमा पर्दछन् । संविधानसभा सदस्यसमेत रहेका खत्रीले विगतमा केन्द्रिय जिम्म...
उदयपुर–खोटाङ जोड्न ७८ लाख लागतमा यो बर्षको लागि बेलिबृज जडान

उदयपुर–खोटाङ जोड्न ७८ लाख लागतमा यो बर्षको लागि बेलिबृज जडान

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १ उदयपुर– खोटाङलाई जोड्ने बेलिबृज पूनः सुनकोसी नदिमा राखिएको छ । दिगो समयसम्मको लागि समयमै पक्की पुल बन्न नसक्दा बर्षेनी स्थायी रुपमा गाईघाट – दिक्तेल सडक योजनाले बेलिबृज पुल निर्माण गर्दै आईरहेको छ । यो पुलको अबधि हिउँद सम्म मात्रै हो । बर्खामा कोशीको बहाव बढे सँगै यसको आयु सकिन्छ । यो बर्षको लागि करिब ७८ लाख बजेटमा बेलिबृज निर्माण गरी उदयपुर–खोटाङ आवतजावत सहज गरिएको गाईघाट–दिक्तेल सडक योजना कार्यलयका प्रमुख गोपाल प्रसाद खकुरेलले जानकारी दिनुभयो । रेग्मी निर्माण सेवा गाईघाटले लिएको ठेक्काको काम मंसिर २९ गते सकिएर पुललाई भने पुष १ गते बाट संञ्चालन गरिने कार्यालयले जनाएको छ । गाईघाट देखि खोटाङको सदरमुकाम दिक्तेललाई सिधै जोड्नो सो पुल सुनकोशीमा यो सँगै आठौँ पटक लागि सकेको पनि प्रमुख खकुरेलले बताउनुभयो । उहाँले पक्की पुल निर्माणमा ढिलाई तथा बिभिन्न समस्याका कारण...
माओवादी केन्द्र प्रदेश नं १ ः पदाधिकारी टुंगो लगाउन नसकेपछि कार्यदल गठन

माओवादी केन्द्र प्रदेश नं १ ः पदाधिकारी टुंगो लगाउन नसकेपछि कार्यदल गठन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष, १ विराटनगरमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफुहरु ‘ब्याक’ हटेको बताएका थिए । तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन् । दाबी गर्नेको संख्या अझै बढ्नसक्ने देखिएको छ । केन्द्रीय सदस्यहरु त्रयले बैठकको सुरुवातमै आफूहरुबीच नेतृत्वमा दाबी नगर्ने र प्रदेश सदस्यहरुकै बीचबाट नयाँ नेतृत्व चयनको बाटो खोल्ने सहमति गरेको बताएका थिए । उक्त प्रस्तवमा सबै सदस्यहरुले समर्थन गर्दै ताली बजाएका थिए । ...
उदयपुरका २ जनालाई ठगी गरेको अभियोगमा विराटनरबाट एक जना पक्राउ

उदयपुरका २ जनालाई ठगी गरेको अभियोगमा विराटनरबाट एक जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर २९ उदयपुरको दुई जनालाई जागिर लगाउने प्रलोभन देखाई ठगी गरेको अभियोगमा विराटनगरबाट एक जना पक्राउ परेको छ । मोरङको बिराटनगर महानगरपालिका–१० बसपार्क स्थितबाट गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल पक्राउ परेको हो । अर्यालले उदयपुर त्रियुगा नगरपालिका–८ का उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक–पटक गरी नगद रु. १ लाख ७३ हजार रकम ठगि गरेका थिए । पक्राउ परेका अर्यालको जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
ईटहरीमा सालोको छुरा प्रहारबाट भिनाजुको मृत्यु

ईटहरीमा सालोको छुरा प्रहारबाट भिनाजुको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर २९ सुनसरीको ईटहरी उप–महनगरपालिका–४ स्थितमा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको ज्यान गएको छ । ईटहरी–४ का ५१ वर्षीय श्री मुरारी गिरीको छुरा प्रहारबाट ज्यान गएको हो । हिजो बेलुका साढे ४ बजे गिरी कै घरमा बस्दै आएका १९ वर्षीय सालो अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाईते भएका गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राती ७ बजे ज्यान गएको थियो । छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरको ८ वटै पालिकामा प्रहरीद्धारा सुझाव पेटिका स्थापना

उदयपुरको ८ वटै पालिकामा प्रहरीद्धारा सुझाव पेटिका स्थापना

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर २८ उदयपुरको आठ वटै पालिकाहरुमा सुझाव पेटिका स्थापना गरिएको छ । प्रहरीले गरेको कामकारबाही नागरिकलाई चित्त बुझ्दो भए नभएको बुझ्नका लागि जिल्लाका ७५ वटा वडामा सुझाव पेटिका स्थापना गरिएको हो । अबदेखि प्रहरी सम्बन्धि कुनै गुनासो सुझावहरु छन् भने सुझाव पेटिकामा सहजै राख्न या दिन सकियोस भनि नागरिकलाई सो सुविधा उपलब्ध गराएको हो । सुझावमा प्रहरी कर्मचारीहरुको कामकारबाहीको विषयमा व्यक्तिगत तथा संस्थागत गुनासा तथा सुझावहरु सो सुझाव पेटिकामार्फ राख्न सकिने प्रहरीले जनाएको छ । ‘प्रहरी कार्य सम्बन्धि सुझाव तथा गुनासो पेटिका’ सँगै प्रहरी कार्यालयहरुले समय समयमा स्थान विशेषमा गई नागरिक सार्वजानिक सुनाई समेत गरिने छ । सो कार्यक्रमलाई सहजताकासाथ सम्पन्न गर्न एवं स्थानीय तवरबाट सर्वसाधारणहरुलाई प्रहरीको काम कारबाहीहरुप्रति आ–आफ्नो ठाउँबाट लिखित रुपमा आफूलाई लागेको भनाईहरु सजिलै राख...