सिभिल डिप्लोमा अध्यानरत उदयपुरका (मृगौला) पिडित १९ बर्षिय निसानलाई आर्थिक सहयोग जुट्दै, थप सहयोगको अपिल
पूर्णपुष्टि, मंसिर २८
मृगौला समस्याले थलिएका उदयपुर चौदण्डीगढी नगरपालिका १ का निसान राईलाई आर्थिक सहयोग जुट्दै आएको छ । लोभ लाग्दो उमेर र आश लाग्दो पढाई गर्दै गरेका उदयपुर बेल्टारका पत्रकार जिवन राईका १९ बर्षिय छोरा निसान राईलाई नेपाल लगायत अन्तराष्ट्रिय देशहरुमा बासोवास गर्ने नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन् । मृगौलै समस्याका कारण परिवाबाट मात्रै उपचारमा सम्ंभव नभएपछि निसान राई बचाउ अभियान तथा संञ्चार माध्यमहरुमा समेत सहयोगको अपिलको प्रचार प्रसार पश्चात धमाधम उपचारमा सहयोगी व्यक्तिहरुले इच्छुक जनाएको हो ।
काठमाण्डौँमा टाउकोको उपचार गरेर घर ल्याएको निसानलाई केहिदिनमै बिरामले समस्या बनायो । स्थानीय हस्पिटल बेल्टारमा चेक जाँज गराउँदा रोग पत्ता नलागेर उपचार सम्भव नभएपछि धरान लगियो । धरानमा मृगौलाको समस्या देखिएपछि मृगौला ट्रिटमेन्टको लागि आवश्यक उपकरण नहँुदा तत्काल बिराटनगर लगेर आईसि...









