Tuesday, August 25News That Matters

Breaking News 1

अन्तरक्रिया तथा दिप प्रज्वलन गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान उदयपुरमा सम्पन्न

अन्तरक्रिया तथा दिप प्रज्वलन गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान उदयपुरमा सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर २४ नोभेम्बर २५ देखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन गाईघाटको पिपल चौकमा दिप प्रज्वलन गरी कार्यक्रमको समापन भएको छ । ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरको दिन संगम सामुदायीक पुस्तकालयमा अन्तरक्रिया तथा दिप प्रज्वलन गरी सम्पन्न भएको हो । “जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधार” भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाई १६ दिने अभियानको अन्य गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत १५ दिन सम्म ८ वटै पालिकामा विभिन्न महिलासंग सम्बन्धी कामहरु भएको जिल्ला समन्वय समिति उदयपुरका उप–प्रमुख गंगा राईले बताउनुभयो । उहाँका अनुसार विशेष गरि जिल्लामा मात्रै केन्द्रित नभएर यो वर्ष भौगोलीरुपले विकट भएका गाँउलाई गाप्रथमिकतामा राखि कार्यक्रम भएको छ । १६ दिने अभियानको अन्त...
उदयपुरका युवा : जो अमेरीकाको सरकारी जागिर र ३ ओटा घर छाडेर आफ्नै ठाउँमा पौरख गर्न फर्किए

उदयपुरका युवा : जो अमेरीकाको सरकारी जागिर र ३ ओटा घर छाडेर आफ्नै ठाउँमा पौरख गर्न फर्किए

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर २२ उदयपुरका एक युवाले अमेरीकाको सरकारी जागिर र सुविधा सम्पन्न घर छाडेर आफ्नै देश मातृभूमीमा पौरख गर्न फर्किनु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेका प्रज्वल अधिकारीले अमेरीकाको राम्रो कमाई छाडेर आफ्नै ठाउँमा पौरख गर्न थाल्नुभएको हो । पढाईपछि कामको सिलसिलामा अमेरिकाको वोस्टन शहरको हुलाक कार्यालयमा सरकारी जागिर खाने अधिकारीले आज आफ्नै ठाउँमा पौरख गर्न थाल्नुभएको छ । अधिकारीले अमेरीकामा राम्रो कमाई मात्र हैन उतै घर पनि जोड्नु भयो । श्रीमतीसमेतको नर्सको जागिर थियो । यी सबै छाडेर अधिकारी परिवारका साथ आप्mनै ठाउँमा केही गर्न आउनु भएका हो । मातृभुमी र नेपाली संस्कृतिको मायाका कारण उहाँ अफ्नै जन्मभूमी र्फकनु भयो । उहाँ अमेरिकामा सन् २०१२ मा गए लगत्तै जागिरमा लाग्नु भएको थियो । अमेरीकामा जे जस्तो थियो, सबै सुनौलो अवसरको रुपमा थिए तर, पैसा, सुविधा मात्र ठूलो कुरो है...
उदयपुरको चौदण्डीमा एकै दिन दुई दुर्घटना : शिक्षक राई र बिकको मृत्यु, एक गम्भीर

उदयपुरको चौदण्डीमा एकै दिन दुई दुर्घटना : शिक्षक राई र बिकको मृत्यु, एक गम्भीर

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर २३ उदयपुरको चौदण्डीमा बिहिबार एकै दिन दुई सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाईते भएको छ । मृत्यु हुनेमा सिरहा लहान नगरपालिका–२२ का ३२ वर्षीय ओम बि.क र चौदण्डीगढी नगरपालिका–६ का अन्दाजी ३०/३५ वर्षीय शिक्षक उमेश राई रहेका छन् । प्र २– ०३–००९ प ४८४१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई राती १ बजे दुर्घटना हुँदा बि.कको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनु भयो । बि.कको चौदण्डिगढी–३ हात्तिसार स्थित फत्तेपुर रामपुर सडक खण्डमा फत्तेपुरबाट रामपुरतर्फ जादैँ गरेको अवस्थामा दुर्घटना भएको गौतमले जानकारी दिनुभयो । बि.कको पछाडी सवार महुलीका २५ वर्षीय बिजय घतानी गम्भीर घाईते भएको छ । उनको धरान स्थित घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पुरा गरी बि.कको लास पोष्ट मार...
दाँतको सामान्य देखी जटिल उपचार सहित गाईघाटमा बिषहरा मल्टि स्पेशालीटी डेन्टल क्लिनिक खुल्यो

दाँतको सामान्य देखी जटिल उपचार सहित गाईघाटमा बिषहरा मल्टि स्पेशालीटी डेन्टल क्लिनिक खुल्यो

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, मंसिर २२ दाँत सम्बन्धि गाईघाटमा हाल सामान्य उपचारहरु मात्रै भईरहेको अवस्थामा बिषहरा मल्टि स्पेशालीटी डेन्टल क्लिनिकले सबै खालको उपचार सहित सेवा सुचारु गरेको छ । त्रियुगा नगरपालिका ११ बोक्से जाने बाटो त्रियुगा हस्पिटलको लाईन सेतोपुल नजिकै क्लिनिकले आफ्नो सेवा सुचारु गरेको हो । क्लिनिकको उद्घाटन त्रियुगा नगरपालिकाकी उपमेयर देवी कुमारी चौधरीले बुधबार रिबन काटेर गर्नुभयो । गाईघाटमा संञ्चालन रहेका डेन्टलहरुमा सामान्य उपचारहरु मात्रै भईरहेकाले कुनै समय जटिल विरामीहरु आएको अवस्थामा तत्काल बाहिर रेफर गर्नु पर्ने अवस्था छ । जटिल उपचारका लागि धरान लगायत अन्य ठाउँहरुमा रेफर गर्नु पर्ने समस्यालाई समधान गर्दै अब जटिल बिरामीले समेत गाईघाटमै उपचार पाउने गरी बिषहरा मल्टि स्पेशालीटी डेन्टल खोलिएको क्लिनिक संञ्चालक अम्विका चौधरी बताउँछीन् । यस क्लिनिकमा दाँत सम्बन्धि सामान्य उपचार ...
प्रदेश १ सम्मेलनको लागि माओवादी केन्द्रको तिब्र तयारी

प्रदेश १ सम्मेलनको लागि माओवादी केन्द्रको तिब्र तयारी

Breaking News 1, राजनीति, समाचार
अर्जुन आचार्य मोरङ, पूर्णपुष्टि, मंसिर २२ आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागीता हुनेछ । सम्मेलनको लागि प्रदेशका १३७ स्थानीय तहबाट पार्टी सदस्य संख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेका छन् । माओवादी केन्द्रले सबै स्थानीय तहबाट न्युनतम् ३ जना पर्नेगरि ५०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानेको हो ।  सम्मेलनमा आयोजक समितिका ९७ जना, जेष्ठ कम्युनिष्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरु सय जना र विभागबाट ३२ जना सहभागी हुनेछन् । प्रदेशका प्रतिनिधिको कुल १० प्रतिशत अर्थात ९१ जनालाई प्रदेश आयोजक समितिले मनोनित गर्नेछन् । सम्मेलनमा केन्द्रीय...
शिक्षकहरुलाई राजनितिक पद वा सदस्यताबाट हटाई जानकारी गराउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले गर्यो सूचना जारी

शिक्षकहरुलाई राजनितिक पद वा सदस्यताबाट हटाई जानकारी गराउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले गर्यो सूचना जारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २१ शिक्षकहरु समेत राजनितिक दलदलयामा व्यवसायीक रुपमा लागि परेको भन्दै दलको पद वा सदस्यता ख्यारेज गरी निर्वाचन आयोगमा जानकारी गराउँन आयोगले सूचना जारी गरेको छ । आयोगले हालै मात्र राजनितिक पार्टीहरुमा लागिरहेका दलको कुनै पनि पद वा सदस्यता लिइएका शिक्षक तथा प्राध्यापकहरुलाई हटाउन बारे उच्च अदालत पाटनको अन्तिरिम आदेश र निर्वाचन आयोगकोको पत्र अनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरले पनि राजनितिक दलहरुलाई सूचना मार्फत सोको जानकारी गराउन अनुरोध गरेको छ । सरकारी कर्मचारी शिक्षक प्रध्यापकहरुले कुनै पनि राजनितिक दलको पदाधीकारी वा कमिटीमा सदस्यतामा वस्न नपाउने उच्च अदालतक पाटनको अन्तरिम आदेश अनुसार कार्यालयले पत्र मार्फत उदयपुरका राजनितिक दलहरुलाई त्यस्तो कुनै पद भएमा तत्कालै पद बाट हटाई जानकारी गराउन अनुरोध गरेको हो । कार्यालयले पत्रमा भनेका छन, त्यस्ता राष्ट्र सेवकहरुले सदस...
बेल्टारका पत्रकार जिवन राईको छोरालाई मृगौलाको समस्या, बचाईदिन आर्थिक सहयोगको अपिल

बेल्टारका पत्रकार जिवन राईको छोरालाई मृगौलाको समस्या, बचाईदिन आर्थिक सहयोगको अपिल

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर २१ चौदण्डीगढी नगरपालिका बेल्टारका पत्रकार जिवन राईको छोरालाई मृगौलाको समस्याले थलाएको छ । भर्खरै काठमाण्डौँको अन्नपूर्ण हस्पिटलमा टाउकोको नसा उपचार गरि घर फर्काएको चौदण्डीगढी नगरपालिका १ तर्लुङटार निवासी पत्रकार राईको १९ बर्षिय छोरा निसान राईलाई अचानक मृगौलामा समस्या देखिएको हस्पिटलले जनाएको छ । काठमाण्डौँ बाट टाउकोको उपचार गरि घर फर्काएको केहिदिन पछि पेट दुखेर सारो परेको निशानलाई उपचारको लागि स्थानीय हस्पिटलमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि तत्काल धरान घोपा पठाईएको थियो, तर त्यहाँ पनि उपचार सम्भव नभएपछि हाल बिराटनगर हस्पिटलमा उपचार भईरहेको छ । ठुलो रकम आवश्यकता भएका कारण परिवारले सो रकम जुटाउन नसक्ने अवसथा आएपछि बिभिन्न निकायहरुमा सहयोगको अपिल गरेको परिवारले जनाएको छ । जिवन राई बेल्टार बाट प्रकाशित हुने चौदण्डीगढी साप्ताहि पत्रिकाको प्रकाशक तथा प्रधान सम्पादक ...
लैँङ्गिक हिंसा अभियानको १२ औँ दिन १३ नं वडाका हिंसा पिडित महिला र सरोकारवालाहरु बिच छलफल

लैँङ्गिक हिंसा अभियानको १२ औँ दिन १३ नं वडाका हिंसा पिडित महिला र सरोकारवालाहरु बिच छलफल

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर २० १३ नं वडामा सरोकारवाला र हिंसा पिडित महिलाहरु बिच सोमवार छलफल तथा अन्तरक्रिया भएको छ । १६ दिने लैँङ्गिक हिंसा विरुद्धको अभियान अन्तरर्गत अभियानको १२ औँ दिन वडा कार्यालय ढिक स्थित हिंसा पिडित महिलाहरुको उपस्थितिमा सम्बन्धित सरोकारवाला क्षेत्रहरुसँग छलफल गराइएको वडा सचिव भिमा राईले बताउनुभयो । छलफल कार्यक्रममा लैँङ्गिक हिंसा समाजको दिर्घकालिन सामाजिक समस्याको रुपमा जडिएको निष्कर्ष देखिएको छ । यो समस्या जराकै रुपमा समाजमा छाएको र यसलाई रोक्न समस्या रहेपनि न्यनिकरण भने हदै सम्म गर्न सकिने छलफलमा बुझिएको छ । घरबाटै शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ, भन्ने मुल नाराको साथ कार्यक्रमको आयोजना गरिएको हो । लिँङ्गको आधारमा गरिने बिभेद मध्ये महिलाहरु बढी मात्रामा हिंसा पिडित हुने भएकाले महिला हिंसाको अर्को ठुलो रुप समाजमा देखा परेको महिलाहरुको निष्कर्श छ । हिंसा सबै...
त्रियुगा नगरपालिका–११ का द्धन्द्धपीडित परिवारलाई सम्मान

त्रियुगा नगरपालिका–११ का द्धन्द्धपीडित परिवारलाई सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर २० उदयपुरको त्रियुगा नगरपालिका–११ का द्धन्द्धपीडित परिवारलाई सम्मान गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउन त्रियुगा नपा ११ वडा कार्यालयले आयोजना गरेको टोल विकास संस्थाहरुसँगको अन्तरक्रिया र द्धन्द्धपीडित परिवार सम्मान कार्यक्रममा बोल्दै उनीहरुले परिवर्तनका लागि लडेकाहरुको उचित सम्मान हुनु पर्ने बताए । आईतबार मानव अधिकारका लागि महिला एकल महिला समितिको समन्वयमा आयोजित कार्यक्रममा सशस्त्र द्धन्द्धका क्रममा ज्यान गुमाएका राज्य र गैरराज्य पंक्षका १५ परिवारलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । मुलुक परिर्वतनका लागि ज्यान गुमाएका परिवारलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सहभागिहरुले राज्यका निकायहरुमा उनीहरुको सहभागिता गराउन सकेमात्र सम्मान पुग्ने बताए । राज्यका हरेक अगंमा उनीहरुको सहभागिता सुनिश्चित गर्न माग ...
नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटी अध्यक्षमा गिता खड्का निर्वाचित

नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटी अध्यक्षमा गिता खड्का निर्वाचित

Breaking News 1
पूर्णपुष्टि, मंसिर १९ नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटी अध्यक्षमा गिता खड्का (कार्की) निर्वाचित भएकीछिन् । खड्का त्रियुगा नगर समितिको आन्तरिक मतदान मार्फत नगर कमिटी चयन भएकी हुन् । खड्का प्रतिद्धन्दी नर बहादुर कार्कीलाई हराउँदै नगर कमिटी अध्यक्षमा निर्वाचित भएकी हुन् । खड्काले ४३ मत प्राप्त गर्दा कार्कीले भने १८ मत मात्र प्राप्त गरेका थिए । यता कमिटी ३ उपाध्यक्षमा मान वहादुर राई, सवित्रा थापा, प्रहलाद विश्वकर्मा विजयी भएका छन् । यस मध्ये सबै भन्दा बढी मत त्रियुगा नगरपालिका १६ नं वडाका अध्यक्ष समेत रहेका मान वहादुर राईले ल्याएका छन् । राईले उपाध्यक्ष पदमा ५१ मत ल्याउन सफल भएका हुन् । अन्य दुईजनाले प्रहलाद विश्वकर्माले ४७ र सवित्रा थापाले ४४ मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षका लागि निर्वाचित ३ जना सहित राम प्रसाद बराल र कमला देवी राईले ...