Tuesday, August 25News That Matters

Breaking News 1

खोटेहाङ गाउँपालिका सावाकटहरे वडास्तरीय भलिवल प्रतियोगिता सम्पन्न, प्रथम पुरस्कार लामिडाँडालाई

खोटेहाङ गाउँपालिका सावाकटहरे वडास्तरीय भलिवल प्रतियोगिता सम्पन्न, प्रथम पुरस्कार लामिडाँडालाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १८ खोटाङको खोटेहाङ गाउँपालिका सावाकटहरे वडा नं ३ मा आयोजित दोस्रो वाडस्तरीय भलिवल प्रतियोगिताको उपाधी रावावेशी गाउँपालिका लामिडाँडाँले जितेको छ । मंसिर १५ देखि आयोजना भएको सो खेलको फाईनलमा साकेला गाउँपालिका बाँझेच्यान डाँडालाई हराउँदै उपाधी जितेको हो । उपाधी जितेका लाँमिडाँडाँले रु ५५ हजार नगद राशी, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यता दोस्रो हुने साकेला गाउँपालिका बाँझेच्यान डाँडाले पनि रु ३१ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ । बाँकी सेमिफाईनलमा पुग्न सफल दुईओटा टिम खोटेहाङ्ग गाउँपालिका २ वाप्लुखा र वडा नम्बर ५ चिप्रिङ्गले ११÷११ हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान प्राप्त गरेको कार्यक्रम संयोजक आशिष राईले जानकारी दिए । खेलमा १४ ओटा टिमले सहभागी जनाएका थिए । जस्मध्ये क्वाटरफाईनलमा ८ ओटा टिम समेटिए । सेमिफाईनलमा ४ र फाईनलमा दुई हुँदै ला...
कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा लिङ्देन विजयी

कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा लिङ्देन विजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १९ राष्ट्रिय प्रजात्रान्त्रिक पार्टी (राप्रपा) नेपालको अध्यक्षमा राजेन्द्र लिङ्देन बिजष्ी भएको छ । उनले पूर्व अध्यक्ष कमल थापालाई झण्डै २ सय मतले पछि पार्दै अध्यक्षमा विजयी भएको हो । लिङ्देनले १८१७ ल्याउँदा थापाले १६१८ मत मात्र ल्याएका छन् यता ४३१ मत बदर भएको पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए ।...
अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा गाईघाटमा सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया

अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा गाईघाटमा सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया

Breaking News 1
पूर्णपुष्टि, मंसिर १७ अपाङग विकास संघ गाईघाट उदयपुरले अन्तराष्ट्रिय अपाङ्ग दिवस (थर्ड डिसेम्वर २०२१) को अवसरमा उदयपुरमा सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संघले सो अवसरको पूर्व सन्ध्यामा बिहिबार गाईघाट पिपलचोकमा दिप प्रज्वलन समेत गरेका थिए । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले दया, मायामा सिमित राख्नु भन्दा पनि बढी सहयोग, अवसर, अधिकारहरुमा ध्यान दिनु पर्नेमा जोड दिप प्रज्वलन गरेको हो । उनिहरुलाई जिउन सहज बनाउन उज्वल कामहरुका साथ सेवा सुविधामा कसुर नराखी उज्वल जिवनको आशयका साथ दिप प्रज्वलन गरिएको हो । राज्यमा भएका सबै किसिमको मानिसहरुलाई एउटै अधिकार, निष्पक्षता स्वरुप उज्वल जिवन यापनका लागि समेत राज्यलाई दवाव दिँदै दिप प्रज्वलनले संज्ञा दिएको मानवअधिकारकर्मीहरुको भनाई छ ।शुक्रबार गाईघाट स्थित शिक्षक संगठनको सभाहलमा सरोकारवालाहरु सँग भएको अन्तरक्रियामा अप...
त्रियुगामा नेकपा माओवादी केन्द्रकाे प्रदेश प्रतिनिधि सर्वसहमत

त्रियुगामा नेकपा माओवादी केन्द्रकाे प्रदेश प्रतिनिधि सर्वसहमत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १७ । नेकपा (माओवादी केन्द्र) त्रियुगा नगरबाट प्रदेश प्रतिनिधि सर्बसहमत चयन भएका छन् । पार्टीको सहमतिय प्रयास सफल पार्दै १० जना प्रदेश प्रतिनिधि सर्बसहमत चयन भएका हुन् । प्रमुख निर्वाचन आयुक्त रमेश रोकाका अनुसार प्रतिनिधि चयनमा मानबहादुर राई, विमल किराँती, सम्झना तामाङ, रुद्र अधिकारी, किरण राई, दुर्गा कार्की, सावित्रा थापा, राजकुमार थापा, केदार दनुवार र प्रल्हाद विश्वकर्मा रहेका छन् । कोटाभन्दा बढिले उम्मेदवारी दावी गरेपछि चुनावको अवस्था आएको थियो । भोली विहान ११ बजे चुनाव तोकिएको थियो । तर, पूर्वसन्ध्यमा सहमती जुटेपछि प्रदेश प्रतिनिधि सर्बसहमत चयन भएका हुन् । नगर कमिटिका लागि भने हालसम्म सहमती जुट्न सकेको छैन । पार्टीको तर्फबाट सर्बसहमतीको वातावरणको प्रयास भइरहेको छ । नगर अध्यक्ष, उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष पदका लागि चुनाव हुने भएको छ । सचिवमा कुरुङ राई सर्बस...
१ करोड बढी रकम ठगी गर्ने दुई जना पक्राउ

१ करोड बढी रकम ठगी गर्ने दुई जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १७ १ करोड २२ लाख ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका(१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका(१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् । भण्डारी र भुजेलले सञ्जाल फेसबुकमार्फत आफूहरु मलेसियामा डा।बेन्जामिन फ्रान्कलिन नामक व्‍यक्तिबाट ठगिएको भन्‍दै पीडितलाई भण्डारीको नामको गरिमा बिकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पठाउन लगाइ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका(९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई महानगरीय अपराध महाशाखाले पक्रा...
जनकपुर नगर क्षेत्रमामा माछा – मासु र मदिरालाई यस कारण रोक लगाईयो

जनकपुर नगर क्षेत्रमामा माछा – मासु र मदिरालाई यस कारण रोक लगाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १७ जनकपुर नगर क्षेत्र आसपास आज बाट माछामासु र मदिरामा रोक लगाइएको छ । यहि मंसिर २६ गते सम्मका लागि यी वस्तुमा रोक लगाईएको जनकपुर धाम उपमाहानगरपालिकाले जनाएको छ । विवाह पञचमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा शुक्रबार देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक हो । नकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो । विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले बताए । आजदेखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ ।...
खोटेहाङ गाउँपालिका सावाकटहरे वडास्तरीय भलिवलको क्वाटर फाईनल खेल सुरु

खोटेहाङ गाउँपालिका सावाकटहरे वडास्तरीय भलिवलको क्वाटर फाईनल खेल सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १७ खोटेहाङ गाउँपालिका खोटाङ सावाकटहरे स्थित जारी वडा स्तरीय भलिवल प्रतियोगिताको खेल क्वाटर फाईनलमा प्रवेश गरेको छ । मंसिर १५ देखि सुरु भएको खेलमा १४ टिमले सहभागी जनाएका थिए । त्यस मध्येको उत्कृष्ट ८ खेल भने क्वाटर फाईनलमा प्रवेश गरेको छ । क्वाटर फाईनलमा प्रवेश गर्ने टिमहरु चिपृङ, रावाबेशी, जन्तेढुङ्गा, वाप्लुखा, साकेला, सावाकटहरे, आमचोक र लिच्किराम्चे रहेको छ । यस टिमहरु मध्ये दुईओटा टिमले खेल प्रदर्शन गरेका हिजै खेल प्रदर्शन गरिसकेको छ । पहिलो चरणको खेल सकेर बिहिबार बाट सुरु क्वाटर फाईनल खेलमा घरेलु टिम (सावाकटहरे) लाई हराउँदै चिपृङ सेमिफाईनलमा प्रवेश गरिसकेको छ । शुक्रबार बाँकी रहेका ६ टिमहरुले क्वाटर फाईनलको खेल खेल्ने र सेमिफाईनलको लागि जित दावी गर्ने छ । सेमी फाईनल खेल आजै सक्ने आयोजकको योजना छ । भोली शनिवार बाट फाईनलको खेल हुने कार्यक्रम संयोजक आषिश राईले बत...
गाईघाटको नितेश फेसन कलेक्सनको बम्फर उपहार भाग्यशाली चिठ्ठा स्कुटर सरिता गजमेरलाई पर्यो

गाईघाटको नितेश फेसन कलेक्सनको बम्फर उपहार भाग्यशाली चिठ्ठा स्कुटर सरिता गजमेरलाई पर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १६ गाईघाट नितेश फेसन कलेक्सनले ३ हजार माथी कपडा खरिदमा ल्याएको दशैँ तिहार अन्तर्गतको बम्फर उपहार स्कुटर सरिता गजमेरलाई परेको छ । त्रियुगा नगरपालिका ३ मोतीगडाकी ३०९ को कुपन रहेको गजमेरलाई भाग्यशाली चिठ्ठा प्रथम पुरस्कार स्कुटर परेको हो । नितेश फेसन कलेक्सनले दशैँ, तिहार तथा छैठलाई मध्यनजर गर्दै ग्राहकहरुलाई बम्फर उपहार सुविधा ल्याएको थियो । बम्फर उपहार अन्गर्तत १५ जनालाई राईसकुकर, ५ जनालाई मोवाईल र १ जनालाई स्कुटरको व्यवस्था स्वरुप बम्फर उपहार खुलाईएको थियो । बिहिबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको उपस्थितिमा चिठ्ठा खोलीएको हो ।चिठ्ठा दशैँ, तिहार र छैठ हुँदै मंसिर ११ गते सम्मको लागि खोलिएको थियो । सो अबधिमा करिब ६ सय भन्दा बढीले ३ हजार माथी कपडा खरिद गरेको थिए । हरेक ३ हाजर माथी कपडा खरिदमा पसलले एउटा कुपन दिने गरेको र सोही कुपनको भाग्यशाली नम्वर अनुरुप आज चि...
गाईघाटमा पार्किङ सहित ट्राफिक प्रहरीको आफ्नै भवन बन्ने, मेयर चौधरीले गरे भवनको सिलिन्यास

गाईघाटमा पार्किङ सहित ट्राफिक प्रहरीको आफ्नै भवन बन्ने, मेयर चौधरीले गरे भवनको सिलिन्यास

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १६ भवन विहिन अवस्थामै कार्य सञ्चालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका भवन तत्कालै बन्न लागेको छ । भाडामा कार्यालय राखेर जनताको सुरक्षामा खटिरहेका ट्राफिक प्रहरीलाई आफ्नो भवन नहुँदा काम गर्न निकै असहज भईरहेका थिए । अब भवन बन्ने भएपछि काम कार्वाहीमा थप सहजका साथ जनताको सोवा गर्न सहज हुने भएको छ । भवन त्रियुगा नगरपालिका वडा नं १३ को पूर्वपश्चिम बरुवा बसपार्कमा बन्ने तयारी भईरहेको छ । भवनको सिल्यान्यास त्रियुगा नगरपालिकाका प्रमुख मेयर वलदेभ चौधरीले बिहिबार गर्नुभएको छ । ५ कठा जग्गामा हाललाई भने ८ कोठे पक्की भवन बन्ने निर्माण समितिले जनाएको छ ।नगरपालिकाले उपलब्ध गराएको सो जग्गामा कार्यालयको लागि ३ तले भवनको डिपिआर तयार गरिएको छ । तर हाललाई भने ८ कोठे भवन निर्माण कार्यलाई तत्काल अघि बढाईएको निर्माण समितिले जनाए । पछि भविष्यमा ३ तला सम्मको भवन निर्माण गर्ने योजना ...
उदयपुरमा पूर्व–पश्चिम बरुवा बसर्पाक आजदेखि सञ्चालन

उदयपुरमा पूर्व–पश्चिम बरुवा बसर्पाक आजदेखि सञ्चालन

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १६ उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१३ अन्तर्गत रहेको बसपार्क मेयर बलदेव चौधरीले उद्घाटन गरेसंगै सञ्चालनमा आएको छ । पूर्वपश्चिम मदन भण्डारी राजमार्गमा बढ्ने सवारी चाँपलाई मध्यनजर गर्दै निर्माण भएको पूर्वपश्चिम बरुवा बसपार्क विहिबारबाट सञ्चालनमा आएको हो । काठमाडौंको रात्रीकालिन बस तथा जिल्लाको पहाडी क्षेत्रका सवारी साधनलाई लक्षित गरी बसपार्क सञ्चालन भएको हो । बसपार्क क्षेत्रलाई रिफ्रेस सेन्टरकै रुपमा विकास गरिने भएको छ । काठमाडौंसम्मका रात्रीकालिन बस दैनिक पाँचदेखि दशवटासम्म छन् । जिल्लाको विभिन्न ग्रामिण भेगका लागि दैनिक तीन दर्जनबढि सवारी साधन चल्ने गरेका छन् । सो ठाउँमा निर्माण गरिएका सटरहरु टिकट काउन्टरका लागि प्रयोग गरिनेछन् । अपुग भएको खण्डमा नगरपालिकाले टिकट घर निर्माण गर्ने मेयर चौधरीले बताउनुभयो । पार्किङस्थल, गाडीधुने ठाउँ, यात्रु प्रतिक्षालय, ...