Tuesday, August 25News That Matters

Breaking News 1

मालपोत कार्यालयका हाकिम र वडाका अमिन लाखौँको चेक र नगद लिँदालिँदै पक्राउ

मालपोत कार्यालयका हाकिम र वडाका अमिन लाखौँको चेक र नगद लिँदालिँदै पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १५ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको छ । चितवन स्थित सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख पौडेल र वडा कार्यालयका अमिन कठायतलाई अख्तियारले पक्राउ गरेका हुन् । प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले १५ लाखको चेक र ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले १५ लाखको चेक घूस नभई आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही ...
मेरुदण्ड भाँचिएर थला परेका राईको आर्थिक अभावमा उपचार हुन सकेन, आर्थिकको लागि सहयोगको अपिल

मेरुदण्ड भाँचिएर थला परेका राईको आर्थिक अभावमा उपचार हुन सकेन, आर्थिकको लागि सहयोगको अपिल

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १५ उदयपुर जिल्ला,रौतामाई ग़ाउपालिका वार्डन ३ लाफागाउँका मणि कुमारी राईको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । ब्लड प्रेसर हाईका कारण घरको माथिल्लो तलाबाट खसेर मुरुदण्ड बाँचिएका राईको आर्थिक अभावकै कारण उपचार हुन सकिरहेको छैन् । राई परिवारले सबै सामु सहयोगगको अपेक्षा गर्दै उपचारमा ठेवा पुराईदिन अनुरोध गरेको छ । ४३ बर्षिया राईको ३ छोराछोरी छन् । आफ्नो त्यो अवस्थाका कारण छोराछोरीहरुको पढाई पालन पोसनमा समेत ठुलो असर परेको छ । गत बार्षको पौष ८ मा लडेर थलिएको राईको आर्थिक समस्याले समयमै उपचार हुन नसक्दा झनै जटिल अवस्था बन्दै गएपछि परिवारले सहयोगको अपिल गरेको हो । राईले पुरै मेरुदण्ड ढाँड गुमाएको छ । उनि हिड्डुल गर्न र अन्य सामान्य कामहरु समेत गर्न सक्दैनन् । परिवारको अनुसार उनी अहिले नर्कको जिवन विदाई रहेको जनाएको छ । उनिलाई पहिले झै सामान्य अवस्थामा ल्याई छोराछोर...
गाईघाटमा ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न

गाईघाटमा ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १४ गाईघाटको जगत भवनमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सोमबार सम्पन्न भएको छ । जिल्ला सम्मन्यन समितिको उप–प्रमुख गंगा राईको प्रमुख आतिथ्यमा घरेलु तथा साना यद्योग कार्यालयको सिलाई कटाई तालिम समापन भएको हो । “उद्योग र पूर्वाधार, समृद्धिको आधार” भन्ने नाराका साथ सञ्चालित ४५ दिने तालिममा त्रियुगा नगरपालिका भित्रका १२ जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागि सम्पूर्णले अनुशासित ढङगले काम सिकेको प्रशिक्षक ग्यानु प्रधानले बताउनुभयो । महिला दिदिबहिनीहरुलाई यहाँ सम्म ल्याइ पुर्याउन निकै मेहेनत गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार वडा, नगर र जिल्लाबाट सहयोग पाए महिलाहरुलाई आर्थिक तथा व्यावसायीक रुपमा निकै अगाडी लान सकिने छ । छोटो समयको तालिममा धेरै कुरा सिक्न पाएको सहभागी भविमाया विकले बताउनुभयो । चौबन्दी चोली, कुर्ता सुर्व...
नेपाली कांग्रेस उदयपुरको सभापतिमा हिमाल कार्की बिजयी

नेपाली कांग्रेस उदयपुरको सभापतिमा हिमाल कार्की बिजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १३ नेपाली कांग्रेस उदयपुरको सभापतिमा कांग्रेस नेता तथा प्रदेश नं १ का भौतिक पूर्वधार विकास मन्त्री हिमाल कार्की बिजयी भएको छ । कार्कीले निर्वाचनमा ७६७ मत ल्याएर सभापतिमा बिजयी भएका हुन् । यता कार्कीका प्रतिद्धन्दी विदुर वस्नेतले भने ५८९ मत मात्र प्राप्त गर्दै पराजित भएका छन् । कार्कीको बस्नेतको भन्दा १७८ मत बढी आएको छ । जिल्लाको पूर्व सभापति समेत रहेका बस्नेत नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पुःन सभापतिका लागि प्रतिस्पर्धामा उत्रेका थिए । तर बस्नेतलाई चुनावी प्रतिस्पर्धा बाट हराउँदै ५ बर्ष सम्मका लागि कार्कीले सभापतिको जिम्मेवारी ओगेटेको छ । यता उपाध्यक्षमा बल बहादुर तामाङ र भिमचन्द्र राई बिजयी भएका छन् । उपाध्यक्ष पदका लागि तामाङले आफ्नो प्रतिद्धन्दी भक्त बहादुर राना मगर र राईले आफ्नो प्रतिद्धन्दी भोजराज खतिवडालाई हराउँदै उपाध्यक्ष पद सुरक्षित गरेका हुन् । ...
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) उदयपुरका पूर्व जिल्ला सेक्रेटरी केदार राईको आपत्ति, तथ्यहिन आरोपको पुष्टि गर्न दिए चुनौती

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) उदयपुरका पूर्व जिल्ला सेक्रेटरी केदार राईको आपत्ति, तथ्यहिन आरोपको पुष्टि गर्न दिए चुनौती

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १२ नेपाल कम्युनिष्ट पार्टी (विप्लव) उदयपुरको संस्थापक सेक्रेटरी केदार राईले आफुमाथी लागेको भ्रम तथ्यविहिन आरोपको पुष्टि गर्न चुनौती दिएका छन् । राईले आफु पार्टीको एक इमान्दारी कार्यकर्ता र जिल्लाको संस्थापक पूर्व सेक्रटरीको नाताले पार्टीलाई सँधै योगदान पुराउने कुरामा कसर नराखेको भन्दै यस्तो काम गर्न आफुले कहिले नसोचेको हुँदा यस्ता तथ्यविहिन भ्रम सार्वजानिक गर्नु आपत्ति रहेको जनाएको छ । राईले पे्रस विज्ञाप्ती मार्फत भनेका छन, म जिल्लाको संस्थापक सेक्रेटरी पनि हुँ । कार्वाही गरेको भन्ने सम्बन्धमा भन्ने तथ्यविहिन, पूर्वाग्रही, अराजनितिक, चरित्रहिन, राजनितिक, संस्कारहीन विज्ञाप्ती प्रती जति निन्दा र भत्र्सना गर्द पनि कम हुन्छ, आर्थिक अनियमिता गरेको र गोप्य सूचना बाहिर लगेको भन्ने संगिन आरोपको पुष्टि गर्न आर्गह गर्दछु । उनले पार्टीको जिम्मेवार व्यक्तिहरुले गरेको सो...
नेकपा माओवादी केन्द्र  त्रियुगा नगरको सम्मेलन खुल्ला तर्फ सम्पन्न, बन्द सत्र टाउन हलमा सुरु

नेकपा माओवादी केन्द्र त्रियुगा नगरको सम्मेलन खुल्ला तर्फ सम्पन्न, बन्द सत्र टाउन हलमा सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ११ नेकपा माओवादी केन्द्रका ऐतिहासिक प्रथम त्रियुगा नगर सम्मेलनको खुल्ला सत्र पिपलचोकमा सम्पन्न भएको छ । नगर भरिका १६ ओटै वडाहरुका अध्यक्षसहित कार्यकर्ताहरुको भेलामा कार्यक्रम सम्पन्न भएको हो । पार्टीका १ नं प्रदेश अध्यक्ष तथा संघिय सांसद सुरेश कुमार राईको प्रमुख आतिथ्यमा नगर सम्मेलनको खुल्ला तर्फको कार्यक्रम सम्पन्न भएको हो । बन्द सत्रको कार्यक्रममा गाईघाटको होटल टाउन हलमा हुने तयारी भईरहेको छ । खुल्ला सत्र कार्यक्रममा र्याली सहित बजार परिक्रमा, सांस्कृतिक कार्यक्रम, कोणसभा र खुल्ला सत्रको कार्यक्रम सम्पन्नको घोषणा गरी सम्पन्न भएको हो । कार्यक्रममा सांसद राई सहित पार्टीका नेताहरु किरण राई, मणि खम्वु लगायतको उपस्थित रहेका थिए । माओवादी केन्द्रको हाल देशैभर नगर सम्मेलन भईरहेको छ । सोही अन्गर्तत उदयपुर जिल्लाको आठ ओटै पालिकाहरुमा एकैसाथ सम्मेलन तथा नेतृत्व चुन...
गाईघाटको ट्राफिक कार्यालय बरुवा वसपार्कमा सर्यो, अब कार्यालय भवन पनि त्यहि बन्ने

गाईघाटको ट्राफिक कार्यालय बरुवा वसपार्कमा सर्यो, अब कार्यालय भवन पनि त्यहि बन्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ११ लामो समयदेखी गाईघाट बजार भित्र रहेको ट्राफिक कार्यालय मदन भण्डारी राजमार्ग अन्तरर्गतको बरुवा बसपार्कमा सरेको छ ।गाईघाट बिद्युत लाईनमा रहेको सो कार्यालय शनिवार बरुवा वसपार्कमा अस्थाई रुपमा सरेको हो । १३ नं वडामा पर्ने सो जग्गामा वडाले तत्कालका लागि अनौपचारिक स्थायी वसोवासको लागि ट्राफिक कार्यालय व्यवस्थापन गरेको १३ नं वडा अध्यक्ष पशुपती चौधरीले बताईन् । अध्यक्ष चौधरीले सोही ठाउँमा भवनको लागि १३ नं वडा बाट १५ लाख बजेट सम्म बिनियोजन भईसकेको र अब तत्काल रुपमै भवनको सिल्यान्यास हुने समेत बताईन् ।नगर प्रहरीका लागि भनिएको सो ठाउँ त्रियुगा नगरपालिका १२ शान्तिधाम स्थित नगर प्रहरीको लागि व्यवस्थापन भएपछि ट्राफिक कार्यालय त्यहाँ लगिएको अध्यक्ष चौधरीले बताईन् ।नगर प्रहरी शान्तिधाम छेउ जाने भएपछि सो जग्गामा जिल्ला ट्राफिक कार्यालयले आफ्नो कार्यालय लैजाने मनोसाय गरेपछि वडाल...
नेपाली कांग्रेस उदयपुर सभापतिमा बस्नेत र कार्की बिच प्रतिस्पर्धा हुँदै, जिल्ला पदाधीकारी र सदस्यहरु गरी सय भन्दा बढीको उम्मेदवारी

नेपाली कांग्रेस उदयपुर सभापतिमा बस्नेत र कार्की बिच प्रतिस्पर्धा हुँदै, जिल्ला पदाधीकारी र सदस्यहरु गरी सय भन्दा बढीको उम्मेदवारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ११ नेपाली कांग्रेस जिल्ला सभापतिका लागि आज कांग्रेस नेता विदुर बस्नेत र हिमाल कार्की बिच प्रतिस्पर्धा हुँदैछ । आज हुने चुनावका लागि हिजो मात्रै दुवै उम्मेदवारको प्यानलले नोमिनेसन दर्ता गराएका थिए । १ नं प्रदेशको भौतिक पूर्वधार विकास मन्त्री समेत रहेको कार्की र कांग्रेस जिल्ला सभापति विदुर वस्नेत बिच कडा प्रतिस्पर्धाहुने देखिएको छ । जिल्ला सभापतिको लागि कुल मत १४०५ रहेको छ । यी मत मध्य भारी मत लिएर कस्ले सभापतिमा जित्लान त्यो भने हेर्न बाँकी छ ।...
मामा हत्या आरोपमा भान्जा पक्राउ

मामा हत्या आरोपमा भान्जा पक्राउ

Breaking News 1, समाचार
 पूर्णपुष्टि, मंसिर १० धादिङमा मामाको हत्यामा संलग्न रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै मामालाई हत्या गरेको आरोपमा ती युवालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मामाको हत्यामा संलग्न रहेको भन्दै धादिङ थाके्र गाउँपालिका ४ धैरेनीका १९ बर्षिय मिलन लुङगेलीलाई पक्राउ गरेको हो । उनले धादिङ थाक्रेगाउँपालिका वडा नं ४ धैरेनी स्थायी घर भई काजि चन्द्रागिरी न पा ५ किसिपिडी बस्ने वर्ष (३९ को राजु पुलामी मगर लाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको धादिङ प्रहरीले जनाएको छ । उनले आफनै मामालाई अन्दाजी ९ बजेको समयमा कुटपिट गरी फरार रहेको घाईते राजु पुलामीको उपचारको क्रममा बिहिबार मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भान्जालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले धादिङ थाक्रे गाउँपालिका ४ बाट पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त थानकोट पठाईएको...
फुटबल खेल्ने निहुँमा एक किशोरको हत्या गरि फरार रहेका युवक पक्राउ

फुटबल खेल्ने निहुँमा एक किशोरको हत्या गरि फरार रहेका युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १० मोरङमा फुटबल खेल्ने निहुँमा एक जना किशोरको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको उर्लाबारी नगरपालिका–८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार भएका सोही स्थानका २६ वर्षीय संजोग अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका अभिषेकको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।...