Tuesday, August 25News That Matters

Breaking News 1

उदयपुरको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई कांग्रेस क्षेत्रीय सभापतिमा विजयी

उदयपुरको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई कांग्रेस क्षेत्रीय सभापतिमा विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर १० काँग्रेसको क्षेत्रीय सभापति पदमा उदयपुरको १ र २ बाट दुई राई बिजयी भएको छ । चौदण्डीको खगेन्द्र राई र कटारीका राम कुमार राई कांग्रेसको क्षेत्रीय सभापति पदमा बिजयी भएको हो । चौदण्डीगढी नगरपालिकाका मेयर समेत रहेका खगेन्द्र राई उदयपुरको क्षेत्र नं १ बाट सभापति पदमा विजयी भएको हो भने, क्षेत्र नं २ बाट काँग्रेस नेता तथा संस्थापक राम कुमार राई बिजयी भएको हो । चौदण्डीका खगेन्द्र राईले कांग्रेस नेता बसन्त कुमार राईलाई हराउँदै प्यानलै बिजयी भएको हो । निर्वाचन क्षेत्र नंं १ को क्षेत्रीय कार्य समितिको लागि मंगलबार भएको निर्वाचनमा मेयर राईको प्यानललै विजयी भएको निर्वाचन समितिले जनाएको छ। बुधबार बेल्टारको एक पार्टी प्यालेसमा भएको मत गणनाको परिणाम अनुसार मेयर राईले ३ सय ४४ मत प्राप्तगरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी बसन्त बस्नेतले ३ सय ३४ मत मात्र प्राप्त गरेका छन् । कूल ...
लिम्चुङबुङ गाउँपालिकाको सार्वजानिक बस आईतबार देखि संञ्चालनमा आउने

लिम्चुङबुङ गाउँपालिकाको सार्वजानिक बस आईतबार देखि संञ्चालनमा आउने

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, मंसिर ९ उदयपुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाले पालिकाको सार्वजानिक बस सेवा आईतबार देखि संञ्चालनमा ल्याउने भएको छ । पालिकाले बस संञ्चालन सम्बन्धि सूचना प्रकाशित गर्दै मंसिर १२ आईतबारको दिन देखि बस संञ्चालनको तयारी भईरहेको जनाएको छ । पालिकाको जनताहरुलाई सुविधा सम्पन्न यात्रा र कम शुल्कमा आवतजावतलाई सहजिकरण गर्ने भन्दै पालिकाले बस खरिद गरेका थिए । सबै प्रक्रियाहरु पुरा गरी आईतबार देखी बस संञ्चालनमा ल्याउने तयारी भईरहेको पालिका अध्यक्ष मेजर कुमार राईले जानकारी दिनुभयो ।उहाँले पालिकावासीहरुलाई गाईघाट सदरमुकाम सम्म जान र पालिका आउन सहज हुने भन्दै आफ्नो सुविधाका लागि खरिद हुने गाडी बापतको बजेटले जनताहरुका लागि बस खरिद गरी बस सेवा समेत संञ्चालन ल्याइएको जानाउनुभयो । पालिकाका लिम्चुङबुङ सार्वजानिक याताया सेवा नामक बस पालिका देखी गाईघाट सम्म संञ्चालनका लागि सबै प्रक्रियाहर...
राष्ट्रिय जनगणना २०७८ सकियो, उदयपुरको जनसंख्या साढे तीन लाख पुग्ने अनुमान

राष्ट्रिय जनगणना २०७८ सकियो, उदयपुरको जनसंख्या साढे तीन लाख पुग्ने अनुमान

Breaking News 1, समाचार
पुजा राजधामी पूर्णपुष्टि, मंसिर ९ ‘मेरो सहभागिता मेरो गणना’ नाराका साथ २५ कात्तिकदेखि देशभर सुरु भएको राष्ट्रिय जनगणना २०७८ बिहिबार सकिएको छ । संघीयता पछिको पहिलो ऐतिहासिक १२ औं बृहत जनगणनाको काम सम्पन्न भएको छ । १५ दिनको अवधिमा सुपरिवेक्षण र गणकले गर्नु पर्ने काम जोगी,फकिर, साधु, सन्त, फिरन्ते र छुटेका व्यक्तिहरु तथ्यांक संकलन गरि गणनाको काम सम्पन्न भएको हो । उदयपुरमा गणनाको काम सतप्रतिशत सम्पन्न भएको जिल्ला जनगणना कार्यालयको प्रमुख शिवनारायण महतोले बताउनुभयो । २०६८ सालको जनगणना अनुसार उदयपुर जिल्लाको कूलजनसंख्या ३ लाख १७ हजार ५ सय ३२ जना रहेको छ । गणना अवधिभरि सुपरिवेक्षकले सेन्सुस प्रोसेसिङ रेपोर्टिङ यप्समा गरिएको अपडेको आधानमा २०७८ सालको गणनामा जिल्लाको जनसंख्या ३ लाख ५० हजार आउने अनुमान गरिएको महतोले बताउनुभयो । २०७८ सालको जनगणना दुई चरणमा गरिएको छ । पहिलो चरणमा घर तथा घरपरिवार सू...
उदयपुरमा पहिलोपटक सवारी अनुमती पत्रको प्रयोगात्मक परिक्षा, मन्त्री कार्कीले गरे उद्घाटन

उदयपुरमा पहिलोपटक सवारी अनुमती पत्रको प्रयोगात्मक परिक्षा, मन्त्री कार्कीले गरे उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ८ । पहिलोपटक उदयपुरबाटै सवारी अनुमती पत्र (लाईसेन्स)को प्रयोगात्मक परिक्षाको सुरुवात भएको छ । प्रदेश १ का भौतिक यातायात तथा विकास मन्त्री हिमाल कार्कीले आज उदघाटन गरेसंगै सुरुवात भएको हो । पहिलो प्रयोगात्मक परिक्षार्थीलाई सिठ्ठी फुकेर उद्घाटन गरेका मन्त्री कार्कीले प्रयोगात्मक परीक्षा तथा स्थलको अनुगमन गरे । उनले कार्यालयबाट सेवाग्राहीलाई छिटो र सहजरुपले सेवा प्रदान गर्न निर्देशन दिएका छन् । कार्यालयमा कर्मचारी र स्रोत साधनको कमी रहेको कुरालाई ध्यानमा राख्दै मन्त्री कार्कीले त्यसको हल गर्ने प्रतिबद्धता दिए । यातायात कार्यालय उदयपुरले गत कार्तिक २८ गतेदेखि सवारी अनुमती पत्र जारी प्रक्रिया सुरु गरेको हो । उदयपुरबाटै यातायात सम्बन्धी सबैखाले सेवा सुरु भएकोमा खुसी ब्यक्त गर्दै मन्त्री कार्कीले यसले छिमेकी जिल्लाहरुमा समेत सुविधा पुग्ने बताए । प्रयोगात्मक परीक्षा (ट...
उदयपुरमा बसको ढोका बाट खस्दा एक पुरुषको मृत्यु

उदयपुरमा बसको ढोका बाट खस्दा एक पुरुषको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ७ मोरङका एक पुरुषको बसको ढोकाबाट खसेर उदयपुरमा मृत्यु भएको छ । उदयपुर स्थित गाईघाट कदमाहा सडक खण्ड चुरे जंगलमा गुडिरहेको बसको ढोका बाट खस्दा बसले किचेर पुरुषको ज्यान गएको हो । उनि मोरङ जिल्ला बगरगाछी बस्ने अन्दाजी ३०/३१ बर्षका सिजन शर्मा रहेको उदयपुर प्रहरीले जनाएको छ । बसको ढोका बाट खसेर घाईते भएको शर्माको जिल्ला अस्पताल उदयपुरमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए । डिएपी गौतमका अनुसार शर्माको मंगलबार ६ः४५ बजेको समयमा मृत्य भएको जनाएको छ ।प्रहरीले बस चालक त्रियुगा नगरपालिका १२ का मोहमद उल्फत र बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । गाईघाट बाट बिराटनगर छुटेको ना ६ ख ९२४६ नं को उक्त बसको ढोका बाट शर्मा खसेको थियो ।...
कामको मुल्यङकनको आधारमा उदयपुर सिमेन्ट उद्योगले ८५ जना कर्मचारीको बढुवा गर्यो

कामको मुल्यङकनको आधारमा उदयपुर सिमेन्ट उद्योगले ८५ जना कर्मचारीको बढुवा गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ६ देशकै ठुलो उद्योगक उदयपुर सिमेन्ट उद्योग लिमिटिडले हालै ८५ जना कर्मचारीहरुलाई स्तरबृद्धि गरेको छ । उद्योगमा कार्यरत बिभिन्न कर्मचारीहरुको कामको उच्च मुल्यङकन गरी कुनै पनि दवाव बिनै उद्योगले कर्मचारीको बढुवा गरेको हो । उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलका अनुसार यस आर्थिक वर्षमा ५३३ दरबन्दी मध्ये ३१६ स्थायी र ज्यालादारी तथा करारमा सयजना गरी ४१६ जना जनशक्ति रहेका छन् । उद्योग र मजदुर तथा कर्मचारीको हितलाई ध्यानमा राख्दै विमाबाट प्राप्त हुने कमिशन रकम २ लाख २५ हजार कर्मचारी कल्याण कोषको छुट्टै खातामा जम्मा सुरु गरेको छ । कोषलाई बृद्धि गरिने उद्योगको योजना छ । उद्योगको यस आर्थिक वर्षको उत्पादन तथा विक्री बार्षिक बजेट लक्ष अनुसार रहेको जनाइएको छ । लागत खर्च र अन्य खर्च मितव्यातिा अपनाइएकाले लक्ष पुरा गर्दै यसैवषैदेखि उद्योग नाफामा जानसक्ने प्रवक्ता पोखरेलको भनाई छ । उ...
मुख्यमन्त्री राजेन्द्र राईले मयेर चौधरीको घरमै आएर सम्वेदना व्यक्त गरे

मुख्यमन्त्री राजेन्द्र राईले मयेर चौधरीको घरमै आएर सम्वेदना व्यक्त गरे

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ५ प्रदेश नं १ का मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीको छोराको दुखद निधन प्रति घरमै आएर सम्वेदना व्यक्त गर्नु भएको छ । आईतबार साँझ मेयर चौधरीको घरमै आएर मृत आत्मा प्रति चिरशान्ती र परिवारमा धैर्यधारण गर्ने शक्तिको कामना गर्दै सम्वेदना व्यक्त गर्नुभयो । दुखद निधन छोराको स्वर्गको बास र प्रति परिवारमा धैर्य गर्न सक्ने शक्ति मिलोस मृत आत्मालाई अविर लगाएर शक्तिको कामना गर्दै राईले गरिहरो सम्बेदना प्रकट गरे । हिजो पिकनिक जाँदा पौडीखेल्ने क्रममा डुबेर मेयर चौधरीको ३२ वर्षिय छोरा मनोज चौधरीको मृत्यु भएको थियो । पुत्रशोकमा परेका पार्टीका १ नं. प्रदेश अध्यक्षसमेत रहेका मेयर चौधरीलाई मुख्यमन्त्री राईले सान्त्वना समेत दिए । मुख्यमन्त्री राई उच्च सुरक्षाकर्मीहरु सहित गाईघाट आएर मेयरचौधरीको घरमै पुगी सम्वेदना व्यक्त ग...
माधव नेपाल समवेदना दिन उदयपुर आए -फोटो फिचरसहित

माधव नेपाल समवेदना दिन उदयपुर आए -फोटो फिचरसहित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ५ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवोदीका अध्यक्ष माधवकुमार नेपाल आज उदयपुर आएर पुत्रशोकमा परेका उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् । हेलिकेप्टरबाट पाउने बाह्र बजे गाईघाट उत्रिएका अध्यक्ष नेपालले त्रियुगा नगरपालिका १३ गाईघाटस्थित घरमै पुगेर चौधरी र परिवारजनप्रति समवेदन प्रकट गरेका हुन् । हिजो पिकनिक जाँदा पौडीखेल्ने क्रममा डुबेर मेयर चौधरीको ३२ वर्षिय छोरा मनोज चौधरीको मृत्यु भएको थियो । पुत्रशोकमा परेका पार्टीका १ नं. प्रदेश अध्यक्षसमेत रहेका मेयर चौधरीलाई अध्यक्ष नेपालले सान्त्वना दिए । उनले चौधरी पुत्रको पार्थिक शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पन गरे । उनी त्रियुगा नदिको घाटसम्म नै मलामीसमेत गएका थिए । करिब डेड घण्टा विताएर समवेदना प्रकट गरेका उनी पुनः काठमाडौं फर्किएका छन् । यसक्रममा ...
उदयपुरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ५ उदयपुरको बेलका नगरपालिका–५ जहडा मदन भण्डारी लोक मार्ग स्थितमा मोटरसाईकलको ठक्करबाट एक पदैल यात्रीको ज्यान गएको छ । सोही स्थानकी ७० वर्षीया ईच्छा कुमारी राईको मोटरसाईकलको ठक्करबाट ज्यान गएको हो । हिजो बेलुका साढे ६ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३४ प २०३७ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी राईको धरान घोपामा उपचारको क्रममा हिजो राती साढे ९ बजे ज्यान गएको हो । सो दुर्घटनाबाट मोटरसाईकल चालक सप्तरी सप्तकोशी नगरपालिका–१ का ३५ वर्षीय आलोक राई समेत घाईते भएका छन् । उनको सोही अस्पतालमानै उपचार भईरहेको । मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत नविनराज राईले बताउनुभयो ।...
त्रियुगा मेयर चौधरीलाई पुत्रशोक

त्रियुगा मेयर चौधरीलाई पुत्रशोक

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ४ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई आज पुत्रशोक परेको छ । मेयर चौधरीको अन्दाजी ३२ वर्षिय छोरा मनोज चौधरीको शनिबार पिकनिकमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । चौदण्डीगढी नगरपालिकाको देवधारमा पिकनिक गएकोमा पिकनिकको क्रममा पौडी खेल्दा डुबेका थिए । डुबेका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको सुरक्षा स्राेतले जनाएकाे छ ।...