Tuesday, August 25News That Matters

Breaking News 1

उदयपुरको एकठाउँमा मतपत्र च्यातियो, ३ ठाउँमा मतपरिणाम सार्वजनिक : कांग्रेस प्रदेशसभा अधिवेशन निर्वाचन

उदयपुरको एकठाउँमा मतपत्र च्यातियो, ३ ठाउँमा मतपरिणाम सार्वजनिक : कांग्रेस प्रदेशसभा अधिवेशन निर्वाचन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ४ । नेपाली कांग्रेस प्रदेशसभा अधिवेशनको निर्वाचनमा उदयपुरमा एक ठाउँमा मतपत्र च्याताच्यात भएको छ भने तीन ठाउँको मतपरिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेस उदयपुरको चारकेन्द्रमा प्रदेशसभा अधिवेशनको निर्वाचन मध्ये एक ठाउँमा मतपत्र च्याताच्यात भएको छ । मतगणनाको क्रममा गणनास्थलभित्रै विवाद उत्पन्न भएपछि निर्वाचन क्षेत्र नं. २ अन्तर्गत (क) केन्द्रमा मतपत्र च्याताच्यात भएको हो । प्रदेशसभा अधिवेशनका लागि सो क्षेत्रमा मोहनसेर राई नेतृत्वको प्यानल र खेसबहादुर मगर नेतृत्वको प्यानलबीच निर्वाचन भएको थियो । उदयपुरगढीको नेपालटार बजारमा दिउसो मतदान सकिएपछि साँझबाट मतगणना सुरु भएको थियो । मतपत्र च्यातिएपछि सो ठाउँको मतगणना स्थगित भएको छ । सो केन्द्रका सभापति उम्मेदवार मोहनसेर राई र खेसबहादुर मगरकै उपस्थितिमा विवाद उत्पन्न भएको बुझिएको छ । विवाद मतपत्र च्यात्नेसम्मको अवस्थामा पुग...
उदयपुर प्रहरीको गाडी दुर्घटनाका १९ प्रहरीको बिराटनगरमा र बाँकीको गाईघाटमै उपचार हुँदै

उदयपुर प्रहरीको गाडी दुर्घटनाका १९ प्रहरीको बिराटनगरमा र बाँकीको गाईघाटमै उपचार हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ४ शुक्रबार राती भएको प्रहरीको गाडी दुर्घटनाका घाईतेहरुको उपचार भईरहेको छ । कटारी बाट डिउटी सकेर गाईघाट तर्फ आईरहेको बा १ ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका– ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाईते भएका थिए । घाईतेहरुमध्ये १९ जनाको बिराटनगरको नोवेल हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जनाए । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रदेश अधिवेशनबाट कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट – नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ओरालोमा वन टनको ब्रेक फेल भएर पल्टिएको जनाएका छन । दुर्घटनामा ४ जना गम्भिर घाईते भएका छन भने २० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बस्ती अगाडी दुर्घटना भएकाले स्थानीयबासीले उद्धार गरि जिल्ला अ...
उदयपुर गाईघाटमा पहिलो चोटी लाईसेन्स ट्रायलको लागि लिखित परिक्षा, करिब २ सय जना सहभागी

उदयपुर गाईघाटमा पहिलो चोटी लाईसेन्स ट्रायलको लागि लिखित परिक्षा, करिब २ सय जना सहभागी

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ३ उदयपुरको गाईघाटमा सवारी लाईसेन्सको लागि पहिलो चोटी लिखित परिक्षा शुक्रबार गाईघाटमा भएको छ । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले गाईघाट बाटै लाईसेन्स वितरकणको काम अगाडी बढाएपछि पहिलो चरणमा लिखित परिक्षाको काम भएको कार्यालयका प्रमुख सुवास कार्कीले बताउनुभयो । पहिलो चरणमै लिखित परिक्षाको लागि दुई पाँङग्रे तथा ४ पाँङग्रे सवारीको ट्रायलका लागि १९६ झण्डै २ सय जनाको सहभागीत रहेको प्रमुख कार्कीले बताउनुभयो । गाईघाटबाटै लाईसेन्स वितरणको काम भएपछि उदयपुरवासी तथा अन्य छिमेकी जिल्लाहरुबाट लाईसेन्सका लागि धमाधम आउन थालेको कार्कीले बताउनुभयो । लिखित परिक्षा गाईघाट स्थित संगमटोलको प्याराडाईज बोर्डिङमा गरिएको छ । लिखित परिक्षाको रिजल्ट ढिलोमा पनि ३ दिन भित्र आईसक्ने कार्यालयले जनाएको छ । रिजल्ट कार्यालयको आधिकारिक फेसबुक पेज, कार्यालयको सूचना बोर्ड र कार्यालयको वेवसाईट बाट ...
कांग्रेस प्रदेशसभा अधिवेशनको मतदान उदयपुरमा धमाधम

कांग्रेस प्रदेशसभा अधिवेशनको मतदान उदयपुरमा धमाधम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर ३ । नेपाली कांग्रेस उदयपुर आज प्रदेशसभा अधिवेशनमा होमिएको छ । जिल्लाको चार ठाउँमा निर्वाचनका लागि मतदान चलिरहेको छ । ५ बजेसम्म चल्ने मतदान कार्यक्रम निर्वाचन क्षेत्र नं. १ को (क) र (ख), निर्वाचन क्षेत्र नं. २ को (क) र (ख) गरी चार ठाउँमा चलिरहेको छ । कांग्रेसभित्र प्रष्ट दुई खेमा छुट्टिदै चारै ठाउँमा दुई प्यानलबीच चुनाव भएको छ । क्षेत्र नं. १ को (क) मा अर्जुन दाहाल नेतृत्वको प्यानल र जयप्रसाद सुवेदी नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ । १ (ख) मा देवीकुमारी चौधरी नेतृत्वको प्यानल र सरोजकुमार बस्नेत नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ । उता क्षेत्र नं. २ को (क) मा मोहनसेर राई नेतृत्वको प्यानल र खेसबहादुर मगर नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ भने २ (ख) मा राम पोखरेल नेतृत्वको प्यानल र कृष्ण थापा नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ । १ (क) को अर्जुन दाहाल, १ (ख)...
५८० बर्षपछिकै आज लामो चन्द्र ग्रहण लाग्ने

५८० बर्षपछिकै आज लामो चन्द्र ग्रहण लाग्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ३ आज शताब्तीऔँ पछिकै लामो चन्द्र ग्रहण लाग्ने भएको छ । यस भन्दा पहिले ५८० बर्ष अघि मात्रै यतिका लामो चन्द्र ग्रहण लागेको जानकारहरुको भनाई छ । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने छ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्र ग्रहणपछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्...
कर दिवसमा कर्मचारी रेख मगर पुरस्कृत

कर दिवसमा कर्मचारी रेख मगर पुरस्कृत

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, मंसिर ३ । दशौं राष्ट्रिय कर दिवस २०७८ को अवसरमा उदयपुर जिल्ला स्थित करदाता सेवा कार्यालय गाईघाटका कर्मचारी रेख मगर पुरस्कृत भएका छन् । उत्कृष्ट कार्यसम्पादन गरेकोमा उनी पुरस्कृत भएका हुन् । दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय लहानमा मंसिर १ गते आयोजित कार्यक्रममा मगर पुरस्कृत भएका हुन् । मगरको उत्कृष्ट काम मात्र नभई सेवाग्राहीलाई मैत्री ब्यवहार र नम्र बोली पनि रहेको छ । सो अवसरमा उदयपुर जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने सुचिमा नविन निरौला परेका छन् । उनी पनि पुरस्कृत भए । दिवस मनाएसंगै हाल कर सप्ताह कार्यक्रम चलिरहेको छ ।...
१५ नं वडाको रानीवासदेखी हुवास सम्मको कालोपत्रे गुणस्तरहिन, डहरसम्मै चित्तबुझ्दो नभएको भन्दै स्थानीयको आक्रोश

१५ नं वडाको रानीवासदेखी हुवास सम्मको कालोपत्रे गुणस्तरहिन, डहरसम्मै चित्तबुझ्दो नभएको भन्दै स्थानीयको आक्रोश

Breaking News 1, समाचार
बिक्रम राई पूर्णपुष्टि, मंसिर २ सडकको लागि कालोपत्रे सुविधा सम्पन्न र अन्तिम प्रक्रियाको रुपमा मानिन्छि । सडकहरुको बिभिन्न चरण पार गर्दै अन्तिममा कालोपत्रेले ढाकेर सहज, सुविधा सम्पन्न र सडकको मापदण्ड पुरा गरिन्छ । यो निकै दिगो हुनुपर्छ भन्ने मान्यताले नै धेरै लागत, धेरै सामान, मेहनत र बभिन्न आवश्यक मापदण्ड अनुरुपका मेटिरियलहरुको आवश्क पर्छ । सडक दिगो, सहज र सुविधा सम्पन्न बनाउनकै लागि कालोपत्रे गरिन्छ । तर पनि निर्माण कम्पनीको लापर्वाही र स्वार्थपुर्ण कामले भने कालोपत्रे जस्तो दिर्गकालिन विकासलाई समेत असर पार्छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १५ स्थित रानीवास–हुवास डहर सडक खण्डको कालोपत्रे पनि ठेकेदारको स्वार्थपुर्ण काम र लापर्वाहीको असरमा परेको छ । निर्माणकै क्रममा बत्किन सुरु गरेको सो सडकको कालेपत्रेको हालत यतिवेला झन जिर्ण बन्दै गएको छ । काम भएको पुरा ६ महिना नपुग्दै सडकको...
उदयपुरमा मजदुर बोकेको ट्याक्टर दुर्घटना : एको मृत्यु, १९ घाईते

उदयपुरमा मजदुर बोकेको ट्याक्टर दुर्घटना : एको मृत्यु, १९ घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर २ उदयपुरमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको ज्यान गएको छ, भने १९ जना घाईते भएका छन् । जिल्लाको त्रियुगा नगरपालिका– ९ गैरुन बस्ने ४० वर्षीय बौका सदाको ट्याक्टर दुर्घटनामा ज्यान गएको हो । आज (बिहिवार) ०८ः५० बजेको उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसी स्थित मदनभण्डारी राजमार्गमा गाईघाटबाट रुपाटार तफ जादै गरेको प्र.नं.२–०१–००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ति मोड्मा अनियन्त्रित भई दुर्घट्ना भएको छ । उक्त दुर्घटनमा गम्भीर घाईते भएका सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा १०ः ५० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले बताउनुभयो । ट्रयाक्टरमा सवार अन्य १९ जना घाईते भएका छन् । घाईतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार भइरहेको डिएसपी गौतमले बताउनुभयो । घाईते मध्ये मृत्कका श्रीमती वर्ष ४० का नारायण वत्ती सदा, गैरुनकै वर्ष १६ की सुकु...
कोठामै छाप्दै आएका नक्कली नोट सहित ५ जनालाई प्रहरीले पक्राउ गर्यो

कोठामै छाप्दै आएका नक्कली नोट सहित ५ जनालाई प्रहरीले पक्राउ गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर २ ६५ हजार नक्कली नोट सहित प्रहरीले ५ जनालाई काठमाण्डौँ बाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनिहरुले कोठामै नक्कली नोट छाप्दै आएको खुलेको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं। ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं। ६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप शिरुवारी गाउँपालिका वडा नं।२ घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं।११ कपन बस्ने २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका(२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१० मिलनचोक बस्ने १९ वर्षीय चिरन्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन्। उनिहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मंगलबार बेलुका गोकर्णेश्वर नगरपालिका(७ बाट पाँच जनालाई पक्राउ गरेको हो। गोकर्णेश्वर(७ दक्षिणढोकामा केही मानिसहरूले नक्कली नोटको कारोब...
शुभबिहानी : गाईघाट

शुभबिहानी : गाईघाट

Breaking News 1
पूर्णपुष्टि, मंसिर २ शुभबिहानी : गाईघाट गाईघाटदेखि पूर्वमा देखिएको बिहानीको उदाउदो सुर्य  : तस्बिर - पूर्णपुष्टि