उदयपुरमा पोलको भाडा नतिर्ने दुई ओटा इन्टरनेनको तार काटियो, तिन सय ३० घर प्रभावित
पूर्णपुष्टि, असोज १७
पोलको भाडा नतिर्ने इन्टरनेट तथा केवलहरुको तार काट्ने कार्य अन्तर्गत उदयपुरमा पनि शनिवार २ ओटा इन्टरनेटको तार काटिएको छ । प्राधिकरणले तार काटे सँगै ३३० घर परिवार प्रत्यक्ष प्रवावित बनेका छन् । हाल उयदपुरमा पोलको भाडा तिर्दै आएको भएपनि पछिल्लो समय नतिर्नेहरुको धमाधम तार काट्न थालिएको हो । शनिवार भायानेट र फस्ट लिंकको तार काटिएको छ ।
त्रियुगा नगरपालिका १० र १५ वडाको सिमलटार, रानीवास, फोक्सीनटार सम्म जडान गरिएको भायानेट र त्रियुगा नगरपालिका ७ र ८ को नमूना चोक, भाण्टाबारी, चुहाडे र गुण्टे टोल सम्मको तार काटिएको नेपाल विद्युध प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका इन्जिनियर सत्यनारायण साहाले बताए । हाल दुईओटाको मात्र काटिएको र अन्य भने भाडा तिर्ने सम्झौतामा धमाधम आउने क्रम रहेकोसाहाले बताए ।साहाका अनुसार ३ ओटा दायरामा आएर सम्झौता गरिसकेको जनाएको छ । सिद्ध विनायक नेटवर्क...









