Tuesday, August 25News That Matters

Breaking News 1

भेटघाट ब्याड्मिन्टन क्लवद्वारा चुहाडेमा जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन आयोजना

भेटघाट ब्याड्मिन्टन क्लवद्वारा चुहाडेमा जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन आयोजना

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १४ । भेटघाट ब्याड्मिन्टन क्लबले त्रियुगा नगरपालिका ८ चुहाडेमा आजबाट जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन प्रतियोगिता सन्चालन गर्दैछ । निजि लगानीमा निर्मित कवर्डहलको उद्घाटनसंगै प्रतियोगिता हुने भएको हो । प्रतियोगिता तीनदिनसम्म संचालन हुनेछ । सञ्चालक विक्रम सिङ्ह खड्काकाअनुसार प्रतियोगितामा जिल्ला भरीकै खेलाडीहरुको सहभागिता र उत्कृष्ट खेल प्रदर्शन हुनेछ । सो ठाउँमा ब्याड्मिन्टन खेलसंगै सांगीतिक कार्यक्रम, रेस्टुरेन्टसमेत गरी थ्री इन वनको अवधारणामा कवर्डहल लगायतका भौतिक संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा ए र बी डिभिजन गरी दुई इभेन्ट्समा खेलाइने छ । डबल्स खेल हुने प्रतियोगितामा ६४ जोडाले भाग लिएका छन् । जसमा १० जोडी एक डिभिजनका रहेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ८ हजार नगद पुरस्कार रहेको छ । यो संगै मेडल,...
गाईघाटमा जितिया महोत्सव भव्य, थारु भाषालाई स्थानीय भाषामा मान्यता दिन सरकारलाई ध्यानाकर्षण

गाईघाटमा जितिया महोत्सव भव्य, थारु भाषालाई स्थानीय भाषामा मान्यता दिन सरकारलाई ध्यानाकर्षण

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज १३ थारुहरुको महान चाँड जितिया उदयपुरको गाईघाटमा भव्य भएको छ । थारु संस्कार संस्कृति सँग जोडिएको यो चाँड थारु समुदायहरुले बिषेश रुपमा मनाउने गर्छ । यस पर्वमा थारु जातिका विवाहीत महिलाहरुले व्रत (उपवास) वसेर भगवान सँग सन्तानको दिर्घ आयु र सफलताको माग गर्ने गरेको बताईन्छ । आजभोली भने थारु सामुदाय भन्दा अन्य समुदायहरुले पनि यो चाँड मनाउने गरेको र व्रत वसेर आफ्नो सन्तानको दिर्घ आयुको कामना गर्ने गरेका यस समुदायहरु बताउँछन् ।गाईघाट स्थित थारुहट रंगशालामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित महोत्सव भव्य मनाइएको छ । नेपालका थारु समुदायका राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुको बेजोड प्रस्तुतीमा महोत्सव मनाईएको आयोजकले जनाए । महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय नृत्य प्रतियोगिता पनि गरिएको छ ।महोत्सव कार्यक्रमले थारुहरुको भाषा, धर्म, पहिचान र संस्कार संस्कृति बारे...
लिम्चुङबुङको एभरेष्ट भ्यु टपको लागि नेपाल सरकारले दुई करोड बजेट बिनियोजन गर्यो

लिम्चुङबुङको एभरेष्ट भ्यु टपको लागि नेपाल सरकारले दुई करोड बजेट बिनियोजन गर्यो

Breaking News 1
पूर्णपुष्टि, असोज १३ लिम्चुङबुङ गाउँपालिकामा बन्दै गरेको एभरेष्ट भ्यु टपलाई नेपाल सरकार अर्थ मन्त्रालयले थप २ करोड बजेट छुट्याएको छ । १ नं प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रुपमा निर्माण हुन लागेको एभरेष्ट भ्यु टपलाई नेपाल सरकार अर्थ मन्त्रालयले २ करोड बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष मेजर कुमार राईले बताए ।राईका अनुसार यस निर्माण हुने भ्यु टपबाट सगरमाथा लगायत छ ओटा हिमालहरुलाई नियाल्न सकिने छ । पर्यटकीय गन्यव्यको निकै राम्रो ठाउँ र दृश्यको स्रोत मानिएको यस ठाउँलाई पर्यटनका प्रमुख क्षेत्रको रुपमा विकास गर्न लागिएको अध्यक्ष राईले बताए ।यहाँ बाट रमाईलो दृश्य सहित बिभिन्न हिमालहरुलाई नियाली पर्यटको महसुस गर्न सकिने अध्यक्ष राईको भनाई छ । राईले लिम्चुङबुङ गाउँपालिका बिकासको लागि सहयोग गर्ने अर्थ मन्त्रालय तथा अर्थ मन्त्री, पर्यटन मन्त्रालयका सचिव र अन्य व्यक्तिहरु प्रति धन्यवाद व्यक्त ग...
आमाको नामबाट नागरिकता नबन्दा अधिकारकर्मीको आपत्ति

आमाको नामबाट नागरिकता नबन्दा अधिकारकर्मीको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १३ आमाको नामबाट नागरिकता बनाउन सकिने संम्बैधानिक व्यवस्था भएपनि त्यसको कार्यान्वन तह फितलो रहेको भन्दै उदयपुरका अधिकारकर्मीले सरकारको चर्को आलोचना गरेका छन् । राष्ट्रिय महिला आयोगले गाईघाटमा आयोजना गरेको स्थानीय तहमा न्यायिक समिति तथा पदाधिकारी विच लैङ्गिक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुँच सम्बन्धि अन्तरक्रियामा सहभागिहरुले यस्तो गुनासो गरेका हुन् । पहिचान खुल्न नसकेका र वेपत्ता वुवाको खोजी गर्दा नभेटिएपछि नागरिकता लिन प्रशासन जाँदा नपाएको सहभागि महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष माया भण्डारीले बताईन । उनले भनिन्, ‘बर्षौदेखि त्यहीँ समाजको बासिन्दा छ, वडा कार्यालयको सर्जमिन मुचुल्कामा पनि प्रष्ट खुल्छ तर नेपाली नागरिक बन्नका लागि नागरिकता पाउँदैन । राज्यको नीति समावेसी भएपनि महिलालाई हेर्ने दृष्टिकोण पुरातन सोच नै रहेका कारण कानुनी अल्झन लगाएर नागरिकताबाट...
बाघले फर्मको २१ ओटा बाख्रा मार्यो

बाघले फर्मको २१ ओटा बाख्रा मार्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १२ वर्दियामा किसानको एक बाख्रा फर्मको २१ ओटा बाख्रा बाघले मारेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो । २१ मध्ये ७ वटा खसी दशैंमा बेच्न ठिक्क पारिएको पौडेलको भनाइ छ । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले पौडेलको २१ बाख्रा मारेको हो । वस्ती भन्दा थोरै पर रहेको यो खोरमा भएको घटनामा एउटा सानो पाठो जीवित भेटिएको छ भने एउटा बाख्रा हराइरहेको फर्म सञ्चालक पौडेलले बताए । ‘बेलुका खोरमा थुनेर गएका २३ मध्ये २१ वटा बाख्रा मृत फेला परेको छ, एउटा बाघले लगेको रहेछ’ पौडेलले भने । एउटा सानो बच्चो भने खोरबाट तल खसेका कारण जीवितै फेला परेको उनले बताए । खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुस...
गाईघाटको थारुहट रंगशालामा असोज १३ गते सांगितक कार्यक्रम सहित जितिया महोत्सव भव्य हुने

गाईघाटको थारुहट रंगशालामा असोज १३ गते सांगितक कार्यक्रम सहित जितिया महोत्सव भव्य हुने

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज १३ थारु समुदायहरुको बिषेश चाँड जितिया उदयपुरको गाईघाट थारुहट रंगशालामा असोज १३ गते भव्य हुने भएको छ । जितिया महोत्सव मुल आयोजक कमिटि थारु कल्याणकारीणी सभा त्रियुगा नगरकमिटि उदयपुरको आयोजनामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित हुने भएको आयोजक कमिटिका अध्यक्ष देसुदास चौधरीले जानकारी दिए । आईतबार पत्रकार सम्मेलन गर्दै जिल्ला स्थरीय रुपमै थारुहट रंगशालामा जितिया महोत्सव भव्य हुने चौधरीले बताए । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुले बेजोड प्रस्तुती दिने आयोजकले जनाएको छ । नेपालको चर्चित गायीका अनु चौधरी, गायक नरेश जोगी जोशी लगायतको कलकारहरु महोत्सवमा आउने आयोजकले जनाए ।थारु पहिचान र संस्कार संकृतिको जगेर्णामा सरकारले उत्ति चासो नदिएको भन्दै त्यसको दवाव स्वरुप पनि यो महोत्सव गर्न लागिएको अध्यक्ष चौधरीले बताए । कार्यक्रममा बिषेश व्यक्तिहरुले भाषा, संस्कृति र पहिचा...
दिनकै पोखरीमा डुब्दा पाँच दिनमा ६ जनाको मृत्यु

दिनकै पोखरीमा डुब्दा पाँच दिनमा ६ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १० दैनिक पोखरीमा डुवेर पाँच दिनमा ६ जनाको मृत्यु भएको छ । सप्तरीमा लगतार पाँच दिनको अवधिमा पोखरीमा डुवेर ६ जनाले ज्यान गुमाएको हो । शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ। आज शव परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका–५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवा...
४२ औँ सामाजिक दिवसको अवसरमा एकल महिला समुह उदयपुरले आफ्नो पहिलो बार्षिक साधारण सभा गर्यो

४२ औँ सामाजिक दिवसको अवसरमा एकल महिला समुह उदयपुरले आफ्नो पहिलो बार्षिक साधारण सभा गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १० मानव अधिकारका लागि महिला, एकल महिला समुह उदयपुरले ४२ औँ समाजिक दिवसको अवसर पारी आफ्नो प्रथम बार्षिक साधारण सभा गरेको छ । आईतबार गाईघाट स्थित संगम पुस्तकालयको सभाहलमा एकल महिलाहरुको ठुलो उपस्थितिमा बार्षिक साधारण सभा गरेको हो । यस संस्थाले एकल महिलाहरुको हक अधिकार, पहिचान र पैरवीको कुरा उठाउँदै आएको एकल महिलाहरुको बुझाई छ । एकल महिलाहरुलाई समाजमा सहज बनाउँने उदेश्यले प्रशासनमा दर्ता भई एक बर्ष पुरा भएको उपलक्ष्यमा आफ्नो प्रथम बार्षिक साधारण सभा गरेको संस्थाकी अध्यक्ष शोभा दाहालले बताईन् ।दाहालले हाल यो संस्थामा जिल्लाभरी ११ सय भन्दा बढी एकल महिलाहरु आवद्ध रहेको बताईन् । संस्थाले एकल महिलाहरुको हितमा बिभिन्न कामहरु गर्दै आईरहेको पनि दाहालले बताईन् । उनिले पहिले एकल महिलाहरुलाई समाजमा खुलेर हिड्न निकै अप्ठेरो हुने र एकल महिलाहरु प्रति समाजको दृष्टी भ्रमिक हुने गरेको बता...
(बि डिभिजन) मा बढुवा भएका उदयपुरका दुई खेलाडी सहितका खेलाडीहरुलाई उर्लावारीमा  सम्मान

(बि डिभिजन) मा बढुवा भएका उदयपुरका दुई खेलाडी सहितका खेलाडीहरुलाई उर्लावारीमा सम्मान

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज सी डिभिजन लिग च्याम्पेन भई बी डिभिजनामा प्रवेश गरेका खेलाडीहरुलाई चर्ज ब्वाईज युनाइृटेड क्लवले सम्मान गरेको छ । एन्फा कम्प्लेक्समा भएको सी डिभिजन लिगबाट बि डिभिजनको शिर्स स्थानमा पुगेको खेलाडीहरुलाई क्लवले सम्मान गरेको हो । खेलाडीहरुलाई उर्लाबारी–५ स्थित क्लबको कार्यालयमा एक कार्यक्रम गरी सम्मान गरिएको हो । लिग खेल्ले टिममा उदयपुर बाट २ जना छन् । फ्युजन क्लव बोक्सेका क्याप्टेन सुदीप श्रेष्ठ र गाईघाट फुटवल क्लवको खेलाडी दिवस श्रेष्ठ छन् । उनिहरु दुवै जना सी डिभिजन लिगको खेलमा सहभागी थिए । मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल र क्लबका अध्यक्ष रुवेन राईले खेलाडीहरुलाई सम्मान गरे । असल खेल कौशल प्रदर्शन गरी लिग च्याम्पियन भएकोमा खेलाडी र क्लबलाई बधाई दिँदै अध्यक्ष धिमालले क्लब र खेलाडीको अझ प्रगतिको शुभकामना दिए । चर्च व्वाइज क्लबलाई आफूले नजिकबाट जाने बुझ...
उदयपुरबाट पक्राउ पर्यो चिठ्ठा परेको भन्दै ६ लाख ठग्ने युवा, इमो, भाईबरहरुमा चिठ्ठाको भ्रम नपर्न  प्रहरीको आग्रह

उदयपुरबाट पक्राउ पर्यो चिठ्ठा परेको भन्दै ६ लाख ठग्ने युवा, इमो, भाईबरहरुमा चिठ्ठाको भ्रम नपर्न प्रहरीको आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ९ ठगी कार्यमा संलग्न सिराहा स्थायी घर भएका एक युवालाई जिल्ला प्रहरी कर्यालय उदयपुरले पक्राउ गरेको छ । उनलाई सामाजिक संञ्जालहरु इमो, भाईबर तथा ह्वाटएपको माध्यमबाट सोझो साझा सर्वसाधरणहरुलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए । पक्राउ पर्ने युवा सिरहा नगरपालिका वडा नम्बर ८ का २९ वर्षीय स्थानीय सरोजकुमार दास हुन् । उनले सामाजिक संञ्जालमा चिठ्ठा परेको र त्यस बापतको कर रकम तिर्नु पर्ने भैन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएको प्रहरीले खुलाएको छ । उनले सामाजिक सञ्जाल दु रु प यो ग गरी ६ लाख, १ हजार ४९ रुपैया ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । दासलाई ठगीको आरोपमा पर्सामा उजुरी परेपछि उदयपुरमा लुकिछिपि बस्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक सुवेदीले बताए । यस्तो घटनाम...