Breaking News 1
उदयपुरमा थप १ जनामा कोरोना पोजेटिभ
पूणर्पुष्टि, असोज २
उदयपुरमा आज थप १ जनामा कोरोना संक्रमण देखिएको छ । त्रियुगा नगरपालिका १२ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । भदौ ३१ गते लिएको स्वाव संकलनमा पुरुषको रिपोर्ट पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।
११ जनाको स्वा संकलन गरेकोमा १ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । यो सँगै सुनसरी बाराहक्षेत्र नगरपालिकामा पनि ४ जना कोरोना संक्रमण फैलिएको रिपोर्टले देखाएको छ ।...
क्वारेन्टिनमा एक जना युवकले गरे आत्महत्या
पुर्णपुष्टि, असोज १
रुपन्देहीमा एक युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर युवाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिनमा २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन् । यसअघि पनि सोही क्वारेन्टिनमा एकजनाले शरीरमा आगो लगाउँदा मत्यु थियो । युवक भदौ १७ गते भारतबाट आएर क्वारेन्टिनमा बसेको थियो । पाँच दिन अगाडि कोरोना परीक्षण गरिएको उनको रिपोर्ट भने आउन बाकि थियो । उनले आत्महत्या गर्नुको कारण नखुलेको देवदह नगरपालिका स्वास्थ्य शाखा कार्यालयले जनाएको छ ।
...
३ दिने मानव अधिकार अभिलेखिकरण बारे भर्चुवल तालिम
पुर्णपुष्टि,असोज १
मानव अधिकार अभिलेखिकरण तालिम बिहिबार सम्पन्न भएको छ । मानव अधिकारमञ्च नेपालमको आयोजनामा गरिएको ३ दिने अभिलेखिकरण तालिम सम्पन्न भएको हो । प्रदेश नम्बर १ का १४ जिल्लाको १४ वटा संस्थाको मानव अधिकार संरक्षकहरुको सहभागितामा भर्चुवल माध्यमबाट तालिम सम्पन्न भएको हो ।
असोज १ सम्म सञ्चालन भएको तालिममा विशेष गरी मानव अधिकार उल्लघंनका घटनाको अभिलेखिकरण कसरी गर्ने विषयमा केन्द्रि रहेर छलफल भएको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ । तालिममा २६ जनाको सक्रिय सहभागिता रहेका थिए ।
कोरोना भाईरसको कारण प्रत्यक्षरुपमा संगठित भएर तालिम सम्भव नएकोले र्भचुवल विधिबाट तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिमले सहभागीहरुलाई प्रमाण पत्र समेत उपलब्ध गराउने आयोजकले जनाए ।
...
सफल जिम्मेवारी पुरा गर्ने जाल्पाका ३३ कर्मचारी अभिनन्दित
मिलन परियार
गाईघाट भाद्र ३० गते
जाल्पा एकिकृत विकास समाज नेपालले आफ्नो ३३ जना कर्मचारीलाई सोमवार अभिनन्दन गरेको छ । संस्थाले दिएको जिम्मेवारी सफलता पूर्वक इमान्दारीसाथ समयमै सकाएको भन्दै आफ्नो ३३ कर्मचारीहरुलाई प्रशंसा पत्र र खादा सहित अभिनन्दन गरेको हो ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरको साझेदारीमा सन २०१८ देखी २०२० सम्म संन्चालन गरिएको बाल प्रायोजन , शिक्षा , पालो , नेपाल बिपत जोखिम न्यूनीकरण , बाढी पुनर्लाभ र नेपाल कभर परियोजनामा कार्यरत ३३ जना कर्मचारी हरुलाई दिइएको जिम्मेवारी सम्पन्न गर्ने सबै कर्मचारीहरुलाई अभिनन्दन गरेको हो ।
संस्थाको जिम्मेवारी पुरागरी समाजिक कार्यमा महत्वपूणर् योगदान पुराएको र संस्थामा यसको ठुलो योगदान रहने भन्दै संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले प्रंशसा र धन्यवाद व्यक्त गर्नुभयो ।
आफ्नो समय अवधि कार्यकालमा संघर्ष...
बेलकामा युवाहरुको पहलमा राहत संकलन गरी विपन्न परिवारलाई वितरण
जयराम पूर्वछाने मगर
पूणर्पुष्टि, भदौ ३०
बेलका नगरपालिकाका युवाहरुले राहत संकलन गरी विपन्न परिवारलाई वितरण गरेको छ । नगरपालिकाका १ र २ नं वडाका युवा अभियान्ताहरुको पहलमा विपन्न ७ परिवारलाई राहत उपलब्ध गराइएको हो ।
युवाअभियान्ताहरुको पहलमा संञ्चालित फुड बैँक अन्तर्गत राहत वितरण गरिएको राहत संकलनका एक युवा सदस्य प्रदिप सुवेदीले जानकारी दिए । (हुनेले दिने नहुनेल लिएर जाने) अभियानको दोस्रोचरणको राहत वितरण गरिएको अर्का सदस्य कुबेर लुइटेलले जनाए ।
कार्यक्रममा जम्मा कुल रकम रु . ३०४५० संकलन गरी ७ घर परिवार लाई प्रती परिवार रु २०३० बराबरको सामान बितरण गरिएको छ । जसमा प्रती परिवार चामल २५ के जि, दाल ३ के जि, खानेतेल २ लिटर, खानेनुन १ पोका र नुहाउने साबुन १ ओटा गरि राहत वितरण गरिएको हो । तेश्रो चरणको कार्यक्रम बेलका १ मा गर्ने योजना रहेको रहेको युवाहरुले जनाएको छ ।
...
जनकपुरमा एक आमाले ४ बच्चा जन्माइन, एक शिशु र आमाको स्वास्थ्य अवस्था भने घम्भीर
पूणर्पुष्टि, भदौ १७
जनकापुर स्थित धनुषामा एक आमाले ४ जना बच्चालाई जन्म दिएकी छिन् । मुस्लिम समुदायका एक महिलाले चुम्ल्याहा बच्चा जन्माएकी हुन् ।
विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी हुन् ।
उनको उपचारमा संलग्न चिकित्सक सोनिया सिंहले चार बच्चा जन्मनुलाई दुर्लभ घटना बताएकी छन् । अरमानाले तीन छोरी र एक छोरा जन्माएकी हुन् । शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार आमा र एक शिशुको भने स्वास्थ्य अवस्था गम्भिर रहेको जनाएको छ ।...
कोरोनाको उपचारमा आयुर्वेदिक औषधिको अनुसन्धान
पूर्णपुष्टि, भदौ १४
कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना संक्रमित व्यक्तिको उपचारका लागी आयुर्वेदिक औषधिको अनुसन्धान गरिरहेको छ । कोरोना संक्रमित बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुुसन्धान गरिरहेको हो ।
त्यसक्रममा अनुुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ । सो औषधिको प्रयोगले दुुई साता भन्दा कम समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ गरी घर फर्कन थालेको चिकित्सकले दाबी गरेका छन् ।
आयुर्वेदिक उपचारबाट अरू रोग भएका कोरोना सङ्क्रमित व्यक्तिलाई पनि धेरै फाइदा भएको केन्दले जनाएको छ । पहिलेदेखि नै विभिन्न रोग भएका व्यक्तिलाई कोरोना सङ्क्रमण भएपछि डर थिपीएको छ । तर आयुर्वेदिक पद्धतिले त्यस्ता व्यक्तिलाई निको पारेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ ।
त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितहरूमध्ये दुई १३ जना बिरामी निको भएर घर...
आजको राशिफल
वि.सं. २०७७ भदौ ११ गते बिहीवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशी हुनेहरुको लागी आजको दिन अरूका लागि समय खर्चनुपर्ला । परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । भाग्यले अवसर जुराउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा समेत कमाउने योग छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन नयाँ साथीभाइ भेटिने छ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । तर आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ । हिम्मतले काम लिँदा फाइदा पनि हुनेछ । प्रतिस्पर्धीहरू...

