Monday, August 24News That Matters

Breaking News 1

नेपालमा पनि भेटिया नयाँ प्रजातिको कोरोना

नेपालमा पनि भेटिया नयाँ प्रजातिको कोरोना

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ५ नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरस भेटिएको छ । बेलायतबाट आएका तिन जनामा नयाँ प्रजातिको कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नयाँ प्रजातिको कोरोना हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । आज सोमबार ती नमूनाको रिपोर्ट आएपछि  विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तिन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी दिनुभएको हो । बेलायतबाट आएका २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरूषमा देखिएको कोरोना भाइरस यसअघि बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरससँग मिलेको मन्त्रालयले जनाएको छ ।...
कटारीमा त्रिवेणी मेला सुरु , विहानैदेखि मकर नुहाउनेको घुईचो

कटारीमा त्रिवेणी मेला सुरु , विहानैदेखि मकर नुहाउनेको घुईचो

Breaking News 1
पूर्णपुष्टि, माघ १    कटारी रहरेक वर्ष माघ १ गतेबाट १५ दिनसम्म लाग्ने मैनी मेला आजदेखि सुरु भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ खोक्सा नजिकैको त्रिवेणी धाममा मेला सुरु भएको हो ।  ककरु, तावा, र कमला नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा चिनिएको छ । तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बली दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वासका साथ आज विहानैदेखि दर्शनार्थीहरु मकर नुहाउन त्रिवेणीमा पुगिरहेका छन् ।आज बहानदेखि नै यो ठाउँमा मकर नहुँउनेको भीड लागेको छ ।...
महिला हत्या कसुरमा उदयपुरका एक युवालाई जन्मकैदको फैसाला

महिला हत्या कसुरमा उदयपुरका एक युवालाई जन्मकैदको फैसाला

Breaking News 1
पूर्णपुष्टि, मंसिर २१ महिला हत्या कसुरमा पुर्पक्षमा रहेका उदयपुरका एक युवालाई एक लाख जरिवाना सहित जन्मकैद फैसाला अदालतले सुनाएको छ । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यले बताउनुभयो । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद) जेल सजाय र रु एक लाख क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको छ । यही भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा राउतलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो ।  ...
१६ नं. वडाले धौरी गाउँमा विजुली बाल्यो, लक्ष्मीपुजासंगै भब्य उद्घाटन

१६ नं. वडाले धौरी गाउँमा विजुली बाल्यो, लक्ष्मीपुजासंगै भब्य उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ३० । त्रियुगा नगरपालिकाको १६ नं. वडाले राष्ट्रिय प्रशारणको विद्युत लाईन गाउँमा विस्तार गरेसंगै धौरी गाउँमा विजुली बलेको छ । उज्यालाे पर्व तीहारकाे अवसर पारेर गाउँमा बत्ति बालिएकाे हाे । पालिकाकै सबैभन्दा विकट वडाको रुपमा रहेको १६ नं.को पनि विकट सो गाउँमा लक्ष्मि पुजाकै दिन हिजाे विजुली बलेपछि गाउँलेहरु खुसी भएका छन् । नेकपा उदयपुरका सचिवालय सदस्य एवम् एन्फा प्रवक्ता किरण राईको प्रमुख आतिथ्य तथा नेकपा उदयपुर सचिवालय सदस्य भागवत राउतको विशिष्ट आतिथ्यमा विजुली बत्तिको भब्य उद्घाटन भयो । उहाँहरुले बत्तिको स्वीच थिचेर विजुली बालेपछि गाउँबासीको मुहारमा खुसी छाएको थियो । बर्षौदेखिको धौरीबासीको विजुली बाल्ने सपना पुरा भएको छ । नजिकै सुकौरामा बत्ति बलेको टुलुटुलु हेरेर मात्र बर्षौ बस्न बाध्य धौरीबासीले अव घरमै उज्लायो विजुली पाएका छन् । “हिजोको विकट धौरी आज उज्यालौ धौरी ब...
बिरामी आमाको स्याहार सुसारमा खटेकी छोरीको पनि ९ दिन पछि  संक्रमणबाट मृत्यु

बिरामी आमाको स्याहार सुसारमा खटेकी छोरीको पनि ९ दिन पछि संक्रमणबाट मृत्यु

Breaking News 1
पूणर्पुष्टि , कार्तिक ९ नवलपरासीमा आमा छोरीको कोरोना संक्रमण बाट मृत्यु भएको छ । बिरामी आमाको स्याहार सुसारमा खटेकी छोरी पनि कोरोना संक्रमण बाट मृत्यु भएको हो । आमा बिरामी परेपछि छोरीले आमाको स्याहार सुसार गर्ने क्रममा छोरीलाई पनि संक्रमण भएको हुन सक्ने देखिएको छ । बिरामी आमाको मृत्यु पछि पिसिआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उता आमाको रिपोर्ट पोजेटिभ आएपछि छोरीको पनि कन्ट्रयाक टे्रसिङ गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । कावासोती नगरपालिका पिठौली चोककी ४० वर्षीया महिलाको बुधबार बिहान घरमै मृत्यु भयो । चार दिनपछि आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि देखियो । असोज २६ गते घरमै निधन भएकी उनकी आमाको पनि पछि रिपोर्ट आउँदा कोरोना देखियो । आमालाई बिरामी परेको खबर आएपछि ती महिला उनको स्याहारसुसार गर्न खटिएकी थिइन् । त्यही क्रममा उनलाई संक्रमण भएको हुन सक्ने आफन्तको...
टिकाको दिन देशभर मौसम सफा रहने

टिकाको दिन देशभर मौसम सफा रहने

Breaking News 1, समाचार
पूणर्पुष्टि, कार्तिक ८ टिकाको दिन देशभर मौसस सफा रहने भएको छ । मौसमविदहरुका अनुसार यस बर्षको टिका सफा मौसममा रहने बताउँछन् । पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान छ । ‘प्रदेश १ को पहाडी भागका केही जिल्लामा पानी पर्दा पनि क्षणिक मात्रै, हल्कामात्रै हुने हुने मौसमविद  शान्ति कँडेलले बताईन् । तर त्यसले खास कुनै असर नगर्ने कँडेलले बताईन् । प्रदेश नं. १ सँग नजिक भएका प्रदेश नं. २ र बागमती प्रदेशका कुनै-कुनै ठाउँमा पनि बादल देखिने छ । तर पानी भने नपर्ने कँडेल बताउँछिन् । उनका अनुसार पश्चिम नेपालको आकाश भने पूरै छ्याङ्ग हुने छ । यो वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटको लागि जुरेको नेपाल पञ्चांग निणर्ायक समितिले जनाएको छ ।...