Breaking News 1
“गाउँ नछाडौं–सहर जोडौं”
जापानबाट फर्कि आएका खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं २ सुन्तले (हर्रेचुङडाडा)का युवा मुकेश राईको भनाइ हो यो । उनले आफ्नै ठाउँमा केही गर्ने इच्छाशक्ति बाेकेर जंगलबीचमा आधुनिक काठे घर निर्माण गरी कृषिफर्म थालेका छन् । उदयपुरको सदरमुकाम गाईघाटदेखि धाप्लाङ हुदै डेड/दुई घण्टामै पुगिने उक्त ठाउँ अहिले सबैको चासोको केन्द्र बनेको छ ।
तस्विर : पूर्णपुष्टि खबर...
आफैले जग्गाको नक्सा प्रिन्ट गर्न सकिने
बैशाख २
काठमाण्डौ उपत्यकाका विभिन्न ८ वटा नापी कार्यालयमार्फत जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने भएको छ ।
देशभरका १ सय २६ कार्यालयबाट प्रदान गरिने सेवालाई क्रमिक रुपमा प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले अनलाइन प्रणाली विकास गरिएको नापी विभागले जनाएको छ ।
घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनी नापी कार्यालय धाउन नपर्ने गरेर अनुकूल ठाउँबाट नक्सा प्रिन्ट गर्न मिल्ने प्रणाली विकास गरिएको विभागले जनाएको छ ।
अनलाइन प्रणाली ‘मेरो कित्ता’ मार्फत सेवाग्राहीले सेवा लिन सक्ने छ । नक्सा, प्लट रजिष्टर, फिल्ड रेखाङ्कन निवेदनलगायत सेवा अनलाइनबाटै पाइने प्रणाली ‘मेरो कित्ता’ को आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ ।...
कोरोना फेरी भयावह हुने बिज्ञहरुको ठहर, तत्काल विद्यालय बन्द गर्न सुझाव
पूर्णपुष्टि, बैशाख १
कोरोना क्षेत्रका विद्यालयहरु तत्काल बन्द नगरे स्थिति भयावह हुन सक्ने बिज्ञहरुले बताएका छन् ।
स्थिति बिग्रन नदिनलाई कोरोना फैलिएको क्षत्रका विद्यालयहरु तत्काल बन्द गरी कोरोनालाई सामान्य तर्फ लैजान बिज्ञहरुले सल्लाह दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत संक्रमण बढी देखिएका ठाउँका विद्यालय बन्द गर्नुपर्ने पक्षमा छ ।
बिज्ञहरु भन्छन् यो उच्च सतर्कता अपनाउनुपर्ने समय हो, जहाँ संक्रमण धेरै देखिन्छ, त्यहाँ तुरुन्त विद्यालय बन्द नगरे भयावह स्थिति आउन सक्छ,’ महाराजगन्जस्थित कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छा भन्छन्, ‘केही दिनयता अवस्था खराब हुँदै गएको छ । नयाँ भेरिएन्ट पहिलेको दाँजोमा उच्च संक्रामक र मृत्युदरसमेत बढी गराउने गरी देखिएको छ ।’
केही दिनयता दिनहुँ थपिने संक्रमितमध्ये सरदर १० प्रतिशत बालबालिका छन् । भाइरसको...
केशब बडाललाई कांग्रेस नेता मोहन बस्नेतले डाका, देशद्रोही कम्युनिष्ट भनेपछि…
। नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेत र एमाले नेता केशब बडालवीच भनाभन भएको छ। पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै काम त गर्नुभएको छ नि ? भनेर आफ्नो कुरा राख्छन् । धमलाको जिज्ञासा भुईँमा खस्न नपाउँदै नेता बस्नेतले जवाफ फर्काए-“काम गर्नुभएको छ भन्या, वाईडबडी किनेर ल्यायो ? ख्वाप्प । चार अर्बको हिसाबकिताब छैन् ।”
बडालले नेता बस्नेतलाई फटाहा कुरा गरिराखेको दाबी गर्छन् । तर, बस्नेत झनै आक्रामक रुपमा प्रस्तुत भए । उनले तुरुन्तै जवाफ फर्काए-“तपाईँ चोर कुरा गर्दै हुनुहुन्छ । बढि कुरा गर्ने ? के शब्द प्रयोग गरेको ? सम्हालिएर बोल्नुहोस । फटाहा भन्ने ? त्यसो नभन्नुहोस ।”
उता, बडालले भने विनम्र भएर तपाईँले असत्य बोल्नुभएको छ भनेर जवाफ फर्काउँछन् । तर, बस्नेत झनै आक्रमक रुपमा प्रस्तुत हुँदै भन्छन्-“फटाहा किन भन्छस ? साले, डाका, ...
आगलागीबाट २० लाख बराबरको क्षति
पूर्णपुष्टि ,चैत २३
प्रदेश १ का दुई छुट्टा छुट्टै स्थानमा आईतबार भएको आगोलागीबाट २० लाख भन्दा बढीको क्षेती भएको छ ।
हिजो साढे ३ बजे धनकुटा सहिदभुमी–१ त्रिबेणी सामुदायिक वनबाट सल्केको आगोले सोही स्थानको जगदेउ बस्ने नर बहादुर बोगटीको ढुङगा माटो, टिनको छानो भएको १ तले घर र घर भित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन, गोठ र गोठ भित्र रहेको ४ वटा बाख्रा जलेर नष्ट भएको हो ।
त्यसैगरी निजकै छोरा राज बहादुर बोगटीको ढुङगा माटो काठ फुसको घर भएको १ तले घर, घर भित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन जली नष्ट हुँदा अन्दाजी आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको सो प्रहरीले जनाएको छ ।
त्यस्तै हिजै बेलुका ५ बजे मोरङ पथरी शनिस्चरे–६ जयनेपाल चौक बस्ने लक्ष्मी कठेतको गाईगोठमा सुकेको घास थ्रेसरले टुक्रयाउने क्...
प्रियंका कार्की आमा बन्दै
पूर्णपुष्टि, चैत्र २२
नेपाली चलचित्रको चर्चित नायिका प्रियंका कार्कि आमा बन्न लागेको संकेत गरेकी छिन् । आफ्नो अफिसियल फेसबुकमा आफ्नो पति आयुशमान देशराज जोशि सँग प्रेगनेन्ट संकेतमा तस्विर सार्वजानिक गरेर उनले आफु गर्भवती बन्न लागेकी संकेत गरेकि हुन् । उनले तस्विर सार्वजानिक गर्दै स्टाटसमा लेखेकी छिन् । तपाई अब सोध्न रोक्न सक्नु हुन्छ, हो हामि गर्ववती छौ,
विवाहपछि प्रियंका र आयुशमान भैसीपाटीमा खरिद गरेको नयाँ घरमा बस्दै आएका थिए । लकडाउनको क्रममा उनीहरु घरेलु जीवनमै मग्न रहे । यी सबै कुराको बेलिबिस्तार लगाउनुको कारण के भने, अहिले प्रियंका गर्भवती भएकी छिन् ।
यो कुरा उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । श्रीमान आयुशमानसँगै खिचाएको श्यामश्वेत तस्वीरमा उनको बेबी बम्पसमेत देखिएको छ । तस्वीरमा प्रियंका मस्त हाँसेकी छिन् भने, आयुशमान मख्ख छन् । प्रियंका लेख्छिन्, ‘यु क्यान स्टप आस्क...
गाईघाटमा होली सामान्य, तस्विर सहित
पूर्णपुष्टि, चैत १६
कोरोना संक्रमण कायमै रहेकाले विभिन्न कार्यक्रम गरेर भब्यताकासाथ मनाईने फागु पर्व होली यस वर्ष भने सामान्य रुपमा भएको छ ।
आज गाईघाटमा छिट्फुट रुपमा होली मनाईएका छन् । कोरोना कहरले गर्दा साना नानीहरु र केही व्यक्तिहरु मात्रै सामान्य रुपमा होली मनाईएको पाईएको छ ।
उदयपुर भित्रि मधेश भएकाले पहाडी होली र तराई होली दुवै मनाउने चलन रहि आएको छ । तर गाईघाटमा पहाडी होली भन्दा पनि तराई होली विशेष गरी मनाउँदै आईएको भएपनि कोरोना संक्रमणले गर्दा गतवर्ष र यसवर्ष सुनसान बनेको हो ।
...
गाईघाटमा बिहानी पख होली चहलपहलको अवस्था, फोटोफिचर
गाईघाटमा बिहानी पख होलीको चहल पहल खास देखिएन । कोरोनाको कारण गाईघाटमा गत बर्षको होली र यो बर्षको होलीमा उत्साह देखिदैँन । सचेत नागरिकहरुले यसलाई बिषेश ध्यान दिएर खेल्ने र मापदण्डको अनुसार खेल्नु पर्ने भएकाले पनि बजारमा होलीको रोनक देखिएको छैन् । दिउँसो यसको केहि चहल पहल देखिन सक्ने अवस्था रहेको स्थानीयहरुको भनाई छ । सँधा झै यो बर्ष होली पर्व उत्साह बन्न नसक्दा रंग र होलीको भेस्टहरु पनि उत्ति बिक्रि नभएको व्यपारीहरुको भनाई छ ।...
प्रथम त्रियुगा नगर खेलकुद महोत्सवको अन्तिम दिन थारुहट रंगशाला । फोटो फिचर
प्रथम त्रियुगा खेलकुद महोत्सव सोमवार सकिएको छ । बिभिन्न ८ विद्यामा खेल खेलाउँदै महोत्सव समपन्न भएको हो । फुुटवल तर्फको अन्तिम फाइनले खेल थारुहट रंगशालामा समपन्न गरिएको थियो ।

