निशेधाज्ञमा के गर्न पाइने, के नपाइने ? प्रशासनकाे यस्ताे छ निर्देशन -Purnapusti Khabar
पूर्णपुष्टि, वैशाख ३१ ।
उदयपुरमा कोरोना संक्रमण तिब्र बढ्दै गएपछि निशेधाज्ञ थपिएको छ । भरै राती १२ बजेदेखि लागु हुने गरी ७ दिनका लागि निशेधाज्ञ जारी भएको हो । गत २४ गते जारी भएको निशेधाज्ञ आज सकिए लगत्तै अर्को ७ दिनका लागि जारी भएको हो । जिल्लाभर लागु हुनेगरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६,३ र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट निशेधाज्ञ जारी भएको हो ।
निषेधित कार्यहरु प्रशासनले प्रष्ट रुपमा सार्वजनिक गर्दै कडाइ गर्ने जनाएको छ । सार्बजनिक आवागमन, भेला, जमघट, सभा, समारोह निषेध छ । खेलकुद, नाचगान, मेला, जात्रा, भोजभतेर, हाटबजार बन्द गरिएको छ । मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च आदिमा भेला हुन रोक छ । सामुहिकरुपमा आश्रय लिइ बस्न र भेला हुन पनि निषेध छ । जुलुस, प्रदर्शन, तालिम, गोष्टी बन्द छ । यसका साथै रंगशाला, कवर्डहल, खेलकुद स्थान, मनोरन्जन स्थान, ज...








