उदयपुर – काेराेना खबर अपडेट | २० जेठ ०७८ : फेरी थपियाे निशेधाज्ञ
https://youtu.be/qQS_CRqUMpg
खबर विस्तृत...
१.
उदयपुरमा आज ३६ जना कोरोना संक्रमित थपिएका छन् । ६४ जनाको एन्टिजेन परिक्षण गर्दा १२ महिला र २४ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १९, चौदण्डीगढीको १६ र बेलकाको १ जना रहेका छन् ।
योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ६४ पुगेको छ । पालिकास्तरमा त्रियुगामा सक्रिय संक्रमित ५२२, चौदण्डीगढीमा १२५, र बेलकामा ११९ पुगेको छ । साथै कटारीमा ११४, रौतामाईमा ७८, ५९, उदयपुरगढी ३६ र ताप्लीमा ११ जना रहेका छन् ।
२
उदयपुरमा आज १४ जना कोरोना संक्रमित निको भएका छन् । आज निको हुनेमा चौदण्डीगढीको १०, त्रियुगाको २, बेलकाको १ र रौतामाईको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या २६३ पुगेको छ ।
३
आज २ जना कारोनाले मृत्य भएकाको संख्या थपिएको छ । त्रियुगा नगरपालिका ११ को २७ वर्षिय पुरुषको र लिम्चु...








